Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • बालेनको आगो र झस्किएको सिंहदरबार
बालेनको आगो र झस्किएको सिंहदरबार
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, भदौ १९, २०८०

शनिबार मध्यरात एकाएक विश्वभरका नेपालीहरुले प्रयोग गर्ने सामाजिक सञ्जालमा भुसको आगोजस्तै राप एकाएक सल्कियो । कति खाने तरखरमा, कति सुत्ने तरखरमा थिए । यसो मोबाइलमा खोलेर चोरी औंलारे घिसार्दै गर्दा बजारमा आगो सल्किसकेको थियो । सिंहदरबारमा आगो बल्ने भो भनेर !

स्थानीय सरकारका प्रमुख बाऽलेनको आगोले सनसनी फैलिएको थियो । ‘याद राख चोर सरकार’ सरकारमा बस्नेहरु चोरै चोर भए । कसैले सुन चोरे, कसैले धन चोरे, कसैले देशको अस्तित्व नै चोरे । गाउँ चोरे, गाउँलेका मत चोरे । त्यही भएर चोर सरकार भनेपछि चोरलाई साथ दिनेहरु त रन्थनिने नै भए ।

‘याद राख चोर सरकार’ लाई छिनभरमा लाखौंले समर्थन जनाए । किन समर्थन जनाए । सरकार चोर भएर ? सरकारको काम चोर भएर ! के भएर ? किन त्यत्ति धेरै चोर औंलाहरुले ड्याम्म–ड्याम्म लाइक ‘क्लिक’ हान्दिए ! त्यसै चोर औंलाहरु मोबाइलका स्क्रिनमा मख्ख परे । विश्व नै सामाजिक सञ्चालमा दंग छ, त्यसैले होला ‘याद राख चोर सरकार’ मा सबै दंगदास देखिए ।

स्वदेश अनि विदेशमा बास बसेका सबैले क्या वात बाऽलेन, बल्ल थाहा पाए चोरहरुले ! भन्दिए । ‘कुरा के हो पत्तै भएन पूरै धराने लिएर सिंहदरबार जलाउन आउँछु’ भनेर अर्को सरकारका प्रमुखले ठोक्दिए । धरानेसहित सिंहदरबार जल्ने डरले रातभर दमकल कुदेको कुद्यै ! सिंहदरबारमै आगो बल्ने भएपछि सिंहदरबारभित्र बस्ने चोरहरु झस्केर डरले थुरुरु ! बहत्तरको भुइँचालोले हल्लाएको जस्तो हल्लेको हल्यै । न झस्केर, नहल्लेर पनि के गर्नु, कुनबेला आगो बल्ने नै थाहा छैन । हिजो सिंहदरबार चलाएका बा र अहिले सहर हाँकेका लेनको मार्ग नै खुट्याउन गाह्रो छ । काठमाडौंको ट्राफिक बत्तीजस्तो ! कुनबेला रातो बत्ती बल्छ कुनबेला हरियो बत्ती थाहा नै नहुने !

Hardik health

ऊ बेला बाको कस्तो उखान आउने हो पत्तो हुँदैनथ्यो । अहिले बालेनको कस्तो टुक्का आउँछ थाहै हुँदैन । सबै तीन छक्क । बाले बोल्दा हाँसोको फोहोरा, बालेनले लेख्दा कमेण्ट र सेयरा ।नहोस् पनि किन बालेनलाई जे सुकै होस्, बालै भएन । न त पार्टी चलाउन उठाउनुछ, न त कार्यकर्ता नै पाल्नुछ । जसरी हुन्छ जनताले उहिल्यैदेखि चोर भनेकालाई चोर नै हुन् भन्ने देखाउनुछ । 

ए बाऽबाऽ होइन मान्छेले किन बुझ्दैनन हो । स्वतन्त्र भन्या निर्दलीय हो । निर्दलीय भएपछि दलीयलाई त उछितो काट्नप¥यो नि ! निरंकुश भयो भन्छन् । यत्रा पढेलेखेका मान्छे बस्ने सहराँ निरंकुश हुन सक्नु पनि ठूलै कुरा हो नि । राम्रो गर्दा नि सुख छैन नराम्रो गर्दा पनि सुख छैन, गर्नेचाहिँ के हो के ?त्यसमाथि पनि नेपालाँ त पर्चाकारिता फस्टाको छ । तँ यो दलेको म यो दलेको । त्यही दलेदले हुँदै गर्दा ट्युवेले खेला खेल्दिएको छ । भाको नभाको चौपट्टै पार्दिन्छन् । कहाँको फोटो कहाँ लगेर हुल्दिन्छन्, अनि भन्छन् हेर्नु करामत !

त्यसका बाजे लोग्नेस्वास्नीको झगडा गराएर । सडकाँ उफारेर करामत हुन्छ ? करोडौं खर्च गरेर खोलेको टिभीमा देखाएको कुरा त सत्य हुँदैन अनि फेसबुकाँ लेख्या कुरा सत्य भनेर पत्याउने ? सिंहदरबारमा आगो लगाइदिन्छु पो भनेको त, लगाइहालेको त हैन नि ! त्यसमाथि पनि सिंहदरबारमा दिनदिनै आगो लाग्या छ देख्नुपर्दैन ? 

कुन सांसद र कुन मन्त्री कुनबेला जेल जाने हो पत्तै नभए मनभित्र आगो बलिरहेको छ । कर्मचारीहरुलाई रातो घरले कुनेबेला च्याप्पै समातेर अनुहार हेर्नैै नहुनेगरी ससुरालीमै पु¥याउने डरले मुटुभित्र आगो लागिरहेको छ । सिंहदरबारभित्र दिनदिनै पातपतिंगर बालेर आगो बलिरहेको छ । सिंहदरबारभित्र पहिले–पहिले रुखबाट झरेका पातहरु, फोहोरहरु त्यही बालिन्थ्यो । अब त्यो पातलाई र फोहोरलाई सिसडोलसम्म किन पु¥याउनु त्यही आगो बाल्न पो खोज्या हो कि ?

बा अर्थात् पिता लेन भनेको बाटो । अनि स्थानीय सरकारको पिताले देखाएको बाटो खुरुखुरु नहिँडेर खोल्सा–खोल्सी ताकेर हुन्छ । सही बाटो पो हिँड्नुप¥यो नि ! ऊ बेला मट्यांग्रा हजुरबाले भन्थे, ‘तँ हेर म हेर, ठाउँ हेर बेला हेर’ । त्यही हेरेर पो कुरा गर्नुपर्छ त । कस्तो ठाउँमा कुन समयमा कोसँग बोलेको छ भन्ने कुरा हेक्का त राख्नुप¥यो नि ! त्यत्तिकै थरऽर रऽररऽ काँप्नुपर्छ  र ? सिंहदरबार त आफैं गर्जिने सिंह पो हो त । सयौं वर्षदेखि गर्जेको गज्र्यै छ । सिंहदरबार त गर्जिनेमात्र हो । अरु कुरा त ‘न्याय नपाए गार्खा जानु’ त्यसै भनेको छैन । 

सिंहदरबारले न्याय दिँदैन । त्यही न्याय नदिएकै भएर जनता जनार्दनले पनि निर्दलीयलाई भोट दिएका । सेना पुलिसको घेराभित्र बसेर सिंह गर्जिएजस्तै गर्जिनेमात्र हो, सिंहदरबार । त्यही भएर हजुरबाले पनि चोर बस्ने ठाउँ भन्थे, बाले पनि चोरहरु बस्ने ठाउँ भने छोराको त के कुरा गर्नु नातीले समेत चोर बस्ने ठाउँ भन्न थाल्या छ । हो गर्जिने भनेकै चोर हो । त्यही भएर एउटा सरकारले अर्को सरकारलाई चोर भन्न नपाउने ! सर्पले पो सर्पको खुट्टा देख्छ । त्यसमाथि पनि ३० सालमा आगो लगाएकै हो नि त सिंहदरबारमा ! पाल्पा दरबार पनि आगै लगाको हो । 

३० सालमा सिंहदरबारमा आगो लगाको, ६० तिर पाल्पा दरबारमा आगो लगाको । अनि पाल्पामा आगो लगाउने मान्छे नै सिंहदरबारमा गर्जेको बेला ८० सालमा फेरि सिंहदरबारमा आगो लगाउछु भन्न नपाउने ! यति भन्दा किन झस्किनु हो सिंहदरबार । कठै सिंहदरबार १६ महिनादेखि झस्केको झस्क्यै छ । अब यसरी झस्किरहेपछि त सातो गाको हुनसक्छ ! त्यो सातो हटाउनका लागि सिंहदरबारमा आगो लगाएर खली ख्वाउने पो भनेको । खरानी बनाउने कहाँ भन्या हो र ! 

‘कस्ता–कस्ता आए, गुलेली खेलाए, मट्यांग्रा सत्यानाश !’
 


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०६:११
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP