Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
साहित्य
  • Home
  • साहित्य
  • कविताकृति ‘‘शब्दब्रह्म’ क्यानडा संस्करण बिमोचन
कविताकृति ‘‘शब्दब्रह्म’ क्यानडा संस्करण बिमोचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २९, २०८०

काठमाडौं -  कवि डा भानुभक्त आचार्यद्वारा लिखित ‘शब्दब्रह्म’ कवितासंग्रहको क्यानडा संस्करणको आइतबार क्यानडाको अटवामा बिमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा क्यानडाको अटवा विश्वविद्यालयमा आयोजित समारोहमा नेपालीहरुबीच कृति विमोचन गरिएको कवि डा आचार्यले बताएका छन् ।

कृति ८४ वर्षीया माता गोमा खरेल, उनकी सुपुत्री निरा खरेल आचार्य र नातिनी कृतिषा आचार्यले संयुक्तरूपमा विमोचन गर्नुभयो । कवि डा आचार्यले तीन पुस्तालाई समेटेर गरिएको विमोचनमार्फत सामाजिक चेतनाको सन्देशलाई पुस्तान्तरण गर्ने प्रयास गरिएको बताए ।

डा आचार्यले कतिपय विषयमा सोझै भन्न नसकिने तर चूपचाप बस्दा पनि समाजलाई अन्याय हुने भएकाले सत्य तर कटु अभिव्यक्तिलाई कविता वा सिर्जनाका रूपमा अघि सारेर सामाजिक विसंगतिहरू माथि प्रहार गरिएको भनाइ राखे । 

Hardik health

कविताकृतिको पृष्ठभूमिमा डा आचार्यले शब्दब्रह्मको शास्त्रीय पक्षमा विवेचना गरेका छन् । पूर्वीय र पश्चिमी दर्शन दुवैले शब्दका कारणले यो चराचर सृष्टि रचना भएको छ भन्ने समान मान्यता राखेको उनले भनाइ राखे । 

कविताकृतिमा टिप्पणी गर्दै डा गोविन्द दाहाल शब्दब्रह्मको वैज्ञानिक र आध्यात्मिक सम्बन्ध र सन्दर्भमाथि विवेचना गरे । उनले ओम शब्दले हामीलाई परमात्मासँग जोड्ने र यसले मनमा शान्ति र आनन्द दिन्ने भन्दै शब्दको सही प्रयोगले शारीरिक थकान र मानसिक तनाब घटाउन सघाउने बताए । 

पूर्वपत्रकार एवम् सञ्चारकर्मी शालिग्राम अर्यालले कवि डा आचार्यका हरेक कविताले एउटा सशक्त सामाजिक चेतना वा सन्देश बोकेको बताए । पूर्वपत्रकार मिना कैनीले ‘सम्बन्ध बिनाको सम्बन्ध’ शीर्षक कविता पाठ गरे ।

पण्डित धर्मदाश शास्त्रीको गायनमा ‘शब्दब्रह्म’ शीर्षक कवितालाई गीतका रूपमा प्रस्तुत गरिएको भिडियो देखाइएको थियो भने ‘रजश्वला’ शीर्षक कविताको भिडियो प्रदर्शन गरिएको थियो । उक्त भिडियोमा पत्रकार पूजा पन्तको मोडलिङ तथा बाचन रहेको छ भने भिडियो निर्देशन यादव भट्टराईले गरेका हुन्  । कार्यक्रममा समाजका अध्यक्ष तारा उप्रेती, प्रगति पराजुलीलगायतले कृतिबारे भनाइ राखेका छन् ।


प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP