Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • गणतन्त्रसँगै अघि बढेको ‘दोधारा चादँनी सुक्खा बन्दरगाह’
गणतन्त्रसँगै अघि बढेको ‘दोधारा चादँनी सुक्खा बन्दरगाह’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १४, २०८०
chadani_dodhara
Hardik health
महेन्द्रनगर- विसं २०६२/६३ को जनआन्दोलनपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्रको जग बस्यो । लोकतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले २०६४ सालको सेरोफेरोमा सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सार्‍यो । कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाको कञ्जभोजमा प्रस्ताव भएको उक्त सुक्खा बन्दरगाह लामो समय प्रक्रियागत र स्थानीयवासीको विरोधमा रुमलियो । लोकतन्त्र स्थापनापछि सरकार र मुलुकको व्यवस्था परिर्वतन हुँदै आएको परिवेशमा आर्थिक समृद्धिसित जोडिएको दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माणले भने गति लिन सकेन । मुलुकका कार्यकारी तहमा आसिन व्यक्तित्वदेखि मन्त्रालय र सरोकारवाला निकायले पटक-पटक पहल गर्दा पनि अघि बढ्न नसकेको सुक्खा बन्दरगाह निर्माणको काम गणतन्त्र स्थापनाको डेढ दशकपछि गति लिन थालेको छ । कञ्जभोजमा स्थानीयवासीको विरोधपछि दोधारा चादँनी नगरपालिका–ं १, २ र ३ मा पर्ने गौरीशङ्कर र मायापुरी सामुदायिक वनमा प्रस्ताव भई विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणको चरणका रहेको बन्दरगाहको विषय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको एजेण्डा बन्ने भएको छ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्कीपुलबाट करिब एक किलोमिटर पूर्वमा पर्ने सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) हालै सरकारले स्वीकृत गरिसकेको छ । भारतले यहाँबाट १४५२ किलोमिटर मात्रै टाढा रहेको गुजरातस्थित मुन्द्रा पोर्टसम्मको पहुँच दिने कुरा कार्यान्वयन भएमा कञ्चनपुर पूर्वको वीरगञ्जको विकल्पका रूपमा नयाँ व्यापारिक नाकाको रुपमा स्थापित हुनेछ । दोधारा चादँनी सुक्खा बन्दरगाहसम्म पुग्ने सडक पूर्वाधार निर्माण भारतीय पक्षबाट भइरहेको छ । सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्माणाधीन पक्की निर्माण सम्पन्न भएपछि सीमा जोडिएको भारतीय क्षेत्रमा समेत अन्तरदेशीय आर्थिक क्षेत्र निर्माणका लागि पहल सुरु हुनेछ । नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाकाका रुपमा विस्तार गर्ने उद्देश्यका साथ अघि बढेको महाकारी करिडोरलाई सुक्खा बन्दरगाहसँग जोड्ने गरी पहल अघि बढेको हो । दोधारा चादँनी सुक्खा बन्दरगाह प्रस्ताव गर्दा सरकारको नेतृत्व गरिरहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिले उक्त बन्दरगाह निर्माणका लागि भारतीय पक्षसँग सम्झौता (एमओयू) मा हस्ताक्षर गर्ने संयोग जुरेको छ । केही महिनाअघि सुक्खा बन्दरगाह प्रस्तावित स्थलको निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले चाँडै निर्माण अघि बढ्ने बताउनुभएको थियो । भारतसँग सम्झौतापत्रमा हस्ताक्षर भएको तीन वर्षभित्र सुक्खा बन्दरगाह निर्माण गरिसक्ने भारतीय पक्षको तयारी रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिका अनुसार भारतले निर्माण गरिदिने दोधारा चादँनी सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भारतमा बनिरहेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले सुक्खा बन्दरगाह निर्माणका लागि भारतसँग सम्झौता हुने विषयले निजी क्षेत्र हर्षित भएको बताउनुभयो । यस कदमले सुदूरपश्चिम क्षेत्रमा विकासको ढोका खुलेको बताउँदै बन्दरगाह निर्माणपछि थप विकास हुने र रोजगारीका अवसर पनि सृजना हुदै जाने उनको भनाइ थियो । “भारतको रुद्रपुरमै औद्योगिक हब छ ।”, मल्लले भन्नुभयो–“दूरीका हिसाबले नजिक भएकाले पश्चिमीनाकाबाट आयात हुने वातावरण बन्ने छ ।” उनले यहाँबाट ३५ किलोमिटरको दुरीमा भारतको रुद्रपुरमा उत्पादन भएको वस्तु सुक्खा बन्दरगाह नभएकै कारण भैरवा र वीरगञ्जबाट आयात भएर उपभोग गर्नुपरेको बताए  । “बन्दरगाह बनेसँगै यहाँबाट नजिक रहेको रुद्रपुरमा उत्पादन हुने वस्तु आयातमा सहजता आउने छ । आवश्यक सामान ल्याउन सयौँ किलोमिटर डुलाउने अवस्थाको अन्त्य हुनेछ भने लगानी बढ्ने स्थिती अन्त्य हुनेछ”, मल्लले भने । यस योजनाले यहाँ रोजगारीका अवसर बन्नुका साथै लगानी मैत्री वातारवण बन्दै जानेमा आशावादी रहेको उनले बताए । कञ्चनपुरमा नेपाल–भारत नाका सहज भएमा यस क्षेत्रमा धार्मिक पयर्टनसमेत विकास हुने मल्लको भनाइ थियो । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पनि तीन वर्षभित्र दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण गरिने उल्लेख गरिएको छ । ईआइए स्वीकृत भएसँगै भारतमार्फत हुने अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि बन्दरगाह निर्माणको प्रक्रिय अघि बढेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण सम्झौताको विषय एजेण्डाका रूपमा रहेको जानकारी दिए । “(एमओयू) मा नै कति वर्षमा निर्माण गरिसक्ने भन्ने विषय उल्लेख हुन्छ ।” उनले भने“सम्झौता भएसँगै निर्माणले गति पाउनेछ ।” यहाँको गौरीशङ्कर साुमदायिक वनको एक सय १७ हेक्टर वन क्षेत्रमध्ये ६३ हेक्टर जग्गा आयोजनको तयारी सुरु गर्न मन्त्रिस्तरबाट स्वीकृत भएको छ । बन्दरगाहका लागि दुई वटा सामुदायिक वनको दुई सय ८० बिघा जमिन प्रस्तावित छ । एकीकृत सुरक्षा जाँच चौकीसहित प्रस्तावित क्षेत्रभित्र भन्सार, बैंक, गोदाम, जाँचपास सेड, सुरक्षा निकाय र रेल्वे प्लेटर्फमलगायत संरचना बन्ने छन् । दोधारा चादँनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशीले सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा स्थानीयमा रहेको बताए । “बन्दरगाह प्रस्ताव हुनासाथ जग्गाको दररेट नै आकाशिएको छ । कुनै बेला भौगोलिक रुपले विकट मानिएको दोधारा चादँनीमा अहिले मुलुककै ठूला आयोजना आउँदा मुहार फेरिने त भइहाल्यो”, उनले भने । – शेरबहादुर सिंह
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २०:५९
#सन्दर्भ_गणतन्त्र_दिवस_२०८०
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP