Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • ‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’
‘लोमान्थाङ सङ्ग्रहालय स्थापना’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ४, २०८२

काठमाडौं- मुस्ताङको लोमान्थाङमा सङ्ग्रहालय स्थापना गरिएको छ । यहाँका स्थानीय जनप्रतिनिधि छेवाङ रिनजिन गुरुङले व्यक्तिगत रुपमाँ सङ्ग्रहालय स्थापना गरेका हुन् ।

उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले घेरिएको माटोको सहरका रुपमा परिचित लोमान्थाङमा सङ्ग्रहालय स्थापना गरिएको हो । उपल्लो मुस्ताङस्थित पर्खालले घेरिएको माटोको सहर लोमान्थाङको विगत र वर्तमान अवस्थामा भइरहेका विद्यमान परिवर्तित विकासलाई त्यहाँ पुग्ने पर्यटक माझ पस्किन लोमान्थाङका वडा सदस्य छेवाङले सङ्ग्रहालय स्थापना गरेका हुन् । त्यहाँ वडा सदस्य छेवाङले आफ्नो पूर्वजले बनाएको दुई सर्य वर्ष पुरानो ढुङ्गा र माटोले निर्मित पुरानो दुईतलाको घरमा सङ्ग्रहालय स्थापना गरेका हुन् ।

उपल्लो मुस्ताङमा बर्सेनि विदेशी पर्यटकले महँगो शुल्क तिरेर त्यहाँ जाने गर्छन । पछिल्लो समय सडक सहज भइसकेकाले नेपाली स्वदेशी पर्यटक उल्लेख्य मात्रामा उपल्लो मुस्ताङ घुम्न पुग्छन् । त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले लोमान्थाङको ऐतिहासिकता, धर्म, संस्कृति र परम्पराको बारेमा खासै जानकारी हासिल गर्न सक्दैनन् । यसर्थ उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकलाई त्यहाँ पर्खालले घेरिएको लोमान्थाङको पर्याप्त जानकारी उपलब्ध गराउने उद्देश्यले वडा सदस्य छेवाङले सङ्ग्रहालय स्थापना गरेको बताए । ‘सन् १९९२ पछि उपल्लो मुस्ताङमा धेरै विकासका नमूना कोरिएको सङ्ग्रहालय सञ्चालन  भएको छ,’उनले भने,‘यहाँ पाँच सय वर्षमा हुन नसकेको विकास पछिल्लो ३० वर्षमा भएको छ, यहाँ सडक, बिजुली, इन्टरनेटका सुविधा जोडिएका छन् ।’ सञ्चालक वडा सदस्य छेवाङले थपे,‘यहाँ लोमान्थाङको पहिलेको जीवनशैली र वर्तमानको जीवनशैलीलाई अहिलेको पुस्तालाई देखाउन र पर्यटकलाई परिवर्तित लोमान्थाङको सचित्र उजागर गर्ने गरी सङ्ग्रहालयमा त्यसका तस्बिरहरु राखिएको छ ।’

Hardik health

पर्खालले घेरिएको लोमान्थाङभित्र दर्जनौँ पुराना ढुङ्गा र माटोले बनेका ऐतिहासिक गुजमुच्च एकआपसमा जोडिएका परम्परागत घर अवस्थित छन् । त्यही पुराना घरहरुमा त्यहाँ जाने पर्यटकले रात कटाउँथे । अहिले त्यस्तो अवस्था नरहेको वडा सदस्य छेवाङको भनाइ छ । लोमान्थाङमा आधुनिक घरहरु निर्माण हुँदै गरेको र पर्यटकका लागि भीआइपी होटलहरु सञ्चालनमा रहेको उनले बताए । उनले भने,‘यहाँ सङ्ग्रहालयमा पर्यटकलाई विगत र वर्तमान लोमान्थाङको परिवर्तित अवस्थालाई म्यूजिक अवलोकनबाट सबै कुरा जानकारी प्राप्त हुने छ ।’
साथै सङ्ग्रहालयमा यहाँको हिउँदयाम र वर्खायाममा हुने मौसम परिवर्तन र जीवनशैलीको थुप्रै तस्बिरहरु सङ्ग्रहालयमा व्यवस्थापन गरेका छन् । यहाँका कृषि, पशुपालक, चाडपर्व, ऐतिहासिक तथा धार्मिक सम्पदाको तस्बिर ग्यालरी सङ्ग्रहालयमा पुगेर अवलोकन गर्न पाइने वडा सदस्य छेवाङले बनाए  ।

 लोमान्थाङको ऐतिहासिक तिजी र यार्तुङ लगायतका विभिन्न चाडपर्व मनाउने प्रचलन र तरिकालाई सङ्ग्रहालयमा समेटिएको उहाँले बताए । ‘यहाँको महत्वपूर्ण चाडपर्व अवलोकन गर्न नसकेका पर्यटकले सङ्ग्रहालयबाट धेरै कुरा जानकारी प्राप्त हुन्छ,’उनले भने,‘यसले यहाँ आइपुग्ने पर्यटक तथा विभिन्न खोज अनुसन्धान गर्नेका लागि सङ्ग्रहालय उपयोगी बन्न सक्नेछ ।’ छेवाङले सङ्ग्रहालयभित्र सदियाैँ वर्ष पहिले प्रयोग हुने भाडावर्तन, खेतीपातीमा प्रयोग हुने घरेलु औजार, पूजाका सामग्रीलगायत समान सजाइएका छन् । निकै लामो समय युरोप बसेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने हेतुले पुख्र्यौली थलो लोमान्थाङ फर्किएका छेवाङ सामाजिक अभियान्ताका साथै पर्यटन पथप्रर्दशक हुन् । उनले लोमान्थाङ-५ को वडा सदस्यमा निर्वाचित भएपछि त्यहाँका विकास र समृद्धिका लागि लागि परेका छन् । गाउँठाउँमै बसेर केही आयआर्जन गर्न सकिन्छ भनेर अरुले गर्न नसकेको फरक खालको व्यवसाय सुरु गरेको वडा सदस्य छेवाङले बताए । सङ्ग्रहालयमा उपल्लो मुस्ताङ लेण्ड स्कीप तस्बिर र जैविक विविधतालगायत तस्बिर ग्यालरी राखेको छेवाङको भनाइ छ ।

 छेवाङले भदौ १ गतेदेखि लोमान्थाङमा सङ्ग्रहालय स्थापना गरेका छन् । त्यसो त लोमान्थाङमा आमची घ्याचो बिष्टको आयुर्वेद संग्रालय पनि छ । छेवाङले स्थापना गरेको संग्रालय परिवारका सदस्यहरुले आलापालो गरी चलाउने गरेको जानकारी दिए । त्यहाँ संग्रालय अवलोकन गर्ने स्वदशी तथा विदेशी पर्यटकलाई अवलोकन शुल्क वापत दुई सय रुप शुल्क उठाउन गरेको वडासदस्य छेवाङले बताए । तर, स्कुल  र क्याम्पसमा पढ्ने विद्यार्थीहरुका लागि परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाउँने व्यवस्था गरिएको वडा सदस्य छेवाङको भनाइ छ । सङ्ग्रहालयका लागि स्थानीय पालिकामा संस्था दर्ता भइसकेको उनले जानकारी दिए


प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ सोमबार, माघ ५, २०८२
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP