Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण
‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १, २०८०


काठमाडौं-  संस्कृतिविद डा जगमान गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताएका छन् । आज यहाँ थाइ नेपाली सङ्घद्वारा आयोजित थाइल्याण्डका नेपाली आप्रवासीहरूको कथा समेटिएको पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण समारोहमा उनले म्यानमार, थाइल्याण्ड, दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूमा देखिएको संस्कृतिप्रतिको सद्भाव नेपालमा पछिल्लो समय घटिरहेको बताए । 

उनले भने, “यहाँ ठेट नेपाली बोल्नेमा कमी देखिएको छ । हामीले नेपाल बाहिर रहनुभएका नेपालीबाट सिक्नु जरुरी छ । ठेट नेपाली शब्दको प्रयोग गर्नुलाई अन्य भाषाको ज्ञान नभएको रूपमा बुझ्नु भएन ।” उनले आप्रवासी नेपालीहरूको यस्तै गतिविधिले यहाँ झक्झकाउने समेत बताए । 

कार्यक्रममा सङ्घकी अध्यक्ष वासाना राईले नेपालमा आएर पुस्तक नेपाली र अङ्ग्रेजी भाषासँगै तस्बिर कथामा लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले भने, “यो पुस्तकले थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिन्छ । देशबाहिर रहेर पनि यहाँको संस्कृतिप्रतिको लगावलाई दर्शाउँछ । यो हाम्रो अनुभुति हो ।”

Hardik health

पुस्तकका लेखक तथा अनुसन्धानकर्ता रमेश खड्काले ८० वर्षको पुरानो इतिहासलाई पुस्तकमा समेट्न पाउँदा गौरव महसुस गरेको बताए । उनले भने, “असी वर्षभन्दा बढी लामो समयदेखि थाइल्याण्डमा बसोबास गरिरहेका आप्रवासी नेपालीका बारेमा वर्षदिन लामो अध्ययन र अनुसन्धानपछि यो पुस्तक तयार भएको हो । मैले उहाँहरूको इतिहासलाई नजिकबाट बुझ्ने मौका पाएँ, मैले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छु ।” 

उनले थाइल्याण्डमा नेपाली आप्रवासीको मौखिक इतिहासमा सीमित कुरालाई लिखित दस्तावेजको रूपमा बाहिर ल्याएको बताए ।कार्यक्रममा पूर्वराजदूतहरू डा दिनेश भट्टराई, डा खगनाथ अधिकारी, सङ्घका पूर्वअध्यक्ष कुमार कार्की, गायक आनन्द कार्की, गायिका इन्दिरा जोशी, अभिनेत्री दीपाश्री निरौला, अभिनेता किरण केसी, निर्मल शर्मा, जीतु नेपाललगायत उपस्थित हुनुहुन्थ्यो । कायक्रममा संस्कृति झल्काउने नृत्यसँगै नेपालीले थाइल्याण्डको पिलोक भन्ने स्थानबाट सुरू गरेको जीवनीलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरिएको थियो । 

पुस्तकमा नेपालीहरूको आप्रवासन र थाइल्याण्डमा नेपालीहरूको इतिहासबारे लुकेका तथ्य समेटिएको छ । बर्मासँग सीमा जोडिएको थाइल्याण्डको पिलोक भन्ने ठाउँमा माइन (कोइलाखानी) को काम गरेर सुरु भएको नेपालीहरूको थाइल्याण्ड आप्रवासनको कथालाई प्रस्तुत गरिएको पुस्तकमा एउटा पहाडको टुप्पोमा कसरी उनीहरूले आफ्नो जीवनलाई चलायमान पारे र कसरी आफ्नो भूमिकालाई स्थापित गरे भन्ने कुरा पनि समावेश गरिएको छ । 

उनीहरूको अनागरिकदेखि थाइ नागरिकसम्मको यात्राको सन्दर्भ पनि पुस्तकमा समावेश गरिएको छ । पिलोकमा लामो समय बिताएका बूढापाका र अनुभवी मानिसहरू, थाइ नागरिकहरू, थाइ सरकार र सुरक्षा अङ्गमा रहेर काम गरेका करीब दुई सयभन्दा बढी स्रोत व्यक्तिहरूसँगको कुराकानी र थाइल्याण्डमा भएको नेपालीहरूको आप्रवासानका ऐतिहासिक दस्तावेजहरूको अध्ययनपछि यो पुस्तक तयार गरिएको समारोहमा जानकारी दिइएको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०७:३८
#थाइल्याण्डमा नेपालीहरूको इतिहास
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविता संग्रह सार्वजनिक
आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविता संग्रह सार्वजनिक शुक्रबार, कात्तिक २१, २०८२
बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण
बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण शुक्रबार, कात्तिक १४, २०८२
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP