Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #लिम्बु भाषा
  • #कुलिङ_पिरियड
  • #‘नीलो आकाशैमा बादलु’
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #विद्यादेवी भण्डारी
  • #गाथामग_चह्रे
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विश्वास परीक्षणको तयारीमा प्रधानमन्त्री
विश्वास परीक्षणको तयारीमा प्रधानमन्त्री
सम्झना राई
सम्झना राई बिहीबार, चैत २, २०७९
prachandaa
काठमाडौं– उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार आगामी सोमबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिन तयारी गरेका हुन् । संसद् बैठक भने आइतबार नै बस्नेछ । त्यसको पछिल्लो दिनमात्रै प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा प्रतिनिधिसभामा प्रस्तुत गर्ने भएका हुन् । ११ पुसमा प्रधानमन्त्री दाहालले सरकार गठन गर्दा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि समर्थन लिएका थिए । तर, यी दुवै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । सोही कारण संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । उक्त उपधारामा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नु पर्नेछ ।’ प्रधानमन्त्रीेले विश्वासको मत लिनुपर्ने अन्तिम मिति १२ चैतसम्म रहेको छ । तर, उपराष्ट्रपति निर्वाचनलगत्तै विश्वासको मत लिने तयारी भइरहेको हो । १२ फागुनमा तत्कालीन सत्ता गठबन्धन बाहिरको दल कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिका उम्मेदवार बनाउने नाममा प्रधानमन्त्री दाहालले गठबन्धन तोडेका थिए । त्यसपछि आक्रोशित भएका एमाले र राप्रपाले क्रमशः प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिँदा फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा दाहाल परेका हुन् । २७५ सदस्यीय संसद्मा हाल २७१ जना सांसद छन् । तनहुँ–१ बाट निर्वाचित कांग्रेस सांसद पौडेल राष्ट्रपति भएका छन् । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको सांसद पद खारेज भएको छ । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको मृत्यु भएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित छन् । र, उपराष्ट्रपति पदमा गठबन्धनको तर्फबाट जसपा उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भए प्रधानमन्त्री दाहालले विश्वासको मत दिने सांसद संख्या थप एक घट्ने छ । त्यस्तो अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसद २७० जना हुने छन् । १३६ जना सांसद (बहुमत) को मत पाए दाहालको सरकार जोगिनेछ । उक्त संख्यामा मत जुटाउन नसके उनी स्वतः पदमुक्त हुने छन् । यहीबीच उपराष्ट्रपति निर्वाचनले हालको १० दलीय गठबन्धन संकटमा परेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेका बैठक निष्कर्षविहीन भयो । माओवादी सांसद शक्तिबहादुर बस्नेतका अनुसार बैठकमा एकल उम्मेदवार तयार गर्ने सन्दर्भमा सहमति जुटेन । नजुटेपछि फेरि बिहीबार (आज) बस्नेगरी नेताहरू बैठकबाट उठे । गठबन्धनबाट जसपाका रामसहाय र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । यसरी उपराष्ट्रपति निर्वाचनमा गठबन्धनमै दुई धार देखिनेगरी उम्मेदवार हुनुको असर प्रधानमन्त्री दाहालले लिने विश्वासको मतमा पर्ने अनुमानसमेत हुन थालेको छ । तर, दाहालले विश्वासको मत पाउने सम्भावना बढी देखिएको छ । कारण– सत्ताविमुख भएको कांग्रेसबाट राष्ट्रपति बनाएको, पहिले मन्त्रिपरिषद्मा सहभागिताको विषयलाई लिएर असन्तुष्ट जसपालाई उपराष्ट्रपति दिन लागेको र अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्ष प्रधानमन्त्री र नेपालको दललाई नै राष्ट्रियसभा अध्यक्षसमेत दिनेगरी सहमति गरेका कारण विश्वासको मत पाउने सम्भावना बढी देखिएको हो ।   प्रतिनिधिसभामा कांग्रेसका ८८ जना सांसद छन् । सांसद डा. चन्द्र भण्डारी उपचाररत छन् । सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भई निलम्बनमा परेका छन् । यसो हुँदा विश्वासको मत दिने कांग्रेस सांसदहरू ८६ जना हुने छन् । माओवादीका ३२ जना, जसपाका ११ जना र एकीकृत समाजवादीका १० जना छन् । यी चार दलका मात्रै सांसद संख्या १३९ जना छन् । यो तथ्यांकअनुसार यदि गठबन्धनभित्रका साना दलहरू जनमत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) उपराष्ट्रपति निर्वाचनलाई लिएर असन्तुष्ट भए पनि दाहालले विश्वासको मत पाउनसक्ने देखिएको हो । तर, यदि प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएको अवस्थामा भने उनी स्वतः पदमुक्त मात्रै हुने छैनन्, देश मध्यावधि निर्वाचनतिर पनि जानेछ । किनभने उनी संविधानको धारा ७६ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरी प्रधानमन्त्री भएका हुन् । उनले विश्वासको मत नपाएको अवस्थामा भने उपधारा (३) अनुसार सबैभन्दा बढी प्रतिनिधिसभा सदस्य भएको पार्टीका संसदीय दलका नेताले सरकार बनाउनेछ । त्यो भनेको कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा हो । त्यस्तो अवस्थामा उनले पनि विश्वासको मत ३० दिनभित्र नपाए देश मध्यावधि निर्वाचनमा संविधानतः जाने संवैधानिक कानुनका जानकारहरू बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न
दाहालले उठाए प्रधानमन्त्री ओलीको नियतमा प्रश्न आइतबार, साउन ११, २०८२
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा 
बागमती प्रदेशका ४ मन्त्रीले दिए पदबाट राजीनामा  शुक्रबार, साउन ९, २०८२
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल
रुपन्देहीकाे  उपनिर्वाचनबारे कांग्रेसले थाल्यो छलफल शुक्रबार, साउन ९, २०८२
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके
सरकारको स्वार्थप्रेरित संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले रोके शुक्रबार, साउन ९, २०८२
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर
संवैधानिक उल्लंघनको दुर्गन्धित सरकार : सांसद घर्तिमगर बिहीबार, साउन ८, २०८२
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक
सेवासुविधा त्यागेपछि विद्या भण्डारीलाई दलमै रोक बिहीबार, साउन ८, २०८२
विपत्तिग्रस्त मधेसमा सेना परिचालन !
विपत्तिग्रस्त मधेसमा सेना परिचालन ! बिहीबार, साउन ८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बाढीले  बगायो बेलिब्रिज
बाढीले बगायो बेलिब्रिज
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP