Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यता छ:श्रममन्त्री भण्डारी
युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यता छ:श्रममन्त्री भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी बाध्यात्मक अवस्था भएकाले तत्काल यसको विकल्प नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आफूले सम्हालेको मन्त्रालयसम्बन्धी जवाफ दिने क्रममा उनले नेपाली नागरिक वैदेशिक रोजगारीमा जानु कुनै रहर नभई बाध्यात्मक अवस्था भएकाले यसको विकल्प नभएको बताएका हुन् । 

कमजोर आर्थिक प्रणालीका कारण मुलुकमा रोजगारीको प्रवद्र्धन हुन नसक्दा नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले उनीहरुलाई सम्मानित र मर्यादित ढंगले गन्तव्य मुलुकमा पठाइरहेको जानकारी दिए । ‘नचाहँदा नचाहँदै पनि नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउनु परेको छ, यो एकदमै पीडादायक अवस्था हो,’ मन्त्री भण्डारीले भने, ‘मुलुकको जुन आर्थिक स्थिति छ, त्यसबाट तत्काल कुनै चमत्कार हुने अवस्था पनि छैन, बाध्यात्मक भए पनि अहिलेको विकल्प भनेकै वैदेशिक रोजगार नै हो ।’

उनले नेपाली नगारिकलाई वैदेशिक रोजगारमा सुरक्षित, मर्यादित र व्यवस्थित हिसाबले पु¥याउन र विभिन्न बहानामा हुनसक्ने ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमार्फत आवश्यक अनुगमन तथा कडाइ गरिरहेको बताए । त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरुलाई स्वदेशमै फर्काएर रोजगारीको अवसर दिलाउने गरी सरकारले आप्रवासनसम्बन्धी राष्ट्रिय नीति ल्याउने गरी आवश्यक काम गरिरहेको मन्त्री भण्डारीले बताए । त्यस्तै गत आर्थिक वर्षबाट वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई उद्यमशीलता प्रवद्र्धन तथा सामाजिक पुनःस्थापनाका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको उनले अवगत गराए ।

Hardik health

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पाउनुपर्ने सेवा सुविधालगायतका विषयमा सरकार गम्भीर रहेको पनि उनले बताए । उनका अनुसार विश्वका विभिन्न १४४ देशमा नेपालीहरु रोजगारीका लागि गएका छन् । मुलुकभर ९३५ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा नेपालीलाई पठाउने कार्यको इजाजत लिएका छन् ।

तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभए पनि स्वदेशमै रोजगार वृद्धि र सीप विकास तालिमका लागि सरकार प्रयत्नशील रहेको मन्त्री भण्डारीले जानकारी दिए । स्थानीय तहबाट सूचीकृत बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइएको उनले बताए । मुलुकमा आर्थिक गतिविधि सहज हुने स्थितिमा स्वदेशमै रोजगारी वृद्धि हुने उनको भनाइ छ । मन्त्री भण्डारीले ७५३ वटै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएकाले त्यहाँ कस्ता खालका बेरोजगारी छन् र कस्ता सीप तालिम आवश्यक छन् भन्ने विषयमा सूचना प्रविधिको प्रयोगसहित सरकारले आवश्यक गृहकार्य गरिरहेको स्पष्ट पारे ।

 


प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन शुक्रबार, माघ १६, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न बिहीबार, माघ १५, २०८२
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला बिहीबार, माघ १५, २०८२
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बुधबार, माघ १४, २०८२
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित बुधबार, माघ १४, २०८२
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा मंगलबार, माघ १३, २०८२
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, माघ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP