Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • बलेवामा ऐतिहासिक ‘हरेलो मेला’को तयारी
बलेवामा ऐतिहासिक ‘हरेलो मेला’को तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, साउन २७, २०८०

बलेवा– बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो । 


वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न राम्रो उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने प्रचलन बागलुङमा छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ । 

बर्खामा धान र कोदो रोपाइँ सकेपछि हरेलो पूजा गर्ने हुँदा हरेलो गरेपछि खेत जोतेको र रोपाइँ गरेको देख्नु हुँदैन भन्ने मान्यता पनि छ । हरेलोको दिन खेतमा धुपसहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ । पूजापछि यी परिकार खुर्किएको काठको टुक्रामा राखी मकैको खोस्टामा बाँधेर पोको पारी काठको लिङ्गो बनाई त्यसमा झुन्ड्याएर खेतमा राखिदिने प्रचलन छ । यसरी गाडेका वस्तुले रोग र किराबाट खेती जोगाउने मान्यता छ । त्यसैपछि धुप बालेर खेत तथा तरकारीका झालमा धुपाउने गरिन्छ । हरेक वर्ष भदौको पहिलो मङ्गलबार यसरी गरिने पूजा हरेलो पूजा हो र यसलाई स्थानीय भाषामा हरेलो गर्ने पनि भन्ने गरिएको छ ।    

बागलुङमा पछिल्लो समय हरेलो पर्व मनाउने अर्थात् हरेलो गर्ने चलन घट्दै गएकाले यो परम्परालाई जोगाइराख्नुपर्ने बताउछन् ज्योतिष पण्डित विष्णुप्रसाद पाठक । “हरेलो पूजा खासगरी प्रकृति एवं भूमिको पूजा हो । भूमिको पूजा गर्दा प्रकृतिप्रतिको मानिसको प्रेम रहिरहनुका साथै भूमिले नै अन्न उत्पादन गरी मानव एवं चराचर प्राणीको अस्तित्व राख्ने भएकाले यसप्रतिको सम्मान भावसहितको  पूजाले स्वतः खेतीपातीको सुरक्षा हुने मान्यता छ ।” 

Ncell
Hardik health

बाइसे–चौबिसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन रहेको ऐतिहासिक तथ्य भेटिन्छ । खेतीपाती सकेपछि खेतीमा कीराफट्याङ्ग्रा नलागोस् र बाढीपहिरो नआओस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैयूँपाटाका भवानीप्रसाद रिजालले बताए  । “बलेवा क्षेत्रमा न्वाई खाने, पुली लिने, हरेलो गर्नेजस्ता अनौठा चलन छन्, यी प्रचलन पुराना हुन्”, रिजालले भने, “हाम्रो संस्कार र संस्कृति झल्किने यस्ता पर्वको प्रवद्र्धन आवश्यक छ ।”

परम्परागतरुपमा मनाइने हरेलो पर्व विस्तारै लोप हुन लागेकाले यस परम्परालाई आगामी पुस्तासम्म जोगाइराख्न यसैका माध्यमबाट भैरवस्थानको प्रचार गर्न गत वर्षदेखि यहाँ हरेलो महोत्सव गर्ने गरिएको छ । हरेलोका दिन भैरवस्थानमा पनि पूजा हुने र यहाँ परम्परागत मेला पनि लाग्ने भएकाले यो परम्परालाई निरन्तता दिन यसै दिन मेलाको आयोजना गर्न थालिएको यहाँका स्थानीय एवं बागलुङ नगरपालिका वडा नं १२ का पूर्वअध्यक्ष गुरुदत्त पाठक बताउछन् । 

यो ऐतिहासिक मेला भएकाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने तथा यहाँको स्थानीय परम्परालाई संस्थागत गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । 

बलेवा क्षेत्रमा नै पर्ने संसारकै दोस्रो अग्लो बञ्जीजम्प, यान्त्रिक पुल, कालीगण्डकीमाथि बनेका अग्ला र लामा पुल तथा जैमिनी धाम, गाजाको दहक्षेत्र र जैमिनीको हाँडिकोटलाई समेत यहाँबाट जोड्न सकिने भए पनि बागलुङको पर्यटन बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेको र सम्भावनाका तुलनामा यसको प्रचार गर्न नसकिएको प्रसङ्ग उल्लेख गर्दै धार्मिक पर्यटनको विस्तार र विकासका लागि मेला महोत्सवहरुको आयोजना गर्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठक बताउछन् । 

नेपालमा आउने करिब आधा पर्यटक पोखरा आउने भए पनि पोखरा पुगेकामध्ये अतिन्यून पर्यटकमात्र बागलुङ पुग्ने गरेका प्रसङ्ग उल्लेख गर्दै सदस्य पाठकले गण्डकी प्रदेशको सुप्रसिद्ध देवस्थल कालभैरवमा यस प्रदेशका धार्मिक तथा आन्तरिक पर्यटक ल्याउन नसकिएको अवस्थामा यस्ता मेला महोत्सव गरी यहाँको स्थानीयताको देशव्यापी प्रचारप्रसार गर्न सकिएमा जिल्लाको मात्र नभएर गण्डकी प्रदेशकै पर्यटकीय विकासमा टेवा पुग्ने धारणा राखे ।    

बागलुङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सञ्जय श्रेष्ठले अधिक सम्भावना बोकेर पनि पछि परेको बागलुङको पर्यटनलाई उजागर गर्न तथा यहाँको स्थानीयताको प्रवद्र्धन गर्न कालभैरवस्थानमा गरिने हरेलो महोत्सवले सहयोग पुग्ने बताउछन् । खासगरी यस्ता मेला महोत्सवहरुमा आफ्ना स्थानीय उत्पादन एवं मौलिकताहरुको पहिचान गराई देशव्यापी बनाउनुपर्ने उनको भनाई छ । 

यो पर्वका अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । दसैँको नवदुर्गा एवं विशेषगरी महानवमी र हरेलोमा कालभैरव मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको बागलुङ नगरपालिका वडा नं १२ का वडाध्यक्ष कोपिलामणि शर्माले बताए । 
    
उनले बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल भए पनि यसको महत्व र पौराणिक तथ्यलाई देशव्यापी बनाउन नसकिएकाले हरेलो महोत्सव एवं अन्य प्रचारप्रसारका कामलाई वडाले आगामी दिनमा अघि बढाउने बताए।

गतवर्षबाट सुरु गरिएको यस मेलालाई निरन्तरता दिन लागिएको बलेवा कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए। “दोस्रो पटक हामीले मेला आयोजना गर्दैछौँ, यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो”, ढकालले भने, “मेलामार्फत् बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धन सहज हुन्छ, पहिलो हरेलो मेलाले हामीलाई धेरै सिकाएको छ ।” यसपटकको मेलामा विष्णु खत्री, कृष्ण अखेली, राजन कार्की, राजेन्द्र सापकोटा, सीता परियार, कमला गैरे लगायतका कलाकारहरुको प्रस्तुति पनि रहनेछ । 

मेलामा भजन, पञ्चेबाजा, तीज एवं लोक गीत लगायतको प्रस्तुति र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति मेलामा रहने अध्यक्ष ढकालले बताए । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । भैरवस्थान पुग्ने सडक सरसफाइ, मन्दिर परिसर सरसफाइ, शौचालय र खानेपानीको व्यवस्थापनलागयतका काम सुरु भइसकेका छन् ।  

हरेलो मेलामा आउने पर्यटकले बागलुङकै पर्यटकीय घरबासको गाउँ भनेर चिनिने भकुण्डे, भकुण्डे भ्यू–टावर, मूलाबारी पर्यटकीय क्षेत्र नजिकैबाट अवलोकन गर्न सक्छन् । भैरवस्थान आउने पर्यटकलाई बलेवा क्षेत्रमा रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पु¥याउनका लागि पहल गरिने पनि मेला आयोजक समितिले जनाएको छ ।  

कालभैरवको दर्शन तथा पूजाले घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले यहाँ आउने गरेको पर्वतको कुश्मा नगरपालिका–८ की पार्वती पौडेलले बताउनुभयो । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । तर पशुबलि दिने चलन पनि अन्त्य भई नसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताए ।

कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र लुम्बिनी प्रदेशका गुल्मी, प्यूठान, अर्घाखाँचीका साथै काठमाडौँ र चितवनबाट दर्शनार्थी निरन्तररुपमा आउने गरेका छन् ।

बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारदेखि १७ किलोमिटर दुरीमा भैरवस्थान मन्दिर पर्छ । बजारदेखि यहाँ सवारीसाधनमा एकदेखि डेढघन्टामा र पैदल हिँडेर बढीमा तीन घन्टामा पुग्न सकिन्छ । 

साविकका छ वटा गाविसलाई १८औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटमा रहेका कालभैरवले छवटै गाविसका किसानलाई रक्षा गर्छन् भन्ने मान्यता पनि रहिआएको छ । बलेवामा बाइसेचौबिसे राजाका पालामा विसं १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्य बताउनुहुन्छ । यसरी यहाँ मन्दिर स्थान भएदेखि नै करिब दुई सय वर्षअघिदेखि चलेका विविध परम्परा र संस्कृति अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम नै छन् । 


प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त शुक्रबार, भदौ २६, २०८३
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP