Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #सपनाको_चंगा
Search Here
विचार
  • Home
  • विचार
  • घट्दो निर्यात र बढ्दो आयातले ल्याउने असन्तुलन
घट्दो निर्यात र बढ्दो आयातले ल्याउने असन्तुलन
विष्णुप्रसाद खनाल
विष्णुप्रसाद खनाल बुधबार, साउन १०, २०८०

नेपालको संविधानले आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनको क्षेत्रमा वैदेशिक पँुजी र प्रविधिको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । वस्तु तथा सेवाको निर्यातको तुलनामा आयातको आकार ठूलो र फराकिलो रहेको तथा निर्यात विस्तार प्रायः स्थिर भएकोले व्यापार घाटा निरन्तर बढिरहेको भएता पनि विप्रेषण आयका कारण नेपालको शोधानान्तर स्थिति विगतका अधिकांश वर्षहरूमा बचतमा रहेको तथ्यांक छ । 

कुनै पनि देशबाट वस्तु तथा सेवा उत्पादन देशबाहिर पठाउने काम गरिन्छ भने त्यो निर्यात र विदेशबाट ल्याइने वस्तु तथा सेवा आयात हो । नेपालको सन्दर्भमा आयात उच्च छ भने निर्यात विस्तारै घट्दो क्रममा छ । देशभित्र उत्पादन नभएपछि वा त्यो उत्पादनले जनतालाई नपुग्ने अवस्था आएपछि वस्तु तथा सेवा आयात गरिन्छ । कहिलेकाहीँ देश र जनतालाई विलासिताका सामानहरूमा रूचि बढ्दै जाँदा त्यस देशले उक्त वस्तु तथा सेवाको आयात गर्नुपर्ने अवस्था देखापर्दछ । जब आयात बढ्दै जान्छ तब त्यो वस्तु तथा सेवाको सट्टामा देशको पैसा बाहिर जान्छ र देश विस्तारै गरिब बन्दै जान्छ जसलाई नेपालको वर्तमान अवस्थासँग जोडेर हेर्दा पनि देशमा असन्तुलनको अवस्था देखिन्छ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको तथ्यांकलाई हेर्दा उक्त अवधिमा कूल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई एक खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । विवरणअनुसार भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । यसले के कुरा संकेत गर्दछ भने नेपालको निर्यात विस्तारै घट्दो क्रममा छ । जिंक सिट, पार्टिकल, बोर्ड, अलैँची, तयारी पोसाकलगायतका वस्तुको निर्यात बढ्दै गर्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका समान र गरगहनालगायतका वस्तुको निर्यात घटेको छ ।

नेपालले भारतलगायत तेस्रो मुलुकमा हस्तकलाका सामग्रीहरू निर्यात गर्ने गर्दछ । शिल्पकलाका वस्तुहरूसमेत निर्यात तथा हस्तकलाका वस्तुहरू खासगरी अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, ताइवान, सिंगापुर, जापान, हङकङ, क्यानडा, इटाली र अस्ट्रेलिया जस्ता देशहरूमा निर्यात गर्ने गर्दछ । क्षेत्रफलको हिसावले विश्वको ९३औं देश नेपाल, चिया उत्पादनको दृष्टिले २१औं नम्बरमा पर्ने गर्दछ । नेपालको २८ हजार ५०० हेक्टर जमिनमा वर्षेनी करिब २५ हजार टन चियाको उत्पादन हुन्छ । विदेशी बजारमा नेपाली चिया र कफीको राम्रो माग रहेता पनि मागअनुसारको आपूर्ति गर्न सकिएको छैन । नेपाली चिया र कफी खासगरी जर्मनी, जापान, फ्रान्स, इटली, हङकङ, बेलायत, स्वीटजरल्याण्ड, अस्ट्रेलिया, नेदरल्याण्ड र अमेरिकाजस्ता देशमा निर्यात हुने गर्दछ । नेपालले छाला र छालाका उत्पादनहरू समेत विदेशमा निर्यात हुने गर्दछ ।

Hardik health

छालाबाट बनेका वस्तुहरू अमेरिका, जापान, पाकिस्तान, इटली नेदरल्याण्ड, स्वीटजरल्याण्ड, ब्राजिल, बेलायत, स्पेन, ताइवान, सिंगापुर र हङकङ नेपाली छाला र छालाका उत्पादनहरूको प्रमुख निर्यात बजार हो । नेपालले औषधिका लागि चाहिने जडीबुटी र आवश्यक तेलसमेत निर्यात गर्ने गर्दछ । यस्ता सामग्रीहरू खासगरी जर्मनी, जापान, पाकिस्तान, इटली, फ्रान्स, अमेरिका, युएई, बेलायत, स्वीटजरल्याण्ड, स्वीडेन र अस्टे«लियामा यसको निर्यात हुने गर्दछ । 

त्यसैगरी हातले बुनेको उनीका कार्पेटहरू समेत निर्यात हुने यसको खपत जर्मनी, बेलायत, अस्ट्रेलिया, स्वीटजरल्याण्ड, स्पेन, कोरिया रसियामा हुने गर्दछ तर त्यसले प्रभावकारी रूपमा बजार ओगट्न सकेको छैन । त्यसैगरी रेडिमेड गार्मेन्टसमेत नेपालबाट निर्यात हुने गर्दछ । नेपाली कपडाको मूख्य निर्यात बजार, अमेरिका, क्यानडा, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, बेलायत, स्वीटजरल्याण्ड, स्पेन इटली र अस्ट्रेलियामासमेत यसको निर्यात हुने गर्दछ । त्यसको अलावा, नेपाली कागज र कागजका उत्पादनहरू विदेशी बजारमा प्रख्यात छन् । यसको निर्यातबजार अमेरिका, जापान, क्यानडा र युरोपियन देशहरू पर्दछन् । त्यसैगरी मह पनि नेपालको निर्यातयोग्य वस्तु हो यसको प्रमुख बजार, बेलायत, कोरिया, जर्मनी, जापान, हङकङ र पोल्याण्डमासमेत यसको निर्यात हुने गर्दछ । त्यसैगरी पश्मिना उत्पादन सबैभन्दा बढी अमेरिकामा निर्यात गरिन्छ त्यसको साथै, यसको खपत बजार जापान, बेलायत, जर्मनी, दक्षिण कोरिया, इटली क्यानडा र स्वीटजरल्याण्डमा पनि निर्यात गर्ने गरिन्छ ।

त्यसैगरी फूलका उत्पादन पनि नेपालबाट निर्यात गर्ने गरिन्छ । नेपाली फूल तथा फूलका उत्पादनहरूको बजार भारत, जापान, पाकिस्तान, कतारलगायत देश छन् । त्यसको अलावा नेपालबाट मसलासमेत उत्पादन तथा निर्यात हुने गर्दछ । भारत नेपाली मसलाको परम्परागत बजार रहेको छ भने भारतको अतिरिक्त, पाकिस्तान, सिंगापुर, जर्मनी, ताइवान र बंगलादेशमा निर्यात हुने गर्दछ । त्यसैगरी नेपालबाट दालसमेत निर्यात हुने गर्दछ । अन्य दालहरूमध्ये नेपाली दालको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेको छ । क्यानडा, भारत, टर्की र अस्ट्रेलियामा पनि नेपाल विश्वको सबैभन्दा ठूलो दाल उत्पादक पनि हो ।

भारत, बंगलादेश, श्रीलंका, जर्मनी, सिंगापुर, कोरिया र बेलायतमा नेपाली दाल खपत हुने गर्दछ । यसरी हेर्दा नेपालबाट प्रमुखरूपमा भटमासको प्रशोधित तेल, उनी गलैंचा कार्पेट, सिन्थेटिक यार्न धागो, अलैँची, रेडिमेड गार्मेन्ट, जुट र जुटका समान, फलफूलको जुस, जमोठ कपडा, चिया र अन्य सुती टेलिकटनको निर्यात गदै गर्दा यस्ता वस्तुहरूको उत्पादनमा सरकारी अनुदान तथा सहायता हुनुपर्ने र यसको प्रवद्र्धनका लागि राज्यले विशेष नीति ल्याउनुपर्ने देखिन्छ ।

त्यसैगरी आयाततर्फ हेर्दा अभिलेखअनुसार आर्थिक वर्ष २०७९/८० को ११ महिनको कूल आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । तथ्यांकअनुसार वस्तु आयात गरिने मुलुकको आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । त्यसैगरी वस्तुगत आधारमा हेर्दा रासायनिक मल, स्पोञ्ज आइरन, सुन, कागज, स्टेसनरी समानलगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, एमएस विलेट, औषधि, कच्चा भट्टमासको तेल, अन्य मेसिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ । यसरी हेर्दा नेपालमा अहिले पनि निर्यातको तुलनामा आयात अत्यधिक छ ।

नेपालले सबैभन्दा बढी डिजेल आयात गर्ने गर्दछ भने त्यसपछि एमएस बिलेट आयात गर्ने गर्दछ । त्यसैगरी, भटमासको कच्चा तेल, मोबाइल टेलिफोन, एलपी ग्यास, पेट्रोल, रेडिमेट गार्मेन्ट, पोलिथिन दाना, चामल, र सुन आयात गर्दछ । नेपालले निर्यात गर्ने वस्तुहरूबाट प्राप्त हुने अम्दानीले केवल डिजेल खरिद गर्नमात्र पुग्ने अवस्था देखिन्छ । अर्थात् आयात र निर्यातबीच ठूलो फरक रहेको छ । आयात–निर्यातको दृष्टिले हेर्दा नेपालको भौतिक पूर्वाधार नाजुक छ, कृषिक्षेत्र व्यावसायिक हुन सकेको छैन । निर्यात कृषि तथा प्राथमिक वस्तुहरूमा सीमित हुन पुगेको छ भने तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता उच्च भएका वस्तुहरूको विशिष्टीकरण हुन सकेको छैन ।

राज्यले खासगरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सकेको छैन भने राजनीतिक अस्थिरताका कारण मानिसहरूले लगानी गर्नसमेत डराएको अवस्था छ । नेपालको १५औं योजनाले आयात निर्यातको व्यवस्थापनको सन्दर्भमा सन्तुलित वैदेशिक व्यापार, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र स्थायित्वसहितको सुदृढ अर्थतन्त्रको निर्माण गर्ने सोच राखिएको छ भने निर्यात प्रवद्र्धन, वैदेशिक व्यापार सन्तुलन र शोधानान्तर बचत कायम गर्ने लक्ष्य समेत तय गरिएको छ ।

१५औं योजनाले उत्पादन अभिवृद्धि, आयात व्यवस्थापन तथा निर्यात प्रवद्र्धनका लागि देशगत तथा वस्तुगत विविधीकरण गरी व्यापार घाटा कम गर्ने, विदेशी विनिमय स्थिरता, बाह्य क्षेत्र स्थिरता तथा लक्षित विदेशी मुद्रा सञ्चिति कायम गर्ने उद्देश्यसमेत तय गरेको थियो । निर्धारित सोच, लक्ष्य र उद्देश्य पूरा गर्ने सवालमा योजनाले तुलनात्मक लाभ भएका कृषि, जडीबुटी, जलविद्युत् तथा पर्यटनजस्ता क्षेत्रको विकासगरी वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि गर्ने, वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि र अनावश्यक आयात नियन्त्रण गरी आयात व्यवस्थापन गर्ने, वस्तुगत तथा देशगत निर्यात बजार विस्तार तथा विविधीकरण गर्ने, शोधानान्तर स्थिति र बाह्य क्षेत्र सन्तुलन कायम गर्ने लक्ष्य रहेको छ । तर, विडम्बनाको विषय के हो भने योजनाको अवधि सकिँदै गर्दासमेत लक्ष्य पूरा हुन सकेनन् ।

नेपालको संविधानले आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनको क्षेत्रमा वैदेशिक पँुजी र प्रविधिको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । वस्तु तथा सेवाको निर्यातको तुलनामा आयातको आकार ठूलो र फराकिलो रहेको तथा निर्यात विस्तार प्रायः स्थिर भएकोले व्यापार घाटा निरन्तर बढिरहेको भएता पनि विप्रेषण आयका कारण नेपालको शोधानान्तर स्थिति विगतका अधिकांश वर्षहरूमा बचतमा रहेको तथ्यांक छ । आ.व. २०७५÷७६ मा वस्तु तथा सेवा व्यापार घाटा कूल गार्हस्थ उत्पादनको ३८.८ प्रतिशत रहेको थियो । त्यसैगरी अल्पकालीन, मध्यमकालीन, दीर्घकालीन नीति तथा कार्यक्रमहरूबाट सम्बोधन गरी सन्तुलित बनाउनुपर्ने देखिन्छ ।

नेपालको निर्यात र आयातको सन्दर्भमा व्यापार घाटा उच्च हुनु, कृषि तथा औद्योगिक उत्पादन न्यून हुनु, स्वदेशी वस्तुको उत्पादनमा वृद्धि गर्न नसक्नु, निर्यात प्रवद्र्धन गर्न देशगत तथा वस्तुगत विविधीकरण गर्न नसक्नु, खुला सिमानाका करण चोरी निकासी पैठारी नियन्त्रणमा कमी ल्याउन नसक्नु, सेवा व्यापारमा अपेक्षित वृद्धि नहुनु र औद्योगिक पूर्वाधारको विकास गर्न नसक्नु यस क्षेत्रका प्रमुख समस्याहरू बनेर देखापरेका छन् ।

निर्यात प्रवद्र्धनका लागि वस्तु तथा देशगत विविधीकरण गर्नु, निर्यातयोग्य कृषिजन्य वस्तुहरूको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नु, स्वदेशमा नै उत्पादन प्रोत्साहन तथा वैकल्पिक वस्तुको प्रयोग गरी आयात व्यवस्थापन गर्नु, पर्यटनलगायतका सेवा व्यापार तथा ऊर्जाको निर्यातबाट विदेशी मुद्रा आर्जन गर्नु, उच्च व्यापार घाटा कम गर्नु, शोधानान्तर बचत कायम गर्नु र विदेशी विनिमय सञ्चितिको पर्याप्तता कायम गर्नुपर्ने अवस्था छ । नेपालको वैदेशिक व्यापार १६२ देशसँग हुने गर्दछ तर अहिले पनि १३० देशसँग घाटा व्यहोरिरहेको अवस्था छ । जम्मा ३२ देशसँग व्यापार नाफामा रहेको देखिन्छ । नेपालले सन् १९९२ मा उदारवादी व्यापार नीति अवलम्बन गरेको थियो भने सन् २०१४ मा नयाँ व्यापार नीति तर्जुमा ग¥यो । 

सन् २००४ मा नेपाल विश्व व्यापार संगठनको सदस्य बन्यो तर त्यसबाट नेपालले उचित लाभ लिन सकेन । वैदेशिक व्यापारको पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९/८० मा वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा तीन खर्ब रूपैयाँले कम छ । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.१२ प्रतिशत र निर्यातको हिस्सा ८.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा निर्यात २१.४४ प्रतिशतले न्यून छ । यसरी निर्यात र आयातको बीचमा ठूलो खाडल हुँदा यसले देशमा असन्तुलित अवस्थाको सिर्जना गरेको छ र आगामी दिनमासमेत यसले निरन्तरता पाउने निश्चित छ । तसर्थ, देशको विकास तथा आर्थिक उन्नतिका लागि निर्यात बढाउन आवश्यक छ ।
 


प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP