Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मध्यावधि टार्ने दाउमा ठूला दल
मध्यावधि टार्ने दाउमा ठूला दल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, असोज ३०, २०८०

काठमाडौं– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । शनिबार एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको केदार कार्की नेतृत्वको सरकार ढल्ने छ । त्यससँगै कोशी प्रदेश मध्यावधि निर्वाचनतर्फ अघि बढ्ने छ ।

प्रमुख दलहरुको सत्ता स्वार्थका कारण आमनिर्वाचन भएको एक वर्ष नबित्दै कोशी प्रदेश मध्यावधि निर्वाचनको डिलमा पुगेको हो । संसदीय अंकगणित र राजनीतिक दलहरूको सत्ता लुछाचुुँडी नै प्रदेश मध्यावधि निर्वाचनको संघारमा पुग्नुको कारण रहेको राजनीतिक विश्लेषक डा. विष्णु दाहालको बुझाइ छ । उनले भनेका छन्, ‘अब ताजा जनादेशमा जानुको विकल्प नभएको देख्छु । यसको मूूल कारण कुनै दलको बहुुमत नआउनु र दलहरूको सत्ताकेन्द्रित घिनलाग्दा खेलहरू हुन् ।’संविधानको धारा १६८ को उपधारा (१) अनुसार कोशीमा सरकार गठन सम्भव नै भएन ।

यसपछि गत वर्षको २५ पुसमा एमाले, माओवादी, राप्रपालगायत दल सम्मिलित एमालेका हिक्मत कार्कीको नेतृत्वमा सरकार उपधारा (२) अनुसार बन्यो । तर, गठबन्धन गत वर्षको फागुनमै ढल्यो । यसपछि कोशीमा कांग्रेस–माओवादीसहितको गठबन्धनले सोही धाराअनुसार सरकार गठन गरेको थियो । तर, मुख्यमन्त्री उद्धव थापाले पटक–पटक विश्वासको मत पाउन नसकेपछि उपधारा ३ अनुसार प्रदेश संसद्मा सबैभन्दा बढी सदस्य भएको दलको हैसियतमा हिक्मत नै फेरि मुख्यमन्त्री भए । उनले पनि अन्ततः विश्वासको मत नपाएपछि शनिबार प्रदेशमा उपधारा (५) अनुसार केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेर उनी मुख्यमन्त्री भएका हुन् । 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिन लागेका छन् । उपधारा (४) अनुसार ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । तर, विश्वासको मत नपाए कार्कीको सरकार ढल्ने छ । यसपछि हुने प्रदेश मध्यावधि निर्वाचनमा जाने निश्चित छ ।तर, मध्यावधि निर्वाचनमा जान प्रमुख राजनीतिक दलहरूले चाहेका छैनन् । बरु, मध्यावधि टार्ने प्रयासमा छन् । मुख्यमन्त्री कार्कीले नै भनेका छन्, ‘प्रदेशमा मध्यावधिको संकट म मुख्यमन्त्री भएपछि टर्‍‍यो ।’

Hardik health

उनले अब सहमतीय सरकार आवश्यक रहेकोमा जोड दिएका छन् । मुख्यमन्त्री कार्कीमात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोकिएको बताइरहेका छन् । त्यसका लागि कांग्रेसको विद्रोही समूहसँग सहकार्य गर्नुपरेको उनको तर्क छ । कोशीकै पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले पनि आफू मध्यावधिको तयारीमा नभएको बताइसकेका छन् । यही असोजको २० गते प्रदेश संसद्मा विश्वासको मत लिन प्रस्ताव राख्ने क्रममा उनले मध्यावधि रोक्न भए पनि आफूलाई विश्वासको मत दिनुुपर्ने बताएका थिए । तर, उनले विश्वासको मत पाएनन् । उनको सरकार ढल्यो । 

कोशीका पूर्वमुख्यमन्त्री हिक्मत र वर्तमान मुख्यमन्त्री केदारमात्रै होइनन्, ठूला दलका नेतृत्वहरू पनि कोशीमा ताजा जनादेशका लागि मध्यावधिमा जान चाहिरहेका छैनन् । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका विद्रोही सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि प्रदेशमा मध्यावधिको संकट टरेको अभिव्यक्ति दिएका छन् । 
‘देशको आर्थिक अवस्था नाजुक छ, मध्यावधिमा जाँदा देशलाई ठूलो खर्च हुने देखेर मध्यावधि जोगाउन कांग्रेसको विद्रोहीलाई समर्थन गर्‍‍यौं,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विराटनगरमा भनेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि कोशीमा मध्यावधि संकट टार्न गठबन्धनको मूख्य घटक कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति जुटाएर आफ्ना दलबाट इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको बताउने गरेका छन् । तर, आङ्बोले प्रदेश संसद्मा बहुमत सिद्ध गर्न सकेनन् । उनी मुख्यमन्त्री हुन असफल भए । 

यसरी प्रधानमन्त्री दाहालको भनाइले पनि उनी कोशीमा तत्काल ताजा जनादेशका लागि मध्यावधि चाहँदैनन् भन्ने अड्कल मानिसहरूको छ । राजनीतिक विश्लेषक डा. दाहाल मध्यावधिमा निर्वाचनमा जान पुराना दलहरू डराउनुको कारण मूल रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रतिको जनआकर्षण भएको बताउँछन् । जसले गर्दा पुराना दलहरू सकभर मध्यावधि निर्वाचन टार्ने पक्षमा देखिएको उनको विश्लेषण छ । 

प्रदेशमा प्रत्यक्ष र समानुुपातिक गरी ९३ जना प्रदेश सांसद चुनिन्छन् । यसअघि संघीय निर्वाचनमा मात्र सहभागी रास्वपाका उम्मेदवारहरूले कोशीका झापा, मोरङ र सुनसरीलगायत तराईका केही निर्वाचन क्षेत्रमा पुराना दलका उम्मेदवारहरूलाई कडा टक्कर दिएका थिए । अहिले पनि यो दलप्रतिको आकर्षण उस्तै छ । एकातिर रविको दलप्रति सशंकित पुराना दलहरू पहिचान पक्षधर र राप्रपाको बढ्न सक्ने जनमतले पनि तर्सिएको टिप्पणी हुने गरेको छ । 

किनभने, पहिचानवादी शक्तिहरूले यसपटक प्रदेश नामको मुद्दालाई उचालेर राजनीतिक माहोल सिर्जना गरेको छ । कोशीमा पहिचानको पक्षमा आन्दोलन गरिरहेको दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले मध्यावधि भए पहिचानवादीहरूले दुई तिहाइ मत पाउने दाबी गरे । तर, ठूला दलहरू मध्यावधि निर्वाचन रोक्ने षड्यन्त्रमा लागेको उनले आरोप लगाए ।

‘लु त प्रदेशमा मध्यावधि चुनाव गरोस् । हामी जुुन पहिलेको निर्वाचन नतिजा थियो, त्यो पल्टाउँछौं,’ उनले प्रभावसँग भने, ‘दुई तिहाइ बहुमत आउँछ पहिचान पक्षधरको, र कोशी नाम फेर्छौं ।’प्रदेशमा राजतन्त्र र हिन्दू राष्ट्रको मागलाई उठाउँदै आएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्मा सिट संख्या बढाउनसक्ने टिप्पणीसमेत हुन थालेको छ । किनभने, देशका विभिन्न स्थानमा यतिबेला हिन्दू धर्म र राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन भइरहेका छन् ।

सडकदेखि संसद्सम्मै यो मुद्दा उठिरहेको छ । यस्तो अवस्थामा प्रदेशमा मध्यावधि भए राप्रपाकोसमेत सिट संख्या बढ्नसक्ने अड्कल भइरहेका छन् । यसरी रविको दल रास्वपा, पहिचान पक्षधर र राप्रपा निर्वाचनबाट पहिलेभन्दा बढी जनमतसहित संसद्मा जान सक्ने बुझाइका आधारमा ठूला दलका नेताहरूको मध्यावधिप्रति अरुचि देखिएको राजनीतिक विश्लेषक डा. दाहालले बताए ।
 


प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP