Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #विश्व_टेलिभिजन_दिवस
  • #बोराबाध
  • #बेलीब्रिज
  • #नेपाल उद्योग वाणिज्य महासंघ
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • गुमनाम धनकुटाका एतिहासिक सम्पदा
गुमनाम धनकुटाका एतिहासिक सम्पदा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २४, २०८०

धनकुटा -  राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् भने कतिपय नष्ट भएर गइसकेका छन् ।

सबैको बेवास्ताका कारण धनकुटा सदरमुकामस्थित धनकुटा नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका सम्पदा संरक्षण र प्रवर्द्धन अभावमा गुमनाम हुँदै गएका छन् । धनकुटाको इतिहासमा छुट्नै नहुने धनकुटा बजारमा रहेको तत्कालीन प्रशासनिक केन्द्र धनकुटा गौँडा अहिले कहाँ छ भनेर खोज्नुपर्ने अवस्थामा गुमनाम छ । हाल नगरपालिकाको वडा नं ४ स्थित नेपाली सेनाको भीमदल गण ब्यारेकभित्र रहेको यो गौँडा सबैले नाम सुने पनि पछिल्लो पुस्ताका लागि परिचित छैन । 

धनकुटा बहुमुखी क्याम्पसका पूर्वप्राधापक तथा धनकुटाको इतिहाससम्बन्धमा संरक्षण अभावमा यहाँका सबै ऐतिहासिक वस्तु गुमनाम भएको ठाकुरप्रसाद बराल  बताउँछन् ।  धनकुटाकै परिचय बोकेको सल्लेरी वनभित्र रहेको महेन्द्र पार्क पुनःनिर्माण तथा संरक्षणमा एकलरूपमा निरन्तर लागिरहेका बराल पुरातात्विक कुरा जोगाउन नगरवासी धेरै पछि परिसकेको बताउँछन्  ।

बरालले भने , “धनकुटाका पुराना पाटीपौवा, चौतारा कङ्क्रिटिङ भरियो । कतिपय पाटीपौवा देख्दादेख्दै व्यक्तिगत घर बने । सडकमा छापिएका ढुङ्गा रातारात गायब भए । राम्रो बनाउने नाममा हाम्रो इतिहास बिगार्यौ ।” आफूले देख्दादेख्दै नगरमा घर बढेर व्यापार–व्यवसाय बढे पनि पर्यटक गुमनाम भएको र कुनै बेला पूर्वको शिक्षाको केन्द्र मानिएको धनकुटा क्याम्पससमेत अहिले विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।

Hardik health

जिल्लाकै पहिचानका रूपमा रहेको धनकुटा गौँडा, यहाँ रहेको पैसा छाप्ने टक्सार, बरपिपललगायत स्थानको तत्काल स्थानीय सरकारबाट संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । त्यस्तै धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक ५२ ढोके दरबारमा अहिले एक निजी विद्यालय सञ्चालनमा छ । यो दरबार तत्कालीन राजदरबारबाट निष्कासनमा परेका यक्षविक्रम साहका निम्ति राजदरबारले बनाइदिएको थियो ।

तर पछिल्लो समयमा उनका छोरा श्यामराजालगायतका शाहहरूले अंशबण्डा गरेपछि उक्त दरबारमा निजी स्कुल सञ्चालनमा आएको स्थानीयबासी तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका निवर्तमान सभापति राजेश्वरबहादुर श्रेष्ठको भनाइ छ । ऐतिहासिक महत्व बोकेको यो दरबार शाहहरूबाट किनेर सङ्ग्राहलयमा परिणत गर्नबाट धनकुटा नगरपालिका चुकेको इतिहासका जानकार बरालको तर्क छ । “अहिले पनि नगरपालिकाले किनेर साझा सम्पत्ति बनाउँदा धनकुटाको सान नै अर्कै हुन्छ”, उनले भने, “धनकुटाले इतिहास चिनेन र यसको मूल्य पनि चिनेन ।”

ऐतिहासिक महत्व बोकेको धनकुटा गौँडा सर्वसाधारणका लागि खुला गर्न नेपाली सेनासँग कुरा भइरहेको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको भनाइ छ । राणाकालमा स्थापित प्रशासनिक तथा व्यापारिक केन्द्र भएसँगै धनकुटा बजारमा बटुवा र भरियाका लागि नगरमा अनगिन्ती चौतारा र पाटीपौवा निर्माण भएको देखिन्छ । एक प्रकारले धनकुटा नगरपालिका कुनै बेला चौतारी नै चौतारीको नगर थियो । अहिले पनि नगरमा बाक्लै चौतारा छन् । अधिकांश चौतारी भौतिक संरचना निर्माणसँगै काटिएर मासिए भने बाँकी भएका कतिपय ऐतिहासिक चौतारी संरक्षणविहीन बनेका छन् ।
 
पछिल्लो समय सबै ठाउँ बाटाघाटा पुगेपछि प्रयोगविहीन बनेका यहाँ निर्मित पाटीपौवा र बरपिपलका चौतारीहरू नाममा सीमित छन् । यस्ता ऐतिहासिक विषय समाज र राज्यको सम्पत्ति भए पनि यसप्रति नागरिक र जनप्रतिनिधि सचेत नहुँदा संरक्षण नभएको पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राईको भनाइ छ ।

नागरिक, भूगोल र त्यहाँका सम्पदा मिलेरै राष्ट्र बन्ने भएकाले यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदाको नाश हुँदा नगरवासीलाई मात्र नभएर देशलाई नै घाटा हुने उनको भनाइ छ । राणाकालीन समयमा बजार क्षेत्रको तीन किलोमिटरभन्दा बढी च्याप्टो ढुङ्गाले छापिएको सडक विसं २०५६ बाट भत्काएर कालोपत्र गरिसकिएको छ । यसले नगरवासीलाई केही सुविधा त भयो तर यसले धनकुटा बजारलाई ठूलो क्षति भएको वडा नं ३ का अध्यक्ष विकास घिमिरेको भनाइ छ । 

यहाँका ऐतिहासिक सम्पदा जगेर्ना गरेर पर्यटन प्रवर्द्धनमा धनकुटावासी चुकेको उनको पनि भनाइ छ । पुरानो पुस्ताको बेवास्ता तथा नयाँ पुस्तामा ऐतिहासिक र पुरातात्विक महत्वसम्बन्धी जागरण नहुँदा पुराना कुराको संरक्षण हुन नसकेको धनकुटाका प्रा डा गोपालबहादुर भट्टराईको भनाइ छ । पुरातात्विक महत्वका सम्पदालाई समग्र धनकुटाको आर्थिक अवस्था मजबुत बनाउने आधारका रूपमा विकास गर्न नसक्नु धनकुटावासीको दुर्भाग्य भएको उनको भनाइ छ ।

अहिले राणाकालमा निर्मित धनकुटा बजारको ऐतिहासिक बिहीबारे हटिया पुनःनिर्माण भएर यसको पुरानो स्वरुप नष्ट भइसकेको छ । त्यस्तै यस नगर क्षेत्रमा मात्र पाइने ‘किरात आठपहरिया’ जातिको टिनको छाना लगाउन नहुने भनिएका खरले छाइएका घुमाउने घरसमेत नष्ट हुँदै गइरहेका छन् ।

साविक जिविसमा योजनासम्बन्धी २० वर्षभन्दा लामो अनुभव बटुलेका हाल धनकुटा नगरपालिकामा प्रशासन योजना तथा अनुगमन अधिकृत रहनुभएका सीताराम गौतमले नागरिकले सधैँ नयाँ कुराप्रति आकर्षित हुने भएकाले पुराना कुरा छाड्दै गएको हुनसक्ने जिकिर गरे ।

नगरका जति पनि पुराना संरचनाको ठाउँमा नयाँ बनेका छन् ती सबै नागरिकको माग र स्थानीय तहहरूको समेत लगानीमा पुनःनिर्माण हुँदै आएको उनको भनाइ छ । समाजको विकासक्रमसँगै यहाँका ऐतिहासिकस्थल तथा सम्पदाको संरक्षण नहुँदा धनकुटा बजार क्षेत्र केवल घर नै घरको बजारमात्र बन्न पुगेको छ ।

विसं २०४० मा धनकुटा बजारबाट भोजपुर, सङ्खुवासभा तेह्रथुम जाने मोटरबाटो बजारको बीच भागबाट लैजान नदिएर सडक बाहिरबाट गएपछि यो बजार उस्तै साँघुरो अवस्थामा छ । पछिल्लो समय पूर्वाञ्चलका १६ जिल्लाको सदरमुकाम रहेको गुल्जार नगरपालिका देश सङ्घीयतामा गएपछि धनकुटा जिल्ला सात स्थानीय तहमा विभाजन भएसँगै यो नगर थप कमजोर भएको छ ।

धनकुटा नगरपालिका क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विकस्थलका लागि कार्यक्रम नभएको तर संस्कृति प्रव्द्र्धनका लागि नगरपालिकाले योजना र बजेट विनियोजन गर्दै आएको नगरका उपप्रमुख भीमादेवी खनालले जानकारी दिए । नगर क्षेत्रको आर्थिक विकासका लागि यस वर्षबाट बन्दीपुरको घरबास (होमस्टे)मोडलमा आधारित होमस्टे सञ्चालनको कार्यक्रम रहेको उनले जानकारी दिए । संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेका ऐतिहासिक विषयमा भने आफूहरूको ध्यानाकर्षण भएकाले आगामी नगरको नीति तथा कार्यक्रममा यसलाई समावेश गरिने उनको भनाइ छ ।
-


प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
काष्ठ कलामा सिपालु भीमबहादुर
काष्ठ कलामा सिपालु भीमबहादुर सोमबार, मंसिर १, २०८२
कुरौनीबाट आत्मनिर्भर
कुरौनीबाट आत्मनिर्भर बिहीबार, कात्तिक २७, २०८२
च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी
च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी मंगलबार, कात्तिक २५, २०८२
भेडापालनमा भविष्य खोज्दै आस्मन
भेडापालनमा भविष्य खोज्दै आस्मन मंगलबार, कात्तिक १८, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी
दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी आइतबार, असोज २६, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP