Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • बहुभाषी र समावेशी बन्दै कविता महोत्सव
बहुभाषी र समावेशी बन्दै कविता महोत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १२, २०८०
Hardik health
- प्रकाश सिलवाल नेपाल प्रज्ञा प्रतिष्ठानले नियमितरूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने भएको छ । हरेक वर्ष असार ९ गते प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा आयोजना हुने महोत्सवलाई नामअनुसार नै ढाँचागत परिमार्जनसहित ‘राष्ट्रिय’ र ‘महोत्सव’ बनाउन सबैले अपनत्व महसुस गर्न सक्नेगरी कार्यक्रम तय गरिएको छ । ‘सबैको प्रज्ञा प्रतिष्ठान’ नीतिअनुसार सम्भव भएसम्म प्रतिष्ठानका सबै विभाग र पत्रिकाका प्रकाशनलाई बहुभाषी बनाउने तयारी प्रतिष्ठानको रहेको छ । गत फागुन ४ गते नियुक्त प्राज्ञसभा सदस्यको कार्यकाल एक सय दिन पूरा भएको सन्दर्भमा कुलपति भूपाल राईले प्रतिष्ठानको ६५ वर्षको लामो इतिहासको निरन्तर कडीका रूपमा जोडिन आएकाले आफू यसको इतिहास, परम्परा, मूल्य, मान्यतालाई आत्मसात गर्दै सशस्त्र जनयुद्ध र त्यसको जगमा भएको ऐतिहासिक जनआन्दोलनपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सन्दर्भमा नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, त्याग र बलिदानको विरासतलाई बोकेर अघि बढिने बताए । उनले भने, “कविता प्रतियोगिता होइन, आम कवि वा स्रष्टाका लागि सिर्जनात्मक वातावरण निर्माण गर्नु हो भन्ने ठहरसहित सहभागितामूलक कविता महोत्सवको आयोजना गरिएको र साहित्यका अन्य विधा (सम्भव भएसम्म सबै विधा) मा पनि यस्तै महोत्सव सञ्चालन गर्ने नीति रहेको छ ।” प्रतिष्ठानका कतिपय पूर्वपदाधिकारीले भने कविता महोत्वसलाई ढाँचा परिवर्तनका नाममा नेपाली खस भाषालाई अवहेलना गर्न खोजिएको र विविध भाषाको कवितालाई एकै मूल्याङ्कनको विधिमा समावेश गर्न नमिल्ने तर्क राख्दै आएका छन् । “वर्तमान नेतृत्वलाई प्रज्ञा प्रतिष्ठानको अविच्छिन्न उत्तराधिकारको निरन्तरतामा रहँदारहँदै पनि यसको काँधमा परम्पराका राम्रा कुराको अनुसरण गर्दै आजको युगसापेक्ष संस्कृतिको निर्माण र रूपान्तरणको दायित्व आइपरेको छ”, कुलपति राईको भनाइ छ, “खास गरेर जनसङ्घर्षको इतिहास, सबै प्रकारका विभेद, उत्पीडन, असमानता, शोषण, अन्यायको अन्त्य र नेपालको वर्तमान संविधानले निर्दिष्ट गरेको समावेशी, समानुपातिक, सङ्घीय गणतन्त्रात्मक व्यवस्था र संविधानमा परिकल्पना गरिएको समाजवाद उन्मुखताका मूल्य, मान्यता, सौन्दर्यअनुरूपको जिम्मेवारीप्रति प्रतिष्ठानको वर्तमान नेतृत्व सचेत र प्रतिबद्ध रहेको छ ।” ‘साहित्यिक पत्रकार राष्ट्रिय पुरस्कार’ स्थापना प्रतिष्ठानले यसअघि साहित्यिक पत्रिकालाई केही आर्थिक अनुदान प्रदान गर्दै आएकोमा यस पटकदेखि मूलधारका साहित्यिक पत्रकार र मातृभाषाका साहित्यिक पत्रकार गरी वार्षिक दुई जनालाई ‘साहित्यिक पत्रकार राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने जनाएको छ । प्रतिष्ठानमा रहेका ११ ओटा विभागमध्ये यसअघि प्रचलनमा रहेको ‘लोकवार्ता तथा बालसाहित्य’ विभाग विषय क्षेत्रअनुसार अमिल्दो भएकाले बालसाहित्यलाई अर्को विषय क्षेत्रमा नमिसाई स्वतन्त्ररूपमा विकास गर्नुपर्ने आवश्यकता बोध गर्दै बालसाहित्यको मात्रै छुट्टै विभाग कायम गरी बालसाहित्यको विकासमा विशेष जोड दिइने उल्लेख गरेको छ । प्रतिष्ठानले संस्कृति, लोकवार्ता र मौखिक इतिहासजस्ता एक अर्कासँग सम्बन्धित विषयलाई समेटेर ‘संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास’ विभागको गठन गरेको छ । जनताका सुख, दुःख, भोगाइ र संस्कृतिको इतिहास मौखिक परम्परामा रहेको र ती सबैको लिखित इतिहास नहुने भएकाले मौखिक इतिहासको सङ्कलन तथा अभिलेखनलाई प्राथमिकतामा राखेको सदस्यसचिव डा धनप्रसाद सुवेदीले बताए । शब्दकोष परिमार्जन गरिने प्रतिष्ठानले प्रज्ञा नेपाली बृहत् शब्दकोशका बारेमा रहेका विवाद र त्यससम्बन्धी परेका उजुरीसमेतलाई मध्यनजर गर्दै शब्दकोश परिमार्जन र विस्तार गर्ने भएको छ । यसका लागि सरोकारवाला संस्थाका साथै विषय विज्ञ, भाषाविज्ञको सल्लाह लिई शब्दकोशलाई सकेसम्म कम विवादित बनाउने प्रयत्न गरिने भएको छ । यस्तै नेपालका मौलिक तथा रैथाने दर्शनको अध्ययन एवं अनुसन्धानमा जोड दिइने र नेपाली भाषाबाट विभिन्न मातृभाषा तथा विदेशी भाषामा, मातृभाषाबाट नेपाली तथा विदेशी भाषामा र विदेशी भाषाबाट नेपाली तथा मातृभाषामा विभिन्न कृतिको अनुवाद तथा प्रकाशनमा जोड दिइने भएको छ । सङ्घीय गणतन्त्र नेपाललाई समग्रमा चिनाउने गरी नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक, साहित्यिकजस्ता महत्त्वपूर्ण पक्ष सात ओटै प्रदेशको अध्ययन अनुसन्धान गरी ‘नेपाल दिग्दर्शन’ विभिन्न भागमा ग्रन्थको प्रकाशन गरिने प्रतिष्ठानको तयारी छ । यो दिग्दर्शनको तयारी अघिल्लो नेतृत्वले गरेको थियो । नेपालमा बोलिने सबै भाषाको साहित्यको समग्र इतिहासको खोजी गर्न प्रतिष्ठानले साहित्येतिहासलाई जोड दिँदै ‘समालोचना तथा साहित्येतिहास’ विभागको गठन गरेको छ । यसअघि प्रचलनमा रहेको ‘समालोचना र निबन्ध’ विभाग विधागत प्रकृतिअनुसार त्यति उपयुक्त नभएकाले त्यसलाई संशोधन गरी निबन्धलाई गद्य विभागमा समावेश गरिएको छ । यस विभागमार्फत नेपाली साहित्यको प्रादेशिक तथा समग्र इतिहासको अनुसन्धान एवं प्रकाशनमा जोड दिइने जनाइएको छ । थारू, तामाङ, मगर र राई भााषामा पत्रिका प्रकाशन हुने प्रतिष्ठानले यसअघि प्रकाशित गर्दै आएका विभिन्न पत्रिकाका अतिरिक्त थारू, तामाङ, मगर, राई (किराती)लगायतका भाषामा पत्रिका प्रकाशन गर्ने र सामाजिक शास्त्र विभागको संयोजनमा ‘अन्वेषण’ नामक अनुसन्धानमूलक पत्रिका प्रकाशन पनि गर्ने भएको छ । भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनका क्षेत्रमा क्रियाशील स्रष्टा, लेखक तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारी अस्पतालमा निजामती कर्मचारीसरह स्वास्थ्योपचारमा सुविधा उपलब्ध गराउन पहल गर्ने, प्रतिष्ठानबाट स्थापित पुरस्कारमा विस्तार गर्ने, सिर्जनवृत्ति तथा अनुसन्धान वृत्तिलाई थप विस्तार गरी प्रभावकारी बनाउने तथा प्रतिष्ठानको वार्षिक उत्सव, अन्तर्राष्ट्रिय दर्शन दिवस, अन्तर्राष्ट्रिय मातृभाषा दिवस, अन्तर्राष्ट्रिय अनुवाद दिवस, विश्व कविता दिवस, समालोचना दिवस, विभिन्न स्रष्टाको स्मृति दिवस आदिमा साहित्यिक गोष्ठी, अन्तरक्रिया आदि कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिष्ठानले जनाएको छ । प्रदेश तथा पालिकास्तरका स्तरसमेतमा प्रतिष्ठान बनेको अहिलेको अवस्थामा प्रतिष्ठानले त्यस्ता प्रतिष्ठान एवं तथा अन्य साहित्यिक संस्थासँगको सहकार्यमा आफ्ना कार्यक्रम अगाडि बढाउनु उचित हुने हुनाले भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको अध्ययन, अनुसन्धान, प्रकाशनका साथै गोष्ठी, अन्तरक्रियालगायतका कार्यक्रममा सहकार्य गर्ने प्रतिष्ठानको योजना रहेको छ । दोहोरो सुविधा कायम प्राज्ञ परिषद्को गत फागुन ११ गतेको बैठकबाट आजीवन सदस्यको दोहोरो सुविधा हटाउने निर्णय हाल सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट निर्णय स्थगन भई सुविधा पूर्ववत् प्रदान गरिएको छ । उक्त निर्णय २०८० वैशाख ४ गतेको प्राज्ञ सभाबाट अनुमोदनसमेत भइसकेकामा सो निर्णयमाथि ११ जना आजीवन प्राज्ञ सदस्यले दिएको रिट निवेदनका आधारमा वैशाख ५ गते सम्मानित सर्वोच्च अदालतबाट तत्काल कार्यान्वयन नगर्ने भनी अन्तरिम आदेश जारी भएपछि निर्णय कार्यान्वयन नभएको सदस्यसचिव डा सुवेदीले बताए  । सय दिनका उपलब्धि प्राज्ञिक नेतृत्वको सय दिनको कार्यकालमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइएको, विभागीय समिति तथा पत्रिकाको सम्पादक मण्डल गठन गरी काम अगि बढिरहेको, इतिहास शिरोमणि बाबुराम आचार्य, साहित्यकार भीमनिधि तिवारी, युगकवि सिद्धिचरण श्रेष्ठ आदि स्रष्टाको स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न भएको जनाइएको छ । यस्तै भाषा, साहित्य, संस्कृति, दर्शन, सामाजिक शास्त्रसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना  र विभिन्न सङ्घ, संस्थासँगको सहकार्यमा गोष्ठी, अन्तरक्रिया, अनुसन्धान तथा प्रकाशनका कार्यक्रमको थालनी भएको छ । प्रतिष्ठानले इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, मकवानपुर, चितवन, बाँके, कैलाली, कास्की, स्याङ्जा, सुर्खेत, दैलेख, कालिकोट, सिञ्जा, जुम्ला, मुगुको रारालगायत देशका विभिन्न क्षेत्रमा भएका भाषा, साहित्य, संस्कृतिसम्बन्धी कार्यक्रममा सहभागिता जनाएको छ । यस्तै प्रगतिशील लेखक सङ्घ तथा स्थानीय संस्थासँगको सहकार्यमा २०८० वैशाख १४ गतेदेखि सप्ताहव्यापी साहित्यिक यात्राका क्रममा सुर्खेत, दैलेख, दुल्लु, कालिकोट, सिञ्जा, जुम्ला खलङ्गा, रारासम्मको सिर्जना यात्राका साथै कविता गोष्ठी, दर्शन, भाषा तथा सामाजिक शास्त्रका विषयमा अन्तरक्रिया कार्यक्रम भई पाँच बुँदे रारा घोषणापत्र जारी भएको छ ।  
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २१:२४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP