Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मुग्लिन–पोखरा सडक
  • #विप्रेषण
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #एचआइभी एड्स दिवस
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’
खड्कालाई दिए कार्यवाहक सभापति, तोकेनन् महाधिवेशन जेन–जी आन्दोलनपछि देउवाको ‘कम्ब्याक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २९, २०८२
  • महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरिसकेको भन्दै तत्काल नेतृत्व नछाड्ने अडान
  • स्वास्थ्यका कारण देखाउँदै पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मा
  • देउवा दम्पती उपचारका लागि सिंगापुर जाने तयारी 
  • घरमा जलेका नोटहरु ‘फेक’ भएको र यसको छिट्टै छानबिन गर्न माग
  • देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको विश्वास व्यक्त
  • विशेष महाधिवशेन माग्दै हस्ताक्षर बुझाउन आएकालाई सम्हाल्न गगन विश्वलाई धौ–धौ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेन–जी आन्दोलनपछि पहिलोपटक मंगलबार सार्वजनिक भएका छन् । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आयोजित कांग्रेस केन्द्रीय समिति बैठकमा उपस्थित भएर उनले सम्बोधन गरेका हुन् । 

उक्त बैठकलाई सम्बोधनसँगै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् । देउवाले स्वास्थ्यको कारण देखाउँदै खड्कालाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् । ‘मेरो स्वास्थ्यका कारणले मैले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रुपमा काम गर्ने गरी तोकेको छु,’ देउवाले भने । 

जेन–जी प्रदर्शनमा भदौ २४ गते आफ्नै निवासमा कुटिएका उनी ३४ दिनपछि सार्वजनिक हुँदै कांग्रेस केन्द्रीय समितिलाई सम्बोधन गरेका हुन् । आफूलाई बेलाबेला चक्कर लाग्ने भएकाले केन्द्रीय समितिमा लामो समय बस्न नसक्ने देउवाले बताउँदै केन्द्रीय समितिसमेत भोलि बिहीबार १ बजेसम्मका लागि स्थगित गरेका छन् ।

देउवासँगै उनकी पत्नी डा. आरजु राणा देउवा पनि मंगलबार बैठकमा उपस्थित भइन् । भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा डा. राणा पनि कुटिएकी थिइन् । देउवा दम्पती मंगलबारको बैठकमा उपस्थित भएसँगै कांग्रेस लयमा फर्किएको बताइएको छ । खड्कालाई कार्यवाहक दिएर देउवा दम्पती थप उपचारका लागि केही समय सिंगापुर जाने तयारीमा छन् ।

Hardik health

तोकेनन् महाधिवेशन
कांग्रेसमा अहिले नेतृत्व परिवर्तनको माग चर्किएको छ । देउवाले आफ्नो सम्बोधनमा महाधिवेशन घोषणा गर्ने अनुमानसमेत गरिएको थियो । तर देउवाले नेतृत्व छाड्ने संकेत गरे पनि घुमाउरो पारामा महाधिवेशन लम्ब्याउने संकेत गरेका छन् ।

‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैनन् । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत्रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु,’ नेतृत्व परिवर्तनबारे देउवाले भने । देउवाले तोकिएकै मितिमा महाधिवेशन गर्ने भनिए पनि कहिले गर्ने हो भन्ने विषयमा स्पष्ट पारेनन् ।

कांग्रेस महामन्त्री गगन थापाले भने यो देउवाको अन्तिम केन्द्रीय समिति भएको र सभापतिको सक्रिय भूमिकाबाट बिदा लिएको दाबी गरेका छन् । ‘आज पार्टी कार्यालयमा सभापतिले केही महŒवपूर्ण निर्णय गर्नुभएको र उहाँको एकप्रकारले भन्ने हो भने सभापतिको हिसाबले आज अन्तिम सम्बोधनजस्तै पनि भयो,’ महामन्त्री थापाले भने । कांग्रेसले असोज २६ गतेका लागि बोलाएको केन्द्रीय समिति अब ३० गतेका लागि धकेलेको छ । देउवाले महाधिवेशन तोक्ने जिम्मा केन्द्रीय समितिलाई तोकेका छन् ।

भदौ २४ गते डरलाग्दो दिन
कांग्रेस सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको दिन डरलाग्दो दिनका रुपमा लिपिबद्ध हुने बताएका छन् । ‘सम्भवतः यो नेपालको इतिहासमै एउटा डरलाग्दो दिनको रुपमा लिपिबद्ध हुने छ,’ देउवाले भने । उक्त दिन देउवा कुटिएका थिए भने बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो । देउवाका गर्धनमा कुटपिटबाट गम्भीर चोट लागेका कारण १२ टाँका लगाइएको थियो । केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कांग्रेस पार्टी कार्यालय र करिब १२५ जना नेताको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको सभापति देउवाले उल्लेख गरे । 

देउवाले आफ्नो घरमा जलेको नोट देखाउँदै ‘फेक’ भिडियो बनाएको दाबी गर्दै यसको अनुसन्धान गर्नसमेत आग्रह गरेका छन् । ‘सामाजिक सञ्जालमा आएको अरु देशको भिडियोहरुबाट चोरेर मेरोमा देखाएछ । मेरो खिलाफमा फेक भिडियो बनाए । यसमा छिट्टै छानबिन होस्,’ देउवाले भने । देउवाको घर जलेपछि धेरैजसोले पैसा पाएको भन्दै जलेका पैसाको भिडियो र फोटो सामाजिक सञ्जालमा राखेका थिए । 

राष्ट्रपति पौडेलको प्रशंसा
देउवाले गत भदौ २४ गतेको कठिन अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलले परिपक्व भूमिका निभाएको भन्दै प्रशंसा गरेका छन् । ‘भदौ २४ गतेको कठिन अवस्थामा महत्‍वपूर्ण भूमिका खेल्नुभएकोमा म राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । त्यो प्रतिकूल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको छ,’ देउवाले भने ।

सभापति देउवाले विगत ८० वर्षमा कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको बताए । उनले कांग्रेसको एकता आजको आवश्यकता भएको बताउँदै देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्राबीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाँती राखेर एकतावद्ध हुनुपर्ने बताए ।

‘निर्वाचनका लागि वातावरण बनोस्’
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको छ । यसका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण तयार हुनुपर्नेमा देउवाको जोड रह्यो । ‘निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा सुनिश्चित गर्ने र शान्तिपूर्ण निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्तरुपमा निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो,’ देउवाले भने । यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै उनले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको भन्ने विश्वास व्यक्त गरे ।

हस्ताक्षर नबुझेपछि लफडा
कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा केन्द्रीय सदस्य मधु आचार्यसहितको टोलीले सभापति शेरबहादुर देउवालाई विशेष अधिवेशनको माग गर्दै संकलन गरिएको हस्ताक्षर बुझाउने तयारी गरेको थियो । तर, देउवाले उक्त हस्ताक्षर बुझेनन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउनू भन्दै देउवा केन्द्रीय कार्यालयबाट निस्किए ।

कार्यवाहक सभापति खड्काले साँझ हस्ताक्षर बुझ्ने भनेका थिए । उनी पनि नआएपछि हस्ताक्षर लिएर पार्टी कार्यालय आएका कार्याकर्ता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग झोक्किए । महामन्त्रीद्वयलाई यसबारे सम्झाउन हम्मे परेको थियो । सभापति देउवाले नियमित महाधिवेशन गर्ने वचन दिइसकेकोले विशेष महाधिवेशनको आवश्यकता अब नपर्ने महामन्त्री थापाले बताएका छन् ।

मंगलबार नबुझेको उक्त हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई आज बुझाउने तयारी छ । विशेष महाधिवेशनको पक्षमा ५४.५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको गगननिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दाबी गरेका छन् ।

कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन डाक्न ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर चाहिन्छ । कांग्रेसको १४औं महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि भए पनि पार्टी परित्याग गरेका र मृत्यु भएका कारणले अहिले चार हजार ५५६ प्रतिनिधि छन् । तीमध्ये दुई हजार ४८७ ले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका शिवाकोटीको दाबी छ ।
 


प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १०:०४
#देउवा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा शुक्रबार, मंसिर १९, २०८२
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा शुक्रबार, मंसिर १९, २०८२
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान शुक्रबार, मंसिर १९, २०८२
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने
एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बिहीबार, मंसिर १८, २०८२
एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने
एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने बिहीबार, मंसिर १८, २०८२
कुलमानलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्‍यो उज्यालो नेपालले
कुलमानलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्‍यो उज्यालो नेपालले बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘फ्यान चल्यो घामको धुपैमा’  सार्वजनिक
‘फ्यान चल्यो घामको धुपैमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP