Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • पाँच वर्षमा पाँच हजार घरमा धारा
पाँच वर्षमा पाँच हजार घरमा धारा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २८, २०८०

ढोरपाटन– बागलुङका सुगमदेखि दुर्गम गाउँसम्म अहिले पनि खानेपानीको सहज पहुँच पुगेको छैन । मुहान बस्तीभन्दा धेरै टाढा हुँदा स्थानीय एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्न बाध्य छन् । पाँच वर्षअघिसम्म जिल्लाका धेरै ठाउँमा खानेपानीको समस्या रहेकामा अहिले अधिकांश क्षेत्रमा आधारभूत खानेपानीको सुविधा पुगेको छ ।
 
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा ८७ प्रतिशतमा आधारभूत खानेपानीको पुगेको छ भने अझै पनि १३ प्रतिशत नागरिक खानेपानीको पहुँचभन्दा बाहिर छन् । सङ्ख्यात्मक रुपमा हेर्दा जिल्लाका १६ हजार आठ सय ५८ जनामा खानेपानीको पहुँच पुगेको छैन । 

जिल्लामा विसं २०७५ देखि नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० ले कार्यालय स्थापना गरी काम गर्दै आएको छ । खानेपानीको सबैभन्दा धेरै समस्या रहेको ढोरपाटन, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाबाट काम सुरु गरिएको नेवाले जनाएको छ । 

नेवाका प्रदेश कार्यालय प्रमुख रमेश दाहालले अहिले बागलुङसँगै म्याग्दीमा पनि काम खानेपानीको पहुँच विस्तारका क्षेत्रमा काम गरिरहेको बताए । उनका अनुसार हालसम्म दुई जिल्लाका विभिन्न ठाउँमा पाँच हजार आठ सय ३० धारा निर्माण गरेर सञ्चालनमा आएका छन् । ती धाराबाट बागलुङ र म्याग्दीका ६५ हजार छ सय ७७ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । 

केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा नेवाले काम थालेको जनाउँदै प्रमुख दाहालले सुरक्षित खानेपानीसँगै पूर्णसरसफाइ र स्वच्छताका क्षेत्रमा पनि काम गरिरहेको जानकारी दिए । खानेपानी पुर्‍याउन बाँकी गाउँमा पनि बिस्तारै पहुँच विस्तार गर्दै लगिने उनको भनाइ थियो ।

Ncell
Hardik health

“गत वर्षसम्म निसीखोला गाउँपालिका–६ फुल्काधाराका स्थानीयको दैनिकी पानी बोक्दैमा बित्ने गर्थ्यो । घर, टोलमा धारा थिएनन् । पोखरी, कुवा र खोलाको दूषित पानी उपभोग गर्नुपर्ने बाध्यता थियो”, प्रमुख दाहालले भने, “अहिले यहाँका घरघरमा नयाँ धारा बनेका छन् । अन्य गाउँमा पनि पानी पुर्‍याउने उद्देश्यले काम गरिरहेका छौँ ।”

धारामा शुद्ध पानी आउन थालेपछि स्थानीय निकै खुसी भएका छन् । घरघरमा पानी आउन थालेपछि टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता हट्नुका साथै पहिले दूषित पानीका कारण लाग्ने झाडापखाला, आऊ, ज्वरोलगायत रोगबाट पनि बच्न सकिने स्थानीय चन्द्रकला घर्ती मगरले बताइन् ।

“अहिले घरघरमा धारा बनेर कति सजिलो भएको छ । पहिलो एक गाग्री पानी ल्याउन खोला, कुवा र पोखरी चाहर्दैमा दिन बित्थ्यो, अहिले घर अगाडिका धारमा जति बेला पानी भरे पनि भयो,” उनले भनिन्, “अहिले बल्ल सरकारले हाम्रो समस्या बुझिदिनुभयो ।” पहिले प्रायः ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने हुने गरेकामा पछिल्लो समय बिमार कम हुन थालेको उनले बताइन् ।

निसीखोला–६ भलकोटकका स्थानीयले अघिल्लो वर्षसम्म नजिकैको खोला र कुलोबाट पानी बोकेर गर्जो टार्थे । “एक घण्टाको दूरीमा रहेको धाराबाटा पानी बोक्दा हामीलाई घरायसी काम भ्याउन निकै मुस्किल थियो । अहिले सिङ्गो गाउँमै खानेपानीको समस्या छैन”, स्थानीय नरकुमारी घर्ती मगरले भनिन्, “प्रत्येक घरमा खानेपानीको धारा बनेपछि गाउँलेको दैनिकी बदलिएको छ ।” 

उनका अनुसार एक वर्षअघि नेवाले गाउँका सबै घरमा खानेपानीको धारा निर्माण गरी शुद्ध खानेपानी वितरण गरेको थियो । शुद्ध पानी आउन थालेपछि स्वास्थ्य र सरसफाइमा समेत टेवा पुगेको मगरले बताइन् । “आँगनमै पानी आउन थालेपछि पानीका लागि दैनिक एक घण्टा लगाएर टाढा जानुपर्ने बाध्यता हटेको छ”, उनले भनिन्, “स्वास्थ्य, सरसफाइलगायत क्षेत्रमा यहाँका स्थानीयले ध्यान दिन थालेका छन् ।”

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बडिगाड गाउँपालिका–६ छिसफाँटमा पनि खानोपानीको समस्या थियो । अहिले सबैका घरमा धारा बनेपछि स्थानीय हर्षित भएका छन् । खानेपानीको सुविधा पाएसँगै गाउँलेको जीवनशैलीमा परिवर्तन आएको स्थानीय सुमित्रा घिमिरे खत्रीले बताइन् । सरसफाइका साथै तरकारी खेती गर्न पनि सहज भएको उहाँको भनाइ थियो । गत वर्ष गाउँपालिका र नेवाको सहकार्यमा निर्माण भएको ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानीको पहुँच विस्तार भएको उनले जानकारी दिइन् ।

धारा, पाइपालन, ट्याङ्कीलगायत पूर्वाधार निर्माण गर्दा हालसम्म रु ३३ करोड ५२ लाख ७८ हजार खर्च भएको नेवाले जनाएको छ । खानेपानीको समस्या भएको क्षेत्रका स्थानीयको जनसहभागितामा पालिकासँग समन्वय गरी ‘एक घर एक धारा’अन्तर्गत आधारभूत खानेपानीको पहुँच पुर्‍याउन अभियान थालिएको नेवाका प्रदेश कार्यालय प्रमुख दाहालले बताए ।

नागरिकको समस्या सम्बन्धित पालिकामार्फत कार्यालयमा आएपछि समाधान लागि पहल गर्ने गरिएको उनले बताए । “पाँच वर्षमा बागलुङमा धेरै धाराहरु निर्माण गर्‍यौँ, अघिल्लो आर्थिक वर्षदेखि म्याग्दीमा पनि काम सुरु गरेका छौँ । हामीले स्थानीय सरकार र जनतासँग सहकार्य गरेर काम गर्ने गरेका छौँ”, प्रमुख दाहालले भने, “पालिकाले २० देखि ५० प्रतिशत लगानी गर्छ । स्थानीयले जनश्रमदान गर्नु हुन्छ । अन्य आवश्यक बजेटका साथै प्राविधिक सहयोग कार्यालयले गर्छ ।”


प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP