काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम ९पूर्व० का विभिन्न ९ ठाउँमा सडक अवरोध भएको छ ।
पहिरोका कारण दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजस्थित गोकुलेश्वर–दार्चुला हाईवे सडकखण्ड, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ चनौटेस्थित मेलम्ची–हेलम्बु सडकखण्ड तथा पाँचपोखरी थाङपाल गाउँपालिका–८ उत्तिसघारीस्थित मेलम्ची-भोताङ सडकखण्ड, मुगुको छायानाँथ रारा नगरपालिका–७ टोप्लास्थित जुम्ला-नाग्म–मुगु सडकखण्ड, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित डडेल्धुरा–दिपायल सडकखण्ड तथा आलिताल गाउँपालिका–१ हगुल्टेस्थित भिमदत्त राजमार्ग, पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्ग, रोल्पाको त्रिवेणी गाउँपालिका–२ भागोबारीस्थित घोराहीदेखि थवाङ जाने शहिदमार्ग सडकखण्ड र रूकुम ९पूर्व०को सिस्ने गाउँपालिका-६ कोरबासस्थित मध्य पहाडी लोक मार्गमा सडक अवरोध भएको हो ।
पहिरो गएका स्थानहरूमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।