Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गणतन्त्रवादीलाई राजतन्त्रवादीको झस्को
गणतन्त्रवादीलाई राजतन्त्रवादीको झस्को
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, कात्तिक २२, २०८०
  •  गणतन्त्रलाई सबल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
  •  गणतन्त्रविरोधी गतिविधिलाई निस्तेज पार्नुपर्ने भनाइ
  •  लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता एउटा खाटका चार खुट्टा 
  •  गणतन्त्रवादी नेताहरूकै कारण खतरामा गणतन्त्र


काठमाडौं– गणतान्त्रिक नेपालको तेस्रोपटक प्रधानमन्त्री भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रमाथि निर्मम प्रहार भइरहेको भन्दै गणतन्त्रकालमा प्रधानमन्त्री भएका नेताहरूसँग संवाद गरेका छन् । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार दिउँसो भएको छलफलमा दाहालले गणतन्त्र प्राप्तिको आन्दोलनमा एकताबद्ध भएर लडेका दलहरू गणतन्त्रलाई सबल बनाउन पनि त्यसरी नै अघि बढ्नुपर्ने बताएका थिए । उनले पछिल्ला समय भइरहेका गणतन्त्रविरोधी गतिविधिप्रति सचेत हुनुपर्नेमासमेत जोड दिए ।

व्यवस्थाविरुद्धका गतिविधि बढ्दै गए । यसप्रति गम्भीर हुनैपर्ने देखियो । हामी संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू सचेत हुनुपर्ने अवस्था आयो । -पुष्पकमल दाहाल,प्रधानमन्त्री


‘व्यवस्थाविरुद्धका गतिविधि बढ्दै गए । यसप्रति गम्भीर हुनैपर्ने देखियो । हामी संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरू सचेत हुनुपर्ने अवस्था आयो,’ बैठकमा दाहालले व्यक्त गरेको भनाइ उद्धृत गर्दै उपाध्यक्ष पम्फा भुसालले भनिन् ।बैठकमा गणतन्त्रकालका प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाललगायत थिए । गत वर्ष भएको आमनिर्वाचनमा राजतन्त्रको पक्षमा व्यक्त जनमत र त्यसले राष्ट्रिय राजनीतिमा बदलेको परिदृश्यबीच गणतन्त्र पक्षधर नेताहरू संवादमा जुटेका हुन् । त्यसक्रममा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले गणतन्त्र विरोधी गतिविधिविरुद्ध एमाले लड्ने बताए ।

‘नेकपा एमाले वर्तमान संविधान निर्माणको सन्दर्भमा दृढतासाथ उभिएको पार्टी हो । यो (गणतन्त्र) व्यवस्था ल्याउन लडेको पार्टी हो,’ ओलीले भने, ‘यसका विरुद्धमा जजसले गतिविधि गर्छ, त्यसको स्वतः प्रतिवाद गर्न एमाले अग्रमोर्चामा उभिन्छ ।’ओली गणतन्त्र नेपालका छैटौं प्रधानमन्त्री हुन् । उसो त उनले राजतन्त्र फाल्दै देशमा गणतन्त्र स्थापना गर्न भएको आन्दोलनको क्रममा भनेका थिए, ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन ।’

Hardik health

तर, तत्कालीन महासचिव माधवकुमार नेपालले नेतृत्व गरेको एमाले गणतन्त्रको पक्षमा थियो । गणतन्त्र प्राप्तिको आन्दोलनमा एमालेका धेरै नेता अग्रमोर्चामै थिए । अहिले ओली नेतृत्वमा रहँदा पनि एमाले गणतन्त्रकै पक्षमा छ । ३ असोज २०७२ मा संविधानको प्रस्तावनामै ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक’ भनिएको छ । संवैधानिकरूपमै गणतन्त्र स्वीकारिएको भने १५ जेठ २०६५ देखि हो । राजनीतिशास्त्रीहरूका अनुसार राजनीतिक रूपमा गणतन्त्र शब्दको प्रयोगचाहिँ पूर्वराजा त्रिभुवनले ७ फागुन २००७ मा प्रजातन्त्र स्थापना भएको भन्दै गरेको शाही घोषणामा भएको थियो । 

 नेकपा एमाले यो व्यवस्था (गणतन्त्र) ल्याउनका लागि लडेको पार्टी हो । यसका विरुद्धमा जजसले गतिविधि गर्छ, त्यसको स्वतः प्रतिवाद गर्न एमाले अग्रमोर्चामा उभिन्छ ।-केपी शर्मा ओली,पूर्वप्रधानमन्त्री

पछि सशस्त्र द्वन्द्वको नेतृत्व गरेको माओवादीले गणतन्त्र प्राप्तिलाई राजनीतिक एजेण्डा नै बनाएको थियो । सोही दल माओवादीको अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले गणतन्त्रलाई सबल बनाउने र विरोधीहरूको षडयन्त्रलाई निस्तेज पार्नुपर्ने भन्दै मंगलबार गणतन्त्रको पक्षमा रहेका दल र गणतन्त्रकालीन प्रधानमन्त्रीहरूसँग संवाद गरेका हुन् ।

गणतन्त्रको चौथो प्रधानमन्त्री भएका गणतन्त्रवादी नेता डा. बाबुराम भट्टराईले गणतन्त्र हटे अन्य राजनीतिक उपलब्धि खतरामा पर्ने बताए । उनले २०६२÷६३ पछिका राजनीतिक उपलब्धिहरू लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई खाटको चार खुट्टासँग तुलना गरे ।

‘हाम्रो क्रान्तिका मुख्य चार उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता खाटका चार खुट्टाझैँ एकआपसमा अन्तरसम्बन्धित छन् । तीमध्ये कुनै एकलाई ढालियो भने सबै ढल्ने खतरा हुन्छ,’ बैठकमा भट्टराईले पेस गरेको चार बुँदे सुझावमा भनिएको छ, ‘त्यसैले गणतन्त्रसहित यी सबैको रक्षा गर्न सबै दल प्रतिबद्ध हुनुपर्छ ।’

प्रतिनिधिसभामा गणतन्त्रको पक्षधरहरूको दुई तिहाइभन्दा बढी बहुमत छ । राजतन्त्रवादीहरू भने १४ सिटमा सीमित छन् । अघिल्लोपटकको संसद्मा भने एक सिटमा राजतन्त्रवादी शक्ति राप्रपा खुम्चिएको थियो । त्यसबेला निम्छरो बनेको स्वर पछिल्लो निर्वाचनपछि अलि चर्कोगरी सुनिन थालेको छ । यसले गणतन्त्रवादीलाई झस्को दिएको बुझिन्छ । 

राजतन्त्रवादी दल राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती अहिले गणतन्त्र धर्मराएको र यसको जिम्मेवार गणतन्त्रवादी नेताहरू नै भएको बताउँछन् । ‘प्रधानमन्त्री र नेताहरूले जुन गुटबन्दी गरेर निषेध गरेका छन् नि शान्ति प्रक्रियाको एउटा मूल हिस्सेदार राजालाई । यही निषेधको प्रवृत्ति गणतन्त्रका लागि घातक छ,’ उनले प्रभावसँग भने । 

२०६२÷६३ को राजनीतिक परिवर्तन नेपालको धरातलीय यथार्थप्रतिकूल रहेको, भ्रष्टाचार बढेको र जनतालाई बाँडेका समृद्धिका सपनाहरू पूरा नगरेकै कारण जनतामा बढेको निराशाले गणतन्त्रको औचित्यमाथि प्रश्न उठेको उनको दाबी छ । ‘१० वर्षमा होइन नेपाललाई सिंगापुरजस्तो विकसित बनाउने भनेको ? खोइ त ? कि प्रधानमन्त्री दाहालको क्यालेण्डरमा १० वर्ष नै आएन ?,’ प्रवक्ता लावतीले थप प्रश्न गरे, ‘नाच्न नजान्ने आफू अनि आँगन डेढो भन्ने शैलीमा गणतन्त्र खतरामा प¥यो भन्ने ?’

संसद्मा राजतन्त्रको पक्षमा वकालत गर्ने दल राप्रपामात्रै हो । अन्य दल छैनन् । तर, यस दलका सांसदहरूले संसद्मार्फत राजतन्त्रको एजेण्डालाई थप घनिभूत बनाइरहेका छन् । यहीबेला गणतन्त्रको मूल नेतामध्येका एक जना प्रधानमन्त्री दाहाल सशंकित हुँदै गणतन्त्रवादी नेताहरूसँग संवाद गर्न पुगेका हुन् ।

देशमा गणतन्त्र पहिलो संविधानसभाको पहिलो नै बैठकबाटै घोषित भएको हो । गणतन्त्र घोषणा गर्ने तत्कालीन संविधानसभा अध्यक्ष कूलबहादुर गुरुङ हुन् । गुरुङको घोषणासँगै राजतन्त्र इतिहास बन्यो । राष्ट्रप्रमुखको हैसियत हुने राजाको विकल्पमा गणतान्त्रिक प्रणालीअनुसार राष्ट्रपति भए । हालसम्म तीन जना गणतन्त्रको राष्ट्रपति भइसके । तर, जनताको जीवन उस्तै छ । यस्तो परिस्थितिबीच प्रधानमन्त्री दाहालले गणतन्त्रलाई थप सबल बनाउनुपर्ने बताएका हुन् ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP