Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यता छ:श्रममन्त्री भण्डारी
युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यता छ:श्रममन्त्री भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी बाध्यात्मक अवस्था भएकाले तत्काल यसको विकल्प नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आफूले सम्हालेको मन्त्रालयसम्बन्धी जवाफ दिने क्रममा उनले नेपाली नागरिक वैदेशिक रोजगारीमा जानु कुनै रहर नभई बाध्यात्मक अवस्था भएकाले यसको विकल्प नभएको बताएका हुन् । 

कमजोर आर्थिक प्रणालीका कारण मुलुकमा रोजगारीको प्रवद्र्धन हुन नसक्दा नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उनीहरुलाई सम्मानित र मर्यादित ढंगले गन्तव्य मुलुकमा पठाइरहेको जानकारी दिए । ‘नचाहँदा नचाहँदै पनि नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउनु परेको छ, यो एकदमै पीडादायक अवस्था हो,’ मन्त्री भण्डारीले भने, ‘मुलुकको जुन आर्थिक स्थिति छ, त्यसबाट तत्काल कुनै चमत्कार हुने अवस्था पनि छैन, बाध्यात्मक भए पनि अहिलेको विकल्प भनेकै वैदेशिक रोजगार नै हो ।’

उनले नेपाली नगारिकलाई वैदेशिक रोजगारमा सुरक्षित, मर्यादित र व्यवस्थित हिसाबले पु¥याउन र विभिन्न बहानामा हुनसक्ने ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमार्फत आवश्यक अनुगमन तथा कडाइ गरिरहेको बताए । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुलाई स्वदेशमै फर्काएर रोजगारीको अवसर दिलाउने गरी सरकारले आप्रवासनसम्बन्धी राष्ट्रिय नीति ल्याउने गरी आवश्यक काम गरिरहेको मन्त्री भण्डारीले बताए । त्यस्तै गत आर्थिक वर्षबाट वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई उद्यमशीलता प्रवद्र्धन तथा सामाजिक पुनःस्थापनाका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको उनले अवगत गराए ।

Hardik health

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पाउनुपर्ने सेवा सुविधालगायतका विषयमा सरकार गम्भीर रहेको पनि उनले बताए । उनका अनुसार विश्वका विभिन्न १४४ देशमा नेपालीहरु रोजगारीका लागि गएका छन् । मुलुकभर ९३५ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा नेपालीलाई पठाउने कार्यको इजाजत लिएका छन् ।

तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभए पनि स्वदेशमै रोजगार वृद्धि र सीप विकास तालिमका लागि सरकार प्रयत्नशील रहेको मन्त्री भण्डारीले जानकारी दिए । स्थानीय तहबाट सूचीकृत बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइएको उनले बताए । मुलुकमा आर्थिक गतिविधि सहज हुने स्थितिमा स्वदेशमै रोजगारी वृद्धि हुने उनको भनाइ छ । मन्त्री भण्डारीले ७५३ वटै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएकाले त्यहाँ कस्ता खालका बेरोजगारी छन् र कस्ता सीप तालिम आवश्यक छन् भन्ने विषयमा सूचना प्रविधिको प्रयोगसहित सरकारले आवश्यक गृहकार्य गरिरहेको स्पष्ट पारे ।

 


प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी सोमबार, चैत १६, २०८२
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती आइतबार, चैत १५, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP