Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘युरोपको मागपत्र प्रमाणीकरण समस्याले ठगी’ 
‘युरोपको मागपत्र प्रमाणीकरण समस्याले ठगी’ 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २५, २०८०

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जर्मनीलगायत युरोपेली मुलुकबाट हुने कामदारको मागपत्र समयमै प्रमाणीकरण नहुँदा सामाजिक सञ्जालमार्फत ठगी कार्य भइरहेको जनाएको छ । युरोपमा केही समयदेखि सम्बन्धित दूतावासबाट मागपत्र प्रमाणीकरण नभएका कारण इजाजतपत्रवाला संस्था (म्यानपावर)ले समयमा कामदार पठाउन नसक्दा गैरकानुनी रुपमा सामाजिक सञ्जालमार्फत त्यसको फाइदा लिने र भ्रम छर्ने कार्य भइरहेको संघले उल्लेख गरेको छ ।  


संघले आइतबार एक विज्ञप्ति जारी गर्दै जर्मनीमा सहायक कामदार पठाउनका लागि आवेदन माग गरेको भनी नक्कली र झूठो विज्ञापन बनाई सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसअघि वैदेशिक रोजगार विभागले पनि केही अनधिकृत व्यक्ति तथा संस्थाले नेपाल सरकार र जर्मनी सरकारबीच भएको श्रम सम्झौताको हवाला दिँदै जर्मनीमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वानसम्बन्धी सामाजिक सञ्जालमा प्रसारण गरिएको विज्ञापन÷सूचना भ्रमपूर्ण रहेको उल्लेख गर्दै त्यसप्रति विश्वास नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको थियो ।


जर्मनीमा कामदारको माग आएको भनी गैरकानुनीरुपमा विज्ञापन गर्ने, अन्तर्वार्ता लिने, तालिम दिने साथै केही दिनदेखि सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार विभागको नक्कली सूचना बनाएर ठगी गर्ने उद्देश्यले विज्ञापन गरेर सरकार र समग्र वैदेशिक रोजगार क्षेत्रलाई नै बदनाम गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन पनि संघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

Hardik health


‘वैदेशिक रोजगारीको नाममा ठगी गर्ने उद्देश्यले गैरकानुनी कार्य गर्न खोज्नेलाई कानुनी कारबाही गर्न गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसमक्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।


संघका अध्यक्ष राजेन्द्र भण्डारीले जर्मनीमा कामदार पठाउनेसम्बन्धी सबै कार्य इजाजतपत्र प्राप्त म्यानपावरमार्फत नै भइरहेको भन्दै यसप्रति भ्रममा नपर्न आग्रह गरेका छन् । ‘नेपाल सरकार जर्मनीमा कामदार पठाउने प्रक्रियामा सामेल नै छैन । यो सबै समयमै दूतावासबाट मागपत्र प्रमाणीकरण हुन नसक्दा अनधिकृत व्यक्तिहरुले फैलाएको भ्रमपूर्ण विज्ञापनमात्रै हो, यसप्रति वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरु सजग हुन जरुरी छ,’ उनले भने ।
यसरी सामाजिक सञ्जालमा आएको नक्कली र भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि उनले आग्रह गरे ।
 

 


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ बिहीबार, पुस १७, २०८२
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा बिहीबार, पुस १७, २०८२
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP