Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १, २०८२
गम्भीरबहादुर हाडा

 

जनसंख्या वृद्धि तथा अत्यधिक मात्रामा प्राकृतिक स्रोतहरूको दोहन, सम्बन्धित निकायहरूको एक आपसमा समन्वय अभावका कारण गरिने विकास निर्माणका क्रियाकलापहरू, आधुनिक प्रविधिको जथाभावी प्रयोग, वनजंगल विनास, औधौगिकीकरण, अव्यवस्थित सहरीकरण, फोहोरमैलाको उचित प्रबन्ध नगरिनुलगायतका कारणले वायु प्रदूषण बढेको देखिन्छ । सरकारले सम्बन्धित ऐन कानुनको कार्यान्वयननमा जोड नदिनु, सवारीसाधन दर्ता प्रक्रिया पूरा गरी ‘ग्रिन स्टिकर’ प्रदान गरिसकेपश्चात् पटक-पटक चेकजाँच नगराइनु तथा अत्यधिक पुराना सवारीसाधनलाई अनुगमनको अभावमा सडकमै गुड्न दिनु पनि वायु प्रदूषणका कारण हुन् ।

वायु प्रदूषण आज विश्वको टाउको दुखाइको विषय बनेको छ । नेपाल पनि यसबाट प्रभावित छ । विभिन्न उद्योगबाट निस्केका खनिज कणहरू र आणविक भट्टीहरूबाट निस्कने रेडियोधर्मी किरणहरू आदिका सम्मिश्रणको कारणले गर्दा वायु प्रदूषण उत्पन्न हुने गर्दछ । आजभन्दा ३०० वर्ष पहिले वैज्ञानिक जोन इभलिनले कोइलाका अधिक प्रयोगबाट वायु प्रदूषण निम्तने र त्यसबाट मानिसहरूको श्वासप्रश्वाससम्बन्धी रोगले मृत्यु हुने, धूलो वायुमण्डलबाट कुनै पनि ठाउँमा झर्न सक्ने, कुनै पनि वस्तुमा घर्षण भई वस्तु खुइलिएर जाने र कालो धुँवाको बादलको कारणले सौर्य शक्ति पनि कम हुने सम्भावना औंल्याएका थिए ।

यसै कुरालाई २०औं शताब्दीमा अध्ययनको मुख्य विषयवस्तु पनि बनाइयो र यसप्रकारका असरहरू पनि प्रशस्तै देखिए । आज २१औं शताब्दीको सुरुआतमा पनि यसको अध्ययन आवश्यक भइरहेकै छ । वायु प्रदूषणको असर सर्वप्रथम सन् १९३० मा बेल्जियमको म्युम भ्यालीमा देखिएको थियो । त्यसपछि कुमस संयुक्त राज्य अमेरिकाको पन्यु सोलभानिया राज्यको मानोकाहैला नदीमा सन् १९४८ लण्डनमा सन् १९५२ मा देखियो । यी सबै प्रकारका वायु प्रदूषणबाट मानिसहरूको मृत्यु भएको थियो । वायु प्रदूषणबाट पृथ्वीको सतहभन्दा करिब ६० किलोमिटर माथि रहेको ओजोन तहलाई पनि प्रभावित पारेको बताइन्छ ।

Hardik health

प्राकृतिक र मानवीय कारणले गर्दा काठमाडौं उपत्यकामा वायु प्रदूषणको प्रभाव अन्य सहरहरुमाभन्दा बढी हुने गर्दछ । कचौराजस्तो भौगोलिक भू-वनोटले गर्दा उपत्यकाभित्र जम्मा भएका वायु प्रदूषकहरुलाई हावाले सजिलै बाहिर लान सक्दैन । जाडोयाममा त यो समस्या झन् जटिल हुन्छ, किनभने जाडोयाममा राति र बिहानीपख उपत्यकाको सतहनिर चिसो हावाको एक तह बन्छ जसलाई तातो हावाको अर्को तहले ढकनीले जस्तै छोपेर राखेको हुन्छ । यसलाई वैज्ञानिक भाषामा इन्भर्सन भनिन्छ । यसले गर्दा जाडोेयाममा प्रदूषकहरु जमिनको सतहनजिक नै बसिरहन्छन् र वायु प्रदूषण अत्यधिक मात्रामा बढ्छ । वायु प्रदूषण बढी हुनुको अर्को कारण यहाँको उचाइ पनि हो । एक हजार ३०० मिटरदेखि एक हजार ३५० मिटरसम्मको उचाइमा अवस्थित काठमाडौं उपत्यकामा गाडीहरुले अन्य कम उचाइ भएका ठाउँभन्दा साधारणतया बढी धुँवा फाल्ने गर्दछ ।

काठमाडौंको मौसमले पनि वायु प्रदूषण बढाउन सहयोग पु¥याइरहेको छ । वर्षाले हावामा भएका प्रदूषकहरु पखाल्ने गर्दछ । तर काठमाडौंमा करिब तीन महिनामात्र राम्ररी पानी पर्ने हुनाले पानी नपर्ने समयमा वायु प्रदूषण बढी हुने गर्दछ ।
डिजेलबाट चल्ने सवारीसाधनहरुको धुँवा एकदमै खतरनाक हुने गर्दछ । यो धुँवामा मसिना धूलाका कणहरु अत्यधिक पाइन्छ र यी कणहरुमध्ये ९० प्रतिशतजति एक माइक्रोनभन्दा मसिना हुन्छन् । डिजेलको धुँवामा यस्ता धूलाका कणहरु पेट्रोलको धुँवाको तुलनामा १०० गुणा बढी हुन्छ । यस्ता धूलाका कणहरुले मान्छेको फोक्सोमा क्यान्सर निम्त्याउन सक्छन् । सन् १९९७ मा जापानी वैज्ञानिकहरुले क्यान्सर रोग निम्त्याउन सक्ने अहिलेसम्म पत्ता लागेका रसायनहरुमध्ये सबैभन्दा खतरनाक पदार्थ डिजेलबाट निस्कने धुँवामा पाए ।

काठमाडौंको परिवेष्ठित वायुको गुणस्तरअनुसार कूल सस्पेण्डेड कण र १० माइक्रोनका पार्टिकुलेट म्याटरबाहेक अरु आधारभूत प्रदूषकहरु विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभित्र रहेका छन् । उपत्यकाको वायुमण्डलको कूल सस्पेण्डेड कणसम्बन्धी तथ्यांकअनुसार वर्षाको समयमाभन्दा हिउँदमा बढी प्रदूषण हुने गरेको छ । वायु प्रदूषण गराउनमा उद्योगहरुको पनि महŒवपूर्ण भूमिका रहेको हुन्छ । औद्योगिक प्रदूषण नियन्त्रण एवं व्यवस्थापन परियोजनाद्वारा सम्पन्न गरिएको औद्योगिक प्रदूषणसम्बन्धी सर्वेक्षणअनुसार वायु प्रदूषण गर्ने कूल तीन हजार १५६ उद्योगले प्रतिवर्ष ७६ हजार ४०० टन कूल सस्पेण्डेड कणहरु फयाँक्ने गर्दछन् ।

विश्व स्वास्थ्य संगठनकाअनुसार भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर हो । ११ देशका एक हजार ६०० सहरमा गरिएको एक सर्वेक्षणमा दिल्लीको हावामा पिएम २.५ (सासभित्र जाने पार्टिकुलुटम्याटर) को मात्रा निकै पाइएको छ । दिल्लीमा यो १४३ माइक्रो ग्राम प्रतिघनमिटर छ । यो नयाँ प्रतिवेदनको नाम ‘ऐम्बिएन्स एयर पोलुसन’ राखिएको छ । प्रतिवेदनमा साढे एक हजार देशको वायु प्रदूषणको स्थिति तथा असरबारे विस्तृतरुपमा जानकारी दिइएको छ ।

विश्व स्वास्थ्य संगठनले २.५ पिएमको बढ्दो स्तरमा चिन्ता व्यक्त गर्दै भनेको छ- पिएम २.५ को कन्स्ट्रक्सन प्रतिघनमिटर १० माइक्रो ग्रामभन्दा बढी हुनु हँुदैन । एसियाको घना आवाधी भएको सहरमा पनि तुलनात्मक हिसाबमा कम वायु प्रदूषण छ । पाकिस्तानको कराँचीमा पिएम २.५ को ११७ माइक्रो ग्राम प्रतिघनमिटर छ भने चीनको राजधानी बेइजिङमा ५६ र सांघाईमा ३६ रहेको छ । यो प्रतिवेदनले स्पष्टरुपमा दिल्लीमा प्रदूषण कम गर्न आवश्यक कदम तत्काल नचाल्ने हो भने रोगहरु फैलने चेतावनी दिएको छ ।

स्विस जलवायु समूह आइक्युएयरले सन् २०२३ मा १३४ देशमा गरेको अनुगमनमा सबैभन्दा खराब वायु गुणस्तर बंगलादेशको थियो । त्यसबाहेक प्रतिवेदनमा समग्र दक्षिण एसिया विश्वमा सबैभन्दा खराब प्रदूषणबाट ग्रस्त रहेको भनिएको छ । प्रतिवेदनमा पाकिस्तान र भारत वायु प्रदूषणका हिसाबले हाराहारीमा छन् । प्रदूषणबारे प्रतिवेदनका केही अन्तर्दृष्टि यहाँ उल्लेख गरिएको छ, जसले हामीलाई दक्षिण एसियाली देशका सरकारबारे बताउँछ ।

प्रतिवेदनले विश्वभरका सात हजार ८१२ सहरबाट पिएम २.५ वायु गुणस्तर तथ्यांकको एक सिंहावलोकन प्रदान गर्छ । पिएम २.५ भन्नाले २.५ माइक्रोन वा सोभन्दा सानो व्यास भएको सूक्ष्म कणलाई जनाउँछ । यी मानव श्वासप्रश्वास प्रणालीको गहिराइमा पुग्न सक्ने भएकाले खतरनाक हुन्छन् । यी कण प्राकृतिक घटना, जस्तैः धूलो, तुफान, डढेलो, कोइला जलाउँदा वा कृषिजन्य कार्बनजस्ता मानव गतिविधिले गर्दा उत्पन्न हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दिशानिर्देशअनुसार पिएम २.५ को औसत वार्षिक स्तर प्रतिघनमिटर पाँच माइक्रो ग्रामभन्दा बढी हुनुहुँदैन । तथापि, प्रतिवेदनमा सूचीबद्ध १० देशलेमात्र यो मानक पूरा गरेका छन् । तिनमा फ्रान्सेली पोलिनेसिया, न्युजिल्याण्ड, फिनल्याण्ड र इस्टोनियालगायत विश्वको सबैभन्दा स्वच्छ हावा भएको मुलुक समावेश छन् । बंगलादेशको पिएम २.५ स्तर ७९.९ माइक्रो ग्राम प्रतिघनमिटर छ, जुन विश्व स्वास्थ्य संगठनले स्वस्थ भनेर सिफारिस गरेकोभन्दा झण्डै १६ गुणा बढी हो । गत वर्षको तुलनामा पाकिस्तानमा ७३.७ र भारतको हावामा ५४.४ माइक्रो ग्राम पिएम २.५ कण प्रतिक्युविक मिटर थियो ।

काठमाडौं बेलाबेलामा विश्वकै सबैभन्दा बढी प्रदूषणयुक्त सहर बन्दै आएको छ । आधिकारिक रुपमा वायु प्रदूषणका कारण नेपालमा पछिल्लो समय परेको वित्तीय भारको विषयमा अध्ययन हुन नसके पनि वायु प्रदूषणका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष गरी नेपालमा १३० मिलियन अमेरिकी डलर (करिब एक खर्ब ३० अर्ब रुपैयाँ) नोक्सानी भएको विश्व बैंकको सन् २०१५ को तथ्यांकले देखाएको छ । सन् २०३० सम्ममा नेपालमा वायु प्रदूषणको वित्तीय भार २५६ मिलियन अमेरिकी डलर (करिब तीन खर्ब) पुग्ने विश्व बैंकको अनुमान छ ।

वनजंगलमा लाग्ने डढेलो, कृषकले खेतबारीमा जलाउने कसिंगर, धूलो धुँवा र पश्चिमी तथा पूर्वीय वायु सक्रिय हुन नसक्दा काठमाडौंमा प्रदूषण बढ्दै गइरहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति तथा वातावरणविद्ले बढ्दै गएको वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असर तथा सेवा प्रभावित हुँदा आर्थिक क्षति पनि बढ्ने गर्छ भनेका छन् । बढ्दो प्रदूषणका कारण मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने, कामकाजमा असर गर्ने, भिजिबिलिटी कम हुँदा विमान उडानमा प्रभावका कारण यसले आर्थिक क्षति पनि बढाइरहेको वातावरणविद्हरुको भनाइ छ । प्रदूषणका कारण नेपालको आर्थिक भार बढ्दै जाने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । प्रदूषण न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्नेमा सरोकारवालाको जोड रहँदै आएको छ ।

वन डढेलो, सवारीसाधनले फ्याँक्ने धुँवा, जथाभावी बालिने फोहोर, उद्योगको धुँवा आदिका कारण वातावरणीय प्रदूषण भइरहेको छ । प्रदूषणका कारण मानव स्वास्थ्यमा मात्र नभई हामीलाई आर्थिक रुपमा पनि क्षति भएको छ । यसले मुलुकको आर्थिक भार बढाउँदै लैजाने छ । वातावरणीय प्रदूषण न्यूनीकरणको क्रियाकलापलाई समयमा नै अपनाई राज्यले लगानी बढाउनुपर्ने आवश्यकता छ । वातावरणले मुलुकको अर्थतन्त्रमा पार्ने असरको विषयमा विस्तृत अध्ययन गर्न आवश्यक रहेको छ ।

डढेलोविद्ले पनि १ देखि २७ मार्चसम्म देशभर ३०९ वटा आगलागीका घटना भएको भन्दै यसको धुँवाले प्रदूषण बढाउने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार वायु प्रदूषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष करिव ४२ हजार मानिसले ज्यान गुमाउने गरेका छन् । त्यसैगरी विश्व बैंकको अध्ययनअनुसार वायु प्रदूषणकै कारण नेपालमा बर्सेनि कूल गार्हस्थ उत्पादनको ४.७ प्रतिशत नोक्सान भइरहेको छ ।

काठमाडौं उपत्यकामा झण्डै ७२ प्रतिशत मुटुको समस्या वायु प्रदूषणकै कारण हुने गरेको पाइएको छ । प्रदूषणका कारण दमका रोगी, फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको पाइएको छ । वायु प्रदूषणले दमखोकीका बिरामीको अस्पताल भर्ना हुने दरमा १.३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३.४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३.६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको छ ।

वायु प्रदूषणका कारणहरू 
जनसंख्या वृद्धि तथा अत्यधिक मात्रामा प्राकृतिक स्रोतहरूको दोहन, सम्बन्धित निकायहरूको एक आपसमा समन्वय अभावका कारण गरिने विकास निर्माणका क्रियाकलापहरू, आधुनिक प्रविधिको जथाभावी प्रयोग, वनजंगल विनास, औधौगिकीकरण, अव्यवस्थित सहरीकरण, फोहोरमैलाको उचित प्रबन्ध नगरिनुलगायतका कारणले वायु प्रदूषण बढेको देखिन्छ । सरकारले सम्बन्धित ऐन कानुनको कार्यान्वयननमा जोड नदिनु, सवारीसाधन दर्ता प्रक्रिया पूरा गरी ‘ग्रिन स्टिकर’ प्रदान गरिसकेपश्चात् पटक-पटक चेकजाँच नगराइनु तथा अत्यधिक पुराना सवारीसाधनलाई अनुगमनको अभावमा सडकमै गुड्न दिनु पनि वायु प्रदूषणका कारण हुन् ।

विश्व बैंकले नेपालमा वायु प्रदूषण न्यूनीकरण र वायु गुणस्तर व्यवस्थापन सुदृढ गर्न पाँच करोड २० लाख अमेरिकी डलर र करिब छ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको ऋण सहयोग स्वीकृत गरेको छ । उक्त सहयोग वायु प्रदूषणको उच्च जोखिममा रहेका काठमाडौं उपत्यका, तराई र वरपरका पहाडी क्षेत्रहरुमा खर्च गरिने छ । ती क्षेत्रका उद्योगहरुलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न ऋण सहायता, प्रोत्साहनभत्ता र प्राविधिक सहयोग उपलब्ध गराइने विश्वबैंकले उल्लेख गरेको छ । विश्वबैंकको यो सहयोगमा बेलायत र स्विट्जरल्याण्ड सरकारको ‘रेजिलियन्ट एसिया प्रोग्राम’मार्फत ५० लाख डलरको थप अनुदान पनि समावेश छ ।

विश्व बैंकले ‘नेपाल स्वच्छ हावा र समृद्धि परियोजना’ का लागि उक्त रकम स्वीकृत गरेको हो । यो परियोजनाले विशेषगरी उद्योग र व्यावसायिक क्षेत्रमा प्रयोग हुने बोयलर तथा भट्टीहरुबाट निस्कने हानिकारक सूक्ष्म कण (पिएम २.५) को उत्सर्जन कम गर्न केन्द्रित हुने छ । स्वास्थ्य उपचार र उत्पादकत्वमा हुने ह्रासका कारण नेपालले वार्षिक कूल गार्हस्थ्य उत्पादनको छ प्रतिशतभन्दा बढी हिस्सा गुमाइरहेको छ । यो परियोजनाले नेपाली उद्योगहरुलाई स्वच्छ र प्रतिस्पर्धी बनाउँदै लाखौं मानिसको स्वास्थ्य रक्षा गर्ने लक्ष्य राखेको छ ।

नेपालमा औद्योगिकीकरण बढ्दै जाँदा भविष्यमा औद्योगिक उत्सर्जन नै प्रदूषणको मुख्य स्रोत बन्ने प्रक्षेपण गरिएको छ । यसलाई सम्बोधन गर्न परियोजनाले करिब ४०० वटा उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरुलाई विद्युतीय बोयलर, आधुनिक बायोमास भट्टी र उन्नत उत्सर्जन नियन्त्रण प्रविधि अपनाउन सहयोग गर्ने छ । नेपालमा महँगो लगानी र दीर्घकालीन ऋणको अभावका कारण स्वच्छ प्रविधि अपनाउन गाह्रो भइरहेको उल्लेख गर्दै यो परियोजनाले ती अवरोधहरु हटाउने छ ।

वायु प्रदूषणका असरहरुमा कार्बनडाइअक्साइडको तह वृद्धि भएर हरितगृह प्रवाह हुन्छ । क्लोरोफ्लोरो कार्बन र नाइट्रोजनअक्साइडले ओजोन तहको क्षयीकरण गराउँछ । वायु प्रदूषणले मानिसमा गम्भीर प्रकारका रोगसम्बन्धी प्रभाव पार्छ । वायु पदूषणले हवाई चालकको दृष्टिमा अवरोध ल्याउँछ र जहाज दुर्घटना निम्त्याउँछ । वायु प्रदूषणले कृषिसम्बन्धी बालीहरु तथा प्राकृतिक बिरुवा र वनस्पति दुवैलाई नोक्सान गर्छ । यसले विश्वव्यापी, महादेशीय र क्षेत्रीय जलवायु तथा मौसममा पनि प्रभाव पार्छ । हामी बसिरहेको ठाउँको हावा प्रदूषित हँुदा रुघाखोकी लाग्ने, पिनासको समस्या हुने, श्वासप्रश्वासमा समस्या, एलर्जी, फेरेञ्जाइटिस हुने, लेरेञ्जाइटिस हुने, निमोनिया आदि समस्या देखिन्छ । प्रदूषणले दम, मुटुरोगलगायत दीर्घरोगका बिरामीलाई पनि थप असर गर्छ । शरीरका विभिन्न अंगमा प्रदूषणको नकारात्मक प्रभाव पर्छ । प्लास्टिकका फोहोर जलाउँदा निस्केको प्रदूषणले पछि गएर क्यान्सरसमेत निम्त्याउन सक्छ । प्रदूषणमा मिसिएको लिड, सिलिका, सल्फाइड, कार्बन मोनोअक्साइडले सीधै स्वास्थ्यमा असर पु¥याउँछ । गाडीबाट निस्कने धुँवा, फोहोर तथा आगो बाल्दा निस्केको धुँवाले हाम्रो शरीरलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

वायु प्रदूषण कम गर्न अपनाउनुपर्ने प्रमुख उपाय तथा रणनीतिहरु
वातावरणीय शिक्षालाई औपचारिक एवं अनौपचारिकरुपमा लागू गरी विद्यार्थीहरु एवं आमजनसमुदायलाई वातावरणप्रति सचेत गराउनुपर्दछ । वातावरणीय प्रदूषण नियन्त्रण गर्नका लागि वातावरणीयपक्षहरु हावा, पानी, जमिन, सांस्कृतिकपक्ष आदि के कारणले प्रदूषित हुन्छन्, प्रदूषणबाट मानव स्वास्थ्यमा के कस्ता समस्याहरु आउँछन् आदि विषयवस्तुप्रति सचेत गराउनुपर्दछ । वातावरणीय सरसफाइमा विशेष जोड दिनुपर्दछ, जसअन्तर्गत शौचालयको प्रयोग, ठोस फोहोर वस्तुहरु एवं ढलको उचित व्यवस्थापनमा जोड दिनुपर्दछ । वृक्षरोपणमा जोड दिनुपर्दछ, जसका लागि भएका वनजंगलको संरक्षण गर्नुका साथै खाली ठाउँहरुमा बिरुवा रोपी हराभरा बनाउनुपर्दछ । आमजनसमुदायलाई बोटबिरुवा र मानवबीचको अन्तरसम्बन्ध र यसले स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी गराई उनीहरुको सहयोगमा नै वृक्षरोपण र संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

निश्चित नियम तथा कानुनको निर्माण गरी सहरीकरण एवं मानवीय बसोबासलाई व्यवस्थित गर्नुपर्दछ । औद्योगिकीकरणको विकास र विस्तार दिनप्रतिदिन भइरहेको छ । उद्योग तथा कलकारखानाबाट निस्कने पदार्थहरुका कारण वातावरण दिन प्रतिदिन प्रदूषित भइरहेको छ । कुनै ठाउँमा उद्योग तथा कलकारखाना स्थापना गर्दा त्यस क्षेत्रको वातावरणमा पर्ने असरहरुको अध्ययन, उद्योगको प्रविधि, भविष्यमा त्यसबाट हुने असरका बारेमा सम्बन्धित निकायले गहनताका साथ विचार गरेरमात्र उद्योगहरुको स्थापना गरिनुपर्दछ ।
 


प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP