Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगान शरणार्थी भन्छन् ‘घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो’
अफगान शरणार्थी भन्छन् ‘घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ७, २०७६
afghan
Hardik health
काबोबायान शिविर, पाकिस्तान– हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उहाँका दाह्री लामा र सेता भइसकेका छन् । चालीस वर्षअघि युद्धग्रस्त अफगानिस्तानबाट भागेर पाकिस्तान आउँदा उहाँका बालबच्चा सानै थिए । जीउज्यानको सुरक्षाको खोजीमा विकट हिमाली भूभाग छिचोलेर उत्तर पश्चिमी पाकिस्तान आउँदा उहाँका बच्चा गधाका पिँठ्युमा चढेर आएका थिए । त्यसबखतको युद्ध तत्कालीन सोभियत सङ्घको बिरूद्ध थियो । झण्डै ५० लाख अफगानी नागरिक भीषण युद्धबाट बच्न पाकिस्तानमा शरणार्थी बन्न बाध्य पारिएका थिए । अफगानिस्तानमा जथाभावी बम प्रहार गरिएका थिए र आम मानिसलाई अफगानिस्तानमा शान्तिसँग बस्ने वातावरण थिएन । झण्डै चार दशकको युद्ध र द्वन्द्वपछि पनि अझै १५ लाख बढी अफगानी पाकिस्तानमा शरणार्थीका रूपमा बाँचिरहेका छन् र उनीहरू आफ्नै सरकारले परित्याग गरेको महशुस गरिरहेका छन् । उनीहरूको बुझाइमा आश्रित मुलुक पाकिस्तान र राष्ट्रसङ्घ दुवैले आफूहरूलाई बेवास्ता गरेको छ । अहिले, वर्षौंपछि पहिलो पटक उनीहरूमा घर फर्कन पाइने एउटा झिनो आशा पलाएको छ । संयुक्तराज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुने सम्भावना बढेको छ, र उनीहरूले पहिलो कदमका रूपमा ‘हिंसामा कमी’ ल्याउन अस्थायी सम्झौतामा सहमति जनाएका छन् । उक्त सम्झौता पालना भयो भने अर्को चरणमा अफगानिस्तानमा जारी विद्यमान युद्ध अन्त्यका लागि वासिङटन र तालिवानबीच बहुप्रतिक्षित दीर्घकालीन सम्झौता हुनेछ । यी दुई पक्षबीच १९ वर्षदेखि भिषण युद्ध जारी छ । सम्झौता बमोजिम अमेरिकी सैनिक क्रमशः स्वदेश फर्कनेछन् भने युद्धग्रस्त अफगान पक्षबीच शान्तिवार्ता र स्थायी युद्धविराम हुनेछ । सम्भावित शान्ति सम्झौताको पृष्ठभूमिमा पाकिस्तानले सोमबार शरणार्थीका सम्बन्धमा एउटा सम्मेलनको आयोजना गरेको छ, जसमा अफगानिस्तानका लागि अमेरिकी शान्तिदूत जाल्मे खलिलजाद र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस उपस्थित हुनुभएको थियो । यसको अर्थ ४० वर्षपछि पहिलो पटक यी शरणार्थीले औपचारिक मान्यता पाएका छन् । ‘यो भयानक युद्ध हो ... र यसको अन्त्य हुनु आवश्यक छ,’ सम्मेलनमा सम्बोधन गर्दै खलिलजादले भन्नुभयो । उहाँले नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूतका रूपमा तालिबान र अमेरिकाबीच मध्यस्थता वार्ता गरिरहनु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले हिंसा न्यूनीकरणका लागि अल्पकालीन सम्झौता गरेका छौँ र यो वार्तामा दुबै युद्धरत पक्षले खुलेर कुराकानी गरेका छौँ । आशा छ हामी चाँडै बहुप्रतिक्षित शान्ति सम्झौता गर्नेछौँ ।’ सम्मेलनमा राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिप्पो ग्रान्डी पनि सहभागी हुनुहुन्छ । उच्चायुक्तको कार्यालयले नै अफगान शरणार्थीलाई स्वदेश फर्काउने जिम्मेवारी निर्वाह गर्नेछ । यो त्यति सजिलो भने छैन । धेरै शरणार्थीले अन्तरराष्ट्रिय समुदाय र अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको सहयोग र आशाको आश्वासनको आधारमा यसअघि पनि फिर्ता जान प्रयास गरिसकेका छन् । तर अफगानिस्तानमा उनीहरूका लागि न खानेकुरा थियो न कुनै आश्रय । दशकौं अगाडि छोडेका गाउँघरमा उनीहरूलाई स्वागत गर्ने कोही थिएन, गाउँमा उनीहरूलाई परचक्रीझैं व्यवहार गरियो । गाउँ फर्किएका कतिपय मानिस पनि निराश भएर पाकिस्तान र इरानतर्फ नै फर्किएका थिए । हजारौँ अन्य अफगानीले तस्करलाई पैसा बुझाएर ज्यान जोखिममा पारेर युरोप भागेका थिए तर धेरै अफगानीलाई युरोपबाट फेरि बिमानमा राखेर युद्धग्रस्त अफगानिस्तानमा नै फर्काइयो । आइतबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा ग्रान्डीले युरोपबाट अफगान शरणार्थीलाई जबरजस्ती फर्काइनु ‘लज्जाजनक’ रहेको बताउनुभयो । ‘म ... इरान र पाकिस्तानजस्ता देशले यति उदारतापूर्वक सङ्कटमा परेका मानिसलाई आश्रय दिइरहेको प्रति आभार व्यक्त गर्न चाहन्छु । तर धनी देशले शरणार्थीका लागि ढोका बन्द गर्नु ठीक होइन ।’ अमेरिका–तालिबान शान्ति सम्झौतापछि शरणार्थीले घर फर्कने आशा व्यक्त गरिरहेकोप्रति टिप्पणी गर्दै ग्रान्डीले भन्नुभयो, ‘मलाई लाग्छ यसपटक सही निर्णय हुनेछ । उनीहरू यसपटकको शान्ति सम्झौता दिगो हुनेमा आशावादी पनि छन् ।’ अर्को चुनौती भनेको विदेशमा रहेका शरणार्थीलाई मात्र होइन, आन्तरिकरूपमा आफ्नो देशभित्र विस्थापित करोडौं अफगानलाई पनि आआफ्ना स्थानमा फर्काउन चाहिने ठूलो रकम जुटाउनु हो । सन् २००१ पछि अरबौं डलरको सहयोगका बाबजूद भ्रष्टाचारका कारण मुलुकमा गरिबी बढेको छ, जनताको जीवनस्तर दुरुह छ । विश्व समुदाय नै सहयोग गर्दा गर्दै थकित भइसकेको छ । अफगानिस्तानमा गरिबीस्तर माथि उक्लिदैछ । सन् २०१२ मा ३४ प्रतिशत अफगानी गरीबीको रेखाभन्दा मुनि थिए, र उनीहरूको आय प्रतिदिन एक अमेरिकी डलरभन्दा कम थियो । आज त्यो सङ्ख्या बढेर ५५ प्रतिशत पुगेको छ । पाकिस्तानमा रहेका अफगानी शरणार्थी खानका नातिनातिना भइसके । उहाँको विचारमा देशभित्र मौलाएको चरम भ्रष्टाचारले मुलुक खोक्रो भइसकेको गुनासो गर्नुभयो । ‘साँचो कुरा भनौं, धेरै रकम अफगानिस्तान आयो तर मुल्लाहसमेतका हरेक प्रभावशाली व्यक्तिले त्यो पैसामा रजाइँ गरे,’ खानले भन्नुभयो । ‘सबै नेता देशद्रोही हुन्, तिनीहरूले अफगानीलाई धोका दिएका छन् । गरिब मानिसका बालबच्चा मारिए, जबकि कुनै नेताले आफ्ना छोराछोरी गुमाएनन् ।’ खानले गुटेरेस र ग्रान्डीका लागि एउटै मात्र सन्देश रहेको बताउनुभयो । ‘हामी धेरै कुरा माग्दैनौं,’ ४० वर्षदेखि बस्दै आएको घाँसपराल र माटोले बनेको कटेरो देखाउँदै उहाँले भन्नुभयो । पाकिस्तानको खैबर पुख्तुनख्वा प्रान्तको राजधानी पेशावर नजिकै अवस्थित शरणार्थी शिविर अफगानिस्तानको सिमानाबाट करिब ४० किलोमिटरमात्र भित्र छ । स्थानीयबासी यस शिविरलाई काबोबायन शिविर भन्छन् । यहाँ विगतमा धेरै कबाब पसल रहेकाले पनि यस शिविरलाई काबोबायन भनिएको हो, तर आजभोलि यस्ता पसल हराइसकेका छन् । ‘पहिले हामी शान्तिका लागि आग्रह गर्दछौँ,’ च्यातिएका कपडा लगाएका दर्जनौँ केटाकेटीले घेरिएका खानले भन्नुभयो । फेब्रुअरीको चिसो बिहानीमा पनि उनीहरूले जुत्ताचप्पल लगाएका थिएनन् । उनीहरूका हातखुट्टामा माटो टाँसिएको थियो । ‘शान्ति हुनासाथ हामीलाई जग्गा चाहिन्छ । त्यहाँ हामी आफ्नो घर बनाउनेछौँ । त्यसपछि हामीलाई खानाको जरुरी हुन्छ । अनि स्कुल, पसल र मस्जिद बनाउनु पर्दछ ।’ उहाँले भन्नुभयो । अर्का बुढ्यौली उमेरका शरणार्थी शाह वाली करिब ४० वर्ष पहिले अफगानिस्तानको पूर्वीनान्गारहार प्रान्तबाट भागेर यहाँ आउनुभएको थियो । उहाँले पनि विगतमा घर फर्किने प्रयास गर्नुभएको थियो, तर त्यहाँ केही थिएन । युद्धबाट नष्ट नभएको सरसामान पनि छिमेकी र अरु चोरहरूले लुटेका थिए । शान्तिको झिनो आशाले पनि उनलाई उद्वेलित बनाएको छ । ‘हामीलाई शान्ति चाहिन्छ, र त्यसपछि हामी फर्कनेछौँ,’ उहाँले भन्नुभयो । ‘कुन व्यक्ति आफ्नो मातृभूमि फर्कन चाहँदैन र ?’ (रासस÷एपी)
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  ०७:४०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो बुधबार, मंसिर १७, २०८२
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल
गाजनहरुलाई आगामी दिनमा इजिप्ट जान अनुमति दिने तयारीमा इजरायल बुधबार, मंसिर १७, २०८२
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी बुधबार, मंसिर १७, २०८२
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि
दक्षिण कोरियामा लगातार मूल्यवृद्धि बुधबार, मंसिर १७, २०८२
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP