Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • बुद्धजयन्ती, चण्डी पूर्णिमा र साकेला
बुद्धजयन्ती, चण्डी पूर्णिमा र साकेला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २२, २०८०
Buddha Jayanti_Sakela
Hardik health
पदम श्रेष्ठ जीवन र जगतबारे वैज्ञानिक, आत्मिक जागरण ल्याउने भगवान् बुद्धको जन्म, सम्बोधी र महापरिनिर्वाण दिवस बुद्धजयन्तीको दिन संयुक्त राष्ट्रसंघले समेत बिदाको घोषणा गरी विश्वभर मनाइने गरेको छ । थोरै जनलाई मात्र थाहा भएको सवाल हो– नेपालमा चैत पूर्णिमाको ल्हुती पून्ही, वैशाख पूर्णिमा स्वायाँ पून्ही र ज्येष्ठ पूर्णिमा नम्रा पून्ही गरी तीनपल्ट बुद्धजयन्ती मनाइन्छ । उपत्यकामा शाक्य बज्राचार्य र तराईका थारुले चैत पूर्णिमालाई बुद्धजयन्तीका रूपमा मनाउँछन् । बहुसंख्यक बौद्धमार्गीहरुले भने वैशाख पूर्णिमाको दिनलाई बुद्धजयन्तीका रूपमा मनाउने परम्परा छ । वैशाख पूर्णिमालाई बुद्धजयन्तीका रूपमा मनाउने परम्परा श्रीलंका, थाइल्याण्ड, बर्मा आदि थेरवादी देशको पात्रोअनुरूप भित्रिएको हो । जुन धर्मावलम्बीले जातीय संस्कारअनुरुप जहिले बुद्ध जयन्ती मनाएता पनि मूल बुद्धको दर्शन शान्ति अहिंसा र सदाचारको सन्देशमा एकरुपता पाइन्छ । सृष्टिको बारेमा मात्र सवाल उठाउने हो भने पनि... अन्य मतपन्थमा संसारको सृष्टि ईश्वरबाट भयो भन्ने गरिन्छ तर बुद्धले ब्रह्माण्डको सृष्टि अलौकिक ईश्वरले नभई हेतु–हेतु अर्थात् पञ्चतत्वबाट भएको तथ्य पस्किएका छन् । पञ्चतत्व (आकाश, वायु, अग्नि, जल र पृथ्वी) लाई हामी सुनेर, सुँघेर, स्वाद लिएर, देखेर र अनुभव स्पर्शद्वारा अनुभूति गर्न सक्छौं । पञ्चतत्वकै भोग इच्छाका कारण पाँच अंग नाक, कान, आँखा, छाला र शरीर उत्पत्ति भएको मानिन्छ । यी हाम्रा अंगलाई ब्रह्माण्डसँग तुलना गर्दा शरीरका प्वाल सबै आकाशको प्रतीक हो भने स्वर प्राण वायु, ताप अग्नि हो । त्यस्तै रगत–पसिनालाई पानी र हाड, मासु, नसा पृथ्वीको प्रतिकृति हो । शब्द, स्पर्श, रूप, रस र गन्धलाई पञ्चगुण मानिन्छ । यसरी हेर्दै जाँदा आकाश शून्यतामा उत्पन्न हुन्छ । अकाशमा वायु उत्पन्न हुन्छ । वायुले अग्नि, ताप र अग्निको कारण जल सृष्टि भयो– बुद्ध दर्शनको सन्देश हो यो । यी सबैको संयोजनबाट पृथ्वी र पृथ्वीका प्राणी सिर्जना भए । जसलाई बौद्धवादी शून्यताबाट ब्रह्माण्डको सृष्टि भएको मान्दछन् । जुन सत्यलाई इ.पू. ५२३ मा नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि विश्वसामु उजागर गरेका हुन् । यही सत्यलाई यसरी पनि व्याख्या गर्न सकिन्छ– पृथ्वी जलमा मिल्छ । जल अग्निले सुकाउँछ । अग्निलाई वायुले निभाउँछ र वायु आकाशमा हराउँछ । यसरी शून्यताबाट सिर्जित सृष्टि शून्यतामा नै बिलाएर जाने हुँदा बुद्ध शून्यवादमा आधारित वैज्ञानिक धर्म हो भनिन्छ । बुद्ध धर्म : दुःख मुक्तिको उपाय बौद्ध गुरूहरू बुद्धधर्मलाई परनिर्भरताविरुद्धको शान्तिपूर्ण आन्दोलन हो, जुन दुःख मुक्तिको उपाय हो भन्न रुचाउँछन् । बुद्धलाई बुझ्न संसारमा सबै प्राणी दुःखी छन्, दुःख उत्पन्नको कारण हुन्छ, जस्तोसुकै दुःखबाट मुक्त हुन सकिन्छ र दुःख मुक्तिको उपाय आर्य अष्टांगिक मार्ग हो भनी स्पष्ट गर्न सकिन्छ । माथि उल्लिखित चार सत्यलाई चतुर्आर्य (चार आर्य) सत्य भनिन्छ र चतुर्आर्य सत्यलाई बुझिसकेपछि हामीले पनि दुःखबारे स्पष्ट हुन सक्दछौंं । -जन्मनु दुःख हो, वृद्ध हुँदै जानु दुःख हो र रोगव्याधिले थला परी मृत्यु हुनु पनि दुःख हो भनी बुझिन्छ । - दुःखको मूल कारण काम, क्रोध, लोभ, मोह र अहंकार अर्थात् तृष्णा हो । -बुद्धले दुःख मुक्तिको उपाय आर्य अष्टांगिक मार्गलाई स्पष्ट पारेका छन् । अन्य धर्ममा दुःख मुक्तिको उपाय ईश्वर भक्तिलाई मानेको पाइन्छ । तर, बुद्धले धनी, गरिब, बलियो, निर्धो सबैलाई समान देख्ने सम्यक दृष्टि र सबैसँग मीठो बोल्ने, सम्यक वचनलाई दुःख मुक्तिको उपाय मानेका छन् । नेपाल विचित्रको बहुजाति, बहुधर्मी, बहुसंस्कृति भएको देश हो । यहाँ एकै समय, एकै जाति, धर्म संस्कृतिमा पनि भिन्नाभिन्नै पर्व मनाइँदै आइरहेको छ । यस्तैमा विश्वभर बुद्ध जयन्ती मनाइरहँदा किरात समुदायमाचाहिँ यस दिन उधौली वा साकेला भव्य मनाइरहेका छन् भने बनेपामा चण्डेश्वरी जात्रा, पलाञ्चोक जात्रा । बुद्धजयन्तीकै दिन बनेपा भ्वतः चण्डेश्वरी जात्राः नेपाल भाषामा त्यो पनि नेपाल नै हो भनिने बनेपामा प्रत्येक वर्ष बुद्धजयन्तीको दिन चण्डेश्वरी अजिमाँको खटजात्रा हुने गर्दछ । चण्डीपूर्णिमा पनि भनिने यस दिन काभ्रेको ऐतिहासिक आठ नेवार बस्ती साँगा, ख्वपासी, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौती एकसाथ जात्रामय बन्दछ । किराँतकालमा भुजुङ र तिब्बतमार्गको बस्ती भएबाट भोत भनिने बनेपाको चण्डेश्वरी जात्रा विशेष चर्चित छ । जुन जात्रा बनेपा नगरको ऐतिहासिक अष्टमातृका पीठमध्ये एउटा पीठ जगाउने जात्रा मानिन्छ । तर, आख्यानअनुसार एक समय चण्डेश्वरी ललितपुरको बुंगद्यो रातो मच्छिन्द्रनाथको रथारोहण जात्रा हेर्न जाँदा ठूलो उत्पात गरी फर्किन्छन् । त्यसैले रातो मच्छिन्द्रनाथ चण्डेश्वरी जात्रा हेर्न बनेपा पुग्दा लाजले देवी चन्दनको रुखमा लुकी मरेको जस्तैगरी जात्रा अगाडि बढाएछन् । यही आख्यानको आधारमा चण्डेश्वरीको मृत्यु भइसक्यो भन्ने देखाउन जात्रामा कहाँ बाजा बजाउने, टोपी–जुत्ता नलगाउने र देवतालाई मृतकजस्तै उत्तानो पारेर लैजाने परम्परा बाँकी नै छ । बुद्ध जयन्ती र पलाञ्चोक भगवती जात्राः किम्वदन्तीअनुसार काभ्रे पलाञ्चोकको बुच्चाकोतका एक जना श्रेष्ठलाई सपनामा मलाई उत्तरतर्फ लानू भनी आदेश दिएछन् । अज्ञात कलाकारद्वारा निर्मित कालो ढुंगाको कलात्मक एक फिट अग्लो भगवतीलाई लैजाँदै गर्दा बीच बाटोमा देवता जानै मानेनछन् । जहाँ देवीलाई प्रतिष्थापित गरी मखन बहालका बज्राचार्य पूजारी राखी जात्रा थालेको बताइन्छ । बुद्धजयन्तीका दिन बनेपा चण्डेश्वरी जात्राको मूल पूजा भइरहँदा पलाञ्चोक भगवती जात्राका लागि द्यःछेबाट धामी काम्दै भगवतीलाई खटमा प्रतिस्थापित गराइन्छ । बनेपा चण्डेश्वरी, नाला भगवती, धुलिखेल भगवती, नाक्साल भगवती, साँगा नासिका र शोभावती दिदी–बहिनी भएको कारण पलाञ्चोक भगवती जात्राअघि उल्लिखित देवस्थलबाट फूल–अक्षता र जल ल्याउने परम्परा छ । जल–प्रसादसँग बोका बलि दिई तीन दिनसम्म भव्य खटजात्रा हुने गर्दछ । भनिन्छ– विश्वप्रसिद्ध कलात्मक पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकारले अन्य ठाउँमा त्यस्तो मूर्ति बनाउन नसकोस् भनी दायाँ हात काटिदिए । बायाँ हातले नक्साल भगवतीको मूर्ति बनाएपश्चात् त्यही बायाँ हात पनि काटिदिएपछि खुट्टाले धुलिखेल भगवती र शोभा भगवतीको मूर्ति तयार गरी कलाको दुनियाँमा नमूना प्रस्तुत गरेको भनाइ छ । उभौली (चण्डी पूर्णिमा): वसन्त ऋतु आरुको बोटमा फूल फुलिरहेको बेला, जब उत्तरी गोलाद्र्धमा गर्मी सुरू हुन्छ, तब भूमध्यसागरतिर क¥याङकुरुङका बथान चोमोलोङ्मा (सगरमाथा) काटेर साइवेरियातर्फ लाग्दछ । ठीक त्यसै बेला किरात भूमिका राई, लिम्बू, याक्खा, सुनुवारहरू धर्ती साह्रै शिथिल छ भन्ने थानी किसान खेत पस्दैनन् । बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा, लेक्पा र सुलुली मन्दिरमा पूजाका लागि लावालस्करसहित भेला हुन्छन् । वैशाख पूर्णिमा बुद्धजयन्तीको बेला किरात समुदाय सुंगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उभौली मनाइरहेका हुन्छन् । किरात मुलतः मूर्तिपूजक होइनन् तर साकेला (उभौली) पर्वमा मूर्ति पुज्ने प्रथाबारे मुन्धुम धर्मशास्त्रले पृथ्वी उत्पत्तिसँग आख्यान जोडेको पाइन्छ । पृथ्वी उत्पत्तिसँगै लुगाका लागि सुम्निमाले तान बुनिरहेको ठाउँमा पारुहाङले अति राम्रो काँगियो (सुखुप) आकाशबाट खसालिदिएछन् । खुसीले गदगद सुम्निमाले आवेगमा यति राम्रो काँगियो खसाल्नेसँगै विवाह गर्ने प्रतिज्ञा गरिन् । तत्काल बूढोको भेषमा देखिएका पारुहाङलाई देख्दा भने सुम्निमाले कुरूप बूढासँग विवाह नगर्ने वचन फेरिन् । बोलीको टुंगो नभएकी सुम्निमालाई झुक्याएर पारुहाङले वीज खुवाइदिए, नभन्दै उनी गर्भवती भइन् । सो कुरा सुलुली युवकले सुम्निमालाई सुनाए, तत्काल सोच्दै नसोची आफूले कसैसँग शारीरिक सम्पर्क नगरेको हुँदा गर्भ रही छोरी जन्मी भने तिमीसँग नै विवाह गरिदिउँला । नभन्दै फेङमा नाउँकी छोरी त जन्मिइन् तर छोरीले लेक्पा नाउँका केटालाई मन पराउन थालिन् । सुम्निमाले धनु र तरवार युद्धमा जसले जित्ला उसैसँग फेङमा छोरीको विवाह गराइदिने घोषणा गरिन् । फेङमाका लागि लेक्पा र सलुलीबीचको युद्धमा लेक्पाको हत्या हुन्छ । आफ्ना प्रेमीको हत्यामा भावविह्वल फेङमा पनि सोही तरवारले सेरिएर आत्महत्या गर्छिन् भने सुलुलीको पनि हृदयघात भई देहान्त हुन पुग्दछ । यही आख्यानका आधारमा लेक्पा, फेङमा र सुलुली थानमा पूजा गर्न जाने परम्परा बसेको बताइन्छ भने प्रत्येक वर्ष साकेला नाच्दा किराती पुर्खा सुम्निमा र पारुहाङका शिष्यबीच धनु तरवारयुद्ध प्रतियोगिता हुँदै आइरहेको पाइन्छ । १५ दिने चण्डी पूर्णिमाः वैशाख पूर्णिमादेखि झण्डै १५ दिनसम्म वर्षात् राम्रो भई अन्नपात सप्रियोस भनी कामना गर्दै साकेला उभौली नाचेर मनाइन्छ । किरातका ४२ भाषामध्ये वान्तवा भाषामा साकेन्वा सिली, सम्पाङ भाषामा साकाल, थुलुङ भाषामा तोषी, खालिङ भाषामा भूमेपूजा, वाम्बुले भाषामा मानियो सिली, कुलुङ भाषामा साख्ले सिली, छिन्ताङ भाषामा वाधाङ र नेपाल भाषामा चण्डीप्याखँ भनिने साकेला सिली पृथ्वीमा सृष्टि भएका सम्पूर्ण जीवयुद्ध परम्परागत गतिविधि प्रदर्शन गर्दै नृत्य गर्ने गरिन्छ । चण्डी नाच अर्थात् साकेला सिलीबारे प्रचलित किम्वदन्तीअनुसार पारुहाङ सुम्निमाबीचको सम्बन्धबाट पहिलो मानिस, दोस्रो बाघ, तेस्रो भालु, र चौथो बाँसको जन्म भयो । बच्चा हुकर्दै जाँदा एक्लो सुम्निमालाई छोडेर पारुहाङ गायव भएछ । सिकार र कन्दमुल खोज्ने क्रममा सुन्निमाले ढुंगामाथि एक किसिमको लहरा फेला पारिन् । त्यो लहरा चाख्दा मनलाई सौर्यवान वीर्यवान प्रफूल्लित मनको कुरा पोख्न उत्प्रेरित गर्ने खालको गुण पाइन् । एकदिन अचानक घर आइपुगेका पारुहाङलाई सुन्निमाले त्यही बुटी खुवाइन् र बुटीको स्वभावअनुरूप हर्षविभोर पारुहाङले आफू स्वर्ग र नर्कको दृश्यावलोकन गर्ने चोमोलुङमा (विश्वको सर्वोच्च शिखर सगरमाथा) ध्यानमा बसेको बताए । यसैबीच आफ्ना चार सन्तानलाई हुर्काएकोमा भावविभोर हुँदै पारुहाङ सुन्निमाका साथ नाच्न थाले । यस आख्यानको आधार पनि साकेला सिली नृत्यमा हुने गर्दछ । अर्को किम्वदन्तीअनुसार दोलखाका किराती राजा बुद्धहाङ आफ्नो पुर्खाले गुमाएको नेपाल खाल्टो पुनःप्राप्त गर्ने आफ्ना सबै प्रजालाई स्थानीय टुँडिखेलमा भेला गराई कूलदेवता हेन्कुबुंगको भव्य पूजा गर्दथे । मुन्धुम धर्मशास्त्रअनुसार पूजा क्रममा राजा बुद्धहाङलाई बहिनी सोइसोइलाले भृगुचराको प्वाँखजति श्रीपेच पहिराइदिने गर्थिन् । यसै क्रममा एकपल्ट बहिनी सोइसोइला मासिक रक्तश्राप हुन पुगिछन् । लाज र ग्लानी वंश श्रीपेच त्यही फ्याँकी सोइसोइला जंगल पसिन् । आश्चर्यचकित जनसमुदायले ‘कुम्भादो सोइसोइला, कुम्भादो’ भन्दै बोलाउन थाले तर सोइसोइला फर्किनन् । भूइँमा खसेको श्रीपेच ढुंगामा परिणत हुनपुग्यो । तत्काल त्यहाँ दुई समूह देखापरे– दोलोको शक्ति सोइसोइलासँगै जंगल गयो भनी विश्वास गरी अड्डी कस्ने प्रकृतिपूजक लिम्बू कहलाए भने दोलोको शक्ति श्रीपेच खसेकै ढुंगामा छ भनी विश्वास गर्ने खुम्बु (राई)का रूपमा प्रख्यात भए । त्यसै बेलादेखि किरातीहरू चाडपर्वका बेला नाम्छोङ्ग पुरोहितद्वारा चोखो, शुद्ध रही पारुहाङ–सुम्निमाको प्रतीक दुई ढुंगा र बीचमा सानो लिंग उभ्याई नाचगानसहित पूजा गर्ने परम्परा थालनी भएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP