Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १८, २०८२

ढोरपाटन- तीन वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन क्षेत्रमा गोठाला र वस्तुभाउबाहेक कोही जाँदैनथे । पाटनैभरि वनफूल फुल्थे । वस्तुभाउ चर्दै पुग्ने ठाउँसम्म गोबर भेटिन्थ्यो । तर अहिले बुकीपाटनमा पर्यटकको आकर्षण बढेको छ । गत वर्षदेखि ढोरपाटन पुगेका आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन उक्लिन थालेपछि पहिले वनफूल र गोबर भेटिने ठाउँमा अहिले प्लास्टिक र सिसा भेटिन थालेका छन् ।

फुमफिरका गर्न आएका पर्यटकले यत्रतत्र फोहर फाल्दा बुकीपाटन कुरुप बन्ने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ, कोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल छरपस्ट भेटिन्छन् । पर्यटन तथा उद्योग कार्यालय बागलुङ र ढोरपाटन सिकार आरक्षले पदमार्गको ठाउँठाउँमा फोहर फाल्ने खाडल बनाए पनि त्यसको प्रयोग कमै भएको छ । बुकीपाटनमा सिरसिर सिरेटो चलिराख्ने हुँदा एक ठाउँ फालेको फोहर उडाएर टाढाटाढा पुर्याउने गरेको छ ।

बुकीपाटनमा अधिकांश पर्यटकले प्लास्टिकजन्य सामग्री बोकेर जाने प्रयोग भइसकेपछि उतै फ्याँकेर फर्किने गरेको स्थानीय गोठाला लोकबहादुर विश्वकर्माले बताए । जथाभावी रूपमा फालेको प्लास्टिक घाँससँग वस्तुभाउले खाँदा बिरामी परेको उनको भनाइ छ । बिरामी वस्तुभाउको गोबरमै प्लास्टिकका टुक्रा फेला पर्ने विश्वकर्माले सुनाए ।

Hardik health

प्लास्टिक खाएर आफ्ना तीनवटा भेडा मरेको उनले गुनासो पोखे । “पहिला लेकमा गोठालामात्रै हुन्थ्यौँ, बाहिरी मान्छे आउँदैनथे, गाठालाले खासै प्लास्टिक ल्याउँदैनथे, अहिले त बुकीको ठाउँठाउँमा जता पनि कागज भेटिन्छन्”, उनले भने, “उनीहरुले बोकेर आउने चाउचाउ, बिस्कुटको प्लास्टिक सबै यही फालेर जान्छन्, त्यो प्लास्टिक खाएर हाम्रो पशुचौपाय बिरामी पर्छन्, केही दिन अगाडि तीन भेडा मरे, मरेका भेडाको गोबरमा बिस्कुटबाहिरको प्लाष्टिक भेटियो ।”

उपत्यकादेखि बुकीपाटन जाने पर्यटकका लागि अहिलेसम्म कुनै पनि मापदण्ड बनाइएको छैन । पर्यटकले आफूलाई मन लागे जतिको समान बुकीपाटन लिएर जाने गर्छन् । यस वर्ष माथिल्लो क्षेत्रमा धेरै प्लास्टिकजन्य फोहर थुप्रिन थालेको ढोरपाटन उपत्यकाका होटल व्यवसायी धिरेन्द्र घर्तीमगरले बताए । गर्पाछेडा, टीकाधारा, फुर्से देउराली, फागुनेलगायतका बुकीपाटन क्षेत्रमा जाने पर्यटकले होटलबाटसमेत वियर, रमलगायतका पेयपदार्थ बोकेर जाने गरेको भन्दै त्यसको सिसा उतै फ्याँकेर आउने गरेको उहाँको भनाइ छ ।

घर्तीमगरले भने, “सिकार आरक्ष अथवा नगरपालिकाले बुकीपाटन जानका लागि एउटा मापदण्ड बनाउनुपर्ने देखियो, यही हिसाबले बुकीपाटनमा फोहर बढ्दै गयो भने त यसको असर खतरनाक हुनसक्छ, भोलि त्यस क्षेत्रमा फुल्ने फूल, घाँस र जीवजन्तुलाई असर पुग्छ, त्यसले गर्दा समयसमय सफाइ गर्ने र सीमित प्लास्टिकजन्य सामानमात्र बुकी लैजाने व्यवस्था गर्नुपर्छ ।” सामान्य उचाइबाट एकैपटक चार हजार ३०० मिटरको उचाइसम्म पुग्दा कोही बाटोमा बिरामी हुने त कतिलाई लेकसमेत लाग्ने गरेको छ । यसतर्फ कुनै पनि निकायको ध्यान पुग्नसकेको छैन । प्लास्टिकले पर्यावरण र बुकीपाटनको सुन्दरतालाई कुरुप बनाउन सक्ने काठमाडौँबाट घुम्न आएका नितेश राजभण्डारीले बताए । बुकीपाटन प्राकृतिक सुन्दरताका हिसाबले अत्यधिक राम्रो रहेको भन्दै उनले फोहर व्यवस्थापनका लागि सम्बन्धित निकाय र घुम्न जाने पर्यटकले पनि ख्याल गर्नुपर्ने बताए ।

फुर्से देउराली र गर्पाछेडामा धेरै प्लास्टिक फेलापरेको उनको भनाइ छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले समयसमयमा फोहर व्यवस्थापनका लागि कर्मचारी पठाउने गरे पनि प्रभाकारी हुन नसकेको बताए । घुम्न आउने पर्यटकले बढी लापरवाही गर्दा फोहर बढेको उनको भनाइ छ । सिकार आरक्षले ढोरपाटनका होटल व्यवसायी र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर बेलाबेलामा उपत्यकामा सरसफाइ गरे पनि बुकीपाटनमा पुग्न नसकेको अधिकारीले बताए।


प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन शुक्रबार, पुस ११, २०८२
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
आठौँ पर्वत महोत्सव आजदेखि
आठौँ पर्वत महोत्सव आजदेखि बुधबार, पुस ९, २०८२
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन
हिमाली भेगका सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्न सम्मेलन मंगलबार, पुस ८, २०८२
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’
तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’ सोमबार, पुस ७, २०८२
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’
‘होटल तथा रेष्टुरेण्टले खाद्य सुरक्षा र स्वच्छतालाई ध्यान दिनुपर्ने’ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP