Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • जागिरबाट अवकाश, पेन्सन खाँदै विदेशमा बास
जागिरबाट अवकाश, पेन्सन खाँदै विदेशमा बास
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, साउन २३, २०८०

‘कस्ता–कस्ता आए गुलेली खेलाए, मट्यांग्रा सत्यानाश’ भन्ने उखान नेपाली ब्युरोक्रेट्ससँग हुबहु मिल्छ । राष्ट्रवादी मानिएका ब्युरोक्रेट्सहरु ५८ वर्ष उमेरसम्म राष्ट्रका सबै नीति नियम, कानुन खेलाउँछन् आफ्नो स्वार्थ पूरा गर्छन् । अनि राष्ट्रलाई नै तिलाञ्जली दिँदै विदेशीको दास बन्न लालायित हुने गरेका छन् ।

बैरी, नेपाल सरकारको सहसचिवबाट रिटायर्ड भएको केही महिना पनि भएको छैन । धन्नैले सचिवमा बढुवा भएका उनलाई सचिव नभएकै जाती भयो रे ! किन भनेर सोधेको ? सचिव भाको भए, अवकाशपछि कहाँ गयो के गर्‍यो भन्दै सोधीखोजी गर्ने युट्युबर धेरै हुन्थे । त्यही भएर यही जाती ।

अरु मुठाका मुठा बिटा बुझाएर रिझाउँदा पनि सचिव हुन पाइनँ भन्दै पिआर नवीकरण गराउन फुत्त उता पुगेर आउँछन् । बैरीचाहिँ किन विरक्तिएका होलान् भनेको त उनको पहिले नै पिआर रैछ ! कुन बेला पेन्सन होला र राज्यलाई टेन्सन दिएर भागौंला भन्ने भाको रैछ !
आजकल चिलगाढी चढेर अस्ट्रेलिया, अमेरिका नाति नातिना खेलाउन जाने ९० प्रतिशत त यस्तै सरकारी जागिरे अवस्थामा नै पिआर लिएका बैरीजस्तै सयौं व्यक्ति भेटिन्छन्, एयरपोर्टमा । अनि तेल भिसामा जाने अधिकांश यस्तै उस्तै त्यस्तै सरकारी कर्मचारी नै फेला पर्छन् । 

बैरीहरुको विचारै बैरी भनेजस्तो । सरकारी जागिर खानु त मालदार अड्डामा नै रहेछ । भन्सार र सञ्चार भन्थे रे ऊ बेला । अहिले पनि त्यस्तै छ । पचास वर्षअघि भोकले विदेशिन्थे पैसा कमाउन । अहिले शोखले विदेशिन पनि छन् पैसा सिध्याउन ।

Hardik health

देशबाट पैसा लिएर जानेहरु हाँसिखुसी आफ्ना छोराछोरीलाई बिदा गर्छन्, छ–सात महिनामा उतै भेट्ने गरी । विदेशबाट पैसा लिएर आउने भाग्यमानीहरुलाई बिदाइ गर्छन्, अर्कोथरी बाबुआमा आँशु झार्दै दुई वर्षे भिसा सकेर स्वदेशमा सँगै बस्ने गरी । 

नगरुन् पनि किन । यहाँ त बैरी जस्ताले शासन गरेको देश हो नि त ? अभिभावक जस्तो सरकार छैन ! व्यापारी जस्तो सरकार छ । सरकारले नै मान्छे बेच्छ ! अनि गरिबका छोराछोरीले पठाइदिएको रेमिट्यान्सबाट जुस र घुस खानेहरुबाट मुलुक कहिले बन्ला र ?

५० वर्षअघि लंगौटी लगाएर चामलका लागि लाइन बस्थे र हाम्रा ’बा’ हरु ! अहिले जिन्स पाइन्ट लगाएर चामल किन्ने पैसा जोहो गर्न वैदेशिक यात्राका लागि पासपोर्ट र भिसाका लागि लाइन बस्छौं हामीहरु ! कठैबरा देश बनाउन खर्चिनुपर्ने अमूल्य समय लाइन बस्दा बस्दै आधा उमेर जान्छ ।

देश त कहाँ गरिब हो र ? देशलाई गरिब बनाउने त बैरीहरु हुन् । जसले देशको विकास र जनताको सेवा गर्छु भन्दै शपथ खाएको थियो । तर उसले शपथ खाएसँगै घुस खान थाल्यो । विदेशीको दास बन्दै देशको गोप्य सूचनाहरु सेतो कपडामा कालो दाग लगाउँदै पठाउन थाल्यो । त्यसैले त अवकाश भएको एक महिना हुन नपाउँदै बैरी भए भरको सम्पत्ति बेचेर पिआरसहित उतै दास बन्न हिँडिरहेका छन् । शासक शोषक भएपछि कसको बाउको के लाग्छ र ? आखिर देश धान्ने त उही गरिबले नै त हो । देश जोगाइदिनुपर्ने उही गरिब, श्रमिक र श्रममा विश्वास गर्नेले नै त हो !

५८ वर्षे जागिरको अवकाश अनि त्यसपछि जन्मभूमिलाई धोका दिएर विदेशीतिर बास हुनेहरुबाट के नै पो अपेक्षा गर्न सकिन्छ र ? सरकार, सरकार नै नभएपछि बैरीहरुले गर्ने त यस्तै हो । जीवनभर सरकारी सेवा भन्दै क्यास कमाउने, उमेर पुगेपछि त्यही राज्यलाई ख्याँस दिने । 

बैरीले गरेको पनि ठिकै हो । जालसाझी गरेरै भए पनि, नेताको दैलो धाएरै भए पनि । त्यत्ति पुगेन भने दूतावासमै पुगेरै भए पनि देशको इज्जतलाई फालेर आफ्नो स्वार्थ त पूरा गरेकै छ नि । सरकार भन्नेलाई चाहिएकै त्यस्तै हैन र ?

हिजोका धनाढ्य र जुस र घुस खाएर नवधनाढ्य बनेकाहरु छोराछोरी अमेरिका, अस्ट्रेलिया ताक्छन् उतै भासिन्छन् । छोराछोरी कहाँ छ भन्दा उतै भन्छन्, बुढेसकालमा पानी ख्वाउने पनि मान्छे नहुँदा बल्ल पो धिक्कार्छन् । अनुहार दुःखी बनाउँछन् । देश र सिस्टम बिगार्ने त यिनै त हुन् । आफैंले आफैंलाई लोप्पा ख्वाउँछन् ।

गरिबका छोराछोरी सधैँ गरिब नै देखिन्छन् मलेसिया, दुबई कतार जान्छन् । दुई–चार वर्षमै आफ्नै थातथलो आउँछन् । छोराछोरी कहाँ छन् भन्दा स्वदेशमै छन् । व्यापार गर्दै छ वा यस्तै मास्टरी सास्टरी केही गर्दछन्, सँगै छम् भन्छन् । खुसी देखिन्छन् । धन भएर दुःखी हुनुभन्दा नभएरै खुसी छन् । देशमै छन् ।

न त नेताका छोराछोरी छन्, न त ब्युरोक्रेट्सका, न त व्यापारीका ! सबैका सबै उतै छन् । यताबाट लुट्नु लुट्छन् उतैतिर पठाउँछन् । राष्ट्र बैकका शासकहरुले हुण्डी गर्न सिकाउँछन् । नियमले गरिबले कमाएको ल्याउनै मिल्दैन र ! तर, अनैतिक ढंगले देश खोक्रो बनाउनेले उता कसरी पढाउन मिल्ने । कहिले एम अधिकारीको चक्कर । कहिले हुण्डीवालाको ठक्कर !

त्यही भएर होला ५८ वर्षसम्म राज्यको ढुकुटी रित्याउँदा शासक बनेकाहरु अवकाशपछि दास बन्न उतै लागेका छन् । जुन जोगी आए पनि कानै चिरेका त्यसै कहाँ भन्या रैछ र ?

गाउँ रित्तो, बूढाबूढी अशक्त भएर छामी हिँड्छन् भित्तो । झण्डावालालाई झण्डैको चिन्ता । देश भाँडमा जाओस् सत्ता सधैँ आफ्नैमा आओस् यिनका बाउको बिर्ता ? संसद् र सांसद जनता चुस्ने जरिया हुन्, विदेशीको कमिसनमा अपराधको भारी बोक्ने भरिया हुन् । राजनीतिका फटाहाहरुलाई जताततै लुटैलुट, राष्ट्रिय ढुकुटीदेखि एयरपोर्टसम्म यिनलाई छुटैछुट !

नेता होस् कि ब्युरोक्रेट्स उमेर सकिएपछि अवकाश, देशको सम्पत्तिमा विदेशमा बास ? ! यिनलाई पाता फर्काउने हिटलर र देश बनाउने सिंगापुरका लि क्वानको नेपालमा छैन आश । जय शम्भो । नेता र ब्युरोक्रेट्सलाई पैसाले कम भो । अरुको होस् या नहोस् तर मट्यांग्राको जय होस् ।
 


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP