Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • सीमामा बग्दै छ नेपाली भूमि
सीमामा बग्दै छ नेपाली भूमि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३१, २०८०

महेन्द्रनगर– बयालिस परिवारको बसाइँरहेको कुतियाकवर दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । 

बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन् ।

विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणका लागि पहल भएको देखिँदैन् ।“पुरानो र सानो सङ्ख्यामा हामी दशकाँंैदेखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत देखाएनन्  ।” स्थानीय टेकबहादुर सुनारले भन्नुभयो,“दुई नदीको कटानले कुतिकवर मात्रै बग्ने होइन, दक्षिणतर्फ यहाँ जोगबुढा नदी सीमा नदी बन्ने चुनौती थपिएको छ ।”

दोधारा चादँनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको बताउनुभयो ।“ दुवैतर्फ कटान हुँदा बर्सेनि बस्ती साँघुरिँदै गएको छ ।” उहाँले भन्नुभयो–“हिजोआज पनि बस्तीको पश्चिमतर्फ महाकाली नदीले नियमित कटान गरिरहेको छ ।” सो क्षेत्रको नदी कटान नियन्त्रणका लागि नगरपालिका र दातृ निकायको आर्थिक सहयोगमा अस्थायी तटबन्ध निर्माणका लागि पहल भइरहेको अध्यक्ष सिंहको भनाइ थियो ।

“अस्थायी तटबन्धले कटान न्यूनीकरण हुन्छ की भन्ने आशा हो ।” उहाँले भन्नुभयो,“वर्षामा हरेकवर्ष कुतियाकवर डुबानको चपेटामा पनि पर्छ ।” वडाध्यक्ष सिंहले नदी कटानकै कारण सीमा स्तम्भ नं २२ लामो समयदेखि हराइरहेको बताउनुभयो । “कुतियाकवरमा अहिले २१ नम्बर पिल्लर छ । ” उहाँले भन्नुभयो,“नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ ।”

कुतियाकवर बस्ती पारी सीमामा भारतको बङ्गाली कलौनी पर्छ । बस्तीमा नेपाल–भारत सीमा स्तम्भ भए पनि दशगजा क्षेत्र भने खाली छैन् । कुनै बेला सीमा र राष्ट्रियताको विषयमा यहाँको कुतियाकवरदेखि कालानीसम्म अभियानसमेत सञ्चालन गरिए पनि अहिले कुतियाकवर बगेर सीमा सर्ने अवस्थामा आउनलाग्दा पनि कोही नबोलेको स्थानीयवासीको गुनासो थियो ।

“यसअघि त यहाँ जनप्रतिनिधिले नगरको रिङ्रोड नै बनाउने आश्वासन दिए ।” स्थानीयवासी भीम सुनारले भन्नुभयो–“विकासका नाउँमा बस्तीको कच्ची सडकमा ग्राइभेलसम्म हालिएको छैन् ।” विसं २०२९देखि नै बस्ती कटान र डुबानको चपेटामा पर्दै आएको बताउँदै उहाँले बस्तीसँग सीमा जोगाउन सरकार सचेत हुनुपर्ने बताउनुभयो ।

“ एक सय ४५ परिवारको बसोबास रहेको कुतियाकवरमा नदी कटानकै कारण अहिले ४२ परिवारमा समेटिएको छ ।” वडाध्यक्ष सुनारले भन्नुभयो–“ २१ नम्बर पिल्लरबाट जोगबुढा नदीबीचको गाउँ सधैँ अभावकाबीच सीमा कुरेर बसिरह्यो ।”बस्तीमा कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति पनि छ वर्षअघि बनेको र  त्यसको नेतृत्व गाउँका टेकबहादुर सुनारले गर्दै आउनुभएको छ  । 

“ दुईदिन अघिको बाढीले पनि बस्ती डुबानमा पर्दा जोखिम मोलेरै पनि स्कुल गएका बालबालिका घर फर्किए ।” टेकबहादुरले भन्नुभयो–“ यसअघि बस्ती डुब्दा ज्यान जोगाउन अम्बिका मावि परिसरमा पुगेका थियौँ ।”दातृ निकाय र दोधारा चादँनी नगरपालिकाको सहयोगमा कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण हुदैछ  भने विपद् व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, बोटलगायत उद्धार सामग्रीसमेत उपलब्ध गराइएको समितिका अध्यक्ष सुनारको भनाइ थियो ।
“ बाढी आउँदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानीय प्रशासन सक्रिय भए पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन पहल भएको देखिदैन् ।” उहाँले भन्नुभयो, “कटानले बस्ती जोखिम मात्रै होइन सीमाको माटो पनि दिनदिनै नदीले बगाउँदैछ ।” रासस


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP