Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनको रणनीतिमा एमाले
राष्ट्रिय सभा चुनाव गठबन्धनको रणनीतिमा एमाले
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, पुस ९, २०८०

एमाले मात्रैले त चुनाव जित्ने वातावरण छँदै छैन । तैपनि पार्टीको मत त रक्षा गर्नुप¥यो । त्यसका लागि के कसो गर्ने ? छलफल गरेर जानुपर्ला । अब छिट्टै बसेर गठबन्धनबारे निर्णय गर्न सक्छौं ।
अष्टलक्ष्मी शाक्य
उपाध्यक्ष, नेकपा एमाले

जसपा इमानदारिताका साथ गठबन्धनबाटै राष्ट्रिय सभा चुनाव लड्छ । यसमा दायाँबायाँ हुँदैन । कसैले चर्चा गरेअनुसार हामी एमालेसँगको गठबन्धनमा जाने छैनौं तर चुनावी मोर्चाबन्दीबारे भने अन्य दलसँग पनि छलफल हुनचाहिँ सक्छ । 
मनिष सुमन
प्रवक्ता, जसपा 


काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमाले गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचन लड्ने रणनीतिमा पुगेको छ । चुनावी गठबन्धनका लागि एमालेले सत्ता गठबन्धनको एउटा दल जनता समाजवादी पार्टी (जसपा)लाई अलग गर्न खोजेको छ । 
प्रतिपक्षीमध्येकै दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि राष्ट्रिय सभा चुनावलक्षित गठबन्धनमा समावेश गर्न एमालेले चाहेको छ । मधेस प्रदेशमा प्रभाव रहेको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि गठबन्धनमा राख्न एमालेको प्रयास जारी छ । 


तर, एमालेले पार्टी बैठकबाट निर्णय गरेर चुनावी गठबन्धनका लागि आह्वान भने गरेको छैन । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ‘झुलाघाट–चिवाभञ्ज्याङ’ यात्रा सकेर अध्यक्ष केपी शर्मा ओलीसहितको सिंगो टिम भर्खर काठमाडौं आइपुगेकाले केही दिनमा बैठक बसेर चुनावी गठबन्धनबारे निर्णय गरिने बताइन् । 

Hardik health


‘एमाले मात्रैले त चुनाव जित्ने वातावरण छँदै छैन । तैपनि पार्टीको मत त रक्षा गर्नुप¥यो । त्यसका लागि के कसो गर्ने ? छलफल गरेर जानुपर्ला,’ उनले प्रभावसँग भनिन्, ‘यात्रा (झुलाघाट–चिवाभञ्ज्याङ) सकेर आइपुगेका छौं । छिट्टै बसेर गठबन्धनबारे निर्णय गर्न सक्छौं ।’


आगामी फागुन २० पछि पदावधि सकेर बिदा हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये एमालेका आठ जना छन् । राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुहार, रामचन्द्र राईको कार्यकाल सकिँदै छ । कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव, माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीका नन्दा चपाईं, सिंहबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादव, राष्ट्रपतिबाट मनोनीत डा. विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि २० फागुनमै कार्यकाल सकिने छ । चुनाव हुने भनेको पौडेलबाहेक सांसदहरूको स्थानमा हो ।  


वर्तमान सत्ता गठबन्धन एकताबद्ध भएर चुनाव लडे रिक्त रहेका १९ वटै सिटमा एमाले शून्य हुने अवस्था छ । त्यही भएर एमालेले राप्रपा, जसपा र लोसपालाई राष्ट्रिय सभा चुनावमा साथ लिन खोजिरहेको छ । 
यदि, जसपा र लोसपाले मधेस प्रदेशमा मात्रै एमालेसँग चुनावी गठबन्धन गरेको अवस्थामा त्यहाँ गठबन्धनको कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दल शून्य हुने अंकगणित देखिएको छ ।


निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी परिणामको तथ्यांककअनुसार त्यहाँ प्रदेश संसद् र स्थानीय तहमा गरी एमालेको दुई हजार ३०२ मतभार छ । जसपाको एक हजार ८१७ र लोसपाको ९३३ मतभार छ । राप्रपाको ५३ मतभार छ । यी दलहरूको कूल मतभार पाँच हजार १०५ हुन्छ । यहाँ दुई जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुन लागेको हो ।
यदि, एमालेले वर्तमान सत्ता गठबन्धनबाट जसपालाई अलग गर्दै राप्रपा र लोसपासमेत सम्मिलित नयाँ गठबन्धन बनाएको अवस्थामा सत्ता गठबन्धन मधेसमा ‘क्लिन स्वीप’ हुने छ । किनभने त्यहाँ कांग्रेसको तीन हजार १०४, माओवादीको ७६६, एकीकृत समाजवादीको ५८० र नागरिक उन्मुक्ति पार्टीको ५३ गरी कूल चार हजार ५०३ मतभार छ । 


यो भनेको एमालेले जसपा, लोसपा र राप्रपा सम्मिलित गठबन्धन बनाएको अवस्थामा हुने गठबन्धनको भन्दा ६०२ मतभार बढी हो । तर, जसपा प्रवक्ता मनिष सुमनले सत्ता गठबन्धनमै रहेर चुनाव लड्ने बताए । एमालेसँग चुनावी गठबन्धन बनाउनेबारे कुरै नभएको पनि बताए । 


‘जसपा इमानदारिताका साथ राष्ट्रिय सभा चुनाव लड्छ । यसमा दायाँबायाँ हुँदैन,’ उनले भने, ‘कसैले चर्चा गरेअनुसार हामी एमालेसँगको गठबन्धनमा जाने छैनौं तर चुनावी मोर्चाबन्दीबारे भने अन्य दलसँग पनि छलफल हुन सक्छ ।’
स्रोतका अनुसार जसपाले सत्ता गठबन्धनसँग पछिल्ला दिनहरूमा राष्ट्रिय सभामा रिक्त हुन लागेको २० मध्ये दुईवटा सिटमा दाबी पेस गर्दै आएको छ । तर, गठबन्धन दलहरूले सिट बाँडफाँट गरिसकेका छैनन् । जारी छलफलको क्रममा भने गठबन्धनको दल कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक सिटमात्रै जसपालाई दिने पक्षमा छन् । यसप्रपति अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट रहेको उनीनिकट स्रोतले बताए । 


मधेस वा लुम्बिनीबाट एक–एक गरी दुई सिटको पक्षमा अध्यक्ष यादव उभिँदै आएका छन् । अहिले उनी गठबन्धनमा सिट बाँडफाँटबारे ‘पर्ख र हेर’को अवस्थामा छन् । तर, राप्रपा, जसपा, लोसपा एमाले नेतृत्वको सम्भावित गठबन्धनमा सामेल भए पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हुने राष्ट्रिय सभा चुनावमा कुनै अर्थ राख्ने छैन । 
कोशीमा एमाले, जसपा र राप्रपाबीच चुनावी गठबन्धन भए चार हजार ७३३ मतभार हुने छ । तर, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै गठबन्धन भए पनि पाँच हजार ३४५ मतभार हुने देखिएको छ । यहाँ कांग्रेससहितको गठबन्धनलाई चुनाव जित्न सहज हुने भएको अंकगणितले देखाएको छ । त्यहाँ दुई जना सदस्यका लागि चुनाव हुने भएको हो । 
बागमती प्रदेशमा एमाले र राप्रपा (जसपा र लोसपाविहीन)को तीन हजार २७९ मतभार र कांग्रेस, माओवादी र नेकपा एसको दोब्बर बढी छ हजार ७५१ मतभार छ । यसले गठबन्धनलाई राष्ट्रिय सभा चुनाव जित्न सहज हुने देखिएको छ । यहाँ चार जना राष्ट्रिय सभा सदस्यको रिक्त पदमा चुनाव हुने छ । 


गण्डकी प्रदेशमा एमाले र राप्रपाको गरी दुई हजार ५६४ मतभार र कांग्रेस नेतृत्वमा रहेको गठबन्धनको तीन हजार ७७० मतभार छ । यहाँ तीनजना सदस्यका लागि चुनाव हुने छ । चुनाव भने कांग्रेस नेतृत्वको गठबन्धनले जित्ने देखिएको छ । यसरी अन्य प्रदेशहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि कांग्रेस, माओवादी र नेकपा एसको मात्रै गठबन्धन भए पनि चुनाव जित्न सहज हुने देखिएको छ । 


संसद् सचिवालयका अनुसार लुम्बिनीमा दुई, कर्णालीसँगै सुदूरपश्चिममा समान तीन–तीन जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुन लागेको हो । यसअघि दुई र चार वर्षे कार्यकाल सकेर बिदा भएका राष्ट्रिय सभा सदस्यहरूको स्थानमा भएको चुनावमा एमाले–राप्रपाबीच गठबन्धन भएको थियो । कांग्रेस, माओवादी, जसपा र नेकपा एस अर्को गठबन्धनमा थिए । यही गठबन्धनले कोशीमा एकसिट बाहेक सबै सिटमा विजयी हासिल गरेको थियो । 


यसपटक राष्ट्रिय सभा चुनावमा स्थानीय र प्रदेशका गरी दुई हजार ४७ जना मतदाता छन् । स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षको मतभार १९ र प्रदेश सांसदको मतभार ५३ कायम भएको छ । उनीहरूले यही १२ माघमा १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि हुने चुनावमा मतदान गर्ने छन् ।
 


प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP