Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला सम्पन्‍न
विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला सम्पन्‍न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३०, २०८०

काठमाडौं-  विन बहुउद्देशीय सहकारी संस्थाले आयोजना गरेको ट्रेड फेयर, हस्तकला तथा खाद्य वस्तुको प्रदर्शनी र उद्यमशीलता तालिम अन्तर्गत उत्पादन भएका खाद्य सामग्रीको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । 

साउन २६ गतेदेखि २८ गतेसम्म आयोजना गरेको १४ औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८०, ७ औं हस्तकल तथा खाद्य वस्तुहरूको प्रतियोगिता र महिला उद्यमशीलता विकास तालिम अन्तर्गत उत्पादित खाद्य उत्पादनहरुको लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । 

व्यापार मेलाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य गरेकी थिइन् । मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी उपमेयर शाक्यले  महिला उद्यमीहरूलाई सहयोग गर्न ललितपुर महानगरपालिका सधै तयार रहेको र महिला उद्यमीहरू तथा विन बहुउद्देश्यीय सहकारी संस्थासंग सहकार्य गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरिन्। 

यस्तै विन बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष मल्लिका श्रेष्ठ स्वागत मन्तव्य दिएकी थिइन् भने मेलाको बारेमा संयोजक तथा कोषाध्यक्ष शान्ति बैद्यज्यूले प्रकाश पारेकी थिइन । त्यसैगरी महिला उद्यमशीलता विकास तालिमका बारेमा संस्थाका परियोजना प्रबन्धक राजु शाक्यले जानकारी दिएका थिए ।

Hardik health

३ दिनसम्म सञ्चालन भएको मेलामा उल्लेखनीय सहभागीता रहेको थियो । प्रतियोगितामा रहेका सामग्रीहरुमा भोट हाल्ने व्यवस्था पनि गरिएको थियो । मेलाको अन्तिम दिन मेलाका ५४ वटा हस्तकला तथा खाद्य उत्पादन स्थलका सहभागी तथा १० जना प्रायोजकहरूलाई सम्मान स्वरूप प्रशंसा-पत्र प्रदान गरिएको थियो । बेष्ट स्टलको उपाधी सिराह ग्रुपले पाएको थियो।

हस्तकला तर्फको नयाँ वस्तुहरूको प्रतियोगितामा प्रथम पुरस्कार कल्पना श्रेष्ठलाई प्रदान गरिएको थियो । उनले पंञ्च धातुको मौलिक तथा परम्परागत गरगहना बनाएकी थिइन । त्यसैगरी प्लोरिकल्चरका लागि दोस्रो पुरस्कार वसन्ती प्रधानज्यूलाई र काष्ठकलाको घढियाल चालका लागि तेस्रो पुरस्कार अमिता प्रधान शिल्पकारलाई दिइएको थियो । 

खाद्य तर्फको नयाँ वस्तहरूको प्रतियोगितामा प्रथम पुरस्कार हर्बल चियाका लागि सुनिता वैद्य श्रेष्ठलाई प्रदान गरिएको थियो । अन्तमा सान्त्वना पुरस्कार स्वच्छ व्यवसायी समूह नेपाल अन्तर्गतका कपिलवस्तु तथा दाङका समूहले प्राप्त गरेका थिए ।
कार्यक्रममा महिला उद्यमशिलता विकास तालिमका ३१ प्रशिक्षार्थी र ९ जना प्रशिक्षकहरूलाई प्रमाण पत्र तथा प्रशंसा(पत्र पनि प्रदान गरिएको थियो । 

महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी सञ्चालन भएको व्यापार मेलामा सहकारीका सदस्य महिला तथा अन्य व्यक्तिगत महिला उद्यमीले तयार पारेका चाँदी तथा धातुका गरगहना, प्राकृतिक रेशा, नेपाली कागज, पस्मिना, फेल्ट, उनी, काष्ठ, पोते, नेपाली ढाँका, कपडा, अचार, चटनी, अष्टमण्डल, क्वाटी, चकलेट, फुरनदाना, क्याण्डी, तितौरा, मस्यौरा लगायत नवरस ब्राण्डका सामग्री प्रदर्शनीमा राखीएको थियो ।

मेलालाई अझै आकर्षक बनाउन विन बहुउद्देशीयले गिफ्ट भौचर, उपहार, निःशुल्क वाईफाई, निःशुल्क मास्क, निःशुल्क चिया, खानेपानी, विभिन्न जिल्लाका रैथाने उत्पादन, खाजाका स्टल, फेस पेन्टिङ, नेल पेन्टिङ, मेहिन्दी लगायतको व्यवस्था गरेको थियो ।

यसका साथै महिला उद्यमशीलता तालिमका सहभागी तयार पारेका नयाँ उत्पादन अष्टमण्डल, बेकरी, क्यान्डी, तितौरा, अचार र स्न्याक्स पनि मेलामै सार्वजनिक भएका थिए । कार्यक्रम अवधिभरको लागि बैंकिङ्ग पार्टनर सिद्धार्थ बैङ्कले एटीएम भ्यानको व्यवस्था गरेको थियो भने कम्युनिकेसन पार्टनर वर्ल्डलिंङ्कले निःशुल्क इन्टनरटको व्यवस्था गरेको थियो । इन्टरनेटको व्यवस्थापन नेपाल इन्टरनेट फाउन्डेसनले गरेको थियो । 

डेकोरेसन जापानिज रेष्टुरेण्ट इागपगचयलय ब्वष् गरेको थियो भने एसएमएसका लागि प्रयाक्टिल एक्सनले सहयोग गरेको थियो । त्यस्तै गरि पानी, चिया, चिनी, मास्क, र खादा आदिमा संस्थाका सदस्यहरूले सहयोग गरेका थिए ।विन बहुउद्देशीय सहकारीकी उपाध्यक्ष रत्नेश्वरी गोर्खाली श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहयोगी सदस्य र कर्मचारी लगायत सबैलाई धन्यवाद दिएकी थिइन् ।

विन बहुउद्देशीय सहकारी संस्था महिलाहरूको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्य लिएर सन् १९९१ मा सहकारी ऐन अन्तर्गत स्थापना भएको बजारीकरण गर्ने नेपालकै पहिलो सहकारी संस्था हो ।

संस्थाले स्थापना कालदेखि नै आफ्ना महिला सदस्यका साथै उनीहरूको सहभागीताजमा सञ्चालित उद्योग व्यवसायबाट उत्पादन गरिएका वस्तु एवं सेवाहरूलाई स्वदेश तथा विदेशमा बजारीकरण गर्दै आएको छ ।यस बाहेक महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले सीप अभिवृद्धि तालिम समेत सञ्चालन गर्दै बजारीकरण सहयोग गर्दै आएको छ । 

 
 


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त मंगलबार, चैत ३, २०८२
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु सोमबार, चैत २, २०८२
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस सोमबार, चैत २, २०८२
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै सोमबार, चैत २, २०८२
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण शुक्रबार, फागुन २९, २०८२
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार, फागुन २९, २०८२
ग्लोबल बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना
ग्लोबल बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP