Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
वार्षिकोत्सव विशेष
  • Home
  • वार्षिकोत्सव विशेष
  • पुनःएकीकरणमार्फत उद्यमशीलता प्रवर्द्धन
पुनःएकीकरणमार्फत उद्यमशीलता प्रवर्द्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १२, २०८०
10th ani_upreti
मुलुकको विकासका लागि यहाँ रहेका साधन स्रोतहरुको उपयुक्त परिचालन हुन जरुरी छ । उपयुक्त रुपमा मुलुकमा जे–जति स्रोत साधनहरु छन् तिनको संरक्षण गर्ने, विकसित गर्दै लैजाने र ती उपलब्ध साधन स्रोतहरुको भरपुर परिचालन गर्न सकियो भनेमात्रै उत्पादनमूलक काममा नेपाली श्रमिकहरुलाई लगाउन सकिन्छ । साधन स्रोतको उपयोगले गर्दा हामीले अर्थतन्त्रमा रहेको व्यापार घाटाको पक्षलाई पनि न्यूनीकरण गर्दै लैजान सक्छौं । अहिले हामी १६/१७ गुना सामान आयात गरिरहेका छौं । यसको एक भागमात्रै हामीले निर्यात गर्न सक्षम भएका छौं । यसले गर्दा समग्रमा नेपालको व्यापार घाटाले गर्दा मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको छ । पछिल्लो चरणमा हरियो वन नेपालको धन, कृषिप्रधान देश नेपाल, पर्यटन हाम्रो आधार भन्ने जस्ता नाराहरु कमजोर हुँदै गएका छन् । हामी हरेक सामानहरु वैदेशिक उत्पादनसँग निर्भर हुन थाल्यौं । [caption id="attachment_62001" align="alignleft" width="300"]डा. द्वारिका उप्रेती कार्यकारी निर्देशक, वैदेशिक रोजगार बोर्डको सचिवालय डा. द्वारिका उप्रेती
कार्यकारी निर्देशक, वैदेशिक रोजगार बोर्डको सचिवालय[/caption] पछिल्लो अवस्थामा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पठाएको रेमिट्यान्सबाट मात्रै मुलुकको अर्थतन्त्र धानिएको स्थिति छ । २३/२४ प्रतिशतको हाराहारीमा हाम्रो देशको अर्थतन्त्रको आधार वैदेशिक रोजगारी बनेको छ । अर्थात् कूल बजेटको २७२८ प्रतिशत वैदेशिक रोजगारीलाई फोकस गरेर त्यसैमा आधारित भएर बजेट बनेको छ । जसले गर्दा अहिले वैदेशिक रोजगारी जरुरी जस्तो देखिएको छ । तर, दीर्घकालका लागि श्रमिकहरुलाई विदेशमा पठाएर आउने आम्दानीले मुलुक धनी हुँदैन । यो भनेको अल्पकालीन परिस्थितिका लागिमात्रै हो । जबसम्म आन्तरिक स्रोतहरुको परिचालन गरी रोजगारी सिर्जना गर्न सक्दैनौंं ती अवधिभरिका लागिमात्रै वैदेशिक रोजगारीलाई बढावा दिनुपर्ने हुन्छ । यसपछि भनेको हाम्रो पुँजी, ज्ञान र प्राविधिको तयारी भइसकेपछि नेपाली श्रमिकहरुलाई स्वदेशमा नै काम दिने व्यवस्था गर्न सक्छौं । यसले गर्दा मुलुकको अर्थतन्त्र उकालो लाग्छ ।   अहिले ३२ वटा बैंकबाट घटेर २२ वटामा सीमित भएका छन् । अर्थतन्त्र चलायमान हुन नसक्दा बैंकिङ क्षेत्र खुम्चिएको मेरो निष्कर्ष छ । सबै कार्यालयमा कुनै पनि शीर्षकमा सरकारले २० प्रतिशत बजेट घटाएर काम गर्नु भनिरहेको छ । विभिन्न कार्यालयहरुमा तलब भुक्तानी गर्न समस्या भइरहेको छ । सरकारले अहिले भौतिक निर्माणको क्षेत्रमा बजेट कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तलब वृद्धि गर्नसक्ने अवस्था छैन । सामाजिक सुरक्षासम्बन्धी बजेटमा पनि वृद्धि गर्नसक्ने अवस्था छैन । हामीसँग भएको साधन स्रोतको परिचालन गर्न नसक्दा यस्तो कमजोर स्थितिमा पुगेका हौं । नेपालका विभिन्न ठाउँमा रहेका साधन स्रोतलाई प्रयोग गर्न सक्ने हो भने ४०/५० लाख श्रमिकले नेपालमा नै रोजगारी पाउन सक्छन् । औपचारिकरुपमा विदेश गएकाहरुको संख्या २४/२५ लाख र अनौपचारिकरुपमा पनि त्यति नै संख्याको हाराहारीमा वैदेशिक रोजगारीमा रहेको देखिन्छ । यी सबैलाई नेपालमा नै काम दिन सकिन्छ । नेपालमा हुने रोजगारी उपलब्धिमूलक हुन्छ कि हुँदैन त्यो एउटा सन्दर्भ हुन सक्ला तर वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई समेट्ने सन्दर्भमा भर्खरै वैदेशिक रोजगार बोर्डको सचिवालयले एउटा निर्देशिका जारी गरेको छ । जसलाई पुनःएकीकरण (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७९ भनिएको छ । उक्त निर्देशिका अनुसार हामीले वैदेशिक रोजगारीबाट फर्केर आउने लाभग्राहीहरुको सूची तयार पार्ने, हरेक स्थानीय तहले तयार पारेको सूची तत्तत् पालिकामा श्रमिकहरुको सीप, पुँजी र प्रविधिको मूल्यांकन गर्ने र त्यसको आधारमा कुन–कुन पालिकामा कस्ता तालिम दिँदा उद्यमी बनाउन मद्दत पुग्छ र रोजगारीको सिर्जना हुन्छ भन्नेमा ध्यान दिएका छौं । यसबाहेक श्रमिकहरुको सीपसँग सम्बन्धित, प्रविधिसँग सम्बन्धित, पुँजीसँग सम्बन्धित र अनुभवसँग सम्बन्धित भएर गरिने विभिन्न कार्यक्रम उत्पादनमूलक होस् र खासगरी कृषिलाई बढी प्रथमिकता दिइयोस् भन्ने हेतुले निर्देशिक जारी गरिएको हो । निर्देशिका अनुसार पुनःएकीकरण कार्यक्रम सञ्चालनका लागि एउटा समन्वय गर्ने समिति वैदेशिक रोजगार बोर्डमा हुन्छ र अर्को कार्यान्वयन गर्ने समिति स्थानीय तहमा हुन्छ । समन्वय गर्ने समितिको संयोजक बोर्ड सचिवालयको कार्यकारी निर्देशक रहने र कार्यान्वयन गर्ने समितिको संयोजक तत्तत् पालिकाको उपप्रमुख वा उपाध्यक्ष हुने छन् । यसैलाई आधार मानेर हामीले पाइलट प्रोजेक्टको रुपमा वैदेशिक रोजगारबाट फर्किएका तीन हजार जनालाई तालिमको व्यवस्था गर्ने भनेर १५ करोड रुपैयाँ छुट्याइएको छ । उक्त बजेटबाट श्रमिकहरुलाई सामाजिकरुपमा स्थापित गराउन मनोसामाजिक परामर्शको तालिम दिने र उत्पादनसँग सम्बन्धित उद्यमशीलताको तालिम दिइनेछ । वैदेशिक रोजगारीबाट फर्किएकाहरुको विस्तृत विवरण खुलाएर स्थानीय पालिकाले बोर्डसँग समन्वय गरिरहेका छन् । जुन–जुन पालिकाले विस्तृत विवरण संकलन गरेका छैनन् उनीहरुलाई अर्को कार्यक्रममा समेट्ने योजना बनाइएको छ । अहिले ८५ वटा पालिकाले कार्यक्रम सञ्चालनका लागि निवेदन दिएका छन् । जसमध्ये ८१ वटा पालिकामा कार्यक्रम सञ्चालनका लागि सम्झौता भइसकेको छ । कार्यक्रम सञ्चालनका लागि स्थानीय तहमा तालिमसमेत सञ्चालन गरिसकिएको छ । ७५३ वटै पालिकामा रोजगार संयोजक रहेका छन् । रोजगार संयोजकले आन्तरिक र वैदेशिक रोजगारीलाई सहयोग र समन्वय गर्ने काम गर्ने छन् । ती संयोजकहरुले पनि हामीले सञ्चालन गरेको कार्यक्रमलाई सपोर्ट गरिरहेका छन् । यस्तै स्वीस प्रोजेक्टअन्तर्गत सामी परियोजना पनि सञ्चालनमा रहेको छ । यो योजना १५६ स्थानीय तहमा सञ्चालित छ । सामी परियोजनाका कर्मचारीले पनि यो कार्यक्रमलाई सघाउने छन् ।साथै, आन्तरिक रोजगारी सिर्जना गराउन अर्थ मन्त्रालयअन्तर्गत रहेको समृद्धि परियोजनाले पनि काम गरिरहेको छ । स्थानीय तहमा काम गर्ने एनजिओका प्रतिनिधिहरुलाई पनि यस कार्यक्रममा समावेश गर्न सकिनेछ र वैदेशिक रोजगारीका विज्ञहरुलाई पनि समावेश गरेर कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । स्थानीय तहहरुले सञ्चालन गर्ने कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएकाहरु लाभान्वित हुन्छन् भन्ने कुरामा हामी विश्वस्त छौं र राज्यपक्ष पनि विश्वस्त छ । स्थानीय तहलाई दिइएको कार्यान्वयनको अधिकार र उत्पादित सामग्रीहरुको बजारीकरणमा स्थानीय तहलाई नै जिम्मेवार बनाइनु नै विश्वस्नीयताको आधार हो ।पहिलो चरणमा तीन हजार जनालाई तालिम दिनेछौं र यसको प्रभावकारिताको आधारमा आगामी कार्यक्रममा यो भन्दा बढी वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई समावेश गर्ने गरी पुनःस्थापना गराउने तयारी गराउँदै छौं । पुनःस्थापनाको कार्यक्रम आगामी बजेटमा पनि समावेश गरेका छौं । कति रकम छुट्याउने भन्नेबारे बोर्ड बैठकले निर्धारण गर्नेछ । विदेशबाट फर्किएकाहरुलाई स्थापित गर्न सकियो भने हामीसँग भएको साधन स्रोतलाई भरपुर तरिकाले. परिचालन गर्छौं र मुलुकमा रहेको अर्थतन्त्रलाई केही वर्षमा नै उकालो लाग्नसक्ने अवस्था बनाउन सक्छौं । तर, सधैँ रेमिट्यान्सको भर परियो भने कुनै पनि कारणले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर भएन र गन्तव्य मुलुकमा भएका श्रमिकहरु फर्किनुप¥यो भने मुलुकको अर्थतन्त्र चौपट हुने र आन्तरिक द्वन्द्वको सुरुआत हुने खतरा हुन्छ । यसकारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा निराशा नआओस् र उत्पादनमूलक काममा लागून् भनेर पुनःएकीकरण गर्नुपर्छ भनेर नै कार्यक्रम सञ्चालनको सुरुआत गरिएको हो । हामीसँग लाभग्राहीको यकीन तथ्यांक नभए पनि हरेक पालिकालाई त्यसको संकलन गर्न पत्राचार गरेका छौं । यसको यकीन विवरण आइसकेपछि कम्तीमा दुई वर्ष विदेशमा काम गरेकाहरुलाई लाभग्राहीको सूचीमा राख्नेछौं । दुई वर्ष अगावै फर्किनेहरु लाभग्राहीमा नपर्ने व्यवस्था छ । यो कार्यक्रम विभिन्न दातृ निकायहरुले सञ्चालन गर्ने परियोजनाजस्तै हो । प्रारम्भिकरुपमा बोर्डले यो कार्यक्रम सञ्चालन गरे पनि विस्तारै स्थानीय पालिकाहरुले स्वामित्व लिनुपर्ने हुन्छ । बोर्डले एउटा ट्र्याक देखाउनेछ भने कालन्तरमा स्थानीय तहको आफ्नै योजना हुनेछ । पुनःएकीकरण कार्यक्रममा सैद्धान्तिक मात्रै नभएर प्रयोगात्मक तालिमसमेत हुन्छ । मनोसामाजिक परामर्श र उद्यमशीलता यसका आयाम हुन् । एउटा लाभग्राहीका लागि सरकारले ४२–४३ हजार रुपैयाँ तालिमका लागि खर्च गर्नेछ । यसबाट बचत हुन आउने रकममा स्थानीय तहले चाहेमा केही रकम थपेर लाभग्राहीलाई ‘सिड मनी’ (बीउ पुँजी)को रुपमा उपलब्ध पनि गराउन सक्छ । जसका कारण थोरै पुँजीमा पनि आयमूलक व्यवसाय सञ्चालनका लागि टेवा पुग्नेछ ।तसर्थ, वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई समाजमा स्थापित गराउन र रोजगारी सिर्जना गराउन यस कार्यक्रमले उल्लेख्य योगदान पु¥याउन सकोस् भन्ने अभिप्रायका साथ बोर्डले काम गरिरहेको छ । (कुराकानीमा आधारित)
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:३७
#वार्षिकोत्सव_विशेष #डा. द्वारिका उप्रेती
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वार्षिकोत्सव विशेष
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का
शिक्षा क्षेत्रमा देखिएको सुधारका झिल्का बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र
वैदेशिक रोजगार र मुलुकको अर्थतन्त्र बुधबार, वैशाख १३, २०८०
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा
संकटोन्मुख अर्थव्यस्थामा बजेटको भरोसा बुधबार, वैशाख १३, २०८०
वैदेशिक रोजगारीको कहर
वैदेशिक रोजगारीको कहर बुधबार, वैशाख १३, २०८०
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन
रोजगारी, वैदेशिक रोजगारी र विप्रेषण व्यवस्थापन बुधबार, वैशाख १३, २०८०
सीमा सुरक्षामा बिओपीको भूमिका
सीमा सुरक्षामा बिओपीको भूमिका मंगलबार, वैशाख १२, २०८०
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम
लिखुका जलविद्युत्ले निम्त्याएको सामाजिक जोखिम मंगलबार, वैशाख १२, २०८०
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP