BYD sealion7 BYD sealion7
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #आईपीओ
  • #सिद्धार्थ बैंक
  • #सिटिजन्स बैंक
  • #कृषि
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको धक्काले गठबन्धनमा हलचल
ओलीको धक्काले गठबन्धनमा हलचल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असोज २८, २०८०

 

  •  कोशीमा शेखर कोइराला गुटका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त
  •  कांग्रेसको कोइराला गुट प्रयोग गरेर गठबन्धन विरोधी ओलीले कोशीमा दिए गठबन्धनलाई धक्का
  •  संघ र अन्य प्रदेशका गठबन्धन सरकारप्रति प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा सशंकित
  •  दाहाल, देउवा र कोइरालाबीच गठबन्धन कमजोर नबनाउने सहमति

काठमाडौं– नेपाली कांग्रेसमा नेता डा. शेखर कोइरालाले नेतृत्व गरेको गुटलाई उपयोग गरेर नेकपा एमालेले कोशी प्रदेशबाट सत्ता गठबन्धनमाथि धक्का दिएको छ । कोशीमा दिएको धक्काले देशका अन्य प्रदेश हुँदै संघसम्मकै गठबन्धन सरकारको जग हल्लिन सक्ने राजनीतिक वृत्तमा टिप्पणी हुन थालेको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासमेत यसबाट सशंकित बनेका छन् । उनीहरूले शनिबार बिहानै नेता कोइरालालाई बालुवाटार बोलाएर एक बुँदे लिखित सहमति नै गरे । उक्त सहमतिमा लेखिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’

गठबन्धनमा प्रमुख दल कांग्रेस हो । सोही दलका सभापति शेरबहादुर देउवासमेत यसपटक कोशीमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीका उम्मेदवार बनाउन सहमत भएका थिए । तर, एमालेले गठबन्धन भत्काउन कांग्रेसकै कोइराला गुटका सांसद केदार कार्कीलाई बिहीबार मुख्यमन्त्रीको दाबेदार बनायो । कार्कीले कोइराला खेमाका उनीबाहेक सात जना सांसद र एमालेका ३९ जना सांसदको समर्थन पाए । अन्ततः प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गरेर शनिबार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले आज (आइतबार) शपथपछि पदभार ग्रहण गर्ने छन् ।

कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर एमालेले कोशीमा गठबन्धन दलहरूबीच खटपट पैदा गराएको छ । यही विषयलाई लिएर कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिए । बिहीबार नै उपनेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी कार्कीको गुटमा खुले । यसलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूले ‘राजनीतिक बेइमानी’ भनेका छन् । यी दलका नेताहरूका अनुसार गठबन्धन भत्काउने ओलीको ‘ग्राण्ड डिजाइन’को कार्यान्वयनकर्ता कोइराला गुट बनेको हो ।

हुन पनि ओली गठबन्धनको विरुद्धमा छन् । उनकै शब्दमा भन्दा गठबन्धन एमाले विरोधीहरूको हो । गठबन्धनले देशलाई समृद्ध र विकसित बनाउन नसक्ने उनको ठोकुवा छ । यसले गर्दा उनी गठबन्धनलाई कहिलेकाहीँ ‘ठगबन्धन’समेत भन्छन् । गठबन्धनलाई भत्काउने उनी चेतावनी दिइरहन्छन् । नभन्दै कोशीको सरकारमा भने उनी गठबन्धन भत्काउन सफल भए । किनभने, अब कोशी सरकार कांग्रेसको कोइराला गुट र एमालेले बनाउने सम्भावना छ । 

गठबन्धनले अघि सारेका मुख्यमन्त्रीका साझा उम्मेदवार आङ्बोले भने पार्टीको आधिकारिक निर्णय कांग्रेसले लागू गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् । यसबारे कांग्रेसले समीक्षा गर्ला कि नगर्ला ? आङ्बोको प्रश्न छ । ‘हामीले गठबन्धन र सत्ता सहकार्य कांग्रेससँग गरेको हो । गुट, उपगुट र पार्टीभित्रको असन्तुष्टि व्यवस्थापनको जिम्मा स्वयं कांग्रेसकै हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रश्न गरेका छन्, ‘पार्टीको आधिकारिक निर्णय कांग्रेसले किन लागू गर्न सकेन ? यसको समीक्षा गर्ला वा नगर्ला त्यो कांग्रेसकै कुरा हो ।’ 

१७ असोज २०७४ मा एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनले आमनिर्वाचनमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेर तत्कालीन प्रदेश १ हालको कोशीमा सरकार गठन गर्ने क्रममा आङ्बोले मुख्यमन्त्रीका लागि दाबी गरेका थिए । त्यसबेला एमालेबाट शेरधन राई मुख्यमन्त्री भए । राईकै मन्त्रिपरिषद्मा आङ्बो लामो समय आर्थिक मामिला तथा योजनामन्त्री भए ।

त्यसपछि भीम आचार्य र राजेन्द्रकुमार राई मुख्यमन्त्री हुने बेला पनि उनले मुख्यमन्त्रीका लागि ‘लबिइङ’ गरेका थिए । तर, भएनन् । गत वर्षको २५ पुसमा कोशीमा एमालेका हिक्मत कार्कीसँगै मुख्यमन्त्रीमा आकांक्षी थिए, आङ्बो । त्यसबेला पनि आङ्बोले अवसर पाएनन् । यद्यपि, विश्वासको मत पाउन नसक्दा हिक्मत पदच्युत भएपछि गठबन्धनबाट मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापा र माओवादीबाट आङ्बो नै आकांक्षी थिए । अन्ततः थापा दुई–दुईपटक मुख्यमन्त्री भए । विश्वासको मत भने पाउन सकेनन् र उनी पदच्युत भए ।

यसपछि भने आङ्बोलाई मुख्यमन्त्रीका रूपमा अघि सार्न प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवालगायत नेताहरू तयार भएका हुन् । तर, माओवादीका आङ्बोविरुद्ध एमालेले कांग्रेसको कोइराला गुटलाई प्रयोग ग¥यो । उक्त गुटबाट मुख्यमन्त्रीका लागि कार्कीलाई अघि सार्न एमाले सफल भयो । उनै कार्कीको पक्षमा ४७ जना सांसदको समर्थन रहेको प्रमाणित भएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे । 
कांग्रेस संसदीय दल कोशीका सचेतक भूपेन्द्र राई असन्तुष्टिका नाममा पार्टीकै सांसदहरूबाट अराजक गतिविधि भएको बताउँछन् । पार्टी निर्णय नमान्नुलाई उनले अराजक गतिविधि भनेका हुन् । ‘सार्थीहरूले जे गरे, त्यो ठीक होइन । कसैले उचालिँदा साथीहरू उचालिए । यस्तो अराजक गतिविधि जायज होइन,’ उनले प्रभावसँग भने, ‘यसबारे समीक्षा हुन्छ ।’कोइराला गुटका नेताहरुले संघदेखि अन्य प्रदेश सरकारप्रति पनि असन्तुष्टि जनाउँदै आएका छन् ।

गठबन्धनका दलहरू र ती दलका नेताहरूको आलोचना पनि गर्दै आएका छन् । शुक्रबारमात्रै कोइराला गुटका नेता कांग्रेस सांसद गगन थापाले फागुन १ गते कांग्रेसले ‘जनयुद्ध दिवस’ नमनाउने बताए । थापाको यस्तो अभिव्यक्तिप्रति माओवादी नेता कार्यकर्ताहरू रुष्ट छन् । माओवादी नेताहरू भने वर्तमान राजनीतिक उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिक प्रणालीको आधारबिन्दु फागुन १ गते भएको भन्दै उक्त दिन जनयुद्ध दिवस नमनाउने भनेर अपमान गर्न नहुने बताउँदै आएका छन् । 

यसअघि नेता कोइरालाले नै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालप्रति आक्रोश पोखेका थिए । उनले धरानमा केही महिनाअघि उत्पन्न तनावलाई लिएर प्रधानमन्त्रीकै अभिव्यक्तिले देशमा धार्मिक तथा साम्प्रदायिक दंग भड्किन लागेको भन्दै आलोचना गरेका थिए । कोइराला गुटका सांसद डा. सुनिल शर्मा झन् वर्तमान सरकारको खरो आलोचक हुन् । 

यसरी आलोचना सत्ता गठबन्धनमै रहेको दल कांग्रेसको एउटा गुटबाट भइरहँदा गठबन्धन कहिलेसम्म टिक्छ ? गठबन्धनका नेताहरू नै भन्न सक्ने अवस्थामा छैनन् । यहीबेला कोशीमा एमालेले कोइराला गुटलाई उपयोग गरेर गठबन्धनविरोधी राजनीतिक माहोल सिर्जना गरेको छ । 

मध्यावधि रोक्न मुख्यमन्त्री: कार्की
नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री भएको बताएका छन् । कुनै पार्टी समर्थनमा नभई संविधानको धारा १६८ (५) को व्यवस्था अनुसार सांसदहरूको समर्थनमा आफू मुख्यमन्त्री भएको उनको दाबी छ । 

संविधानवादमा विश्वास गर्ने सबैले प्रदेशमा भएको पछिल्ला राजनीतिक परिदृश्यलाई सकारात्मक रूपमा लिने उनको विश्वास छ । ‘यसलाई स्वाभाविक रूपमा पार्टीले आत्मसात् गर्छ भन्ने लाग्छ । संविधानले देखाएको बाटोअनुसार भएको हो,’ उनले मुख्यमन्त्री नियुक्तपछि पत्रकारहरूसँग भने, ‘गठबन्धनको मात्रै सांसद संख्याले मध्यावधिमा जाने बाटो देखिएको थियो । त्यसैले सांसदहरू एक ठाउँमा उभिँदा मध्यावधिको बाटो रोकेको हो ।’

कार्कीले मुख्यमन्त्री हुन गठबन्धनको निर्णय अस्वीकार गरे । उनले कांग्रेसकै संस्थापन पक्षका सांसदहरू र गठबन्धन दलहरू माओवादी, नेकपा एस र जसपाका सांसदहरूले मुख्यमन्त्रीमा समर्थन गरेका छैनन् । कोइराला गुटका उनीसहित आठ जना र एमालेका २९ जना सांसदले मात्रै उनलाई समर्थन गरे । अब उनले आगामी ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए प्रदेश मध्यावधि निर्वाचनमा जानेछ ।


 


प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन ! बिहीबार, साउन ८, २०८२
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री बुधबार, साउन ७, २०८२
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल बुधबार, साउन ७, २०८२
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन बुधबार, साउन ७, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP