Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दलहरूलाई चुनावको तनाव
दलहरूलाई चुनावको तनाव
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, पुस २, २०८०

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा चुनाव भएको एक वर्ष पूरा हुँदै गर्दा राजनीतिक दलहरू ‘मिसन २०८४’तर्फ उन्मुख भएका छन् । यसअघि सार्वजनिक घोषणापत्रहरूमा उल्लिखित पाँच वर्षे प्रतिबद्धतालाई कार्यान्वयन गर्नुभन्दा दलहरू अनपेक्षितरूपमा चार वर्षपछि हुने चुनावतर्फ केन्द्रित भएका हुन् । यसले दलहरूको मिसन (लक्ष्य) विकास र समृद्धिभन्दा पनि चुनाव नै रहेको सन्देश जनमानसमा गएको छ ।

शनिबार पाँचथरको फिदिम पुगेर पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले एकल बहुमत प्राप्त गर्ने राजनीतिक माहोल बन्दै गएको दाबी गरे । पहिचानवादीहरू आन्दोलित रहेको त्यहाँ पुगेर देश विकासका लागि एमालेले बहुमत प्राप्त गर्नुपर्ने र त्यसका लागि कुनै पनि शक्तिले एमालेलाई रोक्न नसक्ने पनि उनको भनाइ थियो ।

एमालेविरुद्ध घेराबन्दी छ, यो तोड्नुपर्छ । एकल बहुमत ल्याउनुपर्छ । त्यसो हुँदा हामीले संकल्प गरेअनुसार देशको विकास गर्न सक्छौं । 
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले

‘एमालेविरुद्ध घेराबन्दी छ, यो तोड्नुपर्छ । एकल बहुमत ल्याउनुपर्छ । त्यसो हुँदा हामीले संकल्प गरेअनुसार देशको विकास गर्न सक्छौं,’ उनले भने । एमालेमात्रै होइन, अन्य राजनीतिक दलका नेताहरूले पनि चुनावकेन्द्रित अभिव्यक्ति दिइरहेका छन् । रवि लामिछानेले बारम्बार मिसन २०८४ मा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् ।

Hardik health

उनले देशको वैकल्पिक शक्ति रास्वपा भएको र एकल बहुमतका लागि जनतासँग सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै आएका छन् । उनी नेतृत्वको रास्वपा स्थापित भएको डेढ वर्ष मात्रै भएको छ । यो छोटो अवधिमा संघीय संसद्मा चौंथो शक्ति भएपछि हौसिएका रविले दललाई अर्को निर्वाचनमा पहिलो दल बनाइछाड्ने बताए । ‘जनताको लोकप्रिय दल बनाउन जनतासँग एकाकार हुनुहोस्,’ उनले हालै एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘हाम्रो मिसन २०८४ मा पहिलो दल बन्ने हो ।’

यो दल संघीय संसद्मा २१ सिटसहित चौथो दलको हैसियतमा छ । पुराना दलहरूबाट भ्रष्टाचार, तस्करी, ठगीजस्ता काण्डमा दोषीलाई उन्मुक्ति दिलाउने अलोकप्रिय कार्यले आजित बनेका जनताले रविको दललाई विकल्पको रूपमा गत वर्षको चुनावबाट रोजेका हुन् । तर, उनी आफैंले उपनिर्वाचन जितेपछि १०० जनालाई रोजगारी दिने वचन दिएका थिए । तर, अहिलेसम्म कसैलाई पनि रोजगारी दिएका छैनन् । यसले गर्दा उनी पनि पुरानै नेताको लयमा देखिएको कतिपयको टिप्पणी छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा आइतबार बोल्दै उनले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औंल्याए ।

कतिपय दलहरूले अहिले ‘मिसन ८४’ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ? २०८० मा गर्ने कामको बारेमा कुरा गरौं, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौं।
विश्वप्रकाश शर्मा
महामन्त्री, नेपाली कांग्रेस

‘कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो?,’ महामन्त्री शर्माले भने, ‘२०८० मा गर्ने कामको बारेमा कुरा गरौं, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौं।’उनले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताए । कांग्रेसले देशको जितलाई सधैं केन्द्रमा राख्ने उनले बताए । ‘देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महŒवपूर्ण कुरा होइन,’ उनले भने, ‘अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।’उनले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।

दलहरूले चुनावअघि सार्वजनिक गरेको घोषणापत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य, सडकसँगै विकासे पूर्वाधारको क्षेत्रमा लोकप्रिय तर महŒवकांक्षी प्रतिबद्धता जनाएका थिए । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले २० लाख, नेपाली कांग्रेसले साढे १२ लाख र नेकपा एमालेले पाँच लाख जनाका लागि रोजगारी सिर्जना गर्ने आश्वासन दिएका थिए । उसो त चालु आथिक वर्ष २०८०÷८१ को बजेटसहितको नीति तथा कार्यक्रममा पनि रोजगारीलाई सरकारले प्राथमिकतामा राखेको थियो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवायुवतीको भिडले रोजगारी सिर्जना नगरेको प्रष्टिन्छ । देशमा रोजगारी नभएको भन्दै विदेशिनेहरूको भिड विमानस्थलमा देखिने गरेको छ । 

आप्रवासन विज्ञ डा. गणेश गुरुङका अनुसार वर्तमान सत्ता गठबन्धनले देशमा रोजगारी सिर्जनाका लागि प्रशंसालायक केही गरेको छैन । ‘रोजागारीलगायत घोषित एजेन्डाहरूको कार्यान्वयनमा ध्यान छैन । चार वर्षपछि हुने चुनावमा ध्यान छ, यो जनताप्रतिको बेइमानी हो । भन्दैपर्दा अहिलेसम्म जनताले वाहवाही गर्ने रोजगारीसम्बन्धी केही पनि काम सरकारबाट भएको छैन ।’

चुनावी इतिहासलाई हेर्दा नेपाली कांग्रेसले २०१५ र २०४८ मा दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । पहिलो दल भने २०५६ र २०७० मा भयो । एमाले २०५१ र यसपटक पनि पहिलो दल छ । नेकपा माओवादी केन्द्र २०६४ र नेकपा २०७४ मा पहिलो दल भयो । तर, पनि कुनै पनि दलले पूरै कार्यकाल सत्ता सञ्चालन त गरेन नै जनताको अपेक्षाअनुसार देशको विकास पनि गरेन । राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार कुनै पनि दलले बहुमत ल्याएन पनि केही गर्ने होइन । 
‘नेपाली जनताले विश्वास गरेर पटक–पटक कांग्रेस र एमालेसँगै माओवादीलाई ठूलो दल बनायो । तर, के भयो ?,’ उनले प्रभावसँग भने, ‘ठूला दल भएर पनि गर्ने केही होइनन् । २०८४ को चुनावमा कुनै दल ठूला भए भने हुने केही होइन ।’देशमा चुनावी इतिहास ७२ वर्षको छ । प्रजातन्त्र, पञ्चायत हुँदै अन्ततः गणतन्त्रकालसम्म आइपुग्दा जनताले पटक–पटक दलीय प्रतिनिधिहरूलाई चुने तर जनताको विकास र समृद्धिको आकांक्षा सम्बोधन हुन सकेको छैन । यसले गर्दा दलहरूले जति नै चुनाव लडे पनि देश र जनतालाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम नगर्ने राजनीतिशास्त्री पोखरेलले बताए ।


प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP