Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • भूकम्प, टुरिस्ट र पीडितको आँशु
भूकम्प, टुरिस्ट र पीडितको आँशु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २१, २०८०

मध्यरात जमिन थरथरी कापिरहन्छ । मस्त निद्रामा छन् मान्छेह? । सातै बजे ओछ्यानमा पुग्ने गाउँलाई बत्ती दिन कञ्जुस्याइँ गरेका छन् कुलमानले । अहिले हैन उहिलेदेखि । बिजुली पोल हाल्दा सिन्दुरेजात्रा गर्ने गाउँलेह?ले राति १० बजेदेखि जूनकै उज्यालोमा भर पर्नुपर्ने थियो । 

यो शुक्रबार भन्ने बार पनि कस्तो कस्तो ! २०५८ को जेठ १९ गते दरबार रक्तरञ्जित गरेको थियो । अहिले फेरि उही शुक्रबार माटाका घरभित्रै सयौं पुरिन प¥यो । ‘मध्यरातमा उज्यालो भइदिएको भए पनि बाँच्न सक्थे नि धेरै मान्छे !,’ रंगवीर काका भन्दै थिए, ‘क्या अर्छौ, दिन आयापछि कसको क्या लाग्न्या रैछ र ।’ 

उता इजरायलमा पनि उही शुक्रबारको राति नै हमासले धमास गरिदिँदा १० जना नेपालीले ज्यान गुमाउनुपरेको थियो । यता त घरले पनि थिच्यो भाग्यले पनि थिच्यो । रंगवीर काका आँखाभरि आँशु गर्दै बञ्चराले चिरेर आधा पारेको दाउराको चिर्कटोजस्तै बनेको घर देखाउँदै भन्दै थिए । ‘ऊऽ त्यहाँ हेर यस्तो हरिविजोग भएको छ । पछाडिको झ्यालबाट हाम्फालेर बाँचे । तर अ?लाई गुहार लगाउँदै लगाउँदै सबैलाई थिचिगो,’ उनी भक्कानिन थाले । 

एक–दुई कान मैदान भनेजस्तै भूकम्पले त्यहाँमात्र हल्लाएको थिएन ! धेरै जिल्ला हल्लाको थियो । कति सुतेर बसे, कतिले पत्तै पाएनन् कति ज्यान जोगाउन ओछ्यान छाडेर भागाभाग पनि गरेका थिए । मध्यरातदेखि नै सामाजिक सञ्जाल रंगिन थालेको थियो । मिस्डकल, झट्का, माया कुन्नि के–के अनेकर्थमा ।

Hardik health

‘अगुल्टाले हानेको कुकुर बिजुलीदेखि पनि तर्सन्छ’ भनेजस्तै १२ वैशाख २०७२ ले सबैलाई सताएको थियो । केही हप्ता अगाडिमात्र बझाङलाई जिस्काएको थियो । पटक–पटक झट्का दिई नै रहेको थियो । अहिले हल्लेको हल्यै गरिरहेको छ । शनिबार बिहानै ‘गाइने किरा’ जस्तै गरी हेलिकप्टर आकाशमा फन्को मार्दै थियो । हरियो किराले फन्को मारेपछि गरिब जनतामा आशा त थियो । हरेकका घरबारीमै मिलेको थियो । सग्ला घर देखिन मुश्किल नै थियो । 

भुइँ हल्लिएर प्यालेस्टाइनको गाजाजस्तै देखिने गरी ध्वस्त भएका माटाले बनेका ती घरह? भत्किएर धुलाम्यै थियो । धूलो उडि नै रहेको थियो । गाजामा इजरायलले प्रहार गरेको रकेटले निस्किएको धुँवाको मुस्लोजस्तो ।देशमा संकट आइपर्दा मन नदुख्ने को नै हुन्छ । पहिरोले पहाड भत्काउँदा तराईलाई निकै पीडा हुन्छ । तराईलाई बाढीले डुबाउँदा पहाडमा आँशु झर्छ । शनिबार बिहानै मट्यांग्रोले प्रविधिको प्रयोग गर्न किन छाड्थ्यो र ? उता रंगवीर काकाह?को अवस्था जान्न चाहिरहेको थियो । उता मुग्लानबाट आउँदा उपहार पाएको हावा चिठ्ठी (स्मार्ट फोन) मा नम्बर दबाउन थाल्यो ।

रंगवीर काकाह?ले नै चुनाउमा जिताएर पठाको अनि परऽदेशको अर्थमन्त्री पनि भाका वेदराज सिंहको हावा चिठ्ठीले एकैपटकमा उत्तर दिइहाल्यो ‘हजुर मर्जी होस्, यहाँ त विजोग छ ।’ अ? बोल्न सक्ने आँट मट्यांग्रालाई पनि आएन । ‘सुरक्षित भएर सेवा गर्नू । विपद्ले यो मेरो यो तेरो पनि भन्दैन । को ठूलो को सानो पनि भन्दैन । दैवी प्रकोप र विपद्बाट क्षति न्यूनीकरण गर्ने हो जोखिमबाट बच्ने हो,’ उताबाट उत्तर आयो । हवस् हजुर धन्यवाद । 

मान्छेले अ? त के नै गर्न सक्छ र ? ‘दिएर आफ्नो, खौरिएर मसिनो’ कहाँ हुने हो र ? सबैभन्दा ठूलो कुरा त मन नै हो नि । धन जति नै ठूलो भए पनि मन सानो छ भने के काम लाग्ने रैछ र ? रंगवीर काकाका गाउँमा अहिले ‘टुरिस्ट’ धमाधम गइरहेका छन् । बहत्तर सालमा गोर्खादेखि सिन्धुपाल्चोकसम्म जानेह? पुगेका छन् कि छैनन् थाहा छैन । दुई–चारवटा बिस्कुट र चाउचाउका पोका बोकेर सामाजिक सञ्जालमा छाउने टुरिस्टह?लाई रोक्नुपर्छ । 

जहाँका नागरिकको गाँस, बास र कपास नै सकिएको छ त्यहाँ टुरिस्ट होइन राज्यसत्ताले नै चाँजोपाँचो मिलाउने हो । पीडितको आँशु पुछ्ने काम गर्ने हो । तर, अहिले त्यस्तो छैन । विपद्का बेला धेरैको कमाउने मेलो बन्ने गरेको छ । मट्यांग्राले रंगवीर काकालाई त्यही भनेका छन् । चुनाउ जितेर जानेलाई पनि त्यही सुझाएका छन् । मान्ने पो कसले हो र ! 

लाखौं खर्चिएर गाइने किरा चढेर टुरिस्टह? जानुभन्दा गाइने किरा चढ्ने फजुल खर्चले चिसो सिरेटोबाट बच्न न्यानो कपडा पठाइदिए हुन्न र ? आफैं जानैपर्ने हो र ? के त्यहाँ राज्यको कुनै अंग छैन र भएभरका टुरिस्ट जानुपर्ने ? तँ पहिला कि म पहिला भन्ने बेला हो र ? पक्कै पनि हुँदै होइन । यो त संकटको बेला हो । उद्धारको समयमा हो त्यसपछि राहतका अनि विकास कुरा होला नि ? 

रंगवीर काका भन्दै छन्, ‘कत्ति कष्टले बनाएको त्यो घर एकै छिनमा स्वाहा बनाइदियो । अब के गर्ने ? कसरी बनाउने ?’ मट्यांग्राको बोली फुट्न सकेको छैन । बहत्तरमा यसैगरी ध्वस्त भएका घरह? अहिलेसम्म बनेका छैनन् तपाईंको के बन्ला र रंगवीर काका भन्न पनि सकिरहेको छैन !

विदेशबाट आएका टुरिस्टदेखि स्वदेशका टुरिस्टले हल्लाखल्ला धेरै गरे तर, पीडितको आँशु चुहिएको चुहियै । बहत्तरकाले समेत एउटा टेको लगाउन सकेका छैनन् । तर तिनै पीडितको आँशु देखाएर आएको अर्बौं ?पैयाँ खै कसको ढुकुटीमा गएर भरियो ? दामासाही गरेर बाँडेको भए पनि सबैका घर हुन्थे । तर उही गाइने कीरा चढ्ने र तारे होटलमा छल गरेर फल खानेह?ले नै सत्यानाश पारिदिए । 

धेरैको कथा एउटै छ । व्यथा उस्तै छ । मन चकमन्न छ । बोल्नेको पीठो बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने गतिछाडा व्यवस्थामा कसले पो न्याय पाउँछ र ? पीडितको आँशु पुछ्ने होइन त्यही आँशुलाई बेचेर खानेह?कै चकाचक छ । भूकम्प, टुरिस्टह?ले पीडितको आँशुमा अझै आँशु बढाउने काम पो गर्दै छन् कि ? त्यसै ऊबेलामा भनिएको हैन रहेछ, ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर मलाई अझ दुःख दे !’
 


प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP