Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • कसरी बसौं म यहाँ !
कसरी बसौं म यहाँ !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर २७, २०८०

‘यो छोरो बढला, पढाइ गर्ला, दूध भात खान देला’ भन्ने नेपाली उखान अहिले साँच्चै नै उखान नभएर यथार्थ भएको छ । चित्रबहादुर त्यही कुराले दुःखी छन् । गाउँमा हलो जोतेरै भए पनि जीवन निर्वाह गर्ने उनले भीरपाखामै आफ्नो सम्पूर्ण जीवन बिताए । त्यही भीरपाखामा प्रशस्त अन्नपात फल्थे । थरिथरिका फलफूल फल्थे । सक्दो खाने, छिमेकीलाई बाँढ्ने अनि बढी भएको बिक्री वितरण गरी गरेर दुई–चार पैसा हातमा हुन्थ्यो । तर अहिले चित्रबहादुर बाँझो खेतबारी हेरेर चित्त बुझाइरहेका छन् ।


आफूले खनजोत गरेर खाद्यान्न प्रशस्त उब्जनी गरेर त्यही बिक्री गरेर पढाएका छोराछोरीले गाउँ छाडेको पनि निकै भइसकेको छ । चारभाइ छोरामध्ये तीनभाइ त मुग्लान छिरेको पनि धेरै भयो । एउटा छोरो पनि पल्लो जिल्लामा जागिरे गर्छ । तर त्यसबाट ऊ सन्तुष्ट हुन सकेको छैन ।


गाउँमा उही चित्रबहादुर र उसकी जहानमात्र बस्थे । तीन तल्ले घर दुईतल्लामा त चिटिक्क परेको बार्दली नै छ । दक्षिण फर्केको घरमा न्यानोका लागि कुनै चिन्तै छैन । आँगन बिछ्याएको टेलिइँटामा नांगै खुट्टाले उफ्रिँदै खेलेर हुर्किएका चारै भाइ छोराका लागि सेतो कमेरोले भित्ता लिपेको, रातोमाटोले पिँढी पोतेको अनि झ्याल ढोकामा लगाएको निलो रङले कति सुहाउँथ्यो त्यो घर । 


अहिले त कमेरो पनि विस्तारै खुलिएको जस्तो देखिन थालेको छ । यसपालिको दसैंमा चित्रबहादुरकी जहान भुण्टी थला परेकै कारण कमेरो लिन जान सकिनन् । त्यही भएर पनि यो वर्ष कमेरो लगाउन पाइएन ।

Hardik health


चित्रबहादुरले घर नजिकै पहिरोको छेउमा रोपेको सौर रुखको पात क्रमशः झरेजस्तै उनको जीवनका खुसीहरु पनि क्रमशः झर्दै गइरहेका छन् । मंसिरको महिना आँगनमा सुकाएको धानभरि पहेँलै सौरका पातले ढाकेको छ । त्यही पात बल्लतल्ल पन्छाउँछन् । अनि त्यही पात झरेको सौरको रुखलाई टोलाएर हेर्छन् र आँखाभरि आँशु टिलपिलाउँछन् ।
सात वर्षकै उमेरमा टुहुरा भएका चित्रबहादुरले निकै संघर्ष गरेर डाँडामा बनाएको त्यो घर अनि पहिरोको डर । त्यही डरले युवा अवस्थामा सौरको रुख रोपेका थिए । जसरी सौरको रुख मौलाउँदै गयो चित्रबहादुरका घरमा क्रमश चारभाइ सन्तान मौलाउँदै गए । तर अहिले त्यही घर बिरानो भएको छ । पात झरेर हाँगामात्र बाँकी रहेको सौरको रुखजस्तै चित्रबहादुरको शरीर छ । 


डोलको खेतको धान प्रशस्तै हुन्थ्यो । पारि बारीमा टन्नै मकै र फापर उत्पादन हुन्थ्यो । वनपालेको जागिर पनि गरेका थिए चित्रबहादुरले । तर त्यो सबै इतिहासमात्र भयो । तिहारको टीकाको दिन उसकी जहानलाई दैवले चुँडेर लग्यो ।
हुन त चारभाइ छोरा थिए । कसैले पनि आमालाई छुनै पाएनन् । कोही जापान, कोही अमेरिका, कोही अष्टे«लिया उतैबाट चित्रबहादुरसँग भक्कानिएर रोए । ‘बा जे हुनु भइगो हामी टाढा छौं, भाग्यले दाहसंस्कार गर्न पनि आउन पाउने भएनौं, अब कुनै बाहुन राखेर आमाको सम्पूर्ण काम गरिदिनुहोला !’


सात समुद्रपारी फिरङीको देशबाट फोनमा भनेजस्तो त के हुन्थ्यो होला चित्रबहादुरलाई । उनी निःशब्द छन् । बोल्न सकिरहेका छैनन् । ११ वर्षको उमेरमा भित्र्याएकी जहानलाई दैवले पनि हरेर लग्यो । छोरा बुहारीलाई भन्दा सयौं गुणा बढी पीर, चिन्ता र पीडा त चित्रबहादुरलाई पो छ त ।


उही सौरको पात झरेको रुखजस्तै भएका छन् अहिले चित्रबहादुर एक्लोऽ एक्लो भएका छन् । ८० लाग्दै गरेका चित्रबहादुरलाई कमेरोले पोतेको त्यो घर, त्यो फलैँचा, बार्दली पनि बिरानो भएको छ । छिमेकमा त कोही नै छैनन् । आफ्ना उमेरका सबै कोही तेल भिसा त कोही कुन भिसामा फिरङीका देश पुगिसकेका छन् । 


उनलाई पनि तीनभाइ छोराले नबोलाएको त कहाँ हो र ! आफू जन्मेको माटो नै प्यारो लागेर उनले गाउँ छाडेनन् । तर गाउँ त शून्य थियो । त्यही शून्य गाउँमै संघर्ष र रगत पसिना बगाएकाले चित्रबहादुर माटोको निकै माया गर्थे । जसरी कलिलै उमेरमा भित्र्याइएकी उनकी जहानजस्तै गरी गाउँमा बनाएको त्यही कमेरोले लिपेको घरजस्तै । 


तर त्यो घर उनका चारभाइ छोरालाई कहिल्यै मोह भएन । बरु पराइका सामु झुक्ने आफ्नो माटोलाई माया नै भएन । 
आज चित्रबहादुरका आँखा ओभाएकै छैन । मुटुभन्दा प्यारी जहानलाई दैवले लगेदेखि नै उनको आँखा उस्तै रसाएका छन् । आज अझ बढी भएको छ । तीनभाइ छोराले चित्रबहादुरलाई गाउँमा भएको जायजेथा बेचेर उतै आउन भनेका छन् । तीनवटैलाई घर, गाडी खरिद गर्न गाह्रो भयो रे ! ‘गाउँमा भएको त्यो लामपाटोको के काम ?’ डोल के गर्न चाहियो र अनि सिमखेतको त कामै छैन रे ! त्यही भएर आमाले छाडेको ४५ दिन पनि हुन नपाउँदै चित्रबहादुरसँग निकै संघर्ष गरेर हुर्काएका छोराहरुले घरखेत बेचेर विदेश पठाउन उर्दी जारी गरे । 


आँगनको डिलमा बसेर, त्यही आफूजस्तै वृद्ध सौरको रुखसँग पीडा पोख्दै छन् चित्रबहादुर । उनको कुरा सुनिदिने पनि कोही छैन । बुझिदिने पनि कोही छैन । अनि सँगै बस्ने पनि कोही छैन । न टेक्ने लौरो साथमा छ न समाउने कुनै हाँगा नै छ । 


हुन त गाउँ नै रित्तो छ । गाउँमा कोही छैन । गाउँका हरेक मूल ढोकामा ताल्चा झुण्डिएका छन् । गाउँबाट सदरमुकाम अनि त्यहीबाट राजधानी हुँदै सात समुद्रपारि लाखौं युवा पुगिसकेका छन् । चित्रबहादुर त्यही सौरको रुखलाई बह पोखिरहेका छन् । ‘अब म यहाँ कसरी बसुँ’ मैले यो घर मात्र रित्तो देखिरहेको छैन । मेरो गाउँ नै रित्तो छ । कसका लागि म यहाँ बसौं । डाँडामाथिको घाम हुँदा पनि कसलाई कुरेर बसौं ? जसका लागि मैले मेरा सारा जीवन संघर्षमा बिताएँ । यही माटोको सुगन्धले । 


तर, विचरा सौरको वृक्ष चित्रबहादुरको कुरामा सही थापेझैँ गरी निर्जिव रुख हल्लिँदै सहमत जनाउँछ । आफ्ना पात झरेका हाँगा पारि वनबाट आएको हावाकै कारण हल्लिँदै चित्रबहादुरलाई सान्त्वना दिन खोजिरहेको जस्तो गर्छ । तर चित्रबहादुर एक टकले सौरको रुखमा टोलाउँदै आँखाबाट बलिन्द्र आँशु झार्दै एक थोपा पानी पिलाउनेको आशामा डङरङ्ङ ढल्छन् । सायद अब चित्रबहादुर फर्किने छैनन् । उनका चारभाइ छोराले उनको मुख कहिल्यै देख्न पाउने छैनन् । 
कवि अर्जुन पराजुलीले भनेजस्तै गाउँ भएको छ । अब केही समय पनि देश नै त्यस्तै हुने संकेत देखिएको छ । 
‘गाउँमा बोल्ने कोही छैन 
पाहुना आउँदा घरको ढोका खोल्ने कोही छैन ।

 


प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP