Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  •  विश्वासनीय पत्रकारिताको सङ्कल्प
 विश्वासनीय पत्रकारिताको सङ्कल्प
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २१, २०८०
rss_bichar
Hardik health
काठमाडौं -  माघ १९ विसं २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि राजनीतिक दल किंमकर्तब्यविमुढको अवस्थामा थिए । शाही घोषणाविरुद्ध आन्दोलनको भयले केही नेता घरमै नजरबन्द गराइएका थिए भने केहीलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको थियो । सञ्चारकर्मीमाथि मनोवैज्ञानिक दबाब दिन शाही घोषणाअघि नै सञ्चारमाध्यमको कार्यालयमा सेनाले घेरा हालिसकेका थिए । बन्दुक तेस्याउँदै सम्पादकीय कक्षमा अड्डा जमाएर कन्टेन्टमा कैँची लगाउने काम सेनाले गरेको थियो । एफएम रेडियोबाट समाचार प्रसारणमा बन्देज लगाइएको थियो ।स्वतन्त्रपूर्वक लेख्न र बोल्न पाउनुपर्ने माग राख्दै सञ्चारकर्मी सडक आन्दोलनमा उत्रिएका थिए । दलका नेता सडकमा ओर्लिन डराएका बेला नेपाल पत्रकार महासङ्घले रत्नपार्कको निषेधित क्षेत्रमा भूमिगत शैलीमा जम्मा भएर शाही शासनका विरुद्ध प्रदर्शन गरेको थियो । त्यसअघि कोटेश्वर, बालाजु र कलङ्कीमा फाट्टफुट्ट देखिने दलका नेता कार्यकर्ता पत्रकारको यो प्रदर्शनपछि क्रमशःसहरकेन्द्रित भएका हुन् । अर्थात् लोकतान्त्रिक आन्दोलनको अगुवाइ पत्रकारले नै गरेका थिए । सरकारी नियन्त्रणको टेलिभिजनले आन्दोलन दबाउने नाममा शाही शासनका पक्षमा एकातिर अनर्गल प्रचार गरेको थियो भने जनचाहनाअनुसारका समाचार सामग्री दिने काम निजी सञ्चारमाध्यमले गरेका थिए । सञ्चारमाध्यममाथि सर्वसाधारणको विश्वास यति धेरै भयो कि शाही सरकारले सञ्चार जगत्लाई आठौँ दलको सङ्ज्ञा नै दिएको थियो । नेपालमा भएका हरेक परिवर्तनमा मिडियाप्रति सर्वसाधारणले धेरै विश्वास र भरोसा गर्दै आएका छन् । राजाको निरंकुश कदमका विरुद्ध लोकतन्त्रका पक्षमा खुलेर मिडियाले आन्दोलनका पक्षमा काम गरेका थिए । पछिल्लो समय २०६२/६३ को आन्दोलनलाई फर्केर हेर्दा राजनीतिक दल र तिनका नेताको तुलनामा मिडियाप्रति सर्वसाधारणले धेरै विश्वास र भरोसा गरेका थिए । विसं २०६२÷६३ को आन्दोलनको दबाब थेग्न नसकेपछि अन्ततःराजा ज्ञानेन्द्र प्रतिनिधिसभा पुनःस्थापना गर्न बाध्य भएका हुन् । त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिक कार्यक्रममै पत्रकारको योगदानको सरकारले उच्च मूल्याङ्कन गर्ने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री कोइरालासँगको भेटमा महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गर्न माग गरेको थियो । जुन माग सम्बोधन गर्न प्रधानमन्त्री कोइराला सहमत भइहाले । नेपालको संविधान २०७२ को प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरिनु पछाडिको प्रमुख कारण कोइरालाले महासङ्घको प्रतिनिधिमण्डसँग जनाएको प्रतिबद्धता नै हो । यसरी २०६२÷६३ को आन्दोलनलाई फर्केर हेर्दा राजनीतिक दल र तिनका नेताहरुको तुलनामा मिडियाप्रति सर्वसाधारणले धेरै नै विश्वास र भरोसा गरेको प्रष्ट हुन्छ । तर पछिल्लो समय मिडियाको विश्वसनीयता केही धर्मराउन थालेको भनी टिप्पणी हुन थालेको छ । र यस्तो टिप्पणी स्वयं पत्रकारले पनि गरेका हुन् । यसका कारण पत्रकारिताको विश्वासनीयता गुम्ने खतरा बढेको छ । ३०औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै गर्दा पत्रकारले मिडियामाथि प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आफ्नो विश्वासनीयता गुम्दा मिडियाले प्रश्न गर्ने नैतिक साहस गुमाएको छ । राजनीतिक नेतृत्व र सिङ्गो समाजले भुल्न नहुने कुरा के हो भने प्रेस स्वतन्त्रता भनेको पत्रकारको व्यक्तिगत स्वतन्त्रताको कुरा मात्र होइन, यो त अभियानसँग प्रत्यक्ष जोडिएको विषय हो । किनभने प्रजातान्त्रिक शासन व्यवस्थाका पक्षमा त पेसागत मुद्दालाई थाँती राखेर पत्रकार सडकमा उत्रिए नै, साथै व्यवस्थामाथि कुनै खतराका सङ्केत देखा पर्दा राजनीतिक नेतृत्वलाई खबरदारी गर्ने काम पनि मिडियाले गर्दै आएका छन् । पत्रकारिताको विकास र विस्तारका लागि परिवर्तित सन्दर्भमा नयाँ कानुन बनाउनुपर्ने एउटा पाटो छ भने अर्को भएका कानुनको प्रभावकारी कार्यान्वयनका लागि दबाब सिर्जना गर्नु परेको छ । स्वतन्त्र प्रेसका सन्दर्भमा सत्तामा रहँदा र सत्ताबाट बाहिर रहेका बेला दलका फरक धारणा आउने गरेका छन् । व्यावसायिक पत्रकारिता र सञ्चार जगत्लाई बदनाम गराउन जिम्मेवार निकायका प्रमुखका अभिव्यक्ति नै काफी छन् । त्यसैले त उनीहरु प्रेस स्वतन्त्रता नियन्त्रणमुखी कानुन बनाउने तानाबाना बुन्दैछन् । नयाँ संसद्को विधेयक अधिवेशनले प्रेस स्वतन्त्रता र पत्रकारको हकसँग सम्बन्धित कुनै पनि महत्वपूर्ण विधेयक ल्याउन नसक्नु विडम्बनापूर्ण पक्ष हो । मिडियाप्रतिको विश्वास धर्मराउँदै गएको सन्दर्भमा दोस्रो विश्व युद्धताका अमेरिकाबाट प्रकाशित टाइम र लाइफ म्यागेजिनका प्रकाशकले सिकागो युनिभर्सिटीका प्रोफेसर रोबर्ट हचिन्सको अध्यक्षतामा आधुनिक लोकतन्त्रमा मिडियाको भूमिका कस्तो हुनुपर्छ भनेर प्राज्ञिक अध्ययनका लागि ‘हचिन्स कमिशन’ गठन गरेका थिए । आफ्नो भूमिका कस्तो छ भनेर अध्ययन गर्नका लागि हचिन्स कमिशन गठन गरिएको थियो । जुन अध्ययनका लागि मिडिया स्वयंले लगानी गरेको थियो । चार वर्ष काम गरेपछि कमिशनले सन् १९४७ मा समाजप्रति उत्तरदायी हुनु प्रेसको नैतिक दायित्व हुनेछ भन्ने निष्कर्ष निकाल्यो । त्यसैकारण आजको दिनमा पत्रकारिताको सामाजिक उत्तरदायित्वको प्रसङ्ग कोट्याउँदा ‘हचिन्स कमिशन’को नाम सबैभन्दा अगाडि आउँछ । सामाजिक उत्तरदायित्वको सिद्धान्तले मिडियाले समाजका लागि जेजति काम गर्छ, ती सबै समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरामा जोड दिएको छ । त्यसकारण मिडियालाई नैतिक दायित्वको ख्याल गर्दै जवाफदेही र उत्तरदायी बनाउन सामाजिक उत्तरदायित्वको सिद्धान्त अगाडि आएको हो । नेपालका सन्दर्भमा मिडियाप्रतिको विश्वास धर्मराउन थाल्नुको मुख्य कारण मिडियाले प्रश्न गर्न नसक्नु नै हो । दलका नेता, तिनका अभिव्यक्ति र क्रियाकलापबारे प्रश्न नगर्नु भनेको उनीहरुले जे गरे ठीक गरे र अहिले जे गरिरहेका छन् त्यो पनि ठीक छ भन्ने निष्कर्षमा पुग्नु हो । मिडियाले प्रश्न नगर्दा कसैलाई खुसी पार्न सकिएला, पत्रकारका लागि क्षणिक लाभ पनि होला । तर यस्ता प्रवृत्तिले लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाउछ । लोकतन्त्रका खम्बा हल्लिन पुग्छन् । त्यसकारण लोकतन्त्रको जग बलियो बनाउन पत्रकारले प्रश्न गर्नैपर्छ । पत्रकार बलियो नभई पत्रकारिता र लोकतन्त्र बलियो हुन सक्दैन । पत्रकारिता स्वतन्त्र, बलियो र प्रभावकारी नहुँदा लोकतन्त्र पनि सुदृढ हुन सक्दैन । लोकतन्त्रको सुदृढीकरणको अभावमा जनताको मौलिक अधिकार पनि सुरक्षित नहुने निश्चित छ । मिडियामार्फत समयमै प्रवाह गरिने सही सूचनाले अन्ततः प्रजातान्त्रिक शासन व्यवस्थालाई नै बलियो बनाउँछ । तर सूचनाप्रतिको विश्वास नभएमा न पत्रकारिता अघि बढ्न सक्छ, न त त्यस्तो पत्रकारिताले प्रजातान्त्रिक पद्धतिलाई बलियो नै बनाउँछ । प्रजातान्त्रिक संस्था धराशायी हुँदै गएको सन्दर्भमा पछिल्लो समय खासगरी नेपालको बौद्धिक जगतले मिडियाको भूमिका थप सशक्त हुनुपर्ने महसुस गर्न थालेको छ । जनमत निर्माण गर्ने सन्दर्भमा सबैभन्दा महत्वपूर्ण भूमिका मिडियाको नै रहेको हुन्छ । हामीले ३०औँ विश्व प्रेस स्वतन्त्रता मनाउँदै गर्दा राज्यका निकाय र सिङ्गो समाजलाई सच्चिन दबाब दिनुपर्ने मिडियाकर्मी पहिला आफैँ सच्चिनुपर्ने पत्रकारहरुले निष्कर्ष निकालेका छन् । त्यसैले सरकारलाई झक्झक्याउने मिडिया जगतले आत्मसमीक्षा गर्ने, हिजोका दिनमा भएका गल्ती कमजोरी स्वीकार्ने र आगामी दिनमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुपर्छ । यसो भएमा मिडियाको गुमेको विश्वसनीयता पुनःफर्काउन सकिन्छ । (लेखक पत्रकारिताका अध्यापक हुन्)
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP