Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • विश्व स्वास्थ्य संगठनद्वारा निर्मित भवन प्रहरीलाई हस्तान्तरण
विश्व स्वास्थ्य संगठनद्वारा निर्मित भवन प्रहरीलाई हस्तान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ३०, २०७९
_DSC7159
Hardik health
काठमाडाैं -विश्व स्वास्थ्य संगठनको विशेष सहयोगमा निर्माण भएको दक्षिण एसियाको Severe Acute Respiratory Infection (SARI) Treatment Facility सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरेकाे छ । विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल एपीएफ अस्पताल बलम्वु काठमाडौंको परिषरभित्र निर्माण गरिएको ९२ शैयाको Severe Acute Respiratory Infection (SARI) Treatment Facility सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरेको हाे । नेपाल एपीएफ अस्पताल बलम्वुमा फागुन ३० गते आयोजित कार्यक्रमका बीच नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा.पूनम क्षेत्रपाल सिंहले Treatment Facility डा. पोखरेलले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरेको हो । गम्भिर प्रकृतीको श्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा स्वास्थ्य सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त Treatment Facility मा ७२ वटा वार्ड बेड, १४ वटा सघन उपचार कक्ष र ६ वटा ट्रिएज बेड रहेका छन् । कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिड–१९ महामारीको कठिन अवस्थामा समेत सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पतालले कोभिड डेडिकेटेड अस्पतालको रुपमा अनुकरणीय योगदान पुर्‍याएको स्मरण गर्नुहुँदै मंगलबार हस्तान्तरण भएको फिल्ड अस्पतालले श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम जनतालाई अझै प्रभावकारी रुपमा सेवा प्रदान गर्न सफल हुने बताए । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले दक्षिण पूर्वी एशिया क्षेत्रमा नै पहिलो पटक संचालन हुन लागेकोSevere Acute Respiratory Infection (SARI) Treatment Facility ले गम्भिर प्रकृतीको स्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा सेवा प्रदान गर्न आवश्यक दक्ष जनशक्ति तथा भौतिक पूर्वाधारहरु पूर्व तयारी अवस्थामा रहनुका साथै सामान्य अवस्थामा समेत केन्द्रले दक्ष उपचार सेवा प्रदान गर्ने बताए । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्राकृतीक प्रकोप एवं महामारी व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले निर्वाह गर्दै आईरहेको जिम्मेवारीहरुलाई थप प्रभावकारी बनाउन तथा विशेषत श्वासप्रश्वास संक्रमण सम्बन्धि स्वास्थ्य उपचार प्रदान गर्न यस्ता प्रकृतीका संरचना तथा पूर्वाधारहरुले थप टेवा पुग्ने बताए । उनले मानव जीवनको अस्तित्वसँग जोडिएको श्वासप्रश्वास जस्तो संवेदशिल विषयमा आवश्यकलाई महसुस गरी यसको महत्व, अपरिहार्यता र भावि चुनौतीको गहन अध्ययनका साथ स्वास्थ्य उपचार प्रदान गर्ने निकायका रुपमा सशस्त्र प्रहरी बल नेपाललाई Treatment Facility हस्तान्तरण गर्नुभएकोमा विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सम्बन्धित सरोकारवाला निकायप्रति आभार प्रकट गरे। उनले यस Treatment Facility केन्द्रद्धारा सेवा प्रदान गर्ने कार्यमा भविष्यमा समेत विश्व स्वास्थ्य संगठन, मन्त्रालय र अन्य सरोकारवाला निकायको निरन्तर सहयोग र समन्वय रहिरहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिध डा.राजेश शाम्भाजी राओ पाण्डव, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
प्रोटोन ईमासको तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
प्रोटोन ईमासको तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक शुक्रबार, चैत ६, २०८२
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त मंगलबार, चैत ३, २०८२
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु सोमबार, चैत २, २०८२
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस सोमबार, चैत २, २०८२
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै सोमबार, चैत २, २०८२
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण शुक्रबार, फागुन २९, २०८२
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार, फागुन २९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP