Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • मंगलबारयता ११ जनाको मृत्यु, ९ जना बेपत्ता
बाढीपहिरो र डुबानको जोखिम मंगलबारयता ११ जनाको मृत्यु, ९ जना बेपत्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २९, २०८०

 

  •  दोलखाका विभिन्न स्थानमा पहिरोमा परी यो सातामात्रै तीन जनाको मृत्यु, चार जना अझै बेपत्ता 
  •  मकवानपुरमा पहिरोमा परी छ जनाको मृत्यु, दुई जना बेपत्ता
  •  बर्दियामा बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका २०० भन्दा बढी घर डुबानमा


काठमाडौं– अविरल वर्षका कारण मंगलबारयता विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण जनधनको क्षति भएको छ । आइतबार साँझसम्म विभिन्न स्थानमा बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको । सोही अवधिमा नौ जना बेपत्ता रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।


पहिरोमा परी अहिलेसम्म सबैभन्दा बढी मकवानपुरमा छ जनाको मृत्यु भएको तथ्यांक छ । गत मंगलबार राति आएको पहिरोमा परी एकै परिवारका पाँच जनाको मृत्यु भएको र शनिबार सुक्खा पहिरोमा परी एक प्रहरीको ज्यान गएको छ । यसैगरी पहिरोमा परी दोलखामा यो साता तीन जनाको मृत्यु भएको छ । दोलखामा बाढीपहिरोमा परी चार जना बेपत्ता छन् भने मकवानपुरमा दुई जना । यता बर्दियामा खोलामा डुबेर तीन जना बेपत्ता भएका छन् । यसैगरी २०० भन्दा बढी घर बाढीको डुबानमा परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती र भोटेकोशीमा पनि बाढीको बहाव बढेको छ । मस्र्याङ्दी, नारायणी नदीले सतर्कता तह पार गरेको छ भने बाढीपहिरोका कारण सडक बन्द भएका छन् ।

कहाँ के भए ?

Ncell
Hardik health

दोलखामा तीन जनाको मृत्यु
दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो सातामात्रै तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना अझै बेपत्ता छन् । अविरल वर्षापछि आइतबार दिउँसो आएको भेलले बगाउँदा दोलखाको बिगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएका छन् । बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३५ वर्षीय निमदोर्जे शेर्पा र उनका छोरा अन्दाजी १२ वर्षीय पासाङ शेर्पालाई वर्षासँगै आएको भेलले बगाउँदा बेपत्ता भएको वडाध्यक्ष दलबहादुर श्रेष्ठले बताए ।


१२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरालाई अम्बाटोल मूलखोलामा पु¥याएकाले बेपत्ता भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । शेर्पा बाबुछोरालाई बगाएको खबर पाउनेबित्तिकै गाउँलेले खोजी सुरु गरेको भए पनि अविरल वर्षाकै कारण भेट्न समस्या भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता बाबुछोराको घरमा बूढी आमैमात्र रहेको स्थानीयवासीले बताएका छन् ।


जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले शेर्पा बाबुछोरालाई वर्षासँगै आएको भेलले बगाएको खबर प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको बताए । अविरल वर्षा जारी रहेकाले खोजीकार्य प्रभावित भएको प्रहरीको भनाइ छ । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मंगलबार तामाकोशी नदीमा तीतेमाछा टिप्न गएको बिगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिरोले ज्यान गएको थियो ।


गत बिहीबार गौरीशंकर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको छ भने टोपाटारकै पहिरोमा परी अझै दुुई बेपत्ता छन् । बेपत्ता हुने टोपाटरकै ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

नदीमा डुबेर बेपत्ता
बर्दियाको बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।


भोजपुरमा एक जनाको मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । शनिबार जंगलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जंगलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब २०० मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीबारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए ।


खोजी गर्ने क्रममा नयाँ श्रीनाथ गण भोजपुरका सहसेनानी, सञ्जीव खत्री, नेपाल प्रहरीका प्रहरी निरीक्षक अर्जुन अधिकारी र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रहरी निरीक्षक हरिकृष्ण गिरीको कमाण्डमा गएको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रबार तामाङलाई मृतावस्थामा फेला परेका हुन् ।


निरन्तरको बर्षात्ले पूर्वी पहाडी जिल्ला भोजपुरका ठाउँठाउँमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्य हुँदा ग्रामीण भेगमा नुन, तेल, चामललगायत खाद्य वस्तुकोसमेत अभाव हुन थालेको स्थानीयको भनाइ छ । 
सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुकोसमेत अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताए । बाढीले सडक बगाएकाले  आपत्विपद् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।


भोजपुर सदरमुकामबाट हतुवागढी, रामप्रसाद राई, साल्पा सिलिछो र आमचोक गाउँपालिका तथा षडानन्द नगरपालिकाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण यातयात सेवा सञ्चालनमा समस्या भएको व्यापारी शिवकुमार विष्टले जानकारी दिए । ‘वर्षात्ले ग्रामीण भेगको जनजीवन प्रभावित भएको छ,’ उनले भने, ‘निरन्तरको झरीले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या छ । सडक ठाउँठाउँमा पहिरो गएकोले हप्तौंबाट सामग्री ढुवानी गर्न सकिएको छैन ।’


अविरल वर्षाका कारण बारीमा बेच्न तयार भएका तरकारी कुहिएर जान थालेको पौवादुङका कृषक धनकुमार राईले बताए । लेकाली भेगमा उत्पादन भएको आलु कुहिएर नष्ट भएको कृषक लाक्पा शेर्पाको भनाइ छ ।
 
३५ किलोमिटर सडकमा ३५ पहिरो
हिमाली जिल्ला मनाङमा आवतजावत पूर्णरुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडकखण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ ।


यस सडकखण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरो खसेको आयोजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले जानकारी दिए । ‘केही स्थानमा पहिरो खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ,’ उनले भने ।


सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको अधिकारीले जनाए । सडकमा खसेको ढुंगा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइञ्जिनियर अधिकारीले जोखिम मोलेरै काम गरिरहेको बताए । यस सडकखण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरो खसेको उनले बताए । ‘लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटर पिच्छे ३५ पहिरो खसेका छन्,’ अधिकारीले भने । 


प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेको बताइन् । उनले पहिरोका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिइन् । डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ । यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरो खसिरहने गरेको छ । खसेको पहिरो हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ ।


मकवानपुरमा ६ जनाको मृत्यु
पहिरोमा परी मकवानपुरमा एक जना प्रहरीको मृत्यु भएको छ । शनिबार मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेमा खसेको पहिरोमा परी जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई हाल भैंसेमा कार्यरत प्रहरी जवानको मृत्यु भएको हो ।


उनी जाजरकोट जिल्लाको शिवालय नगरपालिका–८ का २२ वर्षीय कृतिबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुक्खा पहिरोमा परी घाइते भएका नेपालीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा नेपालीको राति १२ बजेपछि मृत्यु भएको हो । सुक्खा पहिरोमा परी अर्का प्रहरी जवान सुनिल मेचे भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


यसअघि साउन २३ गते मकवानपुरको बागमती गाउँपालिकामा अबिरल वर्षाको कारण गएको पहिरोमा पाँच जनाको मृत्यु भएको थियो । मध्यराति पहिरो खस्दा बेपत्ता भएका ६० वर्षीय अक्कलबहादुर स्याङतान, उनका २२ वर्षीया छोरी शिला पहरी र डेढ वर्षकी नातिनी दिव्या पहरी मृत अवस्थामा भेटिएका हुन् । अक्कलबहादुरकी नातिनी दिव्याको शव भने अघिल्लो साँझ फेला परेको थियो । यसअघि पहिरोबाट उद्धार गरिएकी अक्कलबहादुरकी श्रीमती शान्तिमाया स्याङतानको मृत्यु भएको थियो । घटनामा परेका अझै दुईजना भेटिएका छैनन् । बेपत्ता हुनेमा अक्कलबहादुरका २५ वर्षीय ज्वाइँ जीवन पहरी र चार वर्षका नाति मिलन छन् । 


सोही दिन धनुषामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको थियो । मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको प्रहरीले जनायो । स्थानीय र प्रहरीले बालकलाई उद्धार गरे पनि उपचारका क्रममा बालकको मृत्यु भएको हो । 

बर्दियाका २०० भन्दा बढी घर डुबान
बर्दियामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेका छन् । यहाँका २०० भन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बारबर्दिया नगरपालिका–८ को औरी, भगतपुर र दुधवा गाउँको ४३ घर,  बाँसगढी नगरपालिका आठ, रेशमपुरमा ६० र वडा नम्बर ९ कुइनेठीको १२० घरसहित जिल्लामा २०० भन्दा बढी घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए । उनका अनुसार डुबानबाट प्रभावितलाई स्थानीय विद्यालय भवनमा राखिएको छ ।
 


प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP