Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण
क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ८, २०८०

काठमाडौं -  नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण भएको छ । म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो ।

जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स–जीजीपी) अन्तर्गत फाउन्डेसनको महिला क्यान्सर सेन्टरमा मेसिन जडान गरेको हो ।  

म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण गर्न सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्च मै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोना महामारीले पर सरेको बताए । 

जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण उपलब्ध भएपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख सुधार आएको उनले बताए । पछिल्लो एक वर्षमा यो मेसिन प्रयोग गरेर ५०० भन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको र व्यावहारिक प्रयोगमा यो निकै उपयोगी देखिएको जानकारी आफूले पाएको पनि उनले बताए । 

Hardik health

भाइरस परीक्षण र खोपमार्फत रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत प्रारम्भिक रुपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न यो मेसिन अन्यन्तै महत्वपूर्ण हुने उनको भनाइ छ । कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले गैरनाफामुलक फाउन्डेसनको क्यान्सरविरोधी लडाइँलाई उक्त मेसिन बरदान सावित हुने बताए ।

आर्थिक स्रोतको कमीबीच क्यान्सरविरोधी अभियान सञ्चालन गरिरहेको फाउन्डेसनलाई विभिन्न संस्थाले सहयोग गरिरहेको पनि उनले बताए ।  फाउन्डेसनका महासचिव डा. सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिन्छ भन्ने मान्यता बोकेर सन् २०१४ मा स्थापित संस्था विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताए  ।

उनले म्यामोग्राफी मेसिन दाताबाट प्राप्त सहयोगमध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि बताउनुभयो । क्यान्सरको आँकडामा महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर अहिले उच्च बिन्दुमा रहेको भन्दै उनले स्थापनाकालदेखि यिनै प्रमुख क्यान्सरलाई केन्द्रमा राखी यसबाट बचाउन विभिन्न कार्यक्रम गरिरहेको बताए  । 

फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैंले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पु¥याइरहेको पनि उनले जानकारी दिए । 

त्यसैगरी, सरकारलाई राष्ट्रिय क्यान्सर नीति बनाउन चाहिने विज्ञता उपलब्ध गराएको र सरकारसँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिएको उनको भनाइ छ । फाउन्डेसनले घुम्ती स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ । 

फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र अर्यालले जापान सरकारको यो सहयोगबाट संस्थालाई यसको लक्ष्यमा पुग्न निकै सहज हुने बताए । उक्त म्यामोग्राफी मेसिन संस्थाका लागि असाध्यै बहुमूल्य उपकरण भएको भन्दै यसले संस्थाको परिकल्पना र संकल्पलाई मूर्त रुप दिलाउन ठूलो सहयोग गरिरहेको आर्यलले बताए  । 

उपचार गरेर निको पार्न सकिने अवस्थामै स्तन क्यान्सर पहिचान गर्न मद्दत गर्ने हुँदा यो मेसिन स्तन क्यान्सरको जोखिममा रहेका सम्पूर्ण दिदीबहिनीका लागि बरदान सावित हुने उनको भनाइ छ । उक्त सहयोगका लागि जापान सरकारलाई धन्यवाद ज्ञापन गर्दै अर्यालले यसलाई नेपाल र जापानबीचको बलियो सम्बन्ध एवं नेपालप्रति जापान सरकारको सद्भावको साक्षीको रुपमा चित्रण गरे  । 


प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त मंगलबार, चैत ३, २०८२
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु सोमबार, चैत २, २०८२
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस सोमबार, चैत २, २०८२
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै सोमबार, चैत २, २०८२
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण शुक्रबार, फागुन २९, २०८२
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार, फागुन २९, २०८२
ग्लोबल बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना
ग्लोबल बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP