Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ‘हृदय’ पगाल्ने ‘भगवान्’ को कथा
‘हृदय’ पगाल्ने ‘भगवान्’ को कथा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १८, २०८०
hirdaye
Hardik health
काठमाडाैं -  डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोगेका छन‍्  । यसलाई उनले त्यति महत्व दिदैँनन् जति उनी आफ्नो मेडिकल करिअरमा करिब १५ हजारलाई जीवन दिन पाएकामा गौरव गर्छन्  । नेपालमा पहिलो पटक ओपन हार्ट सर्जरी प्रोगाम सुरु गर्ने शल्यचिकित्सक  नै डा कोइराला हुनुहुन्छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मा २०५३ फागुन १६ गते नेपालीबाट नै भएको  पहिलो ओपन हार्ट सर्जरी थियो । ओपन हार्ट सर्जरीमा शल्यचिकित्सकले छातीमा ठूलो चिरा पारेर भित्रको पिंजडारूपी करङ खोली मुटुको शल्यक्रिया गर्छन् । यसमा बिरामी मुटुको भल्भ मर्मत वा फेर्ने, डोनोर (दाता)  मुटु राख्ने, जन्मजात बिग्रेको मुटुलाई मिलाउने तथा लाइफ सेभिङ मेडिकल डिभाइस राख्ने काम हुन्छ । नेपालीहरू मात्रले गरेको  त्यो पहिलो ओपनहार्ट सर्जरी थियो । त्यसपछि वीर अस्पताल, गङ्गालाल हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक सेन्टरमा पनि सुरु भई हालसम्म चलिरहेको छ । अमेरिका र क्यानडाका केही उत्कृष्ट अस्पताल र विश्वविद्यालयको तालिमपछि डा कोइराला नेपालमा ओपन हार्ट सर्जरी गर्न सकिने आत्मविश्वास लिएर आउनुभएको थियो । यसले विदेशमा घुम्न, खान मात्र होइन त्यहाँ सिकेको ज्ञान नेपालमा लागु गर्न अन्य नेपालीलाई पनि प्रेरणा दिन्छ । युक्रेनको खार्किभ नेसनल मेडिकल इन्स्टिच्युटबाट स्नातक र बङ्गलादेशको ढाका युनिभर्सिटीको नेसनल इन्स्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजबाट स्नातकोत्तर डा भगवान् कोइरालाले बेस्टेट मेडिकल सेन्टर, म्यासाचुसेट्स, अमेरिका र टोरन्टो युनिभर्सिटी हस्पिटल फर सिक चिल्ड्रेनमा कार्डियाक सर्जरीसम्बन्धी फेलोसिप तथा बङ्गलादेशबाट एमएस इन कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी गरेका उनी निरन्तर ओपन हार्ट सर्जरी सुरु गर्ने प्रक्रियामा लागिरहे। नेपालको पहिलो मुटु अस्पताल सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र त्रिवि शिक्षण अस्पताल महाराजगन्जको नेतृत्व गर्दै हाल मनमोहन कार्डियोथोरासिक  भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशक,  नेपाल मेडिकल काउन्सिलका अध्यक्ष र इन्स्टिच्युट अफ मेडिसिन, कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी विभाग प्रमुख डा कोइराला र टोलीले गरेको प्रयत्नले नेपालले मुटु रोगको उपचारमा एउटा हैसियत प्राप्त गरेको छ । डा कोइराला र उहाँका सहयोगी, सहकर्मी र  हाकिमहरूको अहोरात्र योगदानले नै नेपालमा मुटुको स्तरीय सेवा सुरु भएको हो र विदेशबाट समेत सोको उपचारमा आउनु  नेपालका लागि  अति नै गौरवको विषय हो । “ भारतको एस्कर्टस तथा अन्य अस्पतालमा नेपाली बिरामीहरु उपचार गराउन जाँदा त्यहीँका डाक्टरले ‘यस्तो समस्याका लागि तपाईंहरु किन आएको ? गङ्गालाल (हृदय केन्द्र) मै उपचार हुन्छ त’ भनेर सम्झाउने गरेको पनि पाइयो । कतिपयले त भारतमा परीक्षण गराउँदा अपरेसन गर्नुपर्छ भन्ने जानकारी पाएपछि फर्किएर गङ्गालालमै अपरेसन गर्न आएको पनि हामीले पाएका थियौँ”, कृतिमा लेखक नेपालको मुटु स्वास्थ्योपचारमा पाइएको विदेशीको समेत यस्तो प्रशंसा र  समाजलाई केही न केही योगदान दिन पाएमा  आत्मसन्तुष्टि व्यक्त गरे  । जीवनमा केही गणना गर्न सकिने हिसाबले नै विभिन्न कुटाइ र र अन्य सङ्कट पार गर्नुभएका डा कोइराला पढ्दा पढ्दै न्युरोको गम्भीर बिरामी हुनाका साथै भेइकलसम्बन्धी एक्सिडेन्टहरू पनि मजाले भोगे । ब्याडमिन्टन र गल्फ खेलाडी उनी केशकर्तन गर्न पनि सिपालु छन्  । हेल्थ एसिस्टेन्टमा ब्याच टप भएर क्राइटेरिया पुगेर पनि बङ्गलादेशमा एमबिबिएस अध्ययन गर्न नपाएका उनले सोभियत सङ्घमा पढ्न पाइएको अर्काे अन्तर्वार्तामा भने ठाडठाडो जवाफ दिएर नाम निकालिछाड्नुभयो जहाँ उनी सुरासुन्दरीविहीन भई पढाइमै हाेमिए । पाल्पाको मध्यमवर्गीय परिवारबाटै उठ्नुभएका उनी कलेजका नियमित विद्यार्थी हुन्  ।  सकभर कुनै पनि क्लासको लेक्चर  छुटाउदैनथे ।  चालिस वर्षअघि नै ब्याच टप गरेर हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी काठमाडौ‌ंस्थित इन्द्रायणी हेल्थ पोस्टमा इन्चार्ज र तीस वर्षअघिदेखि त्रिवि शिक्षण अस्पतालमा हाउस अफिसरबाट जीवनवृत्ति सुरु गरी व्यवस्थापनको जिम्मेवारी लिएका व्यस्त चिकित्सक डा कोइराला आफूले जानेको विषयमा कनिष्ठहरूलाई हस्तान्तरण गर्न अति नै इच्छुक छन्  । कुनै राजनीतिक वाद र दलमा नलागी सबै राजनीतिक व्यक्तिहरूसँग उनको राम्रो सम्बन्ध छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र स्थापना र सञ्चालन, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर स्थापना र सञ्चालन, नागरिक अस्पताल र अर्गान ट्रान्सप्लान्ट सेन्टर सञ्चालनमा सहयोग, ग्रामीण एवं दुर्गम क्षेत्रमा स्थानीय सङ्घसंस्थाका सहकार्यमा दर्जनौँ स्वास्थ्य शिविरमा उनले दसौँ हजार बिरामीलाई मुटुको विशेषज्ञ सेवा दिइसकेका छन् । नसर्ने रोग र सुर्तीजन्य वस्तुको नियन्त्रणबारे राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न, स्वास्थ्य सेवामा विकेन्द्रीकरण गर्न, राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा सहयोग, गरिबहरुलाई मुटुको भल्भ निःशुल्क उपलब्ध गराउन तथा १५ वर्षभन्दा कम र ७५ वर्षभन्दा बढी उमेरकालाई मुटुसम्बन्धी शल्यक्रियालगायतमा सम्पूर्ण उपचार निःशुल्क गराउन उनले योगदान दिएका छन् । गङ्गालाल अस्पतालको व्यवस्थापन राम्रो गरेका आधारमा जनप्रशासन सङ्घ नेपालले ‘हेमबहादुर मल्ल सम्मान’ र व्यवस्थापन सङ्घ नेपालले म्यानेजर अफ द इयर’ उपाधि पनि उनीलाई दिए । अवकाशपछिको जीवन पनि ‘देउता जस्तो’ भगवानले सोचिसक्नुभएको छ – बालरोग विशेषगरी मुटुको  उपचारका क्षेत्रमा काठमाडौंमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र प्रदेशमा एक एक सामान्य बाल अस्पताल स्थापना गर्ने र त्यसैमा समर्पित हुने । सो पवित्र कार्यमा अहिले डा मीनेन्द्र रिजाल जस्ता नेताहरूले पनि सघाउन थालेका छन्  । अस्पतालमा कर्मचारीले चिकित्सकलाई हेप्ने, मन्त्री–सल्लाहकार–नेता र तिनका मान्छेले निःशुल्क उपचार खोज्ने–मादक पदार्थ सेवन गर्ने, मन्त्रीले अस्पतालमा आफ्ना मान्छे नियुक्त गर्न दबाब दिने, अस्पतालको गोदामबाट औषधि हराउने जस्ता दबाब र तनाबका कुरा त उहाँको व्यवस्थापकीय–चिकित्सीय जिम्मेवारीका बेला कति भए कति भए । विदेशमा बसाइँसराइ गर्न जाने कर्मचारीले पनि राजीनामा नदिई बिदामा बसेर पद अड्काउन खोजेको तथा मन्त्री  तथा उच्चस्तरका व्यक्तिलाई आफ्नै पैसाले उपचार गराएको थुप्रै उदाहरण पनि लेखकले निर्धक्क भई दिएका छन् ।  दरबार हत्याकाण्डका बेला पनि सैनिक अस्पताल छाउनीमा राजपरिवारका सदस्यलाई राम्रो उपचार गरेर उनले आफ्नो पदीय जिम्मेवारी राम्रोसँग निर्वाह गरेका छन्, जुन अध्याय रोचक  पनि छ । मुटु तथा फोक्सोसम्बन्धी सेवालाई सबै विकास क्षेत्रमा विकेन्द्रित गर्न हार्टलङ एकेडेमी स्थापनासम्बन्धी अवधारणा भने बिचैमा तुहिएकामा भने उनलाई अति नै दुःख लाग्छ । अहिले भने बालचिकित्सा क्षेत्रमा  क्रियाशील हुँदाहुँदै आफ्नो जीवनको उतारचढाव र स्वास्थ्य क्षेत्रमा आफूले गरेको योगदानलाई लिपिबद्ध गरी ‘हृदय’ पस्केर उहाँले स्वास्थ्य क्षेत्रको आफ्नो समयको इतिहासको ज्ञान सबैलाई बाँडेका छन् । कृतिमा  पुनरुक्ति र सामान्य वर्णविन्यासका दोष छन् नै । चिकित्सा पेसामा रहेकाले उहाँले सोसम्बन्धी प्राविधिक शब्द र सङ्क्षिप्त शब्द अङ्ग्रेजीमा राख्नुभएको छ जसलाई बुझ्ने भाषामा पनि कतै दिइएको भए हुन्थ्यो । निःस्वार्थ र निर्भय डा कोइरालाले आफ्नो नाम सार्थक बनाई व्यक्तिगत जीवन र स्वास्थ्योपचारका साथै तत्कालीन नेपालको राजनीतिक वातावरण  र वैदेशिक स्थितिबारे पनि पुस्तकमा उल्लेख गरेर पाठकहरूलाई गुन नै लगाएका छन्  ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP