Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • सुन प्रकरणले सरकार संकटमा 
सुन प्रकरणले सरकार संकटमा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २८, २०८०

प्रतिशोधको भावना लिँदा हामी कता जान्छौं । राजनीति कतातिर जाँदै छ । यो अत्यन्त गम्भीर विषय भएर गएको छ
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस


यदि हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुप¥यो । होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि ?
झलनाथ खनाल
सम्मानित नेता, एकीकृत समाजवादी


प्रधानमन्त्रीजीले अहिले पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति सुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन 
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले


यो सरकारको स्थिरतामा कहीँ कतै शंका गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन । हामी निश्चित कार्ययोजनासहित अघि बढेका छौं ।
पूर्णबहादुर खड्का
मन्त्री, उपप्रधान तथा रक्षा


काठमाडौं– सय किलो सुन तस्करी प्रकरणका कारण अहिले सदन अवरुद्ध छ । सरकारसँग कुनै बिजनेस नभएका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल गृहजिल्ला चितवन पुगेका छन् । अहिले सरकार, प्रमुख प्रतिपक्षी दल, प्रशासन र जनताको ध्यान यही १०० किलो सुनमा छ । साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेको सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । अहिलेसम्म सुनको वास्तविक मालिक पनि पत्ता लागेको छैन । सुनको परिमाणसमेत यकीन गर्न सकिएको छैन ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यो प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने अडान छाडेको छैन । यही सुन प्रकरणले सत्ता गठबन्धन धरापमा परेको चर्चासमेत चल्न थालेको छ । सत्ता साझेदारमध्ये एक एकीकृत समाजवादी नेपालका सम्मानित नेता झलनाथ खनालले आफ्नो खेल संगठनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा नअटाए सरकार छाड्ने चेतावनी दिएका छन् । हुन त एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ललिता निवास जग्गा प्रकरणमा कारबाही गर्न सकिने गरी सरकारले फाइल खोलिसकेको छ । यसैकारण होला, आफ्नो युरोप भ्रमण छोट्याएर उनी आजै नेपाल फर्कंदै छन् ।

Ncell
Hardik health

शेखरको प्रश्नः राजनीति कतातिर जाँदै छ ?
नेपाली कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीका सांसद डा. सुनिल शर्मामाथि सरकारले प्रतिशोधको भावना साँधेको आरोप लगाएका छन् । बिहीबार नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सिआइबी)ले पक्रेपछि कुनै टिप्पणी नगरेको कोइरालाले शर्मा छुटेपछि यस्तो आरोप लगाएका हुन् । ‘प्रतिशोधको भावना लिँदा हामी कता जान्छौं । राजनीति कतातिर जाँदै छ । यो अत्यन्त गम्भीर विषय भएर गएको छ,’ सुशील कोइराला मेमोरियल फाउण्डेसनले शनिबार काठमाडौंमा आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उनले भने । 


शर्मा शेखरनिकट सांसद हुन् । कांग्रेस सत्ता गठबन्धनको प्रमुख हिस्सेदार भएकोले पनि यो अत्यन्तै गम्भीर विषय भएको कोइरालाको धारणा रह्यो । ‘खासगरी नेपाली कांग्रेसका सांसदहरु र कांग्रेसबाट मन्त्री भएकाहरुका लागि अत्यन्त गम्भीर विषय भएको छ । यसलाई हामीले केही हैन भनेर हिँड्न थाले भने हामी कही पनि पुग्दैन । राजनीतिमा प्रतिशोधको भावना लिए राजनीति रहँदैन,’ कोइरालाले भने ।


उनले निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिएको आरोपसमेत लगाए । ‘नैतिक शिक्षा अहिले आवश्यक छ, जबसम्म मानिसमा विवेक र नैतिकता हुँदैन, तबसम्म समाजमा परिवर्तन हुन सक्दैन,’ उनले भने, ‘पछिल्लो समय कानुनलाई तोडमोड गरेर निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिँदै छ ।’

झलनाथको असन्तुष्टि के मा ?
एकीकृत समाजवादीका सम्मानित नेता पूर्वप्रधानमन्त्री खनालले सरकारले पार्टीनिकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । ‘हामी सरकारसँग पनि संघर्ष गर्छौं । अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन । किन नगरिएको हो ? म सरकारसँग प्रश्न गर्न चाहन्छु । यदि हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुप¥यो । होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि ?,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले प्रश्न गरे ।
सरकार ढल्ने शर्माको चेतावनी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष हुन् केपी शर्मा ओली । यद्यपि, पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्माले छुट्नसाथ ओलीको जयजयकार गरेका छन् । सुन प्रकरणमा ‘डाइभर्ट’ गर्न आफूलाई पक्राउ गरिएकोसमेत शर्माको दाबी थियो । छुटाउन एमालेले सदनमै माग गरेका थिए । त्यसलगत्तै शुक्रबार साँझ रिहा हुँदा शर्माले ओलीको जयजयकार गरेका थिए । ‘केपी ओली जिन्दावाद, मेरो पिताजीसरह भूमिका निर्वाह गरिदिनुभएको राष्ट्र नायकका रुपमा उहाँले आफूलाई उभ्याउनुभएको छ केपी ओली,’ शर्माले भनेका थिए । आफूलाई हिरासतमा रहँदा सहयोग गरेको भन्दै उनले कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाको पनि प्रशंसा गरे ।


अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए आमरण अनसन बस्ने चेतावनी दिएका शर्माले थुनामुक्त भएपछि त्यही भनाइ दोहो¥याए । उनले कांग्रेसले सत्ता साझेदारीमा तत्काल पुनर्विचार गर्नुपर्ने धारणासमेत राखे । ‘गृहमन्त्रीलाई तुरुन्त हटाउनुपर्छ । यस्ता स्टन्ट गर्नेहरुसँग हाम्रो पार्टीले एलायन्स गरेर बस्नुहुँदैन । नत्र हाम्रो पार्टी सिद्धिन्छ । माओवादीसँगको सरकारमा हामीले तत्काल रिथिंक गर्नुपर्छ,’ शर्माले चेतावनी दिए ।


गृहमन्त्री नहटाए दाहाल नेतृत्वको सरकार ढल्नेसमेत उनको दाबी रह्यो । ‘गृहमन्त्री एक मिनेट पनि सरकारमा बस्न मिल्दैन । तुरुन्त प्रचण्डजीले उहाँलाई हटाउनुपर्छ । उहाँ गृहमन्त्री टिकाउन लागिरहे उहाँको सरकार ढल्छ,’ शर्माले चेतावनी दिए । 

प्रतिशोधको राजनीति धेरै टिक्दैन :ओली
एमाले अध्यक्ष ओलीले कांग्रेस सांसद पक्राउ प्रकरणलाई लिएर प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका छन् । प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने तर्कसमेत गरे ।
‘मैले अस्ति प्रधानमन्त्रीजीलाई भने– अहिले यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति उहाँले सुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ सुरु भयो । उहाँहरूले बुझ्नुपर्दछ, यो त सुरु भयो । यसको अन्त्य यहाँ हुँदैन,’ ओलीले भने, ‘एउटा जननिर्वाचित सांसदलाई । जसको नामको अगाडि माननीय राखिएको छ । त्यसलाई समाउँछ भने अरू यसै थर्किनुपरेन । तर म भन्न चाहन्छ, सरकारलाई सम्झाउन चाहन्छु– तपाईंहरुको बुद्धि ठेगानमा रहोस् । नेपाली जनता यस्ता कुराबाट तर्सिनेवालाचाहिँ छैन ।’


ओलीले कांग्रेस बलियो भएर पनि माओवादीको पछिपछि लखरलखर हिँडेको आरोपसमेत लगाए । ‘देशको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरूले कसको पछाडि आफूलाई लगाउनुभएको हो, के को पछि लाग्नुभएको हो ?,’ ओलीले प्रश्न गरे, ‘२०१५ सालको संसद्मा एकपल्ट केदारमान व्यथितजीले होला । पुच्छरले कुकुर हल्लाउने कि कुकुरले पुच्छर हल्लाउने भनेर प्रश्न गर्नुभएको थियो । नेपाली कांग्रेसका साथीहरूलाई आज मितिमा म फेरि प्रश्न गर्न चाहन्छु– कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? अचम्म लाग्छ ।’


सरकार ढल्दैन:उपप्रधानमन्त्री खड्का
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार ढल्ने विषयमा शंका गर्नै नपर्ने बताएका छन् । शनिबार नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो दाबी गरेका हुन् ।
‘अहिलेको अप्ठेरो परिस्थितिबाट मुलुकलाई माथि उठाउनका लागि मुलुकमा सुशासनको अनुभूति नागरिकलाई दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउनका लागि सिंगो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको छ,’ खड्काले भने, ‘यो सरकारको स्थिरतामा कहीँ कतै शंका गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन । हामी निश्चित कार्य योजनासहित अघि बढेका छौं ।’
 


प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP