Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिपक्षमा आलोपालो !
प्रतिपक्षमा आलोपालो !
आइतबार, चैत ५, २०७९
samsad
Hardik health
– दुई महिना एक साता सत्तामा बसेको एमाले प्रतिपक्षमा – कांग्रेस, नेकपा एस, लोसपा र जनमोर्चा सत्तापक्षमा – राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा गठबन्धनको नयाँ समीकरणले एमाले अन्ततः सत्ताविमुख – राप्रपा पनि सत्ताविमुख – सरकार छाडेको रास्वपा सत्तापक्ष कि विपक्ष ? काठमाडौं– प्रतिनिधिसभामा प्रतिपक्षी दलको अदलबदल हुँदै छ । नेकपा एमाले आजदेखि प्रतिपक्षी दल बन्दै छ । यसअघिको प्रतिपक्षी दल नेपाली कांग्रेस भने सत्तापक्षमा सर्दै छ । यससँगै आजको प्रतिनिधिसभा बैठकमा एमाले प्रतिपक्षीय बेञ्चमा बस्ने भएको छ । १० पुसदेखि १७ फागुनसम्म एमाले सत्तापक्षमा थियो । त्यस अवधिमा कांग्रेस विपक्षी दलको हैसियतमा रह्यो । तर, दुई महिना एक साता सत्तापक्षमा रहेको एमाले अन्ततः प्रतिपक्षमा बस्नुपर्ने बाध्यतामा पुगेको हो । २५ फागुनमा भएको राष्ट्रपति निर्वाचन र ३ चैतमा भएको उपराष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनको समीकरणले एमाले प्रतिपक्षमा बस्नुपर्ने कारक बनेको हो । यी दुई पदका लागि भएको निर्वाचनमा एमालेलाई एक्लो पारेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससहितका दलहरूसँग सहकार्य गर्न तयार भए । हाल कांग्रेस, माओवादीसहितका दलहरू मिलेर बनेको १० दलीय गठबन्धन छ । यही गठबन्धनका कारण एमाले नचाहँदा नचाहँदै प्रतिपक्षमा बस्नुपर्ने बाध्यतामा परेको हो । एमालेका सांसद महेश बस्नेतले आजदेखि एमालेको संसद्मा भूमिका सरकारलाई खबरदारी गर्ने हुने बताए । ‘जनताको मुद्दा थप सशक्त उठाउने अवस्थामा हामी आइपुगेका छौं,’ उनले प्रभावसँग भने, ‘हामी जनताको तहबाट सरकारलाई निरन्तर र प्रभावकारी ढंगले खबरदारी गर्छौं ।’ प्रतिनिधिसभाको पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षमा पुगेको छ । यो दल भने एमालेभन्दा चार दिन कम अर्थात् १३ फागुनमा दुई महिना तीन दिन सत्तामा बसेर बाहिरियो । यो दल आज पनि प्रतिपक्षीय बेञ्चमा बस्दै छ । प्रतिपक्षी दलको रूपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि छ । कुनै पनि दल नेतृत्वको सरकारमा नेमकिपाले सहभागिता जनाएको छैन । यसकारण पनि यो दललाई सरकारको ‘स्थायी प्रतिपक्षी’ भन्ने गरिन्छ । प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिपक्षमै बस्छ कि सत्तापक्षमा ? निक्र्योल गरेको छैन । सरकारबाट यो दल १४ माघमै बाहिरिएको हो । सर्वोच्च अदालतले पार्टी सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेसँगै मन्त्री पद गुमाउनुपर्दा अन्ततः सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । यसले गर्दा रास्वपा सत्तापक्षमै बस्ने विश्लेषण हुँदै आएको छ । यद्यपि, यसअघि सरकारमै रहँदा पनि प्रतिपक्षमा भएजसरी सरकारलाई खबरदारी गर्न प्रश्न गर्ने लामिछानेले बताएका थिए । जुन अभिव्यक्तिलाई त्यसबेला उनको ‘अपरिपक्व संसदीय राजनीति’ भनेर कतिपयले टिप्पणी गरेका थिए । उक्त दलका एक जना सांसदका अनुसार गृहमन्त्रीसहित पहिलेकै अन्य मन्त्रालय पाएको अवस्थामा सरकारमा जान तयार छ । उसो त रविले नै अझै गृह मन्त्रालयसहितका हामीले पाएका मन्त्रालय पाए सरकारमा जाने यसअघि नै बताएका थिए । त्यही भएर सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता नलिएको हुनसक्ने ठानिएको छ । र, रास्वपा सत्तापक्ष कि प्रतिपक्षमा रहनेबारे टुंगो आजै लाग्नेछ । यसरी एमाले र राप्रपा पनि प्रतिपक्षमा पुग्दा सत्ताविमुख भइसकेको कांग्रेस सत्तामा फर्किने भएको छ । १० पुसमा प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले लिने अडान सभापति देउवाले राखेपछि माओवादी अध्यक्ष दाहाल बिच्किँदा कांग्रेस सत्ताविमुख बनेको थियो । तर, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गर्ने प्रधानमन्त्री दाहालको अड्डीले एमालेलाई प्रतिपक्षमा पु¥यायो भने कांग्रेसलाई सत्ता प्रवेशको ढोका खोलिदियो । कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले सरकारमा जाँदा कुन–कुन मन्त्रालय लिने र प्रधानमन्त्री दाहाललाई विश्वासको मतबारे निर्णय गर्न आजै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने बताए । उनका अनुसार बैठक आज बिहान १०ः३० बजे संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ । ‘बैठकमा हामी सत्तापक्षको बेञ्चमा बस्नेबारे छलफल गर्नेछौं । सरकारमा कति मन्त्रालयमा दाबी गर्ने र प्रधानमन्त्रीजीलाई विश्वासको मत दिने भन्ने विषय नै छलफलको केन्द्रबिन्दु हुने छन्,’ उनले भने । कांग्रेससँगै सत्तापक्ष भएको दल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा पनि हो । यसअघि नै सत्तापक्षमा जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी थिए । तर, सरकारमा भने सहभागी थिएनन् । अब, भने दुवै दलले सरकारमा सहभागी हुने मनस्थिति बनाएका छन् । हाल दाहाल नेतृत्वको सरकारमा उनको दल माओवादी र डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टी मात्रै छन् । यी दलहरू भएको गठबन्धनमा थपिएका प्रभु साह नेतृत्वको आम जनता पार्टीचाहिँ सरकारमा सहभागी हुन्छ कि हुँदैन ? निश्चित भइसकेको छैन ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP