Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • मेटलाइफको एकीकृत ग्राहक एप सार्वजनिक
मेटलाइफको एकीकृत ग्राहक एप सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३१, २०८०


काठमाडौं-  मेटलाइफ नेपालले एकीकृत ग्राहक एप सार्वजनिक गरेकाे छ । डिजिटलमाध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप  One by MetLife सार्वजनिक गरेको हाे ।  एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बंगलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ अधिकृत सन्जिव कपुर, एसिया वितरण प्रमुख योङ हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ्ग तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो । 

One by MetLifeले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरुलाई उनीहरुको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउने कम्पनीले जनाएकाे छ। मेटलाइफका ग्राहकहरु आजैदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका वारेमा सूचनाहरु प्राप्त गर्न, मेटलाईफका विभिन्न बीमा सुविधा तथा सेवाहरुका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रीमियम गणना गर्न, एजेन्टहरुलाई सम्पर्क गर्न र थप जानकारीका लागि कम्पनीसँग जोडिन सक्ने कम्पनीले जनाएकाे छ । 

यस एपमा रहेको ३६०हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानहरुलाई डिजिटल बीमा सेवाहरुसँग सहज रुपमा एकीकृत गरेको छ । ३६०हेल्थ प्रयोगकर्ताहरुलाई उनीहरुको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रिय रुपमा प्रबन्ध गर्न मिलोस् भनि सृजना गरिएको कम्पनिले जनाएकाे हाे  ।  

Hardik health

यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरु लामो समयसम्म स्वस्थ रहन सकुन् भन्ने पनि हो । नेपालमा एक चौथाई जनसंख्या उच्च रक्तचापबाट पीडित छन् र क्यान्सर, हृदय रोग र पक्षघात जस्ता गम्भिर रोगहरु मृत्युको प्रमुख कारणहरु हुन् । 

३६० हेल्थ प्रयोग गर्ने मेटलाइफका ग्राहकहरुले आफ्नो हृदयको गति, रक्तचाप, तथा स्वास्थ्य विवरणहरुको निगरानी विनाहको कृत्रिम बौद्घिकता (Binah’s artificial intelligence) द्वारा सञ्चालित स्वास्थ्य जोखिम मूल्यांकन सुविधामार्फत राख्न सक्छन् । यसबाट उनीहरुले अपोइन्टमेन्ट बुकिङ्ग, घरमै परिक्षण, एम्बुलेन्स सेवा, भर्चुअल चिक्त्सिक परामर्श तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरुबाट दोस्रो राय लिने जस्ता सेवाहरुको उपभोग समेत गर्न सक्छन् । यसमा गैरग्राहकहरुका लागि पनि विभिन्न सेवाहरु उपलब्ध रहेका छन् ।

बृहत नेपाली जनताका लागि थप आत्मविश्वासी, स्वस्थ भविष्य निर्माण गर्ने नेपालको लक्ष्यलाई मेटलाइफले समर्थन गर्न पाउनु आफैमा गौरवको विषय रहेको महाप्रबन्धक श्रेष्ठले जनाए ।  वहाँका अनुसार एप र ३६० हेल्थको सफल शुरुवातसँगै कम्पनीले आफ्नो ग्राहक सेवामा क्रान्ति ल्याउने र देशभरका लाखौंलाई गुणस्तरीय स्वास्थ्य सेवाहरुमा एउटै एपमार्फत सहज पहुँच दिने लक्ष्य राखेको छ ।

कोरिया, चीन, अष्ट्रेलिया, बंगलादेश र संयूक्त अरब इमिरेट्सका उपभोक्ताहरुका लागि पहिले नै उपलब्ध रहेको पुरस्कार विजेता ३६०हेल्थ सार्वजनिक गर्ने नेपाल एसियाको सबैभन्दा नयाँ बजार हो । यस एपले यी देशहरुमा २५ भन्दा बढी पुरुस्कारहरु जम्मा गरेको छ । 

कार्यक्रममा बोल्दै मेटलाइफ एसियाका प्रमुख मार्केटिङ्ग अधिकृत सन्जिव कपुरले ३६०हेल्थको विश्वव्यापि विस्तार भनेको मेटलाइफले आफ्ना ग्राहकहरुको जीवनमा ल्याउने मूल्यको प्रमाण रहेको र उनीहरुको जीवनयात्राको प्रत्येक चरणमा उत्कृष्ट सुविधाहरु प्रदान गर्न कम्पनी सदैव प्रतिबद्घ रहेको बताए । 

 


प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनसेल र बिवाइडी नेपालबीच सम्झौता
एनसेल र बिवाइडी नेपालबीच सम्झौता मंगलबार, भदौ २, २०८३
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै बिहीबार, साउन २८, २०८३
सहकारी बैंकले  पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार
सहकारी बैंकले पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार बुधबार, साउन २७, २०८३
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी मंगलबार, साउन २६, २०८३
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन शुक्रबार, साउन २२, २०८३
लुम्बिनी विकास बैंककाे  सीईओमा सुमन आचार्य नियुक्त
लुम्बिनी विकास बैंककाे सीईओमा सुमन आचार्य नियुक्त शुक्रबार, साउन १, २०८३
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP