Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • तामाङको किपट राज्य तेमाल र उग्येन पेज्युङ डुब्देलिङ गुम्बा
तामाङको किपट राज्य तेमाल र उग्येन पेज्युङ डुब्देलिङ गुम्बा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ५, २०८०
gumba
Hardik health
-पदम श्रेष्ठ हरेक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिनदेखि काभे्रको नमोबुद्ध, काठमाडौंको बौद्ध महाचैत्य, स्वयम्भू, बालाजुको बाइसधारा नुहाई जामाचो (नागार्जुन) मेला भर्ने दिन हुने तेमाल (तिमाल) जात्राले तामाङ सभ्यताको पहिचान दिन्छ । नेवार समुदायमा बालाजु बाइसधारा नुहाउने चैत्र पूर्णिमाका दिनलाई ल्हुति पुन्हीः भनी बाइसधारा नुहाएर नागार्जुन डाँडाको चैत्य परिक्रमाले पुन्य मिल्छ भनिएझैं तामाङ समुदायमा यस दिन तेमाल जात्राको नाउँमा चिउरीको घिउमा मृतकको अस्तु मिसाएर बनेको बत्ती बाल्दै मृतकको नाउँमा बौद्ध चैत्यको परिक्रमा गरे पितृ आत्माको उद्धार हुन्छ भन्ने मान्यता पाइन्छ । सोही तेमाल सभ्यतालाई पुनःजागृत गराउने उद्देश्यले काभ्रे जिल्लाको तेमाल गाउँपालिकास्थित टेकानपुरमा उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माण सम्पन्न भएको छ । अभियन्ता सञ्चारकर्मी जगत दोङको संयोजकत्वमा भएको गुम्बा भौतिक निर्माण मात्र नभई यस क्षेत्रको पहिचान र विकासलाई व्यापकता दिँदै जाने पनि रहेको बताइएको थियो ।
  [caption id="attachment_38893" align="alignleft" width="150"] पदम श्रेष्ठ[/caption]

बाह्रपाकही स्यार्ता र १८ सय खोला तामाङ राज्यहरुमध्ये तेमाल राज्यको समृद्ध पहिचान रहेको मान्न सकिन्छ । सोही पहिचानलाई उजागर गर्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लैजाने उद्देश्यबाट सो गुम्बा निर्माण भएको गुम्बा निर्माणका मुख्य अभियन्ता सञ्चारकर्मी दोङले स्पष्ट पारे ।गुम्बाको माध्यमबाट वरिपरिका नांगो डाँडामा वृक्षरोपण, यातायात, कृषि र धार्मिक पर्यटन प्रवद्र्धन गर्दै लैजानुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

‘तामाङ इतिहास र सभ्यता खोज्नु छ भने तेमाल जानू’ भन्ने आख्यान रहनुले पनि काभ्रे जिल्लाको तेमालको ऐतिहासिक सांस्कृतिक सभ्यता उँचो रहेको प्रमाणित गर्दछ । गुरु पद्यसम्भवले ध्यान गरी सिद्धता प्राप्त गरेको तेमालको इतिहास, सभ्यता र संस्कृतिलाई पुनःजागृत गर्दै लैजाने उद्देश्यबाट सञ्चारकर्मी दोङको पहलमा महायान सम्प्रदायअन्तर्गतको गुम्बा निर्माण भएको हो । दोङका आफ्नै मातापिता च्याम्पु पाख्रिन र गुञ्जमान दोङले दुई रोपनी १५ आना जग्गा दान दिएका थिए । सो विहार निर्माणका लागि स्थानीयवासी तथा देश विदेशमा रहेका चन्दादाताहरुबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको थियो ।काभ्रे रोशी नदीबाट करिब आठ किलोमिटर थाडै एकनाले कच्चीबाटो उक्लिएपछि ठडिएको महायानी गुम्बाको अनावरण गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गुम्बा थडिनुले तेमाल सभ्यता, संस्कृति र विकासलाई एकसाथ उठाउनमा योगदान पु याउने बताए । गृहमन्त्री श्रेष्ठले आफू भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा तत्कालीन तामाङ राजा रिञ्जेनदोर्जेको दरबार रहेको भनिएको भग्नावशेषसम्म पुग्ने सडकमार्ग निर्माणको प्रस्ताव आएको स्मरण गर्दै आफू गृहमन्त्री भएपछि पनि माम्ती पुलदेखि नारायणस्थानसम्मको सडक स्तरोन्नतिको जिम्मा आफूले लिने घोषणा गरे । उनले जनभावनाको कदर गर्दै अन्य राजनीतिक पार्टी तथा प्रशासनिक निकायसँग छलफल गरी त्यस क्षेत्रको सडक तथा गुम्बाका बाँकी काम पूरा गर्न आवश्यक बजेट व्यवस्थापन र तेमालको सभ्यता संरक्षणमा पहल गर्ने वचन दिए । तामाङ सभ्यताको दस्तावेज तेमाल नेपाल भाषाको प्रथम चलचित्र शिलुमा रसुवाको गोसाइँकुण्डलाई मल्लकालसम्म पनि तामाङ राज्य भनिएझैं काभ्रेको तेमाल क्षेत्रको पनि उत्खनन हुँदा तेमाल राजदरबारको भग्नावशेष फेला परेको थियो । पुरातत्व विभाग, ताम्सालिङ नलेज सेन्टर र रिञ्जेन दोर्जे प्रतिष्ठानको संयुक्त पहलमा भएको अध्ययनले तेमालमा तामाङ राजाको दरबार भेटिएको प्रमाणित भएको थियो । जहाँ पाँच–दश इञ्चका बुट्टेदार इँटाबाट १७औं शताब्दीतिर बनेको भग्नावशेष फेला परेको थियो । भनिन्छ– नेपाल एकीकरणअघि रिञ्जेन दोर्जे बलको शासन थियो तेमालमा । जहाँ भारतबाट तिब्बत जाने क्रममा गुरु पद्यसम्भवले ध्यान केन्द्रको रुपमा प्रवद्र्धन गरेका थिए । तेमाल गिम्दीमा प्राप्त ने.सं. २३४ को शिलापत्र र ने.सं. ८५६ को ताम्रपत्रअनुसार मल्लकालसम्म यहाँ ज्याम्याङ लामाले किपट राज्य चलाएको खुल्दछ । सन् १६०६ मा राम शाहदेखि गोरखा राज्य विस्तार गर्दा तामाङ राज्यको थुप्ता घलेको हत्या भई बाह्रपाकही स्यार्ता र १८ सय खोलालाई गोरखा राज्यमा गाभेको तामाङ अनुसन्धाता रविन्द्र ग्यावकको ‘तामाङ थर एक अध्ययन’मा उल्लेख छ । बाह्रपाकही स्यार्ता र १८ सय खोला तामाङ राज्यहरुमध्ये तेमाल राज्यको समृद्ध पहिचान रहेको मान्न सकिन्छ । सोही पहिचानलाई उजागर गर्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लैजाने उद्देश्यबाट सो गुम्बा निर्माण भएको गुम्बा निर्माणका मुख्य अभियन्ता सञ्चारकर्मी दोङले स्पष्ट पारे । गुम्बाको माध्यमबाट वरिपरिका नांगो डाँडामा वृक्षरोपण, यातायात, कृषि र धार्मिक पर्यटन प्रवद्र्धन गर्दै लैजानुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । गुम्बा निर्माण समितिले गुम्बा, मठ मन्दिरहरु पूजा र प्रार्थना गर्नका लागि मात्र नभई जीवन जगतको उद्धार गर्न र सहज जीवनको मार्गमा लाग्नका लागि हुने प्रतिबद्धता जनाएको छ । भुटानी कलाकारको भव्य कला नेपाल मूर्तिकला, धातुकला, काष्ठकलाको दुनियाँमा विश्वप्रसिद्ध मानिन्छ । अरनिकोलगायतका कलाकारहरुले उत्तर चीन तिब्बतसहित विश्वभर आफ्नो कला प्रवद्र्धन गरी विश्वमा नाम कमाएका थिए । एक समय भुटान सरकारको आमन्त्रणमा नेपाली मूर्तिकारहरुले भुटानका थुप्रै गुम्बा, चैत्यहरु निर्माण गरेका थिए । त्यही सम्बन्धलाई स्मरणयोग्य बनाउन जनस्तरबाट निर्माण भएको उग्येन पेज्युङ डुब्देलिङ गुम्बा तथा मूर्तिहरु भुटानका कलाकार उग्येन वाङ्दीको नेतृत्वमा निर्माण भएको हो । विगत एक दशकदेखि नेपाललाई कर्मभूमि बनाएर मूर्ति निर्माण कार्यमै पारंगत कलाकार वाङ्दीको टोलीले गुरु रिन्पोचे (सात फिट), गुरु ढाक्पो (पाँच फिट), सिङ्दोङमा (पाँच फिट) खाण्डो हिशे छ्योजेल र मेन्दारावा (चार–चार फिट)का मूर्तिहरू बनाएका हुन् ।गत वर्ष २०७७ पुस २० देखि निर्माण कार्य सुरू गरेर गुम्बाका लागि मुख्य भवन निर्माण सम्पन्न भएपछि भुटानको खाइबा (कलाकार) टोली उक्त मूर्ति बनाउन नेपाल आएको थियो । उग्येन पेज्युङ डुब्देलिङ गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतमान दोङका अनुसार गुम्बा निर्माण अभियानका क्रममा स्वदेश तथा विदेशमा बस्ने श्रद्धालु, भक्तजनलगायत सहयोगीहरूबाट करिब एक करोड रूपैयाँ चन्दा सहयोग जुटेको थियो । उक्त रकमबाट गुम्बाको भवन तथा मूर्ति निर्माण, गुम्बाको मूल कोठामा भित्ते लेखन, प्रशासनिक भवन र शौचालय निर्माणलगायत तथा गुम्बाभित्र बुट्टाहरू बनाउने काम सम्पन्न गरिएको हो । गुम्बामा अझै पुस्तकालय, ध्यान केन्द्रलगायतका संरचना निर्माण कार्य बाँकी नै रहेको गुम्बा निर्माण समितिका अध्यक्ष दोङको भनाइ छ । गुम्बालाई केवल धार्मिक कर्मकाण्डका लागि मात्रै सीमित नराखी सामाजिक अभियानसँग जोड्ने योजना उनले सुनाए । गुम्बामार्फत बौद्ध दर्शन प्रवद्र्धन, बौद्ध शिक्षा विस्तार तथा विभिन्न सामाजिक कार्यहरुका साथै तेमाल क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्न सहयोग गर्ने दोङ बताउँछन् । गुरु पद्यसम्भवले तपस्या गरेको तपोभूमि भएको हुँदा बौद्धमार्गीहरुका लागि तेमाल अति महत्वपूर्ण रहेको छ । नवनिर्मित उग्येन पेज्युङ डुब्देलिङ गुम्बाले यस क्षेत्रको महत्वलाई थप बढाउँदै समग्र तेमाललाई प्रवद्र्धन र विकास गर्न योगदान पुर्‍याउने देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP