Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  •  ‘लभ बम्बिङ’ र लैंगिक हिंसाको पुनःपरिभाषा
 ‘लभ बम्बिङ’ र लैंगिक हिंसाको पुनःपरिभाषा
निमा काफ्ले
निमा काफ्ले आइतबार, मंसिर १७, २०८०

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा हरेक दिन केही नयाँ सन्दर्भ र कोणबाट बहस भइरहेको छ । यतिबेला सिङ्गै विश्वले हिंसाविरुद्धको दिवस मनाइरहँदा नेपाली समाजमा हामी महिला हिंसाविरुद्धको दिवसका रुपमा पनि समाजलाई सचेत बनाएर यथार्थपरक ढङ्गले हिंसाविरुद्ध लड्न तयार पार्न सकिरहेका छैनौंँ । स्वाभाविकरुपमा हाम्रो समाजले पितृ सत्तात्मक प्रकृतिको विशेषता छोड्न नसकेको हरेक घटना सन्दर्भ र परिवेशहरुमा देख्न र भोग्न परिरहेको छ ।

महिलाविरुद्धको हिंसामा पनि पीडितको पक्षमा खुलेर बोल्न नसक्ने हाम्रो जस्तो सामाजिक परिवेशहरुमा हिंसा कसरी गुम्सिरहेको छ र कसरी विभिन्न स्वरुपमा विष्फोटन भइरहेको छ भन्ने थुप्रै दृष्टान्तहरुले लैंगिक हिंसाको परिभाषा र निराकरणलाई नै नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने अनुभूत गराएको छ । 

 केही समयअघि एकजना साथीले अन्तरङ्ग सम्बन्धमा भोगेको अनुभवहरु बाँड्दै बेग्लै पीडा र बेदना सुनाउनुभयो । प्रेम, विश्वास र सम्बन्धमा व्यक्त भावहरुलाई स्वभाविक रुपमा लिने कि हिंसाको रुपमा लिएर निर्णय गर्ने भन्ने द्विविधाले सिर्जना गरेको उनको अन्तरमनको द्वन्द्वले आफूमा समेत सिर्जना भएको मनोवैज्ञानिक दबाब पनि नयाँ ढङ्गले यो सन्दर्भलाई हेर्ने एउटा प्रेरणा बन्ने अनुभूति गरेको छ ।

हामीले हाम्रा निकटस्थहरुका भावना र गतिविधिहरुलाई कसरी हेर्ने ? हिंसाको परिभाषाभन्दा पहिले यसमा स्पष्ट हुन जरुरी छ । हामीले स्वीकार गरिरहेका भावना वा गतिविधिहरु कसरी स्वभाविकबाट हिंसामा परिणत हुन्छन् भन्ने कुरा हामीले लिएको शिक्षा, हामीमा विकास भइरहेका चेतना, हाम्रो सामाजिक परिवेश, हाम्रो साथीसङ्गत  तथा प्रविधि र विकासको गतिले निर्धारण गर्छ ।  

Hardik health

लैंगिक हिंसाको व्याख्या गर्नेहरु, विभिन्न विषयमा आफूलाई ज्ञाता वा जानकार ठान्नेहरु र विज्ञहरुकै जीवनमा देखिएका र भोगिएका सन्दर्भहरुलाई पनि हिंसाको कोणबाट हेर्दा केही प्रभावहरु देखिन्छन् । सामाजिक रुपमा त्यस्ता घटनालाई हेर्दा पितृ सत्तात्मक सोचबाट निर्देशित भएको भन्न सकिन्छ । सँगै काम गरिरहेका सहकर्मीमा पनि महिला साथी आफू सरह हुञ्जेल ठीकै हुने तर आफूभन्दा माथि जाने सम्भावना भए लगत्तै अनेक ईश्याभाव र आरोपहरु आउने देखिन्छन् । यो एक प्रकारको हिंसाको स्वरुप हो । अर्को खतरनाक हिंसाको अवस्था अन्तरङ्ग सम्बन्धमा देखिन्छ । यो विशेषगरी पद, प्रतिष्ठा, पहिचान र पुँजीसँग जोडिएर देखिने गरेको छ । 

प्रेममा पनि हिंसाको विभिन्न अवस्थाहरु देखिने गरेका पाइन्छन् । यी खालका हिंसाहरु पुरुष वा महिलाले एउटा निश्चित अवस्थासम्म स्वभाविक मानेर स्वीकार गर्ने, त्यसपछि एउटा हदसम्म हिंसाको रुपमा अनुभूत गरेर उकुसमुकुस अनुभव गर्ने र त्यो हद नाघेपछि सामाजिक रुपमै विष्फोट हुने गरेको देखिन्छ । यसलाई लभ बम्बिङको रुपमा पनि हेर्न सकिन्छ । यस्ता घटना र सन्दर्भहरु धेरै आँटिलो मानिएकाहरुले पनि व्यक्त गर्न वा उपचारको पहलतर्फ सोच्न पनि नसकेको यथार्थ देखिन्छ । लभ बम्बिङ परिस्थिति र परिवेशअनुसार हिंसात्मक हुँदै समाजिक र भौतिक रुपमै दुर्घटनाका रुपमा समेत पुग्ने गरेको पाइन्छ । दृश्यमा देख्दा अन्तिम परिणाम आइसकेपछि हिंसा देखिए पनि यो प्रकृतिको हिंसाको विजारोपण सुषुप्त रुपमा, नजानिँदो ढङ्गले हुने गर्छ । यसलाई हाम्रो व्याख्या विश्लेषण र परिभाषाको परिधिले भेटिरहेको छैन ।

यस्ता प्रकृतिका घटना र सन्दर्भहरु केहीलाई त पक्कै पनि यहाँहरुले अनुभव गर्नुभएकै होला । तर यसको आकार देखिएभन्दा र स्वभाविकभन्दा बढी छ । प्रविधिको विकास, सामाजिक परिवेशहरु, सम्बन्धहरुमा अपेक्षा गरिने इमान्दारिता र प्राप्त हुने यथार्थता, त्यसप्रतिको बुझाइमा हुने असमानताले यसलाई बढाइरहेको छ । यो अवस्था गुनासो गर्न पनि नसकिने र त्यसको कतिपय उपाय र उपचार पनि नपाइने खालका अवस्था, आफैँलाई यो हिंसा हो कि स्वभाविक व्यवहार हो भन्ने अन्र्तमनमा सिर्जना हुने अन्योलले गर्दा समाजमा लैंगिक हिंसाको आकार बढाइरहेको छ । पुरुष पनि यस्ता खालका हिंसामा परिरहेका हुन सक्छन् । महिलाहरु त पर्ने गरेका धेरै नै उदाहरणहरु देखिएका छन् ।  

आफ्नो एउटा अवस्थामा त्यही भावना वा गतिविधि स्वभाविक लाग्ने र आफ्नो चेतना वा ज्ञान र विकासको अभिवृद्धिसँगै त्यही भावना वा व्यवहारलाई पनि हिंसाको परिभाषा हुने गरेको आरोप लाग्ने गरेको छ । यसलाई फेमिनिज्मले जन्माएको विकृतिको रुपमा लाञ्छनाहरु लाग्ने गरेका छन् । हामीलाई जेण्डर एक्टिभिज्म आवश्यक हो कि फेमिनिज्म ? हाम्रो न्यायले खोजेको समानता वा हिंसामुक्त परिवेशले एउटा पक्षलाई मात्रै हेर्छ कि समतलीय र सन्तुलित ढङ्गबाट हेर्छ भन्ने बहस पनि उठेको छ र उठ्नु पर्छ पनि । 

विज्ञान र प्रविधिको विकासले पुरुष वा महिलाको आवश्यकता र उपलब्धताको नै विकल्पको समेत परिकल्पना गरिसकेको आजको विश्वमा महिला वा पुरुषले आफ्नै कोणको बुझाइ र व्याख्याअनुसार हिंसाको व्याख्या गर्ने र त्यसको उपचारको वकालत गर्नु आफैंँमा अधुरो र अपुरो हुन्छ । काठमाडौंँमा व्याख्या गरिने हिंसाको प्रकृति कञ्चनपुर वा फिदिमको समाजले उस्तै ढङ्गले अनुभूति गरिरहेको नहुन सक्छ । आयातित परिभाषालाई लिएर वकालत गर्नुभन्दा अवस्था र परिवेशअनुसार हिंसाको अनुभूति र उपचारको चेतना निर्माण गर्नमा हाम्रा पहल हुनुपर्छ भन्ने मेरो निश्कर्ष हो । 

महिला अधिकार अभियन्ता क्लारा जेट्किन, क्रान्तिकारी कम्युनिष्ट योद्धा रोजा लक्जम्वर्ग, अधिकारकर्मी मिरावल दिदीबहिनीहरुले उठान गरेको महिला अधिकारको विषय र यसले वकालत गरेको नागरिक तथा राजनीतिक कोण एवं सामाजिक विश्लेषण आज पनि त्यही अवस्थामा मात्रै वकालत भइरहेको छ । सामयिकताका आधारमा गर्नुपर्ने बहसमा हामी प्रवेश नै गर्न सकेका छैनौंँ ।

मिरावल दिदीबहिनीकै घटना र त्यही परिवेशमा मात्रै अल्झिरहेको महिला हिंसा विरुद्धको दिवसलाई आम रुपमा लैंगिक हिंसाविरुद्धको अभियानको रुपमा लैजान पर्ने आवश्यकता तर्फ समेत बहस गर्नुपर्ने आवश्यकता छ । अर्कोतर्फ वायोलोजिकल र साइकोसोसियल कोणबाट महिलाको अधिकारलाई व्याख्या गर्ने गरी १५० वर्ष अगाडि सिमन द वेवियरले लेखेको द सेकेण्ड सेक्स पुस्तकले चित्रित गरेको महिला चेतना र उनले स्थापित गरेको लैंगिक व्यवहारको उदाहरणलाई पनि आजको समाजले अक्सेप्ट गर्न त परै जाओस् अपडेट समेत गर्न सकेको छैन । 

हाम्रा अभियान्ताहरुले व्यानर राखेर प्रस्तुत गर्ने कार्यपत्रहरु र दिवस मनाउनाले न उपयुक्त अवधारणालाई अध्यावधिक गर्न सकेको छ न हाम्रो धरातलीय यथार्थता अनुसारको नयाँ बाटो नै निर्माण गरेको छ । सेन्ट्रिक अफ अट्¥याक्सनको होडबाजीले मात्रै नेतृत्व पङ्क्तिमा उभिएकाहरुबाट यस्ता अभियानहरुले गति पाउन सक्दैनन् । कृतिम वौद्धिकता (एआइ) मा रुपान्तरित हुँदै गरेको युवा पुस्तालाई यतिबेला अधिकारका कुरा बोलेर मात्रै मनाउन सकिँदैन ।

उनीहरुले चाहँदा हामीले पढाउने गरेको अभियन्ताको इतिहास र योगदानको चर्चा क्षणभरमै ‘गुगल सर्च’ गरेर हाम्रोभन्दा राम्रोसँग व्याख्या गर्न सक्छन् । हामीलाई यतिबेलाको आवश्यकता र भूधरातलीय यथार्थ अनुसारका समस्या पहिचान र समाधानको निर्माण हो । जुन उनीहरुले पनि सहजै प्राप्त गर्न सकिरहेका छैनन् र उनीहरु आफैँ पनि समस्या भिन्न ढङ्गले भोगिरहेका छन् । फेमिनिष्ट र फेमिनिज्मको भाष्यलाई त्यही पुरानै कोणबाटभन्दा पनि समय अनुकूल परिस्कृत गर्न जरुरी छ ।

(लेखक टेलिभिजन पत्रकार हुन्) 
 


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP