Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • सहकारीका सञ्चालक ठगीको आरोपमा पक्राउ
सहकारीका सञ्चालक ठगीको आरोपमा पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २९, २०७९
handcuff
Hardik health
विराटनगर -  बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास रहेको जनाएको छ । सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी यही फागुन १ देखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए । सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए  । मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन वटा सेवा केन्द्रमा गरी २१ हजार सात सय १३ सदस्यमध्ये विराटनगरमा मात्र चार हजार रहेका छन् । सहकारीले सबै सेवा केन्द्रमा गरी करिब रू एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ ।संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना झै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालकहरुले योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई गठी गरेको देखिन आएको छ । विसं २०५२ मा सहकारी विभागमा दर्ता रहेको सो सहकारीको कार्य क्षेत्र नेपालभर रहेको छ । प्रहरीले उक्त संस्थामा बचत गर्ने बचतकर्ता एवं पीडितहरुलाई पाँच दिनभित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित बचतकर्ताहरुको जाहेरी दरखास्त दिनेहरुको सङ्ख्या बढेको छ ।  
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेशनल लाईफको ३९औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न
नेशनल लाईफको ३९औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न सोमबार, फागुन ११, २०८२
एसजे मोटो र हिमालयन जाभाद्वारा नयाँ स्वरूपकाे आउटलेट सञ्चालन
एसजे मोटो र हिमालयन जाभाद्वारा नयाँ स्वरूपकाे आउटलेट सञ्चालन सोमबार, फागुन ११, २०८२
सानिमा रिलायन्सको 'मिट द च्याम्पियनस् ' कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
सानिमा रिलायन्सको 'मिट द च्याम्पियनस् ' कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित सोमबार, फागुन ११, २०८२
घोराहीमा  सन नेपाल लाइफको नयाँ शाखा स्थानान्तरण
घोराहीमा सन नेपाल लाइफको नयाँ शाखा स्थानान्तरण आइतबार, फागुन १०, २०८२
‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म
‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म शुक्रबार, फागुन ८, २०८२
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग
बालाजु प्रहरी परिसर भवन निर्माणमा सन नेपाल लाइफको सहयोग बिहीबार, फागुन ७, २०८२
एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा  विशेष छुटकाे अफर
एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा  विशेष छुटकाे अफर बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP