Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • सर्वोच्चको अन्तिम आदेश: फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना हटाउनू
सर्वोच्चको अन्तिम आदेश: फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना हटाउनू
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ५, २०८०
fewa22
Hardik health
- २०७५ वैशाख १६ मा फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा सर्वोच्चको आदेश -२०७८ चैत १६ गते पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले भने फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णय -२०७९ असार १३ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश - कर्ण शाक्यको ‘वाटरफ्रन्ट रिसोर्ट’ सहित फेवातालको ६५ मिटर क्षेत्रभित्रका अन्य संरचना हटाउनुपर्ने
काठमाडौं-  सर्वोच्च अदालतले कास्कीको पोखरामा रहेको फेवातालको सीमा क्षेत्र ६५ मिटर नै कायम गर्न अन्तिम आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र हरि फुयालको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो ।   २०७५ वैशाख १६ मा सर्वोच्चले फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश दिएको थियो । तर, पोखरा महानगरपालिकाले फैसला कार्यान्वयनको सट्टा उल्टै मापदण्ड नै संशोधन गरेको थियो । २०७८ चैत १६ गते बसेको महानगरपालिकाको कार्यपालिका बैठकले फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णय गरेर सर्वोच्चको आदेशलाई नै चुनौती दिएको थियो ।   त्यसपछि अधिवक्ता खगेन्द्र सुवेदीले २०७९ जेठ ११ मा सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि २०७९ असार १३ गते सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले महानगरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।   सर्वोच्चले फेवातालको ६५ मिटर परिसरभित्र बनेका संरचना छ महिनाभित्र हटाइसक्न २०७५ वैशाख १६ मा जारी आदेश कार्यान्वयन गर्न सोमबार पुनः आदेश दिएको हो । महानगरको निर्णय बदर गर्दै सर्वोच्चले यस क्षेत्रभित्र निर्माण भएका संरचना भत्काउने बाटो खुला गरिदिएको छ ।   महानगरको बेइमानी तत्कालीन फेवाताल अध्ययन समितिले फेवातालको मापदण्ड ६५ मिटर कायम हुने प्रतिवेदन दिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा २०६९ मा गठित उच्चस्तरीय समितिले फेवाताल अतिक्रमण गर्नेहरुको सूचीसमेत तयार पारेको थियो ।   २०७५ वैशाख १६ मा सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश दियो । तर, महानगरले उक्त आदेश टेरेन । बरु उल्टै मापदण्ड नै घटाइदिए । तत्कालीन नगरप्रमुख मानबहादुर जिसीको कार्यकालको अन्तिम समयमा मापदण्ड फेरिएको थियो । उक्त क्षेत्रमा अहिले पनि भौतिक संरचना बनेका छन् ।   अधिवक्ता सुवेदीले दायर गरेको रिटमा आदेश जारी गर्दै ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न लामिछानेको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्दै फेवा क्षेत्रलाई जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न आदेश जारी गरेको थियो ।   तर, पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड ३० मिटर कायम गरेपछि अधिवक्ता सुवेदीले २२ असार २०७९ मा सर्वोच्च अदालतमा रिट दिएका थिए । २०६५ सालमा नै सर्वोच्चले फेवाताल संरक्षणका लागि विभिन्न नौ वटा काम गर्नू भनी आदेश दिएको थियो । उसले छ महिनाभित्र फेवातालको चारकिल्ला कायम गर्नु, ताल अतिक्रमण गरी व्यक्तिका नाममा दर्ता भएको जग्गा एक वर्षभित्र बदर गर्नू र तालको ६५ मिटरभित्र कुनै संरचना बनाउन नदिनू भनी आदेश गरेको थियो ।   फेवाताल वरपर एक हजार ६९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेका छन् । जसअनुसार व्यवसायी कर्ण शाक्यको ‘वाटरफ्रन्ट रिसोर्ट’सहित अन्य संरचना पनि हटाउनुपर्ने थियो । पछि व्यापारीहरुको चलखेलमा महानगरका तत्कालीन मेयर जिसीसहित जनप्रतिनिधिले मापदण्ड घटाएको आरोप लागेको थियो ।   पछि अदालतको अपहेलनाको रिट दर्ता भयो । सर्वोच्चमा मुद्दा विचाराधीन हुँदै गर्दा तत्कालीन मेयर जिसीले सीमाक्षेत्रको मापदण्ड घटाएका थिए । फेवाताल मिच्नेमा हजारभन्दा बढी व्यक्ति छन् । उनीहरुको नाममा लालपूर्जासमेत रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन शुक्रबार, पुस ११, २०८२
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP