Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आप्रवासी श्रमिकलाई निरुत्साहित गर्दै मलेसिया
आप्रवासी श्रमिकलाई निरुत्साहित गर्दै मलेसिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २९, २०८०

काठमाडौं– मलेसिया सरकारले आप्रवासी श्रमिक भित्र्याउन निरुत्साहित गर्ने उद्देश्यले थप लेबी बुझाउनुपर्ने नीति अघि सारेको छ । रोजगारदाताले स्थानीयभन्दा आप्रवासी श्रमिकलाई बढी प्राथमिकता दिएर रोजगारी उपलब्ध गराउन थालेको भन्दै सरकारले यसलाई निरुत्साहित गर्न उक्त नीति अघि सारेको हो ।

स्वदेशी श्रमिकलाई नै रोजगारी उपलब्ध गराउने नीतिअनुरुप मलेसियाले निकट भविष्यमा नै विभिन्न चरणमा लेबी बढाउने तयारी गरेको त्यहाँको सरकारी सञ्चारमाध्यम बर्नमाले जनाएको छ । प्रधानमन्त्री अनवर इब्राहिमले निकट भविष्यमा उक्त नीति लागू गर्ने र मलेसियन नागरिक तथा प्रविधिको प्रयोगलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएको बर्नमाले उल्लेख गरेको छ । मलेसियाको सरकारले श्रमबजारमा रहेको कूल जनशक्तिमध्ये आप्रवासी श्रमिकको संख्यालाई १५ प्रतिशतमा झार्ने लक्ष्य राखेको बताइएको छ । यद्यपि, मलेसियामा कति आप्रवासी श्रमिक रहेका छन् भन्ने तथ्य खुलाइएको छैन । 

मलेसियामा अदक्ष श्रमिक आपूर्ति भइरहेको भन्दै त्यहाँको आर्थिक अवस्थालाई सुधार्न उल्लेख्यरुपमा सीपयुक्त जनशक्तिको अभाव, न्यून उत्पादकत्व तथा प्रविधिको प्रयोग हुन नसकेकोले त्यसमा सुधार ल्याउन सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री इब्राहिमले बताएको जनाइएको छ । ‘सरकारले निकट भविष्यमा नै केही महŒवपूर्ण निर्णय लिनेछ, जसले मलेसियामा कार्यरत श्रमिक र रोजगारदाता दुवै लाभान्वित हुनेछन्,’ प्रधानमन्त्री इब्राहिमको भनाइ उद्धृत गर्दै समाचार लेखिएको छ । 

Hardik health

प्रधानमन्त्री इब्राहिमले सरकारले लिने नीतिका कारण न्यूनतम ज्याला वृद्धि, सीप विकासबाट श्रमिक लाभान्वित हुने र उत्पादकत्वमासमेत वृद्धि हुने तथा नरम नीति तथा प्रतिस्पर्धाबाट रोजगारदाता लाभान्वित हुने विचार प्रकट गरेको बताइएको छ । मलेसियाले महिलालाई रोजगारीसँग जोड्न र उनीहरुलाई दीर्घकालसम्म टिकाइराख्न आवश्यक नीति अवलम्बन गरेको छ । यसले पछिल्लो १० वर्षमा महŒवपूर्ण परिवर्तन आएको र सरकारले यसलाई निरन्तरता दिने बताइरहेको सञ्चारमाध्यमले जनाएको छ । 

मलेसिया सरकारको यस्तो नीतिले आप्रवासी श्रमिकहरु प्रभावित हुने देखिएको छ । मलेसियामा नेपाललगायत विभिन्न मुलुकबाट वैदेशिक रोजगारीका लागि पुग्ने गरेका छन् । विदेशीहरुको महŒवपूर्ण श्रम गन्तव्य रहेको मलेसियामा आठ लाखभन्दा बढी नेपाली श्रमिक रहेको बताइन्छ । गत आर्थिक वर्षमा दुई लाख ६० हजारको हाराहारीमा नेपाली श्रमिक मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

मलेसियामा विभिन्न देशका बहुराष्ट्रिय कम्पनीहरुको विस्तार र त्यहाँ उत्पादित सामग्री अन्य देशमा निर्यात गर्नुपर्ने भएका कारण केही दशकयता मलेसियामा विदेशी श्रमिकको ठूलो माग रहेको छ । नेपालबाट जाने अधिकांश श्रमिक औद्योगिक तथा उत्पादन क्षेत्रमा काम गर्ने गरेको बताइन्छ । मलेसियाले आप्रवासी कामदार कटौती गर्ने नीति अघि सारेसँगै नेपालबाट जाने श्रमिकहरुको संख्या पनि घट्दै गएको विभागको तथ्यांकले पनि देखाएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP