BYD sealion7 BYD sealion7
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #इयु_चीन
  • #गाथामग_चह्रे
  • #कृषि
  • #सिद्धार्थ बैंक
  • #आईपीओ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ५ पुुस घटना : धुव्रीकृत कम्युनिस्ट पार्टी क्षयीकरण 
५ पुुस घटना : धुव्रीकृत कम्युनिस्ट पार्टी क्षयीकरण 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, पुस ५, २०८०

काठमाडौं– समकालीन कम्युनिस्ट आन्दोलनका दुई शीर्षस्थ राजनीतिज्ञहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले धुव्रीकृत हुँदै एउटै दलबाट राजनीति गर्ने कुरा धेरैको अड्कलविपरीत थियो । कारण– राजनीतिक र अराजनीतिक दुवै खालका भाषामा उनीहरू एकअर्कालाई वर्षौंदेखि खुइल्याउँदै आएका थिए । मानौं, नेपाली राजनीतिमा प्रधान शत्रू उनीहरू आपसलाई ठान्छन् ।

यस्तो अवस्थाबीच नाटकीयरूपमा १७ असोज २०७४ मा ओलीले नेतृत्व गरेको एमाले र दाहालले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्ने निर्णय भयो । दसैंको बीचमा भएको यस्तो निर्णयले लाखौं नेपाली कम्युनिस्टहरू चकित भए ।एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बृहत् वाम धुव्रीकरणको चाहना राख्ने कम्युनिस्टहरू त्यसबेला खुसी भए । वाम धुव्रीकरणको राजनीतिक वातावरण पनि बन्यो । यसबाट चुनावी सरकारको नेतृत्व गरेको कांग्रेस त्रसित भयो । त्यसबेला प्रधानमन्त्री रहेका पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्तिले पनि कांग्रेस त्रसित भएको झल्किन्थ्यो । उनले चुनावकै बीचमा भनेका थिए, ‘कम्युनिस्ट शासनमा रुन पनि पाइँदैन ।’

कम्युनिस्ट शासन तानाशाही प्रवृत्तिको हुन्छ भन्ने अर्थमा उनले यसो भनेका थिए । तर, अस्थिर सरकारले वाक्कदिक्क जनताले स्थिर सरकार, राजनीतिक स्थायित्व, संविधान कार्यान्वयन र देशलाई समृद्धिको मार्गमा डो¥याउन् भन्ने आकांक्षासहित दुईतिहाइ नजिक बहुमत दिए । अर्थात्, त्यसबेला सिर्जित ‘कम्युनिस्ट ह्वीम’लाई कांग्रेसलगायत कुनै दलले प्रभावित पार्न सकेन ।

बरु, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कांग्रेस २३ सिटमा खुम्चियो । कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेको भनाइमा २०१५ सालपछि प्रत्यक्षतर्फ पहिलोपटक कांग्रेस सर्वाधिक कमजोर भयो । उता एमाले–माओवादी रहेको वाम गठबन्धनलाई भने प्रचण्ड बहुमत प्राप्त भयो । ३ फागुन २०७४ मा गठबन्धनबाट एमाले अध्यक्ष ओली संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त भए ।

यतिसम्म कि उनी दक्षिण एसियाकै सर्वाधिक शक्तिशाली कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा चर्चिए । मधेसबाहेक सबै प्रदेशमा बहुमतको कम्युनिस्ट सरकार गठन भयो । राजनीतिशास्त्रीहरूका अनुसार झट्ट हेर्दा त्यसबेला देश कम्युनिस्टमय देखियो । तर, मन्त्रिपरिषद् विस्तारमा सकस भयो । बल्लतल्ल आन्तरिक मतभेदको क्षणिक व्यवस्थापन गर्दै सरकारलाई पूर्णता दिए । मतभेदको तुषचाहिँ ओली–दाहालमै गडेरै रह्यो । यद्यपि, नेता कार्यकर्ता र कम्युनिस्टप्रति आस्थावान जनताको दबाबबीच २ जेठ २०७५ मा उनीहरूले पार्टी विघटन गरे । एकछिनपछि दुई पार्टीबीच एकता गरे । एकताले फेरि नेपाली कम्युनिस्टहरूलाई प्रफुल्लित तुल्यायो । 

ओली केन्द्रीय सत्ता र नेकपाको नेतृत्वमा रहे । दाहाल पनि नेकपाकै अध्यक्ष भए । मधेसवादी दलहरूले अध्यक्षमण्डलमार्फत सामूहिक नेतृत्व प्रणाली अंगालेजसरी तत्कालीन नेकपाले दुई अध्यक्षात्मक प्रणाली अंगाल्यो । यसपछि अध्यक्षद्वय ओली र दाहालले भनेका थिए, ‘एउटै जेट विमानका हामी दुई पाइलट ।’तर, कतै दुई पाइलटले चलाएको नेकपारूपी विमान दुर्घटना त हुने होइन ? प्रश्न उठेको थियो । नभन्दै ओली नेतृत्वको सरकारलाई पूर्णता दिन झमेला भयो । झमेलाको सकसपूर्ण व्यवस्थापनपछि बल्लतल्ल सरकारले पूर्णता त पायो तर पार्टीमा मतभेदको विजारोपण भयो । सरकार सञ्चालनको सन्दर्भमा ओलीले एकलौटी गरेको पूर्वमाओवादी पक्षधरको निष्कर्ष नै रह्यो ।

२०७५ को मध्य चैतमा बारा र पर्सामा गएको विनासकारी हावाहरीले जनधनको क्षति पु¥याएपछि दाहालले हस्ताक्षर गरेको विज्ञप्ति नेकपाको नाममा जारी भयो । यसले पनि नेकपा भित्रभित्रै ठूलै शक्ति संघर्ष चलिरहेको ज्वलन्त उदाहरण यो थियो ।राजनीतिक विश्लेषक डा. तारानाथ घिमिरेले प्रभावसँग भने, ‘दाहाल ओली र नेपाललाई भिडाएर शक्ति प्राप्त गर्न चाहन्थे । ओलीचाहिँ दाहाललाई च्यापेर नेपाल र खनाललाई भित्तामा पु¥याउन चाहन्थे । तर, के भइदियो भने पछि ओली–दाहाल नै शक्ति संघर्षको लडाइँमा देखिए, जसले नेकपामा विवाद उत्कर्षउन्मुख भयो ।’

पार्टी एकताको बाँकी कार्यभार पूरा गर्न गठित रामबहादुर थापा नेतृत्वको कार्यदलले काम गर्नै सकेन । पछि सचिवालयले एकताको काम पूरा गर्ने भन्यो । तर, भएन । नेता कार्यकर्ताहरूमा निराशा बढ्यो । केन्द्रीय कमिटीदेखि स्थायी कमिटी सदस्यसम्मले जिम्मेवारी पाएनन् । यहीबीच भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपविरुद्ध दाहालले २८ माघ २०७५ मा नेकपाको तर्फबाट विज्ञप्ति जारी गरे । सोही महिनाको सुरुमा ओली स्वीटजरल्याण्ड गएको मौकामा दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठ झम्सिखेलको अपार्टमेन्टमा गोप्य बैठक बसेका थिए ।

अझ पार्टीमा बेमेलको स्थिति पैदा भएको भनेको २४ फागुन २०७५ मा सिके राउतसँग सुटुक्क ओली नेतृत्वको सरकारले गरेको ११ बुँदे सम्झौता र त्यसको चार दिनपछि २८ फागुनमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयले हो । चन्दको दललाई प्रतिबन्ध लगाउन नहुने पक्षमा रहेका दाहाल, सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको २८ गते नै गोप्य बैठक बस्यो । यो बैठकले नेकपा चिरा पर्दै छ भन्ने संकेत दियो । नेकपामा विवाद थप बढ्यो । 

सोही वर्षको चैत तेस्रो सातासम्ममा त नेकपा पार्टीभन्दा त्यहाँभित्र गुट बलियो देखिएको थियो । त्यसको असर संघ र प्रदेश सरकारमा देखिन थालेको थियो । ओली माधव पक्षसँग गरम थिए । पेलेरै जाने सुरमा थिए । घटनाक्रम विकसिन हुँदै जाँदा नेकपाको प्रवक्ताबाट श्रेष्ठले राजीनामा दिए । विवाद बढ्दै गयो । तर, पनि पार्टी एकता भएको एक वर्षमा एकताका बाँकी कार्यभार पूरा गर्ने तयारी ओली र दाहालले गरे । यद्यपि, कार्यभार पूरा भएन । 

पार्टीभित्रको राजनीतिक दाउपेचले पार्टीको पोलिटब्युरो र केन्द्रीय विभाग नै बनेन । भएका केन्द्रीय समिति र स्थायी समिति बैठक बसाउन ओलीले अरुचि देखाए । उता दाहाल भने २०७६ को जेठ अन्तिम सातासम्म आइपुग्दा प्रधानमन्त्रीभन्दा पनि पार्टीको कार्यकारी अध्यक्ष हुन चाहे । जेठको दोस्रो साताको एकदिन उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा ओली र आफूबीच आधा–आधा कार्यकाल सरकार सञ्चालन गर्ने सम्झौता भएको खुलासा गरेका थिए । सोहीबेला नेकपाको कार्यदिशाबारे बहस सतहमा आएको थियो । पूर्वएमाले जनताको बहुदलीय जनवाद र पूर्वमाओवादीहरू जनताको जनवादमा अडिक भए । राजनीतिक प्रतिवेदनलाई लिएर पनि विवाद अझ बढी छताछुल्ल भयो । ओली–दाहालबीच बल्खुमा भएको मदन–आश्रित स्मृतिसभामा राजनीतिक कार्यदिशालाई लिएर विवाद भएको थियो । प्रदेश कमिटीमा मापदण्ड र मन्त्री हेरफेर गर्नेसँगै आलोपालो प्रधानमन्त्रीको विवादले नेकपा विभाजन उन्मुख भएको कतिपयको विश्लेषण थियो । 

५ साउन २०७६ सम्म आइपुग्दा त सचिवालय बैठकले टुंगो लगाएको ७७ जिल्लाका इन्चार्ज र सहइञ्चार्ज तोक्ने निर्णय विवादित भयो । अन्तरसंघर्ष चुलिँदै जाँदा सोही वर्षको दोस्रो साता पूर्वएमाले छ जना सदस्यको बैठक बालुवाटारमा बस्यो । पुसको अन्तिम साता भने नेकपाभित्र अमेरिकी सहयोग परियोजना (एमसिसी)लाई लिएर असन्तुष्टि प्रकट भयो । सभामुख कृष्णबहादुर महराले दाहालको इशारामा एमसिसीलाई टेबुल नगरेको ओलीको बुझाइ थियो । फागुन १ गते जनयुद्ध दिवसमा ओली गएनन् । यसबेलासम्म नेता गौतम चाहिँ राष्ट्रियसभा सदस्य हुँदे प्रधानमन्त्री हुन कहिले ओली त कहिले प्रचण्ड–माधव कित्तामा देखिन्थे । 

१५ फागुन २०७६ सम्म आइपुग्दा त ओली–दाहाल पाँच घण्टासम्म एउटै मञ्चमा हुँदा पनि बोलेनन् । व्यक्तिगतस्तरमै सम्बन्ध चिसिएको थियो । ओली पार्टीको सचिवालय, स्थायी र पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीसम्मै कमजोर देखिएका थिए । र, उनले २०७७ को वैशाख पहिलो साता ४० प्रतिशत संसदीय दलमा सांसद भए राजनीतिक दल गठनसम्बन्धी अध्यादेश ल्याए । मूलतः पूर्वमाओवादीहरूबाट विरोध भयो । खनाल, भीम रावललगायत नेताले पनि विरोध गरे । उक्त अध्यादेश अन्ततः ओलीले फिर्ता लिए । यति हुँदाहुँदै पनि नेकपा एक हुन्छ कि फुट्छ भन्ने संशय पैदा भएको थियो । किनभने ओलीलाई कि प्रधानमन्त्री कि अध्यक्षमध्ये एक पद छाड्न दाहाल, नेपाल, खनालसहितका नेताहरूले दबाब बढाएका थिए । ओली दुईमध्ये एउटा पनि पद छाड्न सकारात्मक भएनन् ।

नेकपाभित्रको समीकरण अदलबदल भइरह्यो । २४ वैशाख २०७६ मा ओलीले दाहाललाई मिल्न नसक्ने भए अलग होऔं भनेर प्रस्ताव गरे । जवाफमा दाहालले प्रस्टरूपमा प्रधानमन्त्रीबाट ओलीलाई आफूले हटाउन खोजेको बताए । यस बेलासम्म ओली र दाहाल–नेपाल समूहको छुट्टाछुट्टै भेला बस्न थालेको थियो ।सोही वर्षको कात्तिकसम्म आइपुग्दा त ओली–दाहालबीच आरोपपत्र नै लेनादेना हुन थाल्यो । यही आन्तरिक मतभेदबीच ५ पुसमा ओलीले सुटुक्क संसद् विघटन गराए । ताजा जनादेशका लागि भन्दै देशलाई मध्यावधि चुनावमा लाने भने । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीले मन्त्रिपरिषद् बैठकबाट पठाएको विघटन सिफारिस क्षणभरमै स्वीकृत गरिन् । यसपछि दाहाल–नेपालपक्ष सर्वोच्च गए । संसद् विघटनविरुद्ध कानुनी चुनौती दिए । ११ फागुन २०७७ मा दाहाल–नेपालपक्षले मुद्दा जिते । संसद् पुनःस्थापना भयो । तर, २३ फागुनमा भने नेकपाको नामसम्बन्धी विवादमा आधिकारिकता सर्वोच्चले ऋषिराम कट्टेलको दललाई दियो । यसपछि नेकपा विघटन भयो ।

पूर्वएमाले र पूर्वमाओवादी ३ जेठ २०७५ अघिकै अवस्थामा फर्कियो । केही माओवादी नेताहरू एमालेमै रहे । माधवपक्ष पनि पछि एमालेमै फर्कियो । यद्यपि, त्यहाँ अन्तरसंघर्ष भइरहेपछि ओलीलाई २७ वैशाख २०७८ मा विश्वासको मत माधवपक्षीय सांसदहरूले दिएनन् । ओलीले कारबाहीको डण्डा चलाउन खोजे । त्यसविरुद्ध माधवपक्ष अदालत पुग्यो । यहीबीच ८ जेठ २०७८ को रातमा फेरि ओलीले दोस्रोपटक संसद् विघटन गरे । यसविरुद्ध भने देउवासहित दाहाल, नेपाललगायतका सांसदहरू गठबन्धनमा संगठित भएर फेरि सर्वोच्च पुगे । २९ असार २०७८ संसद् पुनःस्थापना भयो । सर्वोच्चबाट जारी परमादेशका आधारमा गठबन्धनबाट देउवा प्रधानमन्त्री नियुक्त भए ।

गठबन्धन सरकारले सोही वर्षको भदौ पहिलो साता माधव नेपाल समूहलाई एमालेबाट अलग पार्न सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्यायो । जस आधारमा नेपालले नेकपा एकीकृत समाजवादी दर्ता गरे । यसरी ५ पुस २०७७ मा ओलीले पार्टीभित्रको अन्तरसंघर्षलाई कारण देखाउँदै चालेको असंवैधानिक कदमले अन्ततः एउटा नेकपा तीन टुक्रा भएको छ । एकताबद्ध भएर चुनाव लड्दा दुईतिहाइ बहुमत नजिक सिट जितेको नेकपा यतिबेला संसद्मा कमजोर अवस्थामा छ ।
 


प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन ! बिहीबार, साउन ८, २०८२
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री बुधबार, साउन ७, २०८२
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल बुधबार, साउन ७, २०८२
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन बुधबार, साउन ७, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP