काठमाडौं - एसीसी प्रिमियर कपको फाइनलमा नेपाली ब्याटर आसिफ शेखले शानदार शतक पूरा गरेका छन् ।
मलेसियामा जारी फाइनल खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेका आसिफले १०२ बलमा शतक पूरा गर्दै एकदिवसियमा व्यक्तिगत दोस्रो शतक प्रहार गरेका हुन् । उनले यसअघि पपुवान्यूगिनीविरुद्ध ११० रनको बनाएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म ३४ ओभरमा २ विकेट गुमाएर १८५ रन बनाएको छ ।
नेपालका ओपनर अर्जुन कुमाल ४३ रन बनाएर आउट भएका छन् । यतिबेला पूर्वकप्तान रोहित पौडेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् ।