Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • पर्यटनका लागि वायुसेवा : आरोह–अवरोह
पर्यटनका लागि वायुसेवा : आरोह–अवरोह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १५, २०८०
Nepal-air
Hardik health
नेपालको परिप्रेक्ष्यमा राष्ट्रको एकमात्र सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमले धेरै उतारचढाव बेहोरिसकेको छ, तैपनि यसले अहिलेसम्म आफ्नो अस्तित्वलाई कायम राख्न स˚ल रहेको छ । निगमको हाल अन्तर्राष्ट्रिय बजार हिस्सा ४० प्रतिशत रहेको भएता पनि यो दिनदिनै घट्दै जाने क्रममा रहेको छ । आन्तरिक सेवातर्˚ भने यसको बजार सेयर घट्दै जानुमा नेपालमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको बढ्दो आगमन नै हो । तुलनात्मक रूपले पर्यटकहरूको आगमन पनि खासै बढ्न सकेको छैन । सरकारले ४० वटा मुलुकहरूस“ग द्विपक्षीय हवाई–सम्झौता गरिसकेको छ र त्यसबाट करिब १० लाख हवाई–सिट नेपाललाई उपलब्ध हुन्छ । तर, ती सिटहरू नेपालले प्रयोग गर्न सकेको छैन । नेपालको पर्यटन–विकासका लागि यो असक्षमता अत्यन्त महँगो हुन पुगेको छ । हरिगोपाल प्रधान विज्ञानको विकासले क्रमशः ˚ड्को मार्दै जा“दा विकासको अग्रगति स“गस“गै विश्वले नया“–नया“ यन्त्र र उपकरणहरू देख्न थाल्यो । त्यस्ता यन्त्रहरूमध्ये एउटा आश्चर्यजनक यन्त्र वायुयान थियो । वायुयानको प्रारम्भ भएपछि नै विश्वमा हवाई यातायातको विकास हुन थालेको हो । वायुयानले गर्ने उडानसेवालाई वायुसेवा भनियो ।   विकासका क्रममा वायुसेवाले आफ्नो महŒवपूर्ण यान्त्रिक क्षमतालाई बढाउ“दै लगेको छ र परिस्कृत एवं परिमार्जित गराउ“दै अहिले वायुसेवा उच्चस्तरमा पुगिसकेको छ । अत्याधुनिक प्रविधिहरू यस क्षेत्रमा अझै भित्रिइरहेका छन् । पर्यटन व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको वायुसेवाले विश्वलाई नै एउटा सानो गाउ“मा परिणत गराउन अहम् भूमिका खेलेको छ ।   यसैले गर्दा विश्वमा हवाईयात्रुहरूको संख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष दशौं लाखभन्दा बढी व्यक्तिहरूले आन्तरिक हवाईयात्रा गरिरहेका छन् ।वायुसेवाले विश्वलाई सा“घुरो पार्दै लगेको छ । वायुसेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । वायुसेवाकै कारणले चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरू दोब्बरकै संख्यामा वृद्धि गरिसकेका छन् ।   विश्व–पर्यटनबजारको आम्दानीमा वृद्धि भई ८०० अरब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कूल आम्दानीको एक प्रतिशतमात्र पाउन सकेता पनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्य वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । नेपालले पनि वायुसेवाबाट आयआर्जन गर्ने त गरिरहेको छ, तर कमिसनतन्त्र, राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावको कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन ।   विदेशी पर्यटकहरूको संख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमासमेत प्रशस्त संख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखापरेको छ । अहिले न्यूनतम विदेशी मुद्रामात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।   सन् १९९० को दशकदेखि हवाईयात्रुको संख्या विश्वमा नै बढिरहेको छ । हवाईयात्रुको संख्या बढेपछि सडक यात्रुहरूको संख्याचाहि“ घटिरहेको छ । सडकयात्राले भन्दा हवाईयात्राले पर्यटकलाई बढी सुविधा दिएको कारणले यस्तो भएको हुनसक्छ । हवाईयात्राको प्रतिशत लगातार बढिरहेझैं सडकयात्राको प्रतिशतचाहि“ लगातार घटिरहेछ । हवाई यातायाताका क्षेत्रमा यो शुभसंकेत हो ।   युरोपबाहेक अरू सबै क्षेत्रको पर्यटक–परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ । विश्वभरका कूल १.७ अर्ब पर्यटकहरूले हवाई यातायातमार्˚त आफ्नो यात्रा तय गर्ने गरेका छन् । उता एसिया र प्रशान्त क्षेत्रका हवाई सेवाहरूले आफ्नो परिवहन क्षमता झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ७५ प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८० प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ ।   विश्वको हवाई यातायातको विकासक्रमस“गस“गै हवाईयात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा वायुसेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकोले लागत कम गर्नेतर्˚ ध्यान जान थाल्नु स्वाभाविक पनि हो ।   यस क्षेत्रमा ठूला–ठूला एयरक्राफ्टजस्ता सुपर जम्बो र एयरबसहरू उत्रिन थालेका छन् । अब बढ्दो परिवहन धान्न विमानस्थलहरूको आफ्नो धारक क्षमतालाई पनि अझै वृद्धि गर्नुपर्ने भएको छ । यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ र पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरीसमेत पर्ने भएको छ । इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टहरूले प्रविधियुक्त हुनु पनि जरुरी छ ।   औजार–व्यवस्थापन त्यसैअनुसार नियोजित हुनुपर्ने अर्को आवश्यकता हो । वैकल्पिक वा इच्छाधीन सेवाहरूको पर्याप्तताले गर्दा सोहीअनुरूप यात्रुहरूले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका पनि सा“च्चै महŒवपूर्ण हुने कुरा स्पष्टै छ । परिस्थिति यसरी अघि बढ्दै गइरहेको भएता पनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा वायुसेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्दै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा–अपरेटरहरूले एकाकार र गठबन्धतनर्˚ ध्यान नपु¥याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् ।   युक्तिसंगत र रामो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरूले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझावहरू सम्बन्धित सरकारहरूलाई दिन थालिएको पनि छ । नेपालको परिप्रेक्ष्यमा राष्ट्रको एकमात्र सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम)ले धेरै उतारचढावहरू बेहोरिसकेको छ, तैपनि यसले अहिलेसम्म आफ्नो अस्तित्वलाई कायम राख्न स˚ल रहेको छ । निगमको हाल अन्तर्राष्ट्रिय बजार हिस्सा ४० प्रतिशत रहेको भएता पनि यो दिनदिनै घट्दै जाने क्रममा रहेको छ । आन्तरिक सेवातर्˚ भने यसको बजार सेयर घट्दै जानुमा नेपालमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको बढ्दो आगमन नै हो ।   तुलनात्मक रूपले पर्यटकहरूको आगमन पनि खासै बढ्न सकेको छैन । सरकारले ४० वटा मुलुकहरूस“ग द्विपक्षीय हवाई–सम्झौता गरिसकेको छ र त्यसबाट करिब १० लाख हवाई–सिट नेपाललाई उपलब्ध हुन्छ । तर, ती सिटहरू नेपालले प्रयोग गर्न सकेको छैन । नेपालको पर्यटन–विकासका लागि यो असक्षमता अत्यन्त मह“गो हुन पुगेको छ ।   निजी हवाई कम्पनीहरूस“ग नेपाल वायुसेवा निगमको समन्वय, सरकारी स्वामित्वका संस्थानहरूको निजीकरण र विदेशी कम्पनीहरूस“ग निगमको सम्बन्ध आदिका विषयमा उड्डयनसम्बन्धी सरकारी नीतिको अस्पष्टता र नीतिगत असन्तुलनले गर्दा पनि निगमको प्रगति हुन नसकेको भनाइ पनि सुनि“दै छ ।   वायुसेवामा एकाधिकारको जमाना हराउ“दै गएको र साझेदार वायुसेवातर्˚ ध्यान जान थालेको परिप्रेक्ष्यमा यी कुरालाई समायोजन गराउ“दै ठूला परिवहनहरूस“गको गठबन्धनमा निगमले विशेष विचार पु¥याउनु वाञ्छनीय देखिन थालेको छ । निगमको पुनःसंरचना गरी नागरिक उड्डयन नीतिलाई परिमार्जनसमेत गरेर त्यसै अनुरूप निगमको सञ्चालन हुने हो भने प्रतिस्पर्धात्मक विश्वबजारमा निगम पनि अरूभन्दा कम हु“दैन र नेपालको पर्यटन–प्रवद्र्धनमा यसले अझ महŒवपूर्ण भूमिका पूरा गर्न सक्छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP