Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मतपत्रमा भावी राष्ट्रपति
मतपत्रमा भावी राष्ट्रपति
आइतबार, फागुन २१, २०७९
president-election
Hardik health
काठमाडौं– निर्वाचन आयोगले मतपत्रमै गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका उम्मेदवारहरूको तस्बिर राखेको छ । अघिल्ला निर्वाचनहरूमा यस्तो गरिएको थिएन । आयोगले गरेको यो नौलो अभ्यास हो । आगामी बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मत बदर नहोस् भनेर आयोगले पहिलोपटक तस्बिरसहितको मतपत्र प्रकाशन गरेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए । ‘राष्ट्रपतीय निर्वाचनमा यसअघि यस्तो थिएन । पहिलोपटक फोटोसहितको मतपत्र यसपालि तयार ग¥र्यौं,’ उनले प्रभावसँग भने, ‘मत बदर नहोस् भनेर यसो गरेका हौं ।’ आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको मतपत्रको माथि रामचन्द्र पौडेलको तस्बिर छ । पौडेलको तस्बिरमुनि सुवासचन्द्र नेम्बाङको तस्बिर छ । वर्णानुक्रमअनुसार यसरी उम्मेदवारका तस्बिर राखेको आयोगले जनाएको छ । पौडेल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार हुन् । नेम्बाङचाहिँ नेकपा एमालेका राष्ट्रपति उम्मेदवार हुन् । दुवै उम्मेदवारले निर्वाचनमा मत मागिरहेका छन् । उनीहरूलाई प्राप्त मत बदर नहोस् भन्ने उद्देश्यले आयोगले भने मतपत्रमै उनीहरूको तस्बिर राखेको हो । अघिल्लोपटक मतपत्रमा उम्मेदवारको निर्वाचन चिह्न मात्रै राखिएको थियो । त्यसबेला केही सांसदको मत बदर भएको थियो । बदर मत शून्यमा झार्न आयोगले यस्तो प्रयास गरेको भुसालले बताए । उनका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूले मतदान गर्ने मतपत्र सेतो पृष्ठभूमिमा गुलाबी रङको छ । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र सेतो पृष्ठभूमिमा हरियो रङको छ । पहिलो कोठामा पौडेलको फोटोसहितको मतपत्र र दोस्रो कोठामा नेम्बाङको नामससहितको तस्बिर हुने भएको छ । मतदाताहरूले उम्मेदवारको फोटो र नामसँगको कोठामा मत चिह्न लगाउनुपर्ने नियम छ । उनीहरूलाई मत दिने मतदाता (सांसद)हरूको संख्या ८८२ जना छन् । मतदाताको रूपमा आयोगले उनीहरूको नामावली यसअघि नै सार्वजनिक गरिसकेको छ । मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएका छन् । त्यही भएर आयोगले उनको नाम राष्ट्रपति निर्वाचनमा मतदाताको रूपमा सार्वजनिक गरेन । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको भने अवैधानिक नागरिकताको आधारमा निर्वाचित भएको ठहर सर्वोच्च अदालतले गरेपछि सांसद पद खारेज भएको छ । यी दुई जनाको नाम राष्ट्रपति निर्वाचनको मतदाता सूचीमा समावेश नगरी आयोगले मतदाताहरूको नामावली समावेश गरेको हो । तर, समावेश भएकोमा भने हालै निधन भएकी जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको नाम पनि छ । मतदाताको अन्तिम नामावली प्रकाशन भएको केही दिनमा उनको निधन भएको थियो । यसकारण मतदाताहरू राष्ट्रिय सभाका ५९ जना, प्रतिनिधिसभाका २७२ जना र प्रदेशसभाका ५५० जना गरी ८८१ जना छन् । यिनै मतदाताले राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्बाङको तस्बिर अंकित मतपत्रमा मतदान गर्ने छन् । उनीहरूले गरेको मतभारका आधारमा दुईमध्ये एक जना उम्मेदवार तेस्रो राष्ट्रपतिका लागि निर्वाचित हुने छन् । तर, मतदाता (सांसद)हरूको मतभार भने समान छैन । प्रदेश सांसदको मतभार ४८ छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदको ७९ छ । यो मतभारको अर्थ प्रदेश सांसदले ४८ हजार जना नेपाली नागरिक र राष्ट्रिय सभा/प्रतिनिधिसभाका सांसदले ७९ हजार नेपाली नागरिकको प्रतिनिधित्व गर्छ भन्ने हो । यसरी निर्धारण गरिएको मतभार जसले बढी पाउँछ, सोही राष्ट्रपतिका उम्मेदवारको जित हुने हुन्छ । राष्ट्रपति निर्वाचन २५ फागुनमा हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले उक्त दिन १० बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । मतदानका लागि सांसदहरू नयाँ बानेश्वरस्थित संसद् भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्नेछ । मतदान भएपछि सोही दिन मत परिणाम आयोगले सार्वजनिक गर्ने जनाएको छ ।

निर्वाचनबाट पहिलो चरणमै निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मतभार कुनै पनि उम्मेदवारले प्राप्त गर्नुपर्ने राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनमा उल्लेख छ । सोही ऐनमा यदि कुनै पनि उम्मेदवारले त्यसअनुसार मतभार प्राप्त नगरेको अवस्थामा दोस्रो चरणमा प्रतिस्पर्धा हुने र जसले बढी मतभार प्राप्त गर्छ, सोही उम्मेदवार निर्वाचित हुने प्रावधान रहेको छ ।

तर, राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गरेका दलहरू र ती दलहरूसँग भएका सांसदहरूको संख्यालाई आधार मान्दा भने पहिलो चरणमै राष्ट्रपति निर्वाचित हुनेगरिको मतभार पौडेलले पाउन सक्ने देखिएको छ । किनभने पौडेललाई समर्थन गरेका दलहरूका मतभार साढे ३१ हजारभन्दा बढी छ । जबकि, निर्वाचन जित्न २६ हजार ३५४ मतभार आवश्यक हुन्छ । र, नेम्बाङलाई आफ्ना दल एमालेबाहेकका दलले निर्वाचनमा समर्थन गर्ने आश्वासन अहिलेसम्म दिएको छैन । उनको दलसँग १५ हजार २३३ मतभार छ । उनलाई जित्न भने करिब ११ हजार मतभार आवश्यक पर्छ । नेम्बाङले मत भने रास्वपा, राप्रपा, नेकपा एस, लोसपा, नाउपालगायत दलसँग मागेका छन् । तर, कुनै पनि दलले औपचारिकरूपमा समर्थन गर्ने भनेर निर्णय गरेका छैनन् ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP