Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • च्यापिएको पितृसत्तात्मक व्यवस्था !
च्यापिएको पितृसत्तात्मक व्यवस्था !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, कात्तिक १४, २०८०

टिरिंगऽऽ टिरिंग बजेको मोबाइल फोन अलि परै छ । आजकल इन्टरनेटको प्रयोगले गर्दा लाइनवाला फोन भित्तामा सजिएर बसेको छ । विचरा कहिल्यै बज्दैन आजकल । बैठक कोठाको दक्षिण कुनामा रहेको सानो टेबलमा हल्का रङ खुइलिएको टेलिफोन सेटतिर आँखा घुमाउँछन् पञ्चरत्न ।

मोबाइलमा जति नै घण्टी बजे पनि पञ्चरत्नको आँखा सबैभन्दा पहिले त त्यही खुइलिएको टेलिफोनमा पर्ने गर्छ । अनिमात्र मोबाइलमा । सेतै कपाल फुलेका पञ्चरत्न पावरवाला चस्मा टेबलबाट तानेर आँखालाई अलि प्रस्ट बनाउन खोज्छन् । चस्मा लगाएपछि अघिदेखि टिरिंगऽऽ टिरिंग बजेको मोबाइल फोनको ‘भाइबर’ आएको नाम नियाल्दै चोरी औंला घिसार्दै फोन ‘रिसिभ’ गर्छन् ।

हेलो !
उताबाट आवाज आउँछ । बाऽ ढोग गरें । के छ तपाईको स्वास्थ्य ?
अलि घिर्रघिर्र गर्दै ठीकै छ बाबु । आफ्नै घरमा परदेशीजस्तै भइएको छ । के हुनु बरु यो सास गए पनि ठीकै हुन्थ्यो । 
उताबाट फेरि सोध्छ– अनि आमाको के छ नि ? 
के हुनु बिहान उठेदेखि पूजापाठ, धर्मकर्म उही त हो नि । त्यसले जति नै धर्मकर्म गरे पनि भाग्य खोटै रहेछ । यो बूढेसकालमा बाउबाजेले समेत नभोगेको कर्म गर्नुपरेको छ । अनि तेरो के छ नि ? 
उही त हो नि बा । कार्यालयको काम गर्न पाएको छैन । मानसिक रुपमा केही गर्न सकिँदो रहेनछ ! म त यति नालायक छु जस्तो लाग्न थाल्यो कि खै के भनौं । 

के गर्छस् त ! हामीले पनि यस्तो हुन्छ होला भन्ने सोचेका थिएनौं । तँलाई पढायौं लेखायौं । डाक्टर बनायौं सबैको सल्लाहमा बिहे पनि गरायौं । तर, खै कुन जुनीको पाप लाग्यो हो ! सोच्दै नसोचेको पनि हुँदो रहेछ । हामी बूढाबूढीलाई कुन बेला सिध्याइदिने हो अत्तोपत्तो छैन । पुर्खाले छाडेको माटोमा आफ्नै पसिनाले बनाएको घरमा त्रसित भएर बस्नुपरेको छ । तैँले पनि छाडेर गएसी हाम्रो त सास पनि अड्किरहन्छ कुन बेला के हुन्छ खै !
पञ्चरत्नको कुरा सुनेर छोरो भन्छ– के गरौं त भन्नु न । म फर्केर आउँ त ? 

Hardik health

भैगोभैगो नआइजो, तँलाई देखेपछि झन् के भूत चढ्ने हो लुछेरै मार्छे । श्रीमती हुनुपर्ने कुमती परेपछि कसको के लाग्दो रहेछ र ! धन र सम्पत्तिका लागि आफ्नै लोग्नेलाई नछाड्नेले अरुलाई के बाँकी राख्ला र ? हामीलाई त के–के वात लाग्या छ लाग्या छ । यो बूढेसकालमा हरेक दिन पुलिसको दैला हाजिर गर्ने जागिर पो भाको छ त ? धाउँदा धाउँदै बाटैमा गइएला जस्तो ।

सर्पलाई जति नै दूध पिलाए पनि आखिर विष नै ओकल्ने रैछ त ? भैगो छाड्दिऊँ यस्ता कुरा । यही कुराले अस्ति तेरी आमा झण्डै गइसकेकी थि । धन्न समयमा नै अस्पताल पु¥याउन पाकाले भगवान्ले बचाए । 
पञ्चरत्नका बाबु छोराको फोनवार्ता एउटा प्रतिनिधि घटनामात्र हो । 

अहिले नेपालका धेरै परिवारमा यस्तै समस्या विकराल हुँदै गइरहेको छ । पितृसत्तात्मक व्यवस्था भनिएको नेपालका परिवारभित्र पितृसत्ता त च्यापिएको छ नै । त्यसले पितृ हुन लागेका वृद्धहरुलाई दैनिकजसो रुवाइरहेको छ ।पढेलेखका केही बुहारीले स्वतन्त्रताको नाममा गरेका कुकृत्यका कारण पञ्चरत्नजस्ता पात्रहरुलाई आफ्नै जन्मभूमि र जन्मघर नै पराइजस्तो भएको छ । पञ्चरत्नको सानो र सुखी परिवार दुई छोरी एक छोरा सबै उच्च शिक्षा हासिल गरेका, त्यो पनि विदेशबाट । 

पढेलेखेका छोरीहरुलाई परम्परागत रुपमा नै अन्माएर पठाएका पञ्चरत्नका बाबु बाजे कोही पनि अहिलेसम्म पुलिस अड्डा जानु परेको थिएन । तर, पञ्चरत्नको परिवारमा जब डाक्टर छोराको धुमधामसँग बिहे गरेर बुहारी भित्र्याए त्यसपछि सुरु भयो पञ्चरत्नको दुःखका दिन । 

तीन बीस र १० नाघेका पञ्चरत्नको घरमा खुसी त्यही दिनबाट सकियो जुन दिन बुहारी भित्रन नपाउँदै पितृसमानका सासू ससुरालाई घर निकाल्ने कुचेष्टा गरिन् । आपूm पनि पढेलेखेको बुहारी भएर नपढेका सासू ससुरालाई बुझाउने त कता हो कता । उल्टै डिंग हाँक्न थालिन् । पञ्चरत्न एकमात्र छोरा जसले बिहेको भोलिपल्टै पञ्चरात फर्काउन नपाउँदै श्रीमतीको झापट भेटे । धुमधाम गरी परम्परा धानेरै भित्र्याएको भोलिपल्टै डाक्टर छोरामाथि बुहारीको स्वतन्त्रताले छापा मार्न थाल्यो । 
एउटै पलङमा पल्टिएर पतिभन्दा प्रेमीसँग मस्किन पाउनुपर्ने पश्चिमाहरुको शैली बुहारीका लागि स्वतन्त्रता थियो । त्यही स्वतन्तता नपाउँदा आज पञ्चरत्नले पुलिस अड्डा धाउनुपरेको छ अनि छोरा बुहारीकै कारण घरमा बस्न नसक्नेगरी बाहिरिएको छ । 

सायद पञ्चरत्नको ७० वर्षे उमेरमा सेतै भएका आँखीभौसमेत भिज्ने गरी झरेका आँसुले पितृसत्तात्मक भन्ने व्यवस्थालाई पनि जिस्काइरहेको छ । नेपालको कानुनले दिएको अधिकारको दुरुपयोग गर्दै महिला अधिकारकर्मीहरुले पुरुषको वेदनामाथि पौडी खेलिरहेका छन् । 

चाहे विदेशमा रगत पसिना बगाएर कमाएको रकम यता श्रीमतीले चौपट्ट पारेको घटना होस् वा बिहे गरेको केही दिनमै सम्बन्ध विच्छेद गरेर अंश माग गर्ने बढ्दो घटना नै किन नहोस् । नेपाली समाज कुन मोडतिर लम्किरहेको छ । सामाजिक मूल्य मान्यताहरु कतातिर रुमल्लिरहेको छ भन्ने प्रश्न अहिले पेचिलो बन्दै गएको छ । 

७० वर्षको उमेर घरबाट बाहिरिनुपर्ने अवस्था पञ्चरत्नको जीवनमा आउनुपर्ने हो ? बिहे गरेको भोलिपल्टै अर्थात् एकै रातमा प्रताडित भएर डाक्टर पढेको छोरो पलायन हुनुपर्ने अवस्था हो ? त्यसो भए डाँडामाथिको घाम जस्तै पञ्चरत्नहरु माथि न्याय कसले दिने त ? 

पञ्चरत्नजस्ता वृद्धहरुको अधिकार सुरक्षित कसले गरिदिने ? प्रजातान्त्रिक स्वतन्त्रता खोज्ने सामाजिक मूल्य र मान्यतालाई तिलाञ्जली दिएर पञ्चरत्नहरुमाथि धावा बोल्ने बुहारीजस्ता पात्रहरुकै दबदबा बढ्ने हो र ? महिला होस् या पुरुष, सासू हुन् या बुहारी धनी होस् या गरिब । जस्तोसुकै होस् । न्याय नमरोस् । न्याय नखोसियोस् । पीडितले न्याय पाओस् । पितृसत्तात्मक व्यवस्थाको डिंग हाँकेर त्यही पितृहरुमाथि अन्याय नहोस् । पञ्चरत्नलेजस्तो ७० वर्षको उमेरमा विनाकारण पुलिस अड्डा खेप्नुपर्ने अवस्थाको अन्त्य होस् ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP