Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #ट्रक_यातायात
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #संविधान_दिवस
  • #गिद्ध
  • #अपहरण
Search Here
विचार
  • Home
  • विचार
  • अनमिनको प्रमाणीकरणमा सहभागी हुँदा
संस्मरण अनमिनको प्रमाणीकरणमा सहभागी हुँदा
रचना मोक्तान ‘यात्री’
रचना मोक्तान ‘यात्री’ आइतबार, भदौ १०, २०८०

२०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी पार्टीबीच भएको विस्तृत शान्ति सम्झौतापछि तत्कालीन जनमुक्ति सेना नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)को सुपरीवेक्षणमा रहने भयो । उक्त निर्णयसँगै योद्धाहरुको जिन्दगीले कोल्टे फेर्‍यो । डिभिजन कमाण्डर क. कालीबहादुर खाम (विविध) नेतृत्वको हाम्रो डिभिजन चितवनको जुटपानीमा बनाइएको अस्थायी क्यान्टोनमेन्टमा रहने भयौं । डिभिजनस्तरीय ब्रिफिङमा क. विविधको निर्देशन थियो-

अनमिनबाट हुने प्रमाणीकरणका लागि हामी जनमुक्ति सेना अस्थायी रूपमा क्यान्टोनमेन्टमा रहनेछौं । सही विचारले वीरताको इतिहास रचेर आएको जनमुक्ति सेनाले प्रमाणीकरणको परीक्षामा खरो उत्रिनुपर्नेछ । त्यसका लागि सबैजना तयारी अवस्थामा रहनू, कोही पनि हतोत्साही नहुनू ।

केही दिनपछि भएको डिभिजनस्तरीय रोलकल भएको जुटपानीस्थित मैदानमा जनसेनाको ठूलो शक्ति केन्द्रित भएको थियो । हाम्रो फौज कम्ब्याट ड्रेस (सैन्य पोसाक)मा सजिएको थियो । सबैको टाउकोमा रातो तारा भएको टोपी, दुवै कुममा रातो अक्षरले पिएलए (पिपुल्स लिबुरेसन आर्मी) लेखिएको लोगो, विश्वको सर्वोच्च शिखर सगरमाथाको पृष्ठभूमिमा ‘एके-४७’ क्रस चिह्न, सगरमाथाको चुचुरोमाथि रातो तारासहित जनमुक्ति सेनाको झण्डा भएको लोगो । योद्धाहरुको फर्मेसन क्या गज्जब !

छ/सात ठाउँमा अनमिन लेखिएको निलो टेन्ट टाँगिएको थियो । पालैपालो त्यही टेन्टमा पुगेर सवालजवाफबाट आफू जनमुक्ति सेना भएको प्रमाणित गर्नुपर्थ्यो । यत्तिकैमा मेरो पनि पालो आयो । म सरासर टेन्टतिरै अघि बढेँ । मलाई देख्नेबित्तिकै अनमिनका एक जना प्रतिनिधिले कुर्सीमा बस्न इसारा गरे । व्यक्तिगत विवरणको रेकर्ड राख्न कम्प्युटर र क्यामरा तयार थियो । विभिन्न मुलुकबाट आएका अनमिनका प्रतिनिधिहरु देख्दैमा आश्चर्यलाग्दो । शारीरिक रुपमा निकै अग्ला र फरक देखिन्थे उनीहरु । दोभाषेका रुपमा नेपालीलाई राखिएको थियो । सुरूमा उनीहरू आपसमा मैले नबुझ्ने भाषामा कुरा गरे । अनि दोभाषेबाट प्रश्न सुरु भयो-

Hardik health

प्रश्नः तपाईंको नाम के हो ?’
मः संरचना तामाङ ।
प्रश्नः तपाईंको उमेर ?
मः १९ वर्ष ।
प्रश्नः तपाईंको घर ?
मः काभ्रे ।
प्रश्नः कति समय भयो लडाकु बनेर हिँडेको ?
मः पाँच वर्ष ।
प्रश्नः लडाइँ लड्नुभयो ?
मः युद्धमा हिँडेको योद्धाले लडाइँ नलडेर के गर्छ होला त ?
प्रश्नः उसो भए कतिवटा लडाइँ लड्नुभो ?
मः योजनाबद्ध रूपमा चारवटा र आकस्मिक रूपमा छ वटामा सहभागी भएँ ।
प्रश्नः तपाईंले मान्छे मार्नुभयो ?
मः युद्धमा लागेको मान्छेले कि त मान्छे मार्छ कि त आफू मर्न तयार हुन्छ । युद्धमा लागेर शान्तिको पाठ त पक्कै पढाइँदैन होला !
प्रश्नः अनि कतिजना मान्छे मार्नुभयो ?
मः मारेको मान्छे गनेर बस्ने फुर्सदै कहाँ हुन्थ्यो र !
प्रश्नः अनि तपाईंको हातमा भएको बन्दुकको नाम थाहा छ ?
मः (प्रश्न सुनेर हाँस उठ्यो तर कन्ट्रोल गर्दै) थाहा छ ।
प्रश्नः यो हतियारको नाम केहो ?
मः इन्सास ।
प्रश्नः यसको तौल कति हो ?
मः ४.०८ केजी । 
प्रश्नः यसमा लाग्ने गोली कति एमएमको हुन्छ ?
मः ५.५६ एमएम ।
प्रश्नः तपाईं सानै उमेरमा युद्धमा लाग्नुभएको रहेछ, तपाईंलाई डर लागेन ?
मः डराउने मान्छे कहाँ युद्धमा लाग्न सक्छ र ।
(मलाई प्रश्न सोध्ने कार्य रोकेर फेरि खासखुस उनीहरूबीच कुराकानी भयो । म भने अब कस्तो प्रश्न सोध्ने हो ! भनेर मनमा कुरा खेलाउँदै बसें ।)
प्रश्नः ‘तपाईंले बोक्नुभएको हतियार खोलेर जोडेर देखाउनुस् न ।
मः हुन्छ (म हतियार खोलेर जोड्न लाग्छु) ।

मैले तर्तीबार रुपले हतियार खोलजोड गर्न लागें । उनीहरूले एक टकले हेरिरहेका थिए । मैले देब्रे घुँडालाई जमिनमा र दाहिने खुट्टाको पैतालालाई भुइँमा टेकाएँ । हिप र ढाडलाई सीधा बनाएर इन्सास राइफललाई देब्रे काँधमा अड्याएँ । गोजीबाट रुमाल झिकेर सबैभन्दा पहिला जमिनमा रुमाल बिछ्याएँ । इन्सासको म्यागजिन निकालेर ओछ्याएको रुमालमा राखेँ ।

शान्ति प्रक्रियापछि पार्टीले आफ्ना कार्यकर्ताको व्यवस्थापनमा ध्यान दिएन । पार्टी संसदीय व्यवस्था र सत्ताको मोहमा लिप्त हुँदै गयो । युद्धका बहादुर साथीहरू, जो शान्ति प्रक्रियामा आएर अयोग्य हुँदै घर फर्केका थिए उनीहरू रोजीरोटीको निम्ति र सिस्नो उम्रेको घरको जग हाल्नका निम्ति खाडीमा पसिना बगाउँदै छन् । क. अनु भक्तपुरको पाँचतले मन्दिरमा बिहान बेलुका साग बेचेर गुजारा चलाउँदै छिन् । आज यी तरकारी बेच्नेलाई हिजोको सहयोद्ध कमरेडहरुले चिन्दैनन् । भर्भराउँदा कलिला दिमागहरुलाई जनवादी शिक्षाको सपना देखाएर युद्धमा होमिन पठाउनेहरुले आज चिन्दैनन् । 

त्यसपछि पालैपालो अरु पार्टपुर्जाहरु तर्तीबार ढंगले खोल्दै रुमालमा राख्दै गएँ । इन्सास राइफल खोलेपछि उनीहरूको अनुहारमा हेर्न पुगेँ । जोड्नु ! भन्ने इसारा पाएपछि फटाफट जोडेँ । यस्तो कार्य गर्न लगभग एकदेखि डेढ मिनेटमा सकियो । फेरि कुर्सीमा बस्न इसारा गर्‍यो । सायद उमेर, उचाइ र शारीरिक रूपमा सानी देखेरै हुनुपर्छ मलाई अलि केरकार बढी गर्न थालियो । म आफू निर्धक्क भएर ओठको मुस्कान छाड्दै उत्तर दिइरहेँ ।

अन्तिम प्रश्न थियो- तपाईंलाई जन्म दिने आमा र गणतन्त्रमा कुन प्रिय लाग्छ ?
मेरो जवाफ थियो- मेरी आमाका लागि म प्रिय हो । तर, मेरो देश र मेरो लागि गणतन्त्र प्रिय लाग्छ । किनभने म जस्तै योद्धाहरु र लाखौं करोडौं जनताले लडेर ल्याएको गणतन्त्र हो यो ।

मेरो कुराले कति चित्त बुझ्यो, कति बुझेन त्यो त मलाई थाहा भएन । ‘अब तपाईं जानुहोस्’ भनेपछि म त्यहाँबाट बाहिर निस्कें ।

‘ओइ संरचना ! तपाईंलाई त निकै समय लगायो त । कतै तपाईंलाई अयोग्यको लिस्टमा त पारेन ?’ यो प्रश्न सेती विक (कमरेड सरला जो चितवनको दाह्रेचोक भिडन्तमा सख्त घाइते भएकी थिइन् । उनी अहिले पनि अशक्त नै छिन् ।) को थियो ।

‘खोइ ! सोधेको जति प्रश्नको उत्तर दिएकै छु क्यारे, के गर्ला कुन्नि ! योग्य र अयोग्यको लिस्ट आउट गरेपछि नै थाहा होला । जे भए नि होस् !’ यस्तै जवाफ फर्काएँ ।

एकपछि अर्को साथीहरू मलाई घेर्दै अनमिनको कर्मचारीले लगाएको समयको अन्दाज लाउँदै के-के के-के सोध्दै थिए । ‘कतै अयोग्यको सूचीमा पारियो कि ? तपाईंलाई त यति समय लगायो झन् मलाई कति समय लगाउला ? मलाई त डर लागिरहेको छ । यतिका वर्ष लडाइँ लडियो, अहिले आएर अयोग्यको सूचीमा नाम निस्कियो भने ? न पढाइ न सीप, यो घाइते शरीर पार्टीले व्यवस्थापन नगरे के हालत होला ?’ आदि इत्यादि प्रश्न... ।

ओहो ! सामूहिक लडाइँ र एकल बौद्धिक लडाइँमा फरक अनुभूति हुँदोरहेछ । म जत्तिको बोलक्कडलाई त यस्तो र्‍याखर्‍याख्ती पार्छ भने अन्य अन्तरमुखी कमरेडहरुलाई कति हतोत्साहित बनायो होला ! दिमाग रिंगिन थाल्यो । त्यहाँ कसैले कसैलाई सिकाउन मिल्ने वातावरण नै थिएन । आफ्नो मनमा जे लाग्यो त्यही उत्तर दिनेबाहेक अरु उपाय थिएन । बाहिर बसेका कमाण्डर कमरेडहरु भन्दै हुनुहुन्थ्यो, ‘शान्त शालीन भएर प्रस्तुत हुनुहोस् । हिजो हामीलाई कञ्चटमा पेस्तोल ताक्दा त हामीले विवेक गुमाएनौं । आज त शान्ति प्रक्रियामा आइसकेका छौं डराउनु पर्दैन । सत्ता हाम्रै छ । गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हाम्रै पार्टी अध्यक्ष क. प्रचण्ड हुनुहुन्छ । हाम्रै सत्ता हाम्रै सरकार भएको बेला पनि डराएर हुन्छ ? हामी कोही अयोग्य हुने छैनौं ।’

कमाण्डरहरुको यस्तै कुराले बाँकी कमरेडहरु विश्वस्त हुँदै गएका थिए । निकै दिन लगाएर जनमुक्ति सेनाको प्रमाणीकरण सकियो ।

०००

तेस्रो डिभिजनका सबै ब्रिगेडहरु आ-आफ्नै क्याम्पमा रह्यौं । सैन्य नियम । निश्चित समयमा चल्नुपर्ने । खाने, बस्ने, उठ्ने, सुत्ने, तालिम गर्ने । सबै समय तालिका अनुसार नै हुन्थ्यो । प्रत्येक दिनको सैन्य रोलकल, पट्रोलिङ गस्ती, दिन र रातको सुरक्षा ड्युटी यीबाहेक अन्य उत्पादनका कार्यहरू हुँदै थियो । मेरो ध्यान भने सधैं उही प्रमाणीकरणको नतिजा कुर्नमै हुन्थ्यो । त्यहाँ मेरो रगतको नाता कोही पनि थिएन । सबैजना युद्धभूमिमै भेटेका र चिनेका सहयोद्धाहरु मात्र थिए । तैपनि आफ्ना हुनका लागि रगतको नाता नचाहिँदो रहेछ । माया, विश्वास भए वर्गीय सम्बन्ध पनि आफ्नैजस्तो हुँदोरहेछ । युद्धको भुमरीमाजस्तै कतिबेला मरिन्छ भन्ने कुराको चिन्ता नभए पनि कतिबेला अयोग्यताको बिल्ला भिराइन्छ र बाहिर निकालिन्छ भन्ने चिन्ता भइरह्यो । बेलाबखत सुन्दै आएको हुन्थ्यो फलानो डिभिजनमा यतिजना अयोग्यको लिस्टमा नाम निस्क्यो रे । कम्पनी कमाण्डर फलानो पनि अयोग्य भयो रे ! आदि इत्यादि । सुन्नमा आएको कुराले पनि कहिलेकाहीँ खुब सताउँदो रहेछ । यथार्थ के हो ? त्यो त बुझ्नै बाँकी थियो । निकासबिनाको जिन्दगी बिताउन साह्रै गाह्रो पो हुँदोरहेछ । युद्धमा त ‘रे’ को कुरा सुन्न न फुर्सद हुन्थ्यो न नानाथरी कल्पना गरेर बस्न नै । जब शिविरमा आएपछि हामी फुर्सदिलो हुँदै गयौं तब दिमागमा अनेकौं सोचाइ आयो । कतिपय साथीहरू पलायन पनि भए ।

Rachana-Moktan_21693138083.jpg

प्रमाणीकरणको सूची सार्वजनिक गर्न निकै गाह्रो भयो । प्रमाणीकरणको नतिजा कमाण्डरहरुबाहेक अरुलाई सुनाइएन । बिस्तारै सुन्नमा आयो । फलानो बटालिएनको फलानोको पनि अयोग्यको सूचीमा नाम आएछ । फलानो प्लाटुनको कमाण्डर पनि फेल भएछ । हुँदाहुँदै हिजो युद्धमा संगै लडेका साथीहरूको नाम एकपछि अर्को गर्दै सुनिन थाल्यो । एक हिसाबले मन बेचैन हुँदै गयो । अर्को हिसाबले यहाँ अयोग्य भएर के भो त पार्टी संगठन छँदै छ । त्यता त कसो योग्य नहोला भनी मनले मनसँग फितलो तर्क गर्दै आत्मसंवाद गर्न थाले । म बसेको कल्याण-अनिश स्मृति ब्रिगेडबाट पनि थुप्रै साथीहरूको नाम अयोग्य लडाकुको सूचीमा रहेछ । मेरो प्लाटुनको पनि क.रिजन, क. विकल, क. एलिसा तीन जनाको नाम अयोग्यको सूचीमा देखें । मन बेस्सरी अनिलो भयो । युद्ध हारेको सिपाहीको हविगत अन्दाज गर्नुस् त्यस्तै हाल मेरो पनि भयो । म योग्यमा निस्केर पनि अयोग्य महसुस हुँदै थियो । ती भाइबहिनीहरुको रुवाबासी सुरु भइसकेको थियो । हिजो माथिल्लो कमान्ड छ र महान तथा गौरवशाली पार्टी साथमा छ भनेर रोलकलमा विश्वस्त तुल्याउने कमाण्डरहरुको पनि केही जोर चलेन । अन्ततः अनमिनको नजरमा अयोग्य भनिएका कमरेडहरु क्यान्टोनमेन्टबाट बाहिर निस्कनुपर्ने निर्देशन आयो ।

०००

एक दिन हामी नुहाउनका लागि खोलामा गएका थियौं । हतार कसैलाई थिएन । अलि फुर्सदिलो भएकोले नुहाइधुवाइ सकेर पनि लुगा नसुकुञ्जेल खोला किनारमै बस्ने सल्लाह गर्‍यौं । सेती विक (क. सरला) म्हार्साङ गोले (क. कृतिका), क. बसन्ती राई, क. शृंखला मगर, राधिका सिटौला (क. बिहानी), क. रसिलालगायत हामी सबैजना युद्धको बेलाकै गफ गरेर बस्यौं । हामी सबैजना एक कमाण्डर तहका महिला थियौं । हाम्रो ड्रेसअप सबै पुरुष साथीहरूको जस्तै हुन्थ्यो । त्यसमाथि क. वसन्ती र मेरो त कपाल पनि पुरुष कमरेडहरुको जस्तै ‘ब्वाइज कट’ । कपाल नभएकै कारण पनि हामी दुई अरु साथीहरुभन्दा नुहाउनमा छिटो छरितो भयौं । कपाल हुनु र नहुनुको फाइदा यतिमात्र हो । धेरै स्याहार्नु नपर्ने । कोरिरहनुपर्ने झण्झटबाट मुक्त ।

हुन त शिविरमा केही महिला साथीहरूको कपाल काटेको हुन्थ्यो । सैन्य तालिमको हिसाबले पनि कपाल हुनुभन्दा नहुनु सजिलो लाग्थ्यो । हामी गफिँदै थियौं । बेथान स्मृति ब्रिगेडमा कार्यरत दुई जना साथीहरू (क. साधना र क. अञ्जली) हामीतिर आए । खोला किनारमा बसेर गफिन थाल्यौं । क्यान्टोनमेन्टको जिन्दगी, युद्ध, शान्ति प्रक्रिया, भविष्य र प्रमाणीकरणको बारेमा कुराकानी भयो । यत्तिकैमा क. साधनाले ‘यता क-कसको अयोग्यमा नाम आयो है ? हाम्रो ब्रिगेडमा त धेरै जनाको नाम आएको छ । दुःख लाग्छ युद्धको बेला योग्य बहादुर साथीहरू अहिले अयोग्यको सूचीमा परेर अब शिविर छोडेर छिट्टै जाँदै हुनुहुन्छ । कमरेड रञ्जुको नाम पनि अयोग्यमा निस्केछ नि !

यति सुन्नासाथ चसक्क मन दुख्यो । हामी सँगसँगै थुप्रै मोर्चामा लडेका थियौं । उनी साह्रै साहसी थिइन् । काभ्रेको विकट ठाउँ डाँडापारी जन्मिएकी क. रञ्जु पार्टीमा लागेदेखि नै सैन्य फिल्डमा थिइन् । शाही सेनासँग थुप्रै मुठभेड र मोर्चाहरुमा अग्रपंक्तिमा नै लड्ने गर्थिन् । त्यतिमात्र हैन २०६१ सालमा काभ्रेको भूमिडाँडा सामूहिक हत्याकाण्डको बेला बचेकी एकमात्र योद्धा । जहाँ छ जना सहयोद्धाहरुलाई शाही सेनाले निर्मम यातना दिएर बसेको सेल्टर नै जलाइ मारेको थियो । कमरेड रञ्जु सेन्ट्री बसेकै ठाउँमा हातखुट्टा बाँधेर मुख र आँखामा पनि पट्टी बाँधेर लडाइराखेको अवस्थामा घिस्रिँदै-घिस्रिँदै गएर भीरमा गुल्टेर ज्यान जोगाएकी एक योद्धा थिइन् । उनको नाम सुन्ने बित्तिकै एकाएक घटनाक्रमको याद आयो । निकै पुराना साथीहरु पनि अयोग्यको ट्याग झुण्ड्याउँदै निस्किँदै थिए । यो भन्दा हार अरु के होला !

Rachana-Moktan_31693138079.jpg

पढ्नुपर्ने उमेरमा जनवादी शिक्षाको खोजीमा लाग्यौं । लागेको पनि के भन्नु, बुर्जुवा शिक्षा कामै छैन भनी दिमागमा विष घोलेर पिलाए । आज शान्ति प्रक्रियामा आएपछि विभिन्न बहानामा अयोग्य ठहरिँदै खाली हात । शरीरभरि बमगोलीको छर्रा, घाइते शरीर । सिस्नो उम्रेको त्यही झुपडी खोज्दै जानुपर्ने कस्तो विडम्बना ! यस्तै प्रश्नहरुले दिमागमा घर गरिसकेको थियो । तैपनि पार्टीको निर्देशन कुर्नैपर्ने थियो । आफ्नो ज्यानभन्दा ठूलो पार्टी सम्झेका थियौं । अयोग्य भनिएका कमरेडहरु क्यान्टोनमेन्ट छाड्ने कुरा निश्चित भइसकेको थियो । हाम्रा गफहरु यस्तै विषयवस्तुमा केन्द्रित भए ।

सेक्सन कमाण्डर क. रसिलालगायतका अरु साथीहरु पनि नुहाइ सकेर हामी बसेकै ठाँउमा आए । हामीले निकै दिनअघिदेखि उनको नाम पनि अयोग्य सूचीमा रहेको सुनेका थियौं । फ्याट्टै कसैले भन्न सकेका थिएनौं । उनको मनोभाव बिग्रेको अनुभव भने पक्का गर्न सक्थ्यौं । उनले अलि संकोच मानेर ‘अब हामी कति नै सँगै बस्न पाउँला र ! आज हो कि भोलि निस्क भन्ने हो । कहिलेकाहीँ त दिक्क लाग्छ । अब कुन मुख लिएर घर फर्किने ? कक्षा १० मा पढ्दापढ्दै बुर्जुवा शिक्षा काम छैन भनेपछि किताब कापी थन्क्याएर भूमिगत भएँ । आमा बेस्सरी रुनुभएको थियो । बाले काठमाडौं लगेर पढाउँछु भन्नुभएको थियो । पढेको भए यतिका वर्षमा त पढाइ सकेर जागिरे पनि भइसकिन्थ्यो । सँगैका साथीहरूले यो जागिर खाए, यति पढ्यो, पढिरहेछ, यति कमायो भन्ने सुन्नुपर्छ । आफू खाली हात झुकेको शिर बोकी गाउँ फर्किनुभन्दा यहीँ आत्महत्या गरेर मरुँ कि जस्तो पनि लाग्छ ।’

उनको आँखामा आँसु छचल्किरहेको थियो । के बोल्ने के नबोल्ने सान्त्वना दिनसमेत शब्दको अभाव महसुस भयो । दम नभएको कुरा यतिकैमा बोलें । योग्य हुनेहरु पनि खुसी हुने बलियो आधार नै के थियो र ! सधैं अन्योलमै बस्नुपर्ने । पिर नगर्नु त्यहाँ गएर पनि हामी पार्टी संगठनमा जोडेर संगठन बिस्तार गरेर पार्टीलाई बलियो बनाउनुछ । आखिर पार्टी पंक्ति त बाहिरै छ त । यसरी नै दुखेका मनहरुलाई सम्झाउने कोसिस गर्‍यौं ।

शान्ति प्रक्रियापछि पार्टीले आफ्ना कार्यकर्ताको व्यवस्थापनमा ध्यान दिएन । पार्टी संसदीय व्यवस्था र सत्ताको मोहमा लिप्त हुँदै गयो । युद्धका बहादुर साथीहरू, जो शान्ति प्रक्रियामा आएर अयोग्य हुँदै घर फर्केका थिए उनीहरू रोजीरोटीको निम्ति र सिस्नो उम्रेको घरको जग हाल्नका निम्ति खाडीमा पसिना बगाउँदै छन् । क. अनु भक्तपुरको पाँचतले मन्दिरमा बिहान बेलुका साग बेचेर गुजारा चलाउँदै छिन् । आज यी तरकारी बेच्नेलाई हिजोको सहयोद्ध कमरेडहरुले चिन्दैनन् । भर्भराउँदा कलिला दिमागहरुलाई जनवादी शिक्षाको सपना देखाएर युद्धमा होमिन पठाउनेहरुले आज चिन्दैनन् । तपाईंको इतिहासबारे थाहा छैन, सुनेकै छैन भन्दा दुःख लागेर आउँछ । विधिको विडम्बना भनेको यही रहेछ ।

आज अयोग्यको बिल्ला भिराएर बाहिर निकालिएका साथीहरू पनि घर न घाटको अवस्थामा छन् । कयौंपटक आन्दोलन गर्दा पनि उनीहरूको माग सम्बोधन हुन सकेको छैन । पार्टीलाई पनि कुनै वास्ता छैन । त्यसैले इतिहासको हरेक कोल्टे फेराइमा आफूले पनि कोल्टे फेर्नसक्ने हिम्मत र क्षमता राख्नुपर्दोरहेछ ।

(नमोबुद्ध नगरपालिका-५ काभ्रेकी मोक्तान पूर्वजनमुक्ति सेना हुन् । सेना समायोजनको क्रममा उनले स्वेच्छिक अवकाश रोजेकी थिइन्।)


प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १७:५६
#रचना_मोक्तान #जनसेना #माओवादी #अनमिन
प्रतिक्रिया दिनुहोस्
थप विचार
संकट अस्थायी हो, आशा स्थायी
संकट अस्थायी हो, आशा स्थायी बुधबार, असोज १, २०८२
आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व
आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व मंगलबार, भदौ ३१, २०८२
ऊ त गयो माया मारेर ! 
ऊ त गयो माया मारेर !  मंगलबार, भदौ ३१, २०८२
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?
तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा? सोमबार, भदौ ३०, २०८२
जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’
जेन-जी पुस्ताले पढ्नै पर्ने पुस्तक ‘माँ बा’ सोमबार, भदौ ३०, २०८२
तनाव र अनिश्चयले निम्त्याउने मानसिक असर
तनाव र अनिश्चयले निम्त्याउने मानसिक असर सोमबार, भदौ ३०, २०८२
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास बिहीबार, भदौ २६, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP