Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘रूख’को छाया पर्ने आशंका
‘रूख’को छाया पर्ने आशंका
मंगलबार, फागुन ३०, २०७९
sapath
Hardik health
काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल अघिल्ला राष्ट्रपतिहरूजस्तै दलीय छायामा पर्नसक्ने चिन्ता प्रकट हुन थालेको छ । छ दशक लामो दलीय राजनीति गरेका र दलहरूबाटै राष्ट्रपतिमा निर्वाचित भएकाले यस्तो चिन्ता हुनु अस्वाभाविक पनि होइन । राजनीतिक जीवनको सुरुआती केही वर्ष कम्युनिस्टसँग नजिक भएका पौडेलले करिब छ दशकजति कांग्रेसबाटै राजनीति गरे । उनै पौडेल राष्ट्रपतिमा निर्वाचित भएर सोमबार पदभार ग्रहण गरेपछि कतै कांग्रेसको छाया त पर्ने होइन ? अन्य दलका नेताहरू झस्किएका हुन् । १० दलीय गठबन्धनको एउटा महत्वपूर्ण घटक नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले प्रभावसँग भने ‘प्राविधिकरूपमा कांग्रेसको वरिष्ठ नेताबाट मात्रै नभएर सदस्यबाट पनि राजीनामा दिएपछि उहाँ नेपाली कांग्रेसको होइन । तर, अहिलेको महत्वपूर्ण प्रश्न नै के हो भने उहाँ (राष्ट्रपति) कतै कांग्रेसको छायामा पर्ने त होइन ?’ यदि कांग्रेसको छत्रछायामा राष्ट्रपति पौडेल परे राष्ट्रपति संस्थाको गरिमा नजोगिने उनको भनाइ छ । ज्वाला मात्रै होइन, अन्य दलका नेताहरूको पनि आशंका यस्तै छ । तर, शीतलनिवासमा सोमबार कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट उनले ‘पक्षपात नगर्ने’ भन्ने व्यहोरा पनि समेटिएको शपथ ग्रहण गरेका छन् । उसो त उनले आइतबार नै कांग्रेससँगको आबद्धता त्यागेका थिए । यस आधारमा उनी दलीय आबद्धताको हिसाबले त स्वतन्त्र छन् । राष्ट्रपति स्वतन्त्र नै भए पनि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने नेकपा एमालेको ‘प्रतिनिधि’जस्तो भएको भन्दै पटक–पटक आलोचित भइन् । विवादमा आइन् । विद्येयक प्रमाणीकरण, अध्यादेश जारीदेखि प्रधानमन्त्री नियुक्तिलगायतमा भण्डारीले जे–जे गरिन्, त्यसलाई जोडेर उनको आलोचना भएको हो । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘रबरस्ट्याम्प’ पनि भनेको सुनियो । यसरी भण्डारी मात्रै होइन, पहिलो राष्ट्रपति डा. रामवरण यादव पनि दलीय आस्था जुन दलसँग छ, उक्त दलसँगको झुकाव देखाएको भन्दै आलोचित भए । यादव ती राष्ट्रपति हुन्, जसले लामो समय राजनीति गरेको आफ्नो दल कांग्रेसको इसाराअनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकबाट प्रधानसेनापति रुकमांगद कटवाललाई बर्खास्त गर्न गरेको निर्णय उल्ट्याइदिएका थिए । यादव र भण्डारीले यसरी पूर्ववर्ती दलको इसारामा साझा पदमा बसेर पनि चालेका कदमले गर्दा राष्ट्रपति पौडेलले कतै त्यस्तै कदम त चाल्ने त होइन ? शंकाको दृष्टिले हेरिएको हो । कांग्रेस सांसद रामहरि खतिवडाले भने पौडेल कुनै दल विशेषको राष्ट्रपति नहुने दाबी गरे । ‘विगतमा राष्ट्रपतिहरू कुनै जात, धर्म, दल, क्षेत्र आदिका भए होलान् तर नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल यो देशको सबै नागरिकको राष्ट्रपति बन्नुहुन्छ,’ उनले भने, ‘कांग्रेसले भनेअनुसार होइन कि राष्ट्रपति पौडेल संविधान र कानुनअनुसार चल्नुपर्छ ।’ वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कुनै दल विशेषको इसारामा चल्न नहुने पक्षका हुन् । र, उनी कुनै दलप्रति उच्च बफादार नेतालाई राष्ट्रपति बनाउनुपर्ने भन्ने मान्यताका विरोधी पनि हुन् । होइन भने उनले नेकपा एमालेसमेत रहेको तत्कालीन सात दलीय गठबन्धन भत्काउने थिएनन् । जुन गठबन्धनको ठूलो दल एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीप्रति पूर्ण बफादार नेताहरूलाई राष्ट्रपति बनाउने तयारी गरेपछि बिच्किएर प्रधानमन्त्री दाहालले कांग्रेससहितको नयाँ गठबन्धन बनाए । उनै दाहालले गठबन्धन बनाएका कारण पौडेल राष्ट्रपति भएका हुन् ।   जसले गर्दा पौडेल कांग्रेसभन्दा पनि संवैधानिक सीमामा टेकेर देश र जनताको अभिभावक र राष्ट्रिय एकताको प्रतीकको रूपमा देखिने पनि कतिपयको विश्लेषण छ । यसबारे प्रस्टिन भने पौडेलको कार्यकाल हेर्नैपर्छ । तर, बिहीबार राष्ट्रपति पदमा आफैंलाई मतदान गरेपछि पत्रकारहरूसँग उनले राष्ट्राध्यक्षको रूपमा संवैधानिक सीमा रहेर संविधानको रक्षा र राष्ट्रिय एकताको कायम गर्ने बताएका थिए । उनले संविधान निर्माणमा आफू पनि संलग्न भएका कारण संविधानको अक्षर र भावनाअनुसार राष्ट्रपतिको पदीय गरिमालाई जोगाउने प्रतिज्ञा पनि गरेका थिए । पौडेलको भनाइ र गराइमा कति फरक हुन्छ ? देखिँदै जानेछ । संविधानतः राष्ट्रपति संविधानको संरक्षक हो । राष्ट्रप्रमुख हो तर, कार्यकारी भने होइन । निवर्तमान राष्ट्रपति भण्डारीले भने कार्यकारी भूमिकाको पनि अभ्यास गर्न खोजेको भनेर टिप्पणी भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP